रबर, काठदेखि हिरासम्मको प्रयोग भएका संसारकै अनौठा कारहरु

नवभारतटाइम्स । अमेरिकी कार निर्माता कम्पनी ‘फोर्ड’ले कारको भित्री भाग (इन्टियर्स)बाँसले बनाउँने काम गरीरहेको छ ।  सुन्दा आश्चर्य लाग्नसक्छ – पहिला देश-दुनियाँमा सुनचाँदी तथा विभिन्न आनौठा वस्तुहरुबाट बनाइने गरिन्थ्यो ।   लेन्बोर्गिनी   दुनियाँकै सबैभन्दा महंगो कारमा विशुद्ध सुनको प्रयोग गरीएको छ । यसमा पाँच सय किलो शुद्ध सुनको प्रयोग भएको छ । सन् २०१३मा दुबईको एक मलमा प्रदर्शनीकालागि राखियो । यसको मूल्य सात मिलियन अमेरिकी डलर थियो । यो कारको मूल्यलाई ल्याम्बोर्गिनी र यसका डिजाइनर रबर्ट गुल्पनले तोकेका थिए ।   सोलिड सिल्भर अडी एएट   सन् २०११मा चाँदीको यो कार पनि चर्चाको विषय थियो । यसलाई पूर्णरुपमा चाँदीले श्रृंगारिएको थियो । जसकारण यसको तौल तीन गुणाले बढेको थियो । चाँदीको प्रयोगपछि यसको टायर पनि बदलिएको थियो।     हिराजडित मर्सेडिज   हिराको कारले पनि दुनियाँमा तहल्का मच्चाइसकेको छ । साउदीका राजकुमार वलीद बिन तलालले आफ्नो ओपन मर्सडिजमा ३१ करोड भारु खर्च गरेर हिराको प्रयोग गरेका थिए । टाढाबाट हेर्दा कारलाई चमकिलो वस्तुले रंगाएको भान हुन्थ्यो। तर वास्तवमा त्यो कारमा हिराको प्रयोग गरीएको थियो ।     बाँस को कार     ‘फोर्ड’ ले कार इंटीरिअर में बाँस प्रयोग गर्ने काम सुरु गरीसकेको छ । तर यस अगाडी पनि बाँसले कार नबनेको भने होइन । ‘कोबनप्यू र बर्कनर’ ले १२.७ फुटको २ सीटर कार महज १० दिनमा निर्माण गरेका थिए, जसमा बाँसको प्रयोग गरिएको थियो। तर, यसमा मोटर आदि फिट गर्न भने सकिएन, यद्यपी यो कॉन्सेप्टमा पूर्णरुपमा कार बनिसकेको थियो।     हिस्पानी सीजा टूलिपवुड टोर्पीडो​ १९२४     सन् १९२४ मा दुई सय हर्स पावर आठ लिटर, टुलिपवुड (काठ)बाट कार बनाइएको थियो । यो तत्कालिन अवस्थामा इटालीमा हुन गइरहेको गाडी दौड प्रतियोगिताका लागि बनाइएको थियो  ।   लेग्जस कार्डबोर्ड कार     जापानी कार मेकर लेग्जसले १७०० कार्डबोर्ड सीटका साथ कार बनाएको थियो। यो कार लण्डनका पाँच कुशल डिजाइनरहरुले डिजाइन गरेका थिए। यूके ग्र्याण्ड डिजाइन नामक प्रत्यक्ष प्रसारणबाट यसको प्रदर्शनी गरिएको थियो ।     रबर कार   अमेरीकाको प्रख्यात सहर न्यू योर्कमा यो स्मार्ट कारको निर्माण रबरबाट गरीएको थियो । यद्यपी यो कन्सेप्ट अत्याधिक तापक्रम जस्ता चुनौतीहरुका कारण चल्न सकेन ।

आठ करोड लिएर बैंकका प्रबन्धक फरार, दोषि समात्न सिआइबीमा उजुरी

पोखरा । कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् । ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा डिपोजिट नगरी ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । खनालले किर्ते हस्ताक्षर गरेर ठूला ग्रहाक र सहकारीको रकम निकाल्ने गरेको पनि अनुमान गरिएको छ । खनालले करिब आठ करोड रुपैयाँ लिएर फरार भएको अनुमान प्रहरीको छ । बैंकले ठूलो रकम ठगी भएको भन्दै केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी गरेको छ । नागरिक दैनिकबाट ।

पूर्वराजाले मागे ११ वर्षको हिसाब किताब, असन्तुष्टि राजनीतिक नेतृत्वप्रति

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७४ को अवसरमा बिहिबार शुभकामना सन्देश दिँदै विगत ११ वर्षमा के भयो भनेर गम्भीर प्रश्न उठाएका छन्। उनले दिएको शुभकामना सन्देशमा भनिएको छ । अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउदै लैजानू समयको माग हो । विगत एघार वर्ष के कसरी विते ? यो अवधिमा के के भए ? यस अवधिमा तमाम नेपाली दिदी बहिनी दाजू भाइहरुको सामाजिक, आर्थिक तथा नागरिक हक हितमा के कति सूधार आयो रु देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आंच नपूगोस् त्यो यतिखेर सोचनीय विषय हो ।’ ‘२०६३ सालमा जन चाहनालाई विचार गरि राजनीतिक दलका नेताहरुसंग बनेको सहमति अनूसार संसद पूनस्र्थापना गरिंदा राजनीतिक संकट अन्त्य भई मूलूकमा शान्ति, स्थायित्व र संबृद्धिको द्वार खूल्ने अपेक्षा हामी सबैले राखेका थियौं । संसद पूनस्र्थापना पछि पूर्वसहमति प्रतिकुल निर्णय हूँदै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र विन्दूमा राखी मौनतापुर्वकसाथ दिएका हौं । यस अवधिमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तूलन असन्तूलित भएको छ । विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार राजनीतिक तहमा प्रकट भएको पाइन्छ। जनताको चाहना वमोजिम शान्ति, स्थिरता र संवृद्धिको मार्ग तय गर्ने दिशामा पटक पटक चूकेको अनूभुति जनताले गर्नू परिरहेको छ। नेपाल समाचारपत्र दैनिकबाट ।