१४ वर्षीय सानिमाको अपहरण विवाहपछि जागेको प्रशंसाको प्रशंसनीय चेत
काठमाडौं । सन् २०१८ मा प्रशंसा केसीले ग्लोकल टीन हिरोको उपाधी हात पारिन् । सयौं प्रतिस्पर्धीलाई पछि पार्दै १९ वर्षीय प्रशंसाले उपाधी हात पारेकी हुन् । आखिर के थियो प्रशंशामा, जसले उनलाई यो उपाधीको लागि दाबेदार ठान्यो ? आउनुहोस् आज उनको यात्रालाई नजिकबाट नियालौं । १९ वर्षीय प्रशंसा केसी रुकममा जन्मिएकी हुन् । उनी ६ वर्षको हुँदा उनको १४ वर्षीय सानिमालाई २४ वर्षीय युवकले अपहरण गर्यो । अपहरण गरेर लगेपछि उनकी सानिमाको त्यही युवकसँग विवाह भयो । धेरैका लागि यो घटना अनौठो लागे पनि रुकुमका लागि नयाँ थिएन । उनको गाउँमा यस्तो ‘चलन’ वर्षौंदेखि चल्दै आएको थियो । त्यसैले उनको सानिमाको अपहरणकारीसँगै विवाह हुँदा गाउँका कसैले केही पनि भनेनन् । ६ वर्षीय प्रशंसालाई यो विवाह रोकेर सानिमालाई एउटा निकै सुन्दर जिन्दगी दिन मन थियो । तर त्यो रोक्न र मानिसहरुको ध्यान आकर्षण गर्नको लागि उनले उठाउन खोजेको आवाज निकै नै सानो थियो । आफ्नो सानिमामाथि भएको घटनाले प्रशंसाको त्यो कलिलो दिमागमा एउटा गहिरो छाप बनाइसकेको थियो । उनले त्यो घटनालाई कहिल्यै बिर्सन सकिनन् । त्यो चोटले उनलाई बारम्बार पिरोलिरहन्थ्यो । प्रशंसा ८ वर्षको हुँदा उनको परिवारले रुकुम छोडेर काठाडौं बसाई सराई गर्यो । काठमाडौं आएपछि पनि उनलाई त्यो नमिठो घटनाले लखेट्न छोडेको थिएन । अझै पनि कयौं किशोरीहरु अपहरण गरेर गरिने विवाह, बालविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाको शिकार छन् भन्ने तथ्यलाई उनले वेवास्ता गर्न सकिनन् । अझै पनि कयौं किशोरीहरु अपहरण गरेर गरिने विवाह, बालविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाको शिकार छन् भन्ने तथ्यलाई उनले वेवास्ता गर्न सकिनन् । अन्ततः उनले परिवर्तनको लागि पर्खनुभन्दा आफैं नै गरेर देखाउँने निधो गरिन् । त्यसपछि १५ वर्षको उमेरमा पहिलोपल्ट प्रशंसाले बुवाको तलबको सहयोगमा रुकुम जिल्लामै पहिलोपटक अपहरण विवाह र बालविवाह विरुद्ध अभियान सुरु गरिन् । यो अभियान संचालन गर्ने उनी पहिलो व्यक्ति थिइन् । यसअघि रुकुममा अपहरण र बालविवाह सम्बिन्धी कसैले पनि अभियान संचालन गरेका थिएनन् । कुनै पनि सम्बन्धित निकायको यसमा ध्यान गएको थिएन । त्यसपछि प्रशंसाले सन् २०१७ मा बालविवाह र अपहरण विवाहको विरुद्ध २१ दिने लामो अभियान नै चलाइन । उनले सो अभियानको क्रममा १० किलो वजन पनि घटाइन् । उनले अभियान सुरु गर्ने बेलासम्म पनि रुकुममा ८० प्रतिशत अपहरण विवाह र बालविवाह हुने गर्दथ्यो । तर, अहिले अपहरण विवाह भने निकै घटेर गएको छ । बालविवाह भने अझै पनि ८० प्रतिशत नै रहेको प्रशंसा बताउँछिन् । प्रशंसाले ग्लोकल टिन हिरोको बारेमा सन् २०१७ का ग्लोकल टिन हिरो सचिन डाँगीबाट थाहा पाएकी थिईन् । उनलाई आफ्नो कामको लागि पहिचान चाहिएको थियो । र, यसको लागि उनले ग्लोकन टीन हिरोको स्टेज रोजिन् । ६ जनालाई पछि पार्दै उनले उपाधी पनि जितिन् । ‘ग्लोकन टीन हिरो भएपछि मेरो जिवनमा धेरै राम्रा राम्रा घटनाहरु भए, त्यसमा पनि मेरो लागि सबैभन्दा महत्वपूर्ण थियो मेरो कामको पहिचान । एउटा सामाजिक अभियान्ताको लागि आफ्नो कामको पहिचान सबैभन्दा ठूलो कुरा हुँदो रहेछ, मैले त्यहीँ पाएँ,’ प्रशंसा भन्छिन् । उनलाई अहिले महसुस भएको छ, समाजिक परिवर्तन एक जनाले मात्रे गरेर सम्भव छैन । परिवर्तनका लागि सबैको सहभागिता जरुरी छ । प्रशंसा अहिले सिभिल ईन्जिनियरिङ अध्ययन गरिरहेकी छन् । मानव कल्याणका लागि नारी सशक्तिकरण नै पहिलो शर्त हो भन्ने उनलाई लाग्छ । उनलाई त्यो उपाधीले धेरै मानिसहरुसँग सम्पर्क राख्न तथा विभिन्न प्रकारका सम्मेलनमा आफ्नो कुराहरु राख्न मद्दत गर्यो । उनले आफ्नो जस्तै सोच भएको धरै मानिसलाई भेटिन् । र, आफ्नो सोचसँग मिल्ने सोच भएकाहरुसँग मिलेर काम गर्ने मौका पनि पाइन् । प्रशंसा अहिले सिभिल ईन्जिनियरिङ अध्ययन गरिरहेकी छन् । मानव कल्याणका लागि नारी सशक्तिकरण नै पहिलो शर्त हो भन्ने उनलाई लाग्छ । र, शिक्षा नै नारी सशक्तिकरणको लागि सबैभन्दा राम्रो उपाय रहेको उनको निर्क्यौल छ । ‘मध्यपश्चिम क्षेत्रका किशोरीहरु लजालु हुन्छन् । उनीहरु हामी जस्तो आफ्नो भावना व्यक्त गर्न सक्दैनन् । शिक्षा यस्तो पाटो हो, जसले उनीहरुलाई आफ्नो भावना व्यक्त गर्न मद्दत गर्दछ,’ प्रशंसाले भनिन् । प्रशंसा किशोरीहरुलाई मद्दत गर्नको लागि विद्यालय र अस्पतालहरु बनाउन चाहन्छिन् । उनी आफ्नो शिक्षाको मद्दतले उनीहरुलाई सहयोग गर्न चाहन्छिन् । प्रशंसा किशोरीहरुलाई मद्दत गर्नको लागि विद्यालय र अस्पतालहरु बनाउन चाहन्छिन् । उनी आफ्नो शिक्षाको मद्दतले उनीहरुलाई सहयोग गर्न चाहन्छिन् । जिन्दगी आएका कुनै पनि समस्यालाई हल गर्न सक्छु भन्ने विश्वास प्रशंसालाई छ । आफ्नो सोच अनुसार काम गर्ने राम्रो प्लेटफर्म पाएकोले ग्लोकल टिन हिरोको उपाधीलाई उनी जीवनको सबैभन्दा ठुलो उपलब्धीको रुपमा लिन्छिन् । प्रशंसासँग एक अभियान्ताको साथै फिल्म मेकिङको पनि चाहना छ । सामाजिक कुराहरुको विषयमा उनले डकुमेन्ट्रीहरु बनाएकी छिन् । उनले युएनबाट बेस्ट सर्ट फिल्म मेकिङको उपाधी पनि पाएकी थिइन् । यस्तै जोनताले सार्वजनिक मामिलामा लागिपरेका विश्वका १० युवतीहरुको लागि दिइने छात्रवृति पनि प्रशंसाले पाएकी थिइन् ।
कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं
काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न हामीले मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढा, कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य बहादुर शाही,जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण बहादुर खत्री र जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जब अली मनिहरलाई सोधेका छौं । उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले व्यवसायिक समस्या समाधानको लागि राजनीतिक नेतृत्वकोमा धाउनु पर्ने अवस्था अन्त्य गरेर एफएनसीसीआईकै नेतृत्वले समाधान दिन सक्ने प्रकारको हुनुपर्ने बताए । साथै, अबको नेतृत्वले आफुहरुका समस्याहरु भन्दा पनि फोन उठाइ दिएपनि हुने थियो भन्ने प्रतिक्रिया दिएका छन् । महासंघको प्रतिष्ठा कायम गरोस् कमल बहादुर बुढा, अध्यक्ष, मुगु उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो प्रतिष्ठा जोगाउन आवश्यक छ । अहिले सम्म महासंघमा व्यक्तिगत सोच हावी छ । कुनै पनि व्यक्तिलाई चित्त नबुझे उद्योग वाणिज्य संघ जस्तै संस्था खोल्ने प्रवृति पनि हावी छ । यस्तो खालको प्रवृतिको अन्त्य हुनु पर्छ । अहिले महासंघ महासंघ ठूला व्यापारीमा मात्र केन्द्रित भएको छ । यो अवस्थ अबको नेतृत्वले अन्त्य गर्नु पर्छ भन्ने हाम्रो माग पनि छ । अबको नेतृत्वले समग्र व्यवसायीको हक हितमा काम गर्नु पर्छ । महासंघ हिजो जुन हिसावमा चलि रहेको थियो । त्यही अवस्थामा आज चल्नु हुँदैन । आफ्नो पहुँच कायम गर्ने प्रवितिको अन्त्य हुनु पर्छ । हाम्रा समस्या त परै जाओस् जिल्लाको उद्योग वाणिज्य संघ सञ्चालन गर्न पनि समस्या भइरहेको छ । भनेको जस्तो कहिल्यै हुँदैन, अपेक्षा छ भनेर के गरौं सुर्य बहादुर शाही, अध्यक्ष, कालिकोट उद्योग वाणिज्य संघ भनेको जस्तो कहिल्यै हुँदैन, अपेक्षा छ भनेर के गरौं । हाम्रा समस्याहरु धेरै छन् । जिल्ला नगरका व्यवसायीहरुलाई हेरेको छैन । चुनावमा हामी छौं भनेर आश्वासन दिने तर जिती सकेपछि कता हराउँछन् थाहा हुन्न । हामीलाई पनि व्यवसायी हुन् भन्ने मानसिकताले हेरिदिनु पर्छ । नेपाल उद्योग वाणिज्य महासंघको अबको नेतृत्व व्यवसायीका पिरमर्का र समस्या बुझ्ने खालको हुनुपर्छ । महासंघको अबको नेतृत्वले व्यवसायीको हकहितको लागि सक्षम हुनु पर्छ । आजसम्मका नेतृत्वहरुले त्यति काम गर्न सकेको अवस्था छैन । उनीहरुले व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ ध्यान दिएका छैनन् । हामीलाई पनि ठूला व्यवसायी सरह व्यवहार गर्ने नेतृत्व हामीलाई आवश्यक छ । कर्ण बहादुर खत्री, अध्यक्ष, जाजरकोट उद्योग वाणिज्य संघ महासंघको गरिमा दैनिक रुपमा घट्दो क्रममा छ । यो अवस्थाबाट जोगाउने नेतृत्वको आवश्यक छ । हाम्रो ठूलो अपेक्षा केही छैन । सबै ठाउँका उद्योग वाणिज्य संघका आ–आफ्नै समस्या छन् । तर, सरकार र निजी क्षेत्रलाई समन्वय गरेर अगाडि बढ्ने नेतृत्व हामीलाई आवश्यक छ । साना तथा मझौला व्यवसायीलाई पनि ठूला उद्योगीहरु सरह व्यवहार गर्ने नेतृत्व हामीलाई आवश्यक छ । हामीलाई व्यवसायीक मुद्धा र समस्यालाई समाधान गर्ने खालको नेतृव चाहिन्छ । माथिल्लो तह अर्थात सरकारसँग छलफल गर्दा उहाँहरु आफ्नै कुराहरु गर्ने खालको प्रवृति हावी छ । उनीहरु हामीसँग छलफल नगरी एकल ढंगले जानुहुन्छ । हाम्रा आवाज सुन्न सकेका छैनन् । आउने नेतृत्वले हाम्रो फोन उठाइदिए पुग्छ रज्जब अली मनिहर, अध्यक्ष, जुम्ला उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघमा जो आए पनि हामी जिल्ला नगरका व्यवसयीलाई हेरि दिनु पर्छ । आउने नेतृत्वले फोन उठाइदिए पनि धेरै समस्या समाधान हुन्छ । तिनीहरु हाम्रो फोन नै उठाई दिदैनन् । निजी क्षेत्रमा भएका विविध समस्याहरुलाई समाधान गर्न सक्ने नेतृत्व आओस् भन्ने हाम्रो भनाई छ । कर्णाली प्रदेश जहिले पनि राज्यको नजरबाट टाढा रह्यो । निजी क्षेत्रको नजरबाट पनि टाढा रह्यौं । कर्णालीमा भएका उद्योग व्यवसायलाई बाहिर ल्याउने कुरामा हामी पछाडि परेका छौं । अबको नेतृत्वले कर्णालीको यिनै समस्यालाई बुझ्ने र समाधान गर्नेछ भन्ने अपेक्षा छ । सबैभन्दा बढी सम्भावना भएको र पछाडि परेको प्रदेश कर्णाली हो । अबको नेतृत्वले यहाँको औद्योगिक सम्भावनालाई बाहिर ल्याउने, यहाँका समस्याहरुलाई समाधान गर्न सक्नेछ भन्ने आशा छ । सम्बन्धित समाचार: सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्
१०३ वर्षअघि इन्जिनियर डिल्लीजङ्ग थापाले बनाएको एशिया कै पहिलो सुरुङमार्ग प्रयोगमा ल्याइँदै
काठमाडौं । काठमाडौंका लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउन १०३ वर्षअघि चन्द्रशमशेरको आदेशमा हेटौंडा–अमलेखगञ्ज सुरुङमार्ग बन्यो । इन्जिनियर ब्रिगेडिर डिल्लीजंग थापाले डिजाईन गरेको एशियाकै पहिलो सुरुङमार्ग २०१६ सालदेखि बन्द छ । बागमती प्रदेश सरकारले हटौंडा र अमलेखगञ्जलाई सडकले जोड्न चुरे पहाडमा बनेकाे साेही सुरुङमार्ग पुनः प्रयाेगकाे गृहकार्य थालेको छ । सुरुङमार्ग पुनः प्रयाेग गरि पर्यटकका लागि पार्क निर्माण गर्ने प्रदेश सरकारकाे तयारी छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ चुरेमा रहेको सुरुङमार्गमा २०१६ सालसम्म गाडी आवतजावत हुने गरेको थियो । ६० वर्षपछि पुनः प्रयाेगकाे गृहकार्यमा प्रदेश सरकार लागेकाे हाे । समान ल्याउँन र मानिस आवतजावत गर्न प्रयोग भएको हटौंडा-अमलेखगञ्ज सडक सञ्चालले जाेड्न प्रयोग भएको सुरुङमार्ग अब पर्यटकीय प्रयाेजनमा प्रयोग हुन लागकाे छ । चुरेको सुरुङमार्ग प्रयोग गरेर पर्यटकहरुका लागि पार्क निर्माण गर्न लागिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका मेयर हरिबोल महतले एशिया कै सबैभन्दा पुरानो सुरुङ मार्गको प्रयोग गरेर पिक्निक स्पट निर्माण गर्न लागिएकाे जानकारी दिए । सुरुङ मार्गको नै ५ कठ्ठा जग्गा रहेको र १५ कठ्ठा जग्गा बन कार्यलयसगँ मागिएको महतले बताए । त्रिभुवन राजपथ बन्न थालेपछि सो सुरुङमार्गमा गाडी गुड्न बन्द भएको थियो । २०५२ सालको माओवादी द्वन्द्व शुरू भएपछि मान्छे हिंड्न पनि रोकिएको थियो । साना र हलुका सवारी साधन गुडाउन मिल्ने उक्त मार्ग हुँदै राजदरबार तथा राणाहरूका लागि गाडी ल्याइएको थियो । सुरुङमार्गको डिजाइन नेपालका पहिलो इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाले १९७४ सालमा गरेका थिए । जङ्गबहादुरका छोरीतिरका पनाति थापाले भारतको थमसन् कलेज अफ इन्जिनियरिङ देहरादुनमा अध्ययन गरेका थिए । श्री ३ महाराज चन्द्र शमशेर राणाकाे आदेशमा सुरुङमार्ग बनाउन नेपाली सेनाको प्रयोग गरिको थियो । थापा पनि नेपाली सेनाका इन्जिनियर थिए । तत्कालिन सरकारले विनियोजन गरेको बजेटभन्दा कम लागतमै सुरुङ बनेकाले बाँकी रकम सरकारी कोषमा नै फिर्ता भएको स्थानीय बताउँछन् । तर, लागत कति थियो भन्ने एकिन छैन । उक्त सुरुङमार्गको चौडाइ ९ फिट र उँचाइ १० फिट छ । लहरी, मालबाहक सवारी साधन छिर्ने आकारमा यसको निर्माण भएको हाे । काठमाडौंको लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउनु यसको उद्देश्य थियो । १९९० र २०७२ सालको भूकम्पबाट सुरुङलाई खासै क्षति भएन । त्रिभुवन राजपथ बनाउँदा सुरुङको बीचमा धसिएको एक ठाउँ बाहेक करीब ९० प्रतिशत भाग प्रयोग गर्न सकिने अवस्थामा छ । बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाले उक्त सुरुङलाई ऐतिहासिक महत्वस्थलका रूपमा संरक्षण गर्ने योजनाअनुसार विवाह मण्डप, पिकनिक स्पट, भ्यू टावर, बगैचा तथा पार्कको निर्माण गर्न लागिएको हो । त्यो युगमा बनेको सुरुङमार्गलाई नेपालको विकास प्रयासको स्वर्णद्वार मानेर अरू ठाउँमा पनि सुरुङ मार्ग निर्माण गर्न सकिएको भए आज देशका धेरै ठाउँमा यातायात सहज हुने थियो । सुरुङ मार्गमात्र नभई इन्जिनियर थापाले काठमाडौं—हेटौंडा रोपवे, १९९० सालको भूकम्पपछि भत्किएको धरहरा, शीतलनिवास, काठमाडौं डिल्लीबजारस्थित चारखाल अड्डा, टोखा सडक, जनकपुर—जयनगर रेल्वेलगायत संरचनाको डिजाइनदेखि निर्माणसम्मको नेतृत्व गरेका थिए । अहिले खानेपानी, सिंचाइ र विद्युत् परियोजनाका लागि सुरुङ बनाउने क्रम बढ्दो छ । मेलम्ची खानेपानी आयोजनाका लागि बनाइएको २७ किलोमिटरको सुरुङ सबैभन्दा लामो हो ।