पाँचै शहरमा मन जित्दैएनसेल मेला २०७३ भव्यरुपमा सम्पन्न
काठमाडौं, ८ असोज । देशको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनीएनसेलले देशका विभिन्न पाँच शहरहरुमा आयोजना गरेको एनसेल मेला २०७३ हजारौ दर्शक तथा आगन्तुकहरुको मन जित्दै भव्वरुपमा सम्पन्न भएको छ । नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न उक्त मेलाको आयोजना गरिएको हो । भाद्र ३० गते नारायणगढबाट शुरु भएको मेला शनिवार बिर्तामोडमा आयोजना पश्चात समापन भएको हो । मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण यो मेला असोज १ गते पोखरा, असोज ३ गते बुटवल र असोज ६ गते धरानमा आयोजना गरिएको थियो । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका रहेका थिए । मेलाको प्रमुख आकर्षण रहेको कन्सर्टमा कलाकारहरु सुगम पोखरेल, शिव परियार, मिलन अमात्य, लाउरे र सांगितीक समुह एक्स ब्याण्डले पाँचै शहरका आगन्तुक तथा दर्शकहरुलाई आफ्नो उत्कृष्ट गीतहरुगाएर झुम्न, गाउन र नाच्न प्रेरित गरेका थिए । हजारौको संख्यामा उर्लिएको दर्शकहरुले गीत संगितको भरपुर आनन्द लिएका थिए । मेलामा हाँस्यकलाकार सन्दिप क्षेत्रीले आफ्नो प्रस्तुतीले सबैलाई हँसाएका थिए भने कलाकार रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुतीले दर्शकहरु उत्साहित भएका थिए । त्यसैगरी डिजे रुपेशको प्रस्तुतीले दर्शकहरुलाई मेला अबधिभर बाँधिराखेको थियो । कार्टुन्ज क्रुको प्रस्तुती र साँझको समयमा भएको युभि एन्जल्स्को विषेश प्रस्तुतीमा दर्शकहरु मन्त्रमुग्ध भएका थिए । “एनसेल मेला २०७३ लाईअत्याधिक मनपराईदिनु भएकोमा हामी हाम्रा आदरणीय ग्राहक तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दछौ,”एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यो मेलाले परिवारजन, आफन्त र साथीभाईलाई एकैथलोमा भेला गराई खुसीयाली साट्न र चाडपर्वको शुभकामना आदानप्रदान गर्न सफल भएको छ ।” गीत, संगित र अन्य विविध मनोरन्जनात्मक गतिविधिहरु बाकेह, दर्शकहरुले मेलामा एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारीका साथै ती सेवा तथा सुविधाहरु आकर्षक अफरमा लिन पाएका थिए । डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था मिलाईएको थियो । त्यसैगरी, एनसेल हाईटेक जोनमा आगन्तुकहरुले ‘भर्चुअल रियालिटी’ को अनुभव बटुल्ने अवसर पाएका थिए । सबै उमेरका मानिसहरुलाई मनोरन्जन प्रदान गर्नका लागि एनसेल मेलामा विभिन्न गतिविधि तथा कार्यक्रमहरु समावेश गरिएका थिए । मेलामा आएका बालबालिकाहरुले इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकार्षणहरुको मनोरन्जन लिएका थिए । गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाएका थिए । मेलामा नेपाली, भारतीय, चीनियाँ खानाको आगन्तुकहरुले आनन्द लिएका थिए ।
राहतको लोभमा १२ जना वेपत्ताका परिवारले गरे मृत्युदर्ता, २५ हजारको सट्टा १ लाखको लोभ
रूकुम ८, असोज । तत्कालीन नेकपा माओवादी र राज्यबीच चलेको सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिने रुकुमले युद्वका कारण धेरै गुमाएको छ । गुमाउने मात्र होइन धेरैले आफन्तको न सासको पत्तो पाए न लास नै पाए। लामो समय चलेको सशस्त्र द्वन्द्व सकिएपछि सुरु भएको शान्ति प्रक्रिया सँगै सरकारले शान्ति तथा पुनर्निर्माण मनत्रालयनै खडा गरेर पीडितका आँसु थामिदिने र दुखिरहेको घाउँमा मल्हम लगाउने कामको थालनी गर्यो। यसै अनुरुप जिल्लाम स्थानीय शान्ति समिति गठन भयो । त्यही बेला नै तत्कालीन सरकारले मृतकका लागि १ लाख र वेपत्ताका लागि २५ हजार रुपैयाँ राहतको घोषणा गरी प्रक्रिया थाल्यो । आफ्ना आफन्त हराएको वर्षैंसम्म पनि कुनै अत्तोपत्तो नभएपछि निजहरु मरेको ठहर गर्दै रुकुमका १२ जना वेपत्ताका परिवारले २५ हजारको सट्टा १ लाख पाउने आसले वेपत्ता भनिएकाहरुको मृत्यु दर्ता गरी राहत बुझेको खबर आजको आजको राजधानी दैनिकमा छापिएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समितिले आईसीआरसीले भने यी तीनसहित १३ जनालाई अहिले पनि बेपत्ताको सूचीमा सूचीकृत गरी सरकारलाई खोजी गर्न सुझाव पेस गरेको छ।
एनसेल मेलामा रमायो धरान
काठमाडौ, ७ असोज । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले बिहीबार धरानको पब्लिक हाईस्कुल मैदानमा भव्य एनसेल मेलाको आयोजना गरेको छ । रि—ब्राण्डिङ्ग पश्चात नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको यस मेलामा सबै उमेर समुहका दर्शकहरुले भरपुर मनोरन्जन लिएको थिए । एनसेल मेला नारायणगढ, पोखरा, बुटवल हुँदै बिहीबार धरान पुगेको थियो । बिहान ११ बजेबाट शुरु भएको मेलामा दिउसो २ बजे पछि सांगीतिक प्रस्तुतीहरुसँगै रमझम र रौनक बढेको थियो । आगन्तुकहरुले एकदमै उत्साहजनक सहभागिता जनाएको यस मेलामा चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, कमेडी, जादु, किडस् जोन र फुड स्टलहरु विषेश आर्कषण रहेका थिए । चर्चित कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, डिजे रुपेश र सांगीतिक समुह एक्स व्याण्डको प्रस्तुतीहरुले दर्शकहरुलाई गीत संगीतमा झुम्दै नाच्न प्ररित गरेका थियो भने हाँस्य कलाकार सन्दिप क्षेत्रीको प्रस्तुतीले दर्शकहरुलाई आफ्नो हाँस्यव्यङ्ग्यबाट मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी कार्टुन्ज क्रु र युभि एन्जल्स्को साँझको विषेश प्रस्तुतीे दर्शकहरुले मन पराएका थिए । मेलाको विषेश आर्कषण कन्सर्टमा, गायक सुगम पोखरेलले ‘झिल्के’, ‘प्रेम गीत’ र ‘साथी’ मिलन अमात्यले ‘गाला रातै’, ‘स्लोली स्लोली’ र ‘कुरा खाँटी हो’, शिव परियारले ‘क्या दामी भो’, ‘रुपौली रानी’ र ‘संगी ढुब्दैछु आज’ जस्ता चर्चित गीतहरु गाएर दर्शकहरुलाई गाँउदै नाच्न प्ररित गरेका थिए । एक्स ब्याण्डले आफ्नो लोकप्रिय गीतहरु ‘लुक्न देउ’, ‘एउटा चिठ्ठी’, र ‘चिया बारीमा’ अनि लाउरेले ‘नेपहपको बाटो’, ‘हाउ्डे’ र ‘तितो सत्य’ प्रस्तुत गरेर दर्शकहरुलाई थप उत्साहित बनाएका थिए । मेलाका सबै स्टलहरुमा आगन्तुकहरुले चाख लिएर सहभागिता जनाएका थिए । मेलामा दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउनुका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाईएको थियो । एनसेल हाईटेक जोन, मगसट फोटो बुथ र गेम स्टलहरुमा बाक्लै भीडभाड रहेको थियो भने लाखे नाच, चंगा चेट प्रतियोगिता र दशैं पिंगले मेलाको रौनक थप बढाएको थियो । सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेम स्टलहरु मेलामा राखिएका थिए । गेम स्टलहरुमा दर्शकले विभिन्न गिफ्टहरु पनि पाएका थिए । बालबालिका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका थिए । त्यसैगरी, मेलामा दर्शकहरुले विभिन्न नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको मज्जा लिन पाएका थिए । “एनसेल मेलाको माध्यमबाट आफ्ना ग्राहकमाझ पुगी नजिकिदै गरेको चाडपर्वको अबसरमा खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न पाएकोमा हामी हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । “मेलामा आगन्तुकहरुको उत्साहजनक सहभागिता रहेको छ यसले गर्दा परिवारजन, आफन्त र साथीभाईसँग रही खुसी साट्न थप उर्जा प्रदान गरेको हामीले विश्वास लिएका छौ ।” नारायणगढ, पोखरा, बुटवल र धरान पश्चात अब एनसेल मेला असोज ८ मा बिर्तामोड पुगेर आयोजना पश्चात समापन हुनेछ ।