हिमाली टोल विकास संस्था भरतपुरलाई कृषि बिकास बैंकले दियो ५० थान डस्टबीन

काठमाडौँ । कृषि विकास बैंकले चितवन भरतपुर स्थित हिमाली टोल बिकास संस्थालाई ५० थान डस्टवीन र होडिङ्ग वोर्ड हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष शोभाष चन्द्रको अध्यक्षततामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० हिमाली टोल विकास संस्थालाई सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत सहयोग गरिएको हो । बैंक सञ्चालक समितिका सदस्य संजिव पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भरतपुर शाखाका प्रबन्धक काँशिराज कँडेल र कार्यक्रमका प्रमुख पौडेलले संयूक्त रुपमा हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंक पूर्व शाखा प्रवन्धक प्रदीपकुमार पोखरेल, डा. जीवनकुमार श्रेष्ठ, समितिका सल्लाहकार डा. हरिहर पोख्रेल, चन्द्रप्रसाद सिग्देल, भानुप्रसाद उपाध्याय, प्रेमप्रसाद सुवेदी, खड्गबहादुर श्रेष्ठ, शिवप्रसाद शर्मा, आमा समूहका अध्यक्ष नारायणी लम्सालले कृषि विकास बैंक लि. पुर्याएको योगदान कदर गर्दै कृषि विकास बैंक लि.को प्रगतिको कामना गरे ।

सरस्वतीको मूर्ति राख्न कृषि विकास बैंकद्वारा ३ लाख सहयोग

काठमाडौँ । कृषि विकास बैंक लि. शाखा कार्यालय जितपुरले सिद्धार्थ बहुमुखी क्याम्पस जितपुर कपिलवस्तुको परिसरमा निमार्ण भएको सरस्वती मन्दिरमा मुर्ति स्थापनाका लागि कृषि विकास बैंक लि.ले रु.३ लाख सहयोग उपलव्ध गराएको छ । नवनिर्मित सरस्वति मन्दिरको उद्घाटन ५ नं. प्रदेश सभासद विष्णु पन्थी र कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय भैरहवाका कामु निर्देशक सुदीपकुमार दहाले संयुक्त रुपमा गर्नु गरेका हुन् । मन्दिर उद्घाटन कार्यक्रमको सिलसिलामा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सभासद पन्थीले बैंकले सरस्वतिको मूर्ति स्थापना गरिदिएकोमा विशेष धन्वाद दिंदै कृषि विकास बैंकले आफ्नो स्थापनादेखि हालसम्म निरन्तर देशका कुनाकाप्चा पुगेर बैकिङ्ग सेवा पुर्याई गरिव किसानको जीवन उकास्नमा महत्वपूर्ण भूमिका खेलेको चर्चा समेत गरे । कार्यक्रममा बैंकका क्षेत्रीय निर्देशक तथा उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि दहालले मूर्ति स्थापनाका लागि रु.३ लाखको चेक क्याम्पसलाई हस्तान्तरण गर्दै यस प्रकारको सहयोग गर्न सकेकोमा प्रसन्नता व्यक्त गरे ।

ग्लोबल आइएमई बैंकले मनायो १६ औँ राष्ट्रिय धान दिवस

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले १६औँ राष्ट्रिय धान दिवस मनाएको छ । बैंकले राजधानीको टोखा नगरपालिका वडा नं. १ स्थित झोर महाङ्कालमा रोपाइ गरी धान दिवस मनाएको हो । कृषिप्रधान देशमा धान दिवस मनाउने परम्परालाई जगेर्ना गर्न धान दिवसलाई उत्सवका रूपमा मनाइएको बैंकको भनाइ छ । रोपाइमा बैंकका कर्मचारी तथा स्थानीयको बाक्लो उपस्थितीे रहेको थियो । कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले धान रोपाइ र यसको महत्व बारे प्रकाश पारेका थिए । यसैगरी बैंकका नायब महाप्रबन्धक आरती राणाले कृषि प्रधान देशमा धान दिवस मनाउने परम्परालाई बैंकले उत्सवका रूपमा मनाउने गरेको बताइन् । यस्तै वडाध्यक्ष श्रीकृष्ण अधिकारी र वडा सचिव नवराज दुलालले बैंकले कृषि लगायत अन्य उत्पादन मुलक क्षेत्रमा दुर दराजसम्म गरेको सहयोग र लगानीको प्रसंशा गरे । धान दिवसकै अवसरमा धापासीस्थित शाखा कार्यालयबाट झोरसम्म साइकलयात्राको आयोजना गरिएको थियो । साइकलयात्रामा करिब ५ दर्जन व्यक्तिहरुको सहभागिता रहेको थियो । यस्तै दिवसकै अवसरमा झोरमै रहेको शाखारहित बैंकिङ सेवाका सञ्चालक राम शरण दुलाललाई सम्मान समेत गरिएको थियो ।