अजोड र बेष्ट फाइनान्सबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । अजोड इन्स्योरेन्स लि. र बेष्ट फाइनान्स कम्पनी लि. बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । बुधवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र वेष्ट फाइनान्स कम्पनी लिका प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गरे । सहमतिसंगै फाइनान्सका ग्राहकहरूले अजोड इन्सोरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा फाइनान्स कम्पनीका सबै शाखाबाट लिन सक्ने जानकारी अजोड इन्स्योरेन्स लि.का नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द« थापाले जानकारी गराए ।

नारायणगढमा ट्राफिक लाइट जडान, ट्राफिक व्यवस्थापनमा सहज हुने

भरतपुर । चितवनको व्यस्त बजार नारायणगढमा परीक्षणका लागि ट्राफिक लाइट जडान शुरु गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ बजारको शहीदचोकमा ट्राफिक लाइट जडान गर्न शुरु गरिएको हो । सम्पूर्ण रुपमा सञ्चालन हुने गरी एक हप्ताभित्र जडानको काम सम्पन्न गरिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनले भने, “जिल्लामा नै पहिलोपटक ट्राफिक लाइट जडान गरिएको हो, शहीदचोकमा परीक्षण गर्छौं र त्यसको प्रभावकारिताका आधारमा अन्य व्यस्त चोकमा पनि ट्राफिक लाइट जडान गर्छौं ।” महानगरपालिका र निजी क्षेत्रको साझेदारीमा ट्राफिक लाइट जडान गरिएको उनले बताए । करीब २५ लाखको लागतमा जडान गरिएको लाइटको २० प्रतिशत मात्र महानगरपालिकाले व्यहोर्ने छ । अन्य ८० प्रतिशत जडानको जिम्मा पाएको यार्सा टेक्नोलोजी प्राइभेट लिमिटेड काठमाडौँले व्यहोर्ने छ । ट्राफिक लाइट जडानका लागि महानगरले २०७५ साल जेठमा यार्सा टेक्नोलोजीसँग सम्झौता गरेको थियो । शहीदचोकमा जडान गरिएको ट्राफिक लाइट प्रभावकारी भए क्रमशः पुल्चोक, लायन्चोक, चौबिसकोठी र हाकिमचोकमा पनि जडान गरिने बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले ट्राफिक लाइट जडानपश्चात् ट्राफिक व्यवस्थापनमा सहजता हुने बताए । “कहिलेकाहीँ पुल्चोकदेखि शहीदचोक सम्मै ट्राफिक जाम हुने गरेको छ”, उनले भने, “ट्राफिक जनशक्तिको अभाव अब लाइटले पूरा गर्छ ।” जिल्लाभर ४५ मात्र ट्राफिक प्रहरीको दरबन्दी छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ क्षेत्र भएर दैनिक १५ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । रासस

महालक्ष्मीले गर्यो सरसफाई र बैंकिङ कारोबार सम्बन्धी चेतनामूलक कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. नयाँबजार शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । “सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान सोहखुट्टेबाट सुरु भई बालाजुमा आएर समापन भएको थियो । कार्यक्रममा बैंकका प्रतिनिधिहरु, मनास्लु पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थीहरु तथा सोह्रखुट्टे प्रहरी कार्यालयका प्रहरी प्रमुख, तथा सरसफाई अभियान्ता, सोह्रखुट्टेका स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारण माझ बंैकिङ्ग कारोबार सम्बन्धी जानकारी व्यक्त गरेका थिए । सरसफाई कार्यलाई नै लक्षित गर्दै बैंकको कावासोती शाखाले डस्टबिन वितरण गरेको छ । शाखाले कावासोती नगरपालिकाको वार्ड नं १२, धनन्चल स्थित शिव माध्यमिक विद्यालय तथा कावासोती टोल सुधार समिति गरी तीन ठाउँमा कुल ३० वटा डस्टबिन वितरण गरेको छ ।