गभर्नरले मलाई सोध्नुभयो-‘एनआईसी एशिया बैंकको १० लाख कित्ता सेयर उठाएछौ, के भईराछ यहाँ भित्र ?’

शशिकान्त अग्रवाल उद्यमीसँगै सेयर बजारका खेलाडी पनि हुन् । सेयर बजारमा गिरावट छ । उनी भने ठूला ठूला सेयर कारोबारमा संलग्न छन् । बजार विकास कसरी होला ? नयाँ लगानीकर्ताले कस्ता कम्पनीको सेयर किन्ने ? खराव अवस्थामा पनि कसरी लाभ लिने ? मेरियट होटलबारे कुरा गरिसकेपछि हामीले सेयर बजारबारे केही प्रश्न गरेको थियौं । प्रस्तुत छ उनीसँगको सेयरवार्ता । सेयर बजारमा निकै तल गयो । यसको कारण के-के हुन सक्छन् ? पुँजी बजारमा परिपक्वता छैन । दोस्रो बजारमा सेयर किन्दा प्रतिफल ज्यादै कम छ । पहिला बैंकबाट ६-७ प्रतिशत व्याजमा ऋण पाउँदा सेयर बजारमा लगानी गरेर फाइदा हुन्थ्यो । मुद्दतिमा ५-६ प्रतिशत भन्दा कम व्याज दिन्थे बैंकहरुले । त्यो अवस्थामा लगानीकर्ताले सेयर बजारमा पैसा लगानी गरेका थिए । अहिले बैंकहरुले निक्षेपमा १० प्रतिशत व्याज दिन्छन् । ऋणपत्रहरुमा १० प्रतिशतभन्दा बढी व्याज छ । बैंकबाट सेयर कर्जा लिनुपर्यो भने १३ प्रतिशतभन्दा कममा पाइदैन । यो अवस्थामा सेयर बजारमा लगानी गरेर फाइदा नै छैन । सेयरमा रेट अफ रिर्टन नै भएन । यो अवस्था कहिलेसम्म रहन्छ ? बैंकको व्याज नघटेसम्म सेयर बजार बढ्दैन । आज बैंकले २ प्रतिशत व्याज घटाओस्, भोलि सेयर बजार ५० अंकले बढ्छ । दुई दिनमा १०० अंकले बढ्छ । अहिले बजारमा पैसाको सर्कुलेशन नै कम छ । दैनिक सेयर कारोबार नै ५० करोडको हाराहारीमा छ । यो त निकै कम हो नि । बजारमा सुनसान नै छ । तत्काल बैंकले व्याज घटाउने सम्भावना छ ? म देख्दिन । मौद्रिक नीतिले सबै बैंकलाई चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नै पर्छ भनेको छ । ऋणपत्रको व्याज १० प्रतिशतभन्दा माथि छ । यसले निक्षेप र कर्जा दुबैको व्याज घटाउन मद्दत गर्दैन । दोस्रो, राष्ट्र बैंकले चालु आर्थिक वर्षमा २१ प्रतिशत कर्जा विस्तार गर्ने भनेको छ । यति धेरै कर्जा विस्तार गर्ने लक्ष्य राष्ट्र बैंकको छ भनेपछि बैंकहरुले लगानी बढाउने नै भए । बैंकमा कर्जामा माग पनि धेरै छ । यस्तो अवस्थामा लगानी योग्य पुँजीको अभाव नै हुन्छ बैंकलाई । त्यसैले तत्काल व्याज घट्छ जस्तो मलाई लाग्दैन । खराव परिस्थितिमा पनि राम्रा कम्पनीको सेयर किन्दा फाइदा हुन्छ भनिन्छ । अहिले कस्ता कम्पनीको सेयर किन्दा राम्रो हुन्छ ? म सेयर विश्लेषक पनि होइन, ठूलो लगानीकर्ता पनि होइन । तर म के भन्छु भने उत्तेजनामा आएर सेयर किनबेच गर्नुहुन्न । राम्रो पर्फमेन्स भएको, राम्रो व्यवस्थापन भएको कम्पनी छान्नुपर्छ । प्रतिफल ५ प्रतिशत दिने नराम्रो कम्पनी भन्दा ४ प्रतिशत प्रतिफल दिने राम्रो कम्पनी छान्नुपर्छ । सुरक्षित कम्पनी हुनुपर्छ । अहिले कस्ता कम्पनीमा सेयर लगानी गर्दा सुरक्षित हुन्छ ? यस्तो कुरा गर्न मलाई थाहै हुन्न । हुन त मिडियाले मलाई ठूलो सेयर कारोबारी भनेर पनि लेखे । तर म दोस्रो बजारमा सेयर किनबेच गर्ने मान्छे होइन । मलाई इच्छा नै छैन । तपाईले ‘म ठूलो सेयरको कारोबारी होइन’ भन्नुहुन्छ । तर नेप्सेको जिम्मेवार अधिकारीहरुले तपाई नै यो देशको सबैभन्दा ठूलो सेयर खेलाडी हो भन्छन् । डाटाले त्यहि देखाउँछ रे त ? त्यो हुँदै होइन । म सेयर कारोबार गर्ने मान्छे नै होइन, म कसरी ठूलो सेयर कारोबारी  ? नेप्सेले डाटा सार्वजनिक गरोस् न यो देशका ठूला सेयर कारोबारीहरुको नामसहित । मैले कुनै पनि आर्थिक वर्षमा ५ करोड भन्दा बढीको सेयर किनबेच गरेको रेकर्ड तपाईले पाउनुहुन्न । लुकाउनु पर्ने विषय पनि होइन । लुकाउन सक्ने विषय पनि होइन । बैंकको व्याज नघटेसम्म सेयर बजार बढ्दैन । आज बैंकले २ प्रतिशत व्याज घटाओस्, भोलि सेयर बजार ५० अंकले बढ्छ । ५ करोड भन्नु भएको कि ५ अर्ब ? ५ करोड नै भनेको हो । प्रमोटर सेयरको कुरा चै फरक हो । हालसालै मैले प्रभु बैंकको १२ करोड रुपैयाँ बराबरको सेयर बेचेँ । केही समय अघि शिखर इन्स्योरेन्सको पनि ५ करोडको सेयर बेचेको थिएँ । तर ती सबै सेयर प्रमोटरबाट पब्लिक भएको सेयर बचेको हुँ । कारोबारी भएको भए म ती सेयर होल्ड गर्थे । म पब्लिक सेयर लिएर बस्दिन । प्रमोटर सेयरमा त लगानी गरिरहेको हुन्छु । जस्तै, अब हिमालयन बैंकको १०-१२ प्रतिशत प्रमोटर सेयर पब्लिक सेयरमा कन्भर्ट हुँदैछ । पब्लिक सेयरमा कन्भर्ट भएपछि म २५-३० करोडको सेयर बेच्छु । एनआईडीसीले नविल बैंकको प्रमोटर सेयर बेच्ने भयो । मैले करिव ३० हजार कित्ता अक्सनमा लिएँ । हकप्रद बोनस गर्दा अहिले ९० हजार कित्ता भयो होला । यो पनि पब्लिकमा कन्भर्ट हुँदैछ । अब म यो सेयर पनि बेच्छु । सेयर कारोबारी भनेको त कस्तो भने आज ८ करोडको सेयर किन्यो, भोलि १० करोडको बेच्यो । कारोबारी भनेको यस्तो हो । म त्यस्तो कारोबारमा छैन । तपाईले नेप्सेका जिएमको कुरा गर्नु भयो । अस्ति मलाई गभर्नरले फोन गर्नुभयो । उहाँ मेरो नजिकको साथी हुनुहुन्छ । ‘के हो तिमी त । एनआईसी एशियाको १० लाख कित्ता सेयर उठाएछौं । के छ त्यहाँ त्यस्तो  ?’ मैले भने– गभर्नर साव, तपाई त राष्ट्र बैंकको गभर्नर । तपाईसँग त सहि तथ्याङ्क हुनुपर्ने हो । मैले एनआईसी एशियाका जम्मा ८० हजार कित्ता सेयर लिएको हो । १० लाख के ? डेढ लाख कित्ता पनि लिएको छैन । कत्रो हल्ला भएको ? मैले केही क्ल्यू पाए । ५०-६० रुपैयाँ फाइदा हुन्छ भन्ने चाल पाए । केही महिनामा ४०-५० रुपैयाँ फाइदा भयो । सबै बेचिदिए । त्यस्तो अपरच्युनिटी पाए भने अहिले पनि किन्छु । तर ५-१० रुपैयाँ खानको लागि डे टु डे सेयर किनबेच गर्दिन । म सेयर विश्लेषक पनि होइन, ठूलो लगानीकर्ता पनि होइन । तर म के भन्छु भने उत्तेजनामा आएर सेयर किनबेच गर्नुहुन्न । तपाईले सेयरबजारमा घाटा खानुपरेको कम्पनी ? केही कम्पनीमा घाटा हुन्छ । ग्राण्ड बैंकको प्रमोटर सेयर लिए । शुरुमा होइन, पछि लिएको । किन्दा किन्दा धेरै नै थियो । तर, बैंक व्यवस्थापन ज्यादै फितलो भयो । त्यसको व्यवस्थापन ज्यादै खराव रहेछ । भित्रभित्रै ध्वस्त भएको रहेछ । त्यो बैंक सस्तोमा मर्ज गराउन मैले धेरै प्रयास गरे । त्यतिमा पनि मर्ज नगरेको भए बैंक रन हुन्नथ्यो । पब्लिकको निक्षेप पनि डुब्थ्यो । सेयरधनीको पैसा पनि पुरै डुब्ने थियो । धन्न त्यो बैंक प्रभुले थाम्यो । पब्लिकले निक्षेप पनि फिर्ता पाए । हाम्रो लगानी पनि बच्यो । अहिले त प्रभु बैंक राम्रो भयो । त्यसमा गरेको लगानी १२ वर्षपछि उठ्यो । त्यसबाट फाइदा चाहिँ भएन । ग्राण्ड बैंकको पतनको कारण के थियो ? खराव व्यवस्थापन । भित्र भित्र मुसाले जस्तै प्वालै प्वाल पारेको रहेछ । फेब्रिकेटेड व्यालेन्सिट रहेछ । खराव ऋणीलाई पनि नयाँ कर्जा दिएर कर्जाको व्याज उठाईरहेको रहेछ । नयाँ सीईओ आएपछि त्यो सबै खुल्यो । ग्राण्ड बाहेक तपाईले लगानी गरेको खराव कम्पनी ? कुमारी बैंक पुरानो बैंक हो । यसमा गरेको लगानीले पनि प्रतिफल दिएन । यसको व्यवस्थापन चुस्त दुरुस्त भएन । कहिले व्यवस्थापन राम्रो भएन । कहिले बोर्डले, प्रमोटरले अनावश्यक हस्तक्षेप गरे । अहिलेको सीईओ राम्रो मान्छे हुनुहुन्छ । उहाँले राम्रो गर्नु हुन्छ कि भन्ने आशा छ । होटल मेरियटको व्यवस्थापन अमेरिकी ब्राण्डलाई, ‘रिस्क लिन चाहिन’: शशीकान्त अग्रवाल  

होटल मेरियटको व्यवस्थापन अमेरिकी ब्राण्डलाई, ‘रिस्क लिन चाहिन’: शशीकान्त अग्रवाल

काठमाडौं । नक्साल, नागपोखरीबाट केही पाइला दक्षिणतिर अघि सार्दा बायाँ तिर ठडिएको काठमाडौं मेरियट होटलमा ठ्याक्कै नजर पर्छन् । २० वर्षपछि काठमाडौंमा थपिएको यो पाँच तारे होटल १३ रोपनीमा फैलिएको छ । यहाँभित्र पसेपछि विदेशको कुनै सुविधा सम्पन्न होटलभित्र छु कि जस्तो भान हुन्छ । नहोस् पनि किन हस्पिटालिटी क्षेत्रमा संसारमै अब्बल म्यानेजमेन्ट ठानिएको अमेरिकन कम्पनी मेरियट इन्टरनेशनलले यसको व्यवस्थापनको जिम्मा लिएको छ । मेरियट इन्टरनेशनल त्यही अमेरिकन चेन ब्राण्ड कम्पनी हो, यस अन्र्तगत संसारभर ७ हजार होटलहरू संचालित छन् । एमएस ग्रुप र मेरियट इन्टरनेशनलबीच बीस वर्षका लागि सम्झौता भएको हो । नेपालमा चिनी र हाउजिङ लगायतका व्यवसायमा हात हालेको एमएस समूहले चार अर्बको लगानीमा काठमाडौं मेरियट होटल शुरु गरेको हो । जसका अध्यक्ष हुन्, शशीकान्त अग्रवाल । एमएस ग्रुप अन्र्तगतको एभरेष्ट हस्पिटालिटी ग्रुपले साढे २ वर्षअघि ठमेलमा फेयरफिल्ड होटल पनि सञ्चालनमा ल्याएको थियो । अहिले भने काठमाडौं मेरियट होटलकै प्रसंगमा फर्कौं । शहरको भीडभाडबीच ठडिएको यो भव्य १३ तले होटलभित्र आकर्षक पेन्टिङ, पानीका फोहरा, ठूलो घण्टा देख्न सकिन्छ । जम्मा २ सय १४ वटा कोठा भएको यो पाँच तारे होटल हो । र गएको नयाँ वर्ष वैशाख १ मा सफ्ट लन्च गरिएको हो । होटलमा १ सय ९३ डिलक्स रुम, २० वटा स्वीट रुम, एउटा प्रेसिडेन्सियल रुम छन् । होटलका विशेषताका वारेमा सञ्चालक शशीकान्त अग्रवाललाई भन्छन् ‘लोकेसनका हिसाबले यो होटल सबैभन्दा उपयुक्त स्थानमा रहेको छ ।’ सोल्टी र हयात जस्ता होटलमा मानिसहरूको चाप रहेको र त्यहासम्म मानिसहरु पुग्न नरुचाउने अग्रवाल तर्क अघि सार्छन् । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट यो होटल खासै टाढा नरहेकाले विदेशी पर्यटकहरुको रोजाइमा पर्ने बताए । यसबाहेक होटलभित्रै जिम, स्पा, ब्यांकेट, स्विमिङ पुल, बेकरी, ब्युटी पार्लर, एरोबिक रुम, रेस्टुराँ, बार, क्याफेटेरिया, सैलुन, टेलिफोन बुथ, लन्ड्री रुम, क्यासिनो लगायतका सुविधा उपलब्ध छन् । केही समयपछि जिम क्लवमा भने सर्वसाधारणका लागि खुल्ने छ । २ सय १४ वटा कोठा रहेको काठमाडौं मेरियटभित्र एउटा प्रेसिडेन्सियल रुम छ । यो रुम विदेशी राष्ट्र प्रमुखहरुलाई लक्षित गर्दै बनाइएको हो । जुन प्रयोग गरेवापत एक दिनकै साढे २ लाख रुपैंया“ तिर्नुपर्छ । ‘तर पैसा तिर्ने हो भने जो कोही यो रुममा बस्न सक्छन् ।’ सञ्चालक अग्रवालले सुनाए ‘प्रेसिडेन्सियल रुमले ८ वटा कोठा बन्ने स्थान ओगटेको छ ।’ यो बाहेक अरु कोठाको भने १४ हजार देखि १ लाख रुपैंया“ रेट तोकिएको छ । डिलक्स रुमका १५ हजार र सुइट रुमका लागि पचास हजार रुपैंया“ शुल्क तोकिएको छ । सञ्चालक अग्रवालका अनुसार काठमाडौं मेरियट होटलमा स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि बेग्ला–बेग्लै रेट तोकिएको छ । लक्षित बजार यही नै हो भन्ने निश्चित त छैन । खर्च गर्न सक्ने जो कोही यो होटलमा खान, बस्न सक्छन् । यस पाँचतारे होटलले अबको ढेड महिनासम्म सञ्चालन हुने एक्सप्रेज भोज अफर ल्याएको छ । नेपालको स्थानिय बजारलाई लिक्षत गरेर यो प्याकेज ल्याएको हो । १ हजार रुपैंया“ तिरेपछि विभिन्न खानाका परिकारहरूको स्वाद लिन सकिन्छ । एमएस ग्रुपले चार अर्ब लगानीमा यो होटल सञ्चालन गरेको हो । सञ्चालक अग्रवालले निजी ८० करोड रुपैंयाँ र बाँकी बैंकबाट ऋण लिएर होटलमा लगानी गरेका हुन् । यो प्रोजेक्टको सूरुवात चार वर्षअघि भएको हो । ब्रेक इभनमा पुग्न ३ देखि ४ वर्ष लाग्ने उनले अनुमान गरेका छन् । ‘केही राम्रो होला भन्ने आशा छ ।’ अग्रवालले कफीको चुस्की लिदै सुनाए ‘दुई वर्षमा पुग्छौं कि भन्ने आशा छ ।’ नेपालमा आफैले व्यवस्थापनको जिम्मा लिएका मल्ल होटल, सांग्रिला होटल, याक एण्ड यति लगायतका अन्यले पनि राम्रै गरिरहेका छन् । पर्यटन क्षेत्रमा एमएस गु्रप नयाँ भएकाले आफैले रिस्क लिन नचाहेर मेरियट इन्टरनेश्नललाई जिम्मा दिइएको अग्रवालले सुनाउँछन् । आफैमा ख्याती कमाइसकेको, अन्तर्राष्ट्रिय ब्राण्ड मेरियट इन्टरनेशनलाई म्यानेजमेन्टको जिम्मा दिएपछि अग्रवाल ढुक्क छन् । होटलको आर्किटेक्ट, इन्टेरियर डिजाइन लगायत कामको जिम्मेवारी मेरियट इन्टरनेशनलले लियो भने सिई कन्सट्रक्सनले होटल निमार्ण जिम्मा लियो । आफैमा ख्याती कमाइसकेको, अन्तर्राष्ट्रिय ब्राण्ड मेरियट इन्टरनेशनलाई म्यानेजमेन्टको जिम्मा दिएपछि अग्रवाल ढुक्क छन् । होटलको लबिमा बसिरहँदा नेपालको कला, संस्कृति झल्किने खालका पेन्टिङहरु सजाइएका छन् । १३ तले होटलका कोठाहरुबाट समेत काठमाडौंलाई नियाल्न सकिन्छ । उपत्यकाका डाँडाकाँडा र यहाँबाट देखिने हिमश्रृंखला नियाल्नुको मजा अर्कै छ । यो होटलले २ सय २० जनालाई रोजगारी दिलाएको छ । सञ्चालक अग्रवालले अझ त्यो संख्या विस्तार गरेर २ सय ८० जना पुर्याउने लक्ष्य राखेका छन् । मेरियट होटलको मेनुमा कन्टिनेन्टल फुडका साथै चाइनिज, जापनिज नेपाली परिकारहरु उपलब्ध छन् । एकै पटक १ हजार जनालाई खाना सर्भ गर्न सक्ने क्षमता छ होटलसँग । अहिले १ सय ६० वटा गाडी पार्किङ गर्न सकिने मेरियटमा अबको दुई, तीन महिनाभित्र थप १ सय ५० गाडी पार्किङ गर्न सकिनेछ । यसले गर्दा गाडी पार्किङको समस्याबाट मुक्ति मिल्नेछ । यो होटलले नेपालमै पहिलो पटक हाइड्रोलिक पार्किङको सिस्टम ल्याउ“दैछ । अग्रवालका अनुसार त्यसका लागि चार, पाँच करोड रुपैंयाँ खर्चिनुपर्ने छ । ‘प्यासन नभई कुनैपनि व्यापार चल्दैन ।’ उत्साहित हुँदै अग्रवाल सुनाए । उनमा झल्किएको आत्मविश्वासले पनि देखाउथ्यो, अग्रवाल आक्रमक रुपमा हस्पिटालिटी क्षेत्रमा समर्पित भएर लाग्दैछन् ।

असली रामेन भित्र्याए अर्जुनले, भन्छन्-‘१७ वटा व्यवसायमा फेल खाएँ, अब जम्छु’

काठमाडाैं । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्ट भित्र खोलिएको होकाईडो रामेन हाउस गत शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । जापनिज प्रख्यात फास्ट फुड हो रामेन । यसमा चिनियाँ शैलीमा बनाइएको चाउचाउ मासु वा माछाको झोलमा पस्किने गरिन्छ । साथै बङ्गुरका तासिएका मासु, समुद्री लेउ, मेनमा र हरिया प्याज पनि खानाको माथिपट्टी राखिएर सजाईन्छ । ठाउँ अनुसार रामेनका बनावट शैली फरक पर्ने पनि हुन्छ । करिव २ दशक जापानमा विताएको अर्जुन अधिकारीले १७ जना जापानिजको समेत सेयर लगानीमा होकाईडो नेपाल विजनेश ग्रुप प्रा.लि. खोले । नेपालमा धेरै अध्ययन गरिसकेपछि उनले रामेन अर्थात जापानको प्रख्यात नुडल्सलाई नेपालमा भित्राउने निर्णयमा पुगे । अर्जुन नेपालका धेरै जापानिज रेस्टुराहरुमा गए । तर धेरैमा उनले रामेनको स्वाद भन्दा पनि मैदाको स्वाद बढी पाए । त्यही कुरालाई ध्यानमा राख्दै उनले शुद्ध जापानी स्वादको रामेन खुवाउने रेस्टुरा खोलेका हुन् । उनले होटलका सेफ जापानबाटै भित्र्याएका छन् । उनले रामेनसँग सम्बन्धित मोमो, फ्राइ चिकेन, फ्राइ राइसलाई पनि रेस्टुराको मेनुमा राखेका छन् । जापानको निकै लोकप्रिय, सस्तो र स्वस्थ फास्टफुड हो, रामेन । धेरै नेपालीहरुको दिमागमा भने नेपालमा पछिल्लो पटक एकदमै फेमस भएको रातो प्याकेटमा रामेन लेखेको नुडल्स हो । ‘खास त्यो असली रामेन भने होइन्’ अधिकारी भन्छन्, ‘सोलु, नाम्चेबजारमा पाइने सुपमा केही नगरि सिधा थुक्पा राखिने सरह हो हाम्रो रामेन ।’ जापनिज खानेकुराको एउटा जटिल पाटो भनेको यसमा नुन मात्र लिएर खानेकुराको स्वादसँग खेल्नुपर्ने उनी बताउँछन् । रामेनलाई एक दुई दिनको व्यावसाय भन्दा पनि दीर्घकालिन रुपमा लैजान खोजेका छन् उनले । यसमा सफलता पाए काठमाडौंका ठाउँठाउँमा बिस्तार गर्ने उनको सोच छ । सेन्ट्रल किचेनबाट उनी सबैतिर फ्रेस रामेन पठाएर व्यापार गर्ने योजना बनाएका छन् । उनले यही व्यवसायमा लाग्नुको मुख्य उद्देश्य भनेको नेपालीहरुलाई जापनिज स्वाद चखाउनु हो । आफूले जसरी जापानमा नेपाली खानाको बारेमा बुझाउन पाए उनी अब त्यही नेपालमा गर्न चाहन्छन् । अर्जुनले रेस्टुराँ  खोलेको करिब २ महिना भईसकेको छ । तर औपचारिक रुपमा गत शुक्रबार उद्घाटन गरिएको छ । उनी बाहिरी मिडिया र बजारमा भने आएका छैनन् । उनी हाल रिसोर्टमा खान आउने मानिसहरुबाट राय संकलन गर्दैछन् । र, जति मानिस आए सबै सन्तुष्ट छन् । अब भने छिट्टै नै मिडिया मार्फत बजारमा आउने उनको योजना रहेको छ । यसमा सफल भए उनको काठमाडौंको अन्य ५/६ क्षेत्रमा यसको शाखा खोल्ने योजना रहेको छ । उनले हाल त्यसैको लागि मास्टर किचेन बनाईसकेका छन् । उक्त किचेनमा एकदिनमा ३ हजार मानिसका लागि रामेन बनाउन सक्ने क्षमता रहेको उनी बताउँछन् । यही व्यवसायलाई बिस्तार गरेर ३ वर्षभित्रमा ३० जना मालिक बनाउने योजना छ उनको । त्यसको लागि उनी जापानबाट फर्केर आएका मानिसहरुलाई यस व्यवसायमा संग्लन गराउन चाहन्छन् । कम्तिमा पनि २० लाख रुपैंयाँमा यसको आउटलेट खोल्न सक्ने बनाउने योजना छ । त्यसमा सबै खानाको कच्चा पदार्थहरु आफ्नै सेन्ट्रल किचेनबाट ठाउँठाउमा पुर्याउने अर्जुनको योजना रहेको छ । अर्घाखाँचीका  अर्जुन, जापानकाे अनुभव अर्जुन अधिकारी अर्घाखाँचीमा जन्मिए । परिवारमा उनका दाई पर्यटन व्यवसायमा होमिईसकेका थिए । दाईको प्रभाब अर्जुनमा नपर्ने कुरै भएन । पोखरामा अध्ययन सकेपछि अर्जुन काठमाडौं फिरे । काठमाडौं अर्थात सपनाको शहर । काठमाडौं पाइला टेक्नु अगाडी युवाहरु अनेक सपना बुन्ने गर्छन् । मनभरी मीठो कल्पना सजाउछन् । तर काठमाडौंको नाका छिरिसकेपछि यहा अनेकौं हन्डर, ठक्कर खानुपर्छ । तर अर्जुनले त्यति धेरै हन्डर ठक्कर झेल्नु परेन । अर्जुनका दाईले होटल खोलिसकेका थिए । उनले त्यही होटलका लागि मार्केटिङ गर्ने काम शुरु गरे । यो काम गर्दागर्दै उनलाई पर्यटक भिसामा जापान जाने मौका मिल्यो । जापान पुगेपछि अर्जुनले एउटा ठूलै होटेलमा काम गर्ने अबसर पाए। त्यो काम पाउन जापानमै बसिरहेका उनका साथीले सघाए । जापान बसाईको क्रममा अर्जुनले धेरै कुरा सिके । जापान बस्दा उनलाई दुई वटा कुरा खुब चित्त बुझे । पहिलो हावापानी, दोस्रो जापानीको काम गर्ने शैली । बिचमा नेपाल फर्किएर उनले लामो समयका लागी भिसा लिएर जापान फर्के । सन् २००१ देखी २००४ सम्म आधा समय नेपाल हुन्थे, आधा समय जापान । काम गर्दै जाँदा अर्जुनलाई आफ्नै व्यवसाय गर्ने रहर पलायो । जुन पेशा उनले अंगाल्दै आएका थिए, त्यसैमा आफ्नो भविष्य बनाउने सपना देखे । अन्ततः सन् २००५ को नोभेम्बरमा अर्जुनले आफ्नै व्यवसाय सूरु गरे । जापानमा नेपाली स्वाद चखाउँनका लागि उनले नेपाली रेस्टुरेन्ट खोले । नाम राखे –बिस्तारै बिस्तारै । व्यवसायको सुरुवाती दिनहरुमा उनलाई एकदमै गाह्राे भयो । सुरुवाती दिनमा उनीसँग पर्याप्त पैसा थिएन । व्यवसाय पनि खासै राम्रो चलेन । रेस्टुरेन्टको व्यापार नाफा घाटा चलिरह्यो । उनले हिम्मत हारेनन् । कहिल्यै निरास भएनन् । ‘विस्तारै–विस्तारै’ को सफलतापछि समय सधैं एकनासले कहाँ चल्छ र ? बिस्तारै नाफा कमाउँदै गए । रेस्टुराँको नाम बिस्तारै बिस्तारै जस्तै व्यापार पनि त्यस्तै भयो । बिस्तारै–बिस्तारै यसरी उकालो लाग्यो कि जापानमा यसका १६ ठाउँमा शाखा बिस्तार भए । शाखा खोल्दै जाने क्रममा रेस्टुराँमा काम गर्ने साथीहरुलाई पनि थोरै थोरै गरेर तलबबाट रकम काट्दै सेयर हाल्न लगाए । उनले रेस्टुराँको ८० प्रतिशत जिम्मेवारी जापनिजलाई दिए । किनभने जापनिजहरु काम गर्नमा पोख्त थिए । जापानमा छोटो समयमै प्रगती गर्ने थोरै मानिसमा उनी पनि पर्छन् अर्जुन । जापानको होकाईडो गाउँमा अर्जुनको सबैभन्दा धेरै समय बित्यो । गाउँमा उनले सबैबाट निकै माया पाए । त्यसमा पनि बुवा समान जापनिजहरुले उनलाई धेरै माया दिए । सहयोग गरे । पहिलेदेखी नै पर्यटन क्षेत्रमा हात हालेका उनलाई जापनिजहरुले नेपाल भारतमा पर्छ भनेको सुन्दा सार्है नरमाइलो लाग्थ्यो । आफ्नो देश जापनिजहरुलाई सानो लागेको कुरा उनलाई फिटिक्कै चित्त बुझेन । यहि भ्रमलाई मेटाउन उनले त्यहीँका आफ्ना रेस्टुराँमा काम गर्ने नेपाली दाजुभाइसँग मिलेर नेपाल डे मनाउने निर्णय गरे । दसैं जस्ता चाडपर्वमा नेपाल सम्बन्धि बिशेष दिन मनाउन थाले । र, जापनिजहरुलाई नेपाल घुम्न जान आग्रह गरे । जापनिजहरुलाई नेपाल घुम्न सल्लाह सुझाव दिने थाले । त्यसयता उनको सिफारिसमा २ सय ७० भन्दा बढी जापनिजले नेपाल घुमिसकेका छन् । नेपालीहरु जापान ओइरिने क्रम रोकिएको थिएन । सबैको नेपालप्रति गुनासो हुन्थ्यो । उनी भने दोधारमा थिए । उनीहरुले न त नेपाललाई पुरै छोड्न सके न त जापानलाई पूर्ण रुपमा अंगाल्न नै सके । यही कारण उनलाई नेपालमै केही गर्नुपर्छ भन्ने सोच आयो । उनले नेपालमा सुरुमा २ वटा व्यवसायबाट काम सुरु गरे । व्यवसाय विस्तारको क्रममा उनले १७ वटा व्यवसायमा हात हाले । तर अर्जुनलाई शायद समयले साथ दिएन । उनी यी सबै व्यवसायमा बिफल भए । आफू सबैमा बिफल हुनुको कारण खोज्दै गर्दा मानिसहरुलाई चाँडै विश्वास गर्ने र एक फोन कलको भरमा र नमस्कारको भरमा मानिसँग डिल गर्ने बानी भएको निष्कर्षमा पुगे । आफ्ना व्यवसाय उनले बेच्ने निर्णय गरे । आफ्नो लगानी डुबाए । जति उनी बिफल हुँदै गए, त्यति म को हुँ भन्ने कुरामा अलमल्ल पर्न थाले । परिवारका सदस्यहरु उनलाई जग्गा किनेर फाईदा लिएर बसोस् भन्ने चाहन्थे । तर उनी भने अझै केही व्यवसाय गर्न चाहन्थे । परिवारका सदस्यले धेरै कराए, गाली गरे । तर अहँ, उनलाई केही गर्नु थियो नेपालमा । र, त्यही आशाको साथ अर्जुन नेपालमा आफ्नो जापानको लोकप्रिय खाजा रामेन नुडल्सलाई पूर्ण जापानिज विधि अपनाइ रामेनको असली स्वाद लिएर आएका छन् । करिब ३ करोड रुपैंयाँ लगानी गरेर ल्याईएको यो व्यवसायलाई उनी अब भने कुनै पनि हालतमा खस्किन नदिने सोचमा छन् । रामेन चेन रेष्टुरेन्टमा सफलता हासिल गरेमा नेपालको पर्यटन व्यवसायमा उनी र उनको जापानी टोली नयाँ सेवाको क्षेत्रमा लगानी विस्तार गर्ने सोचमा छ । विगतमा १७ वटा व्यवसायमा असफल भए पनि अब जम्मे उनको दृढ विश्वास छ ।