सामाजिक सुरक्षा कोषमा भ्वाङ नै भ्वाङ, बचतकर्ताले संकटको बेला गर्जो टार्न पनि नपाउने

काठमाडौं । ‘नयाँ युगको प्रवेश’ भन्दै सरकारले १० महिनाअघि शुरुवात गरेको सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको आकषर्ण नभएपछि सरकारी अधिकारीहरु नै तनावमा देखिएका छन् । २०७६ साउनदेखि अनिवार्य गरिएको यस कोषमा १ प्रतिशत भन्दा कम संस्थाहरु मात्र दर्ता भएपछि सरकारी अधिकारीहरुको टाउको दुःखेको हो । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार सरकारी निकायहरुमा दर्ता भएको संस्थाहरुको संख्या ४ लाख ६२ हजार ६०५ छन् । हालसम्म सामाजिक सुरक्षा कोषमा जम्मा २ हजार ८३२ कम्पनी मात्र सूचिकृत भएको छ, जुन कुल दर्ता संस्थाको शुन्य दशमलव ६१ प्रतिशत मात्र हो । कोषका निर्देशक तथा प्रबक्ता रमा भट्टराईको अनुसार हालसम्म करिब ४० हजार श्रमिक सूचिकृत भएका छन् । यो संख्या कोषमा आउनु पर्ने सम्भावित कुल योगदानकर्ताको १.२३ प्रतिशत मात्र हो । कोषमा निजी क्षेत्रका कामदारलाई ल्याउने लक्ष्य रहेको छ । तथ्याङ्क विभागका अनुसार निजी क्षेत्रमा हाल ३२ लाख २८ हजार ४५७ जनाले रोजगारी पाएका छन् । सरकारी निकायमा दर्ता नै नभई ४ लाख ६० हजार ४२२ वटा व्यवसाय सञ्चालनमा रहेको तथ्याङ्क विभागले जनाएको छ । दर्ता भएका र नभएको गरी कुल व्यवसायिक संस्था ९ लाख २३ हजार सञ्चालनमा रहेको विभागको पछिल्लो तथ्याङ्कले देखाउँछ । सरकारकाे जित, राेजगारदाताकाे हारकाे रूपमा हेरिएकाे सामाजिक सुरक्षा याेजना कार्यान्वयनमा श्रमिकहरूकाे पनि उत्साह देखिएकाे छैन । सरकारकाे जित, राेजगारदाताकाे हारकाे रूपमा हेरिएकाे सामाजिक सुरक्षा याेजना कार्यान्वयनमा श्रमिकहरूकाे पनि उत्साह देखिएकाे छैन । तर सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली तथ्याङ्क विभागको रिर्पोटलाई आधार मानेर सामाजिक सुरक्षा कोषमा कम संस्था दर्ता भए भन्नु गलत हुने दावी गर्छन । ‘विभागको तथ्याङ्क दर्ता भएको संस्थाको संख्या मात्र हो । दर्ता भएका सबै संस्था सञ्चालनमा छैनन्’ उनको तर्क छ । तथ्याङ्कलाई छोडेर सामान्य अवलोकन गर्ने हो भने पनि सामाजिक सुरक्षा कोषमा दर्ता भएको संस्थाको उपस्थिति न्युन नै छ । सामाजिक सुरक्षा कोषमा रोजगारी बढी सिर्जना गर्ने उद्योगहरुको सहभागिता न्यून छ । पुँजीको आधारमा सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकम समेत सूचिकृत भएको छैन । २८ वटा वाणिज्य बैंक मध्ये ७ वटा वाणिज्य बैंक मात्र सामाजिक सुरक्षा कोषमा सूचिकृत छन् । ३२ वटा विकास बैंक मध्ये एउटा विकास बैंक मात्र कोषमा सूचिकृत भएको छ । त्यस्तै, सेवा क्षेत्रमा निकै अगाडि बढेको सञ्चार, शिक्षा, स्वास्थ्य क्षेत्रको उपस्थिति पनि ज्यादै कम रहेको देखिएको छ । सरकारी योगदान शुन्य चन्द्रप्रसाद ढकाल सामाजिक सुरक्षा कोषमा सरकारी योगदान शुन्य भएकोले रोजगारदाता मात्र होइन, श्रमिक वर्गमा पनि यसप्रति अकार्षण छैन । कोषप्रति विकर्षण हुनुमा धेरै कारण छन् । त्यसमध्ये सरकारले कोषमा आर्थिक योगदान नगर्नु मुख्या कारण मानिएको छ । कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत र श्रमिकको ११ प्रतिशत बचत हुन्छ । कोषमा जम्मा भएको रकम अन्तिममा श्रमिकले हितमा खर्च हुनेछ । मानिस जन्मनुपूर्व देखि मृत्यूपछिसम्मको सबै जोखिम र सामाजिक दाहित्व सरकारले सामाजिक सुरक्षा कोषमा सारेको छ । अर्थात योगदान कर्ताको गर्भअवस्थामा गर्नु पर्ने सहयोग देखि मृत्युपछिको दाहित्व सबै कोषमा राखिएको छ । यति धेरै आर्थिक दाहित्व बोकेको कोषमा सरकारले पैसा नहाल्नुलाई जानकारले ‘सरकार गैरजिम्मेवार बनेको र करदातामाथि अन्याय भएको’ बताउँदै आएका छन् । कोषमा सरकारी योगदान हुनुपर्छ भनेर रोजगारदाताको तर्फबाट माग भएको तर सरकारले स्वीकार नगरेको नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल बताउँछन् । विकसित मुलुकमा सामाजिक सुरक्षा कार्यक्रममा सरकारले पनि पैसा हाल्ने गरेको र नेपाल सरकारले पनि यस कोषमा ढिलै भएपनि पैसा हाल्नै पर्ने श्रम कानुनका जानकार अधिवक्ता रमेश बडाल बताउँछन् । विकसित मुलुकमा सामाजिक सुरक्षा कार्यक्रममा सरकारले पनि पैसा हाल्ने गरेको र नेपाल सरकारले पनि यस कोषमा ढिलै भएपनि पैसा हाल्नै पर्ने श्रम कानुनका जानकार अधिवक्ता रमेश बडाल बताउँछन् । आगामी चुनावमा जनमत लिनको लागि राजनीतिक दलहरुले सामाजिक सुरक्षा कोषमा सरकारी लगानी गर्ने प्रतिवद्धता ल्याउन सक्ने उनको आकलन छ । ‘जुन दलले यस्तो योजना ल्याउछ, श्रमिकले त्यहि दललाई भोट दिन्छन’ उनले भने । प्रतिस्प्रर्धी नहुनु सामाजिक सुरक्षा कोषका कार्यक्रमहरुमा कर्मचारी सञ्चय कोष वा नागरिक लगानी कोषले सञ्चयकर्तालाई दिने जति सुविधा पनि नभएकोले पनि कोषप्रति आकर्षण कम भएको देखिएको छ । योगदान कर्ताले १५ वर्षसम्म बचत झिक्न नपाउने, उक्त बचतलाई धितोको रुपमा राखेर कर्जा लिन पनि नपाईने, अतिरिक्त सम्पत्ति धितो राखेर कर्जा सुविधा लिन पनि नपाइने भएकोले धेरै संस्थानका श्रमिकहरुले सामाजिक सुरक्षा कोषमा जान अनिच्छा व्यक्त गरेका छन् । नागरिक लगानी कोष वा कर्मचारी सञ्चय कोषले झै सामाजिक सुरक्षा कोषले बचतलाई धितो स्वीकार गरेर कर्जा प्रवाह गर्न नसकिने र संसारमा कुनै पनि सामाजिक सुरक्षा कार्यक्रममा यस्तो सुविधा नहुने कोषका कार्यकारी निर्देशक ज्ञवालीको दावी छ । संकटको बेलामा गर्जो टार्न नमिल्ने गरी अनिवार्य बचत गराइनु बचतकर्ता माथि सरकारी आर्थिक दमन भएको आलोचकहरुको भनाई छ । विवेदपूर्ण भएको आरोप यस कोषलाई ‘बृहत एकिकृत सामाजिक सुरक्षा कार्यक्रम’ भनिए पनि व्यवहारमा त्यस्तो छैन । यसमा निजामति कर्मचारी, शिक्षक, सेना, प्रहरी लगायत सरकारी कर्मचारीहरुलाई कोषमा लगिएको छैन । ‘कोषमा सरकारी कर्मचारीको बचत पनि नहुने, यस कोषमा सरकारी योगदान पनि नहुने हुँदा विश्वसनियता पनि कम भयो । एकिकृत सामाजिक सुरक्षा कार्यक्रम नभई निजी क्षेत्रको सामाजिक सुरक्षा कार्यक्रम जस्तो भयो’ नेपाल उद्योग परिसंघको उपाध्यक्ष राजेश अग्रवालले भने । अलोचकहरुले यो कार्यक्रम मार्फत सरकारले सरकारी र निजी क्षेत्रका कर्मचारीबीच विवेद सिर्जना गरेको समेत आरोप लगाएको छन् । त्यस्तै, २०६७ सालदेखि सरकारले श्रमिकसँग लिएको १ प्रतिशत सामाजिक सुरक्षा कर गायव गरेकोले पनि सरकारप्रति श्रमिक तहमा अविश्वास देखिएको छ । सर्वसाधारणले निक्षेपमा १२ प्रतिशतसम्म, पुँजी बजारमा वार्षिक औषत १९ प्रतिशत प्रतिफल पाउने गरेको तथ्याङ्कहरु छन् । जीवन बीमा कम्पनीहरुले पनि आकर्षक प्रतिफलसहित आर्थिक सुरक्षाका कार्यक्रम चलाई रहेको अवस्थामा सामाजिक सुरक्षा कोषमा जम्मा भएको पैसाको प्रतिफल कम देखिएको छ । कम प्रतिफल कोषमा जम्मा भएको ३१ प्रतिशत रकम मध्ये २.६७ प्रतिशत रकम व्यवसायजन्य रोग तथा रोजगारीजन्य दुर्घटनाको उपचार, आश्रित परिवारको निवृत्तभरण तथा सन्तनी वृत्ति, स्थायी पूर्ण असक्षमता बापतको निवृत्तभरणमा खर्च हुन्छ । बाँकी २८.३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनामा जाने छ । ‘वृद्धावस्था सुरक्षा योजनामा यति धेरै पैसा राख्नु पर्दैन थियो भन्ने गुनासाहरु पनि आएका छन्’ कोषका कार्यकारी निर्देशन ज्ञवालीले भने । यसरी वृद्धावस्था सुरक्षा योजना अन्तरगत जम्मा भएको रकमबाट कम्तिमा ४.५ प्रतिशतको प्रतिफल आउने उनको तर्क छ । कपिलमणि ज्ञवाली सर्वसाधारणले निक्षेपमा १२ प्रतिशतसम्म, पुँजी बजारमा वार्षिक औषत १९ प्रतिशत प्रतिफल पाउने गरेको तथ्याङ्कहरु छन् । जीवन बीमा कम्पनीहरुले पनि आकर्षक प्रतिफलसहित आर्थिक सुरक्षाका कार्यक्रम चलाई रहेको अवस्थामा सामाजिक सुरक्षा कोषमा जम्मा भएको पैसाको प्रतिफल कम देखिएको छ । दोहोरो करको समस्या वार्षिक ४ लाख ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्ने योगदान कर्तालाई दोहोर करको मार परेकोले बढी आय भएको व्यक्तिहरु सामाजिक सुरक्षा कोषमा जना गाह्रो मानिरहेको अधिवक्ता रमेश बडाल बताउँछन् । ‘मासिक १ लाख भन्दा बढी आए भएकाले शुरुको आम्दानीमा पनि आयकर तिर्नु पर्ने, पछि पेन्सन लिँदा पनि कर तिर्नु पर्ने अवस्था देखिएको छ । दोहोरो कर लागेको अवस्थामा योगदानकर्तामा आकर्षक हुँदैन’ उनले भने । बढी आय भएका मानिसहरुको लागि सामाजिक सुरक्षा कोष लाभदाही नदेखिएको उनको बुझाइ छ । घातक रोगको उपचार नगर्ने सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई दीर्घ रोग लाग्यो वा घातक रोग लाग्यो भने आश्यक सहयोग गर्दैन । कोषले योगदानकर्तालाई बढीमा ७ लाख सम्मको सहयोग गर्ने तर घातक रोगको उपचारका लागि सबै खर्च नबेहोर्ने प्रबक्ता भट्टराईले बताइन् । पछिल्लो समय धेरै मानिसहरु दीर्घरोग तथा घातक रोगबाट पीडित हुन थालेका छन्, जसको उपचारमा १० औं लाख रुपैयाँ लाग्छ । यस्ता रोगको उपचार सेवा नहुने अवस्थामा योगदानकर्तामा उत्साह देखिदैन । एक दिन मात्र वा एक घण्टा मात्र काम लगाएको अवस्थामा पनि कामदारलाई भुक्तानी गर्दा सामाजिक सुरक्षा कोष कट्टी गर्नु पर्ने र त्यो रकम सम्बन्धित व्यक्तिको कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था कार्यान्वयन निकै जटिल भएको रोजगारदाताहरु बताउँछन् । व्यवस्थापन जटिल एक दिन मात्र वा एक घण्टा मात्र काम लगाएको अवस्थामा पनि कामदारलाई भुक्तानी गर्दा सामाजिक सुरक्षा कोष कट्टी गर्नु पर्ने र त्यो रकम सम्बन्धित व्यक्तिको कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था कार्यान्वयन निकै जटिल भएको रोजगारदाताहरु बताउँछन् । ठूलो कार्यालयहरुमा धेरै प्रकृतिको काम हुने र ती काम गराउने फरक फरक सीपयुक्त व्यक्तिहरुलाई लगाउनु पर्ने हुन्छ । जहाँ, भुक्तानी गर्दा सामाजिक सुरक्षा कोष कट्टी र बचत कार्यमा व्यवस्थापनले धेरै समय र लगानी गर्नुपर्ने देखिएको छ । कमजोर सेवा कम्पनीका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले प्रविधिको प्रयोगमा कोष निकै अगाडि रहेको दावी गर्छन । तर कोषले आफ्नो वेवसाइटमा परिचय दिन सकेको छैन । सञ्चालक समितिको बारेमा जानकारी अपडेट गर्न सकेको छैन । रणनीति लक्ष्यहरु तय गर्न सकेको छैन । कोषको योजना, बार्षिक बजेट तथा कार्यक्रम तय गर्न सकेको छैन । यतिसम्म कि कोषले आफ्ना प्रेस विज्ञप्तीहरु अपडेट गर्न सकेको छैन । कोषको व्यवस्थापकीय संरचना र दरबन्दी तय गर्न सकेको छैन । जबकी यो संस्था स्थापना भएको ९ वर्ष पूरा भएको छ । यस्ता अनैकौ समस्या भएपनि, रोजगारदाता र श्रमिक दुबै पक्ष कोषमा जान अनिच्छुक देखिए पनि सरकारले सबैलाई कोषमा जान बाध्य पार्ने जनाएको छ । सामाजिक सुरक्षा कोषमा सूचिकृत नहुने कम्पनीको नविकरण नगर्ने, यस्ता कम्पनीलाई करचुक्ता प्रमाण पत्र नदिने वा सरकारी सेवा सुविधा बन्द गर्ने जस्ता विधि लगाएर सरकारले बाध्य बनाउने सरकारी रणनीति देखिएको छ ।

फोर स्टारमा गैर आवासीय नेपालीको लगानी: अकामा अर्थात सर्वोत्कृष्ट सेवा

‘अकामा अर्थात सर्वोच्च’ संस्कृत भाषाको शब्दलाई सेवामा ब्राण्डिङ गर्ने सोचका साथ नयाँ होटल खुलेको छ, ‘अकामा’ । गैर आवासीय नेपालीको लगानीमा अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट सेवा दिने उद्देश्य लिएर थालिएको अकामाले धेरैलाई आकर्षण गर्नेछ ‘नामले पनि । धुम्बाराही चोकबाट उत्तर-पूर्व फर्केर हेर्दा कलात्मक भब्य भवन देखिन्छ । टायल (ढुंगा) र शताब्दीयौं देखि नेपाली निर्माणमा प्रयोग हुँदै आएको कलात्मक इँटा (डाँछी) बाट बनेको नौ तले भवनले हिमाली र नेवारी दुबै संस्कृतिको प्रतिनिधित्व गरेको छ । ११ रोपनी जमिनमा नेपाली मौलिकतालाई झल्काउने गरी बनाइएको उक्त होटलले नामजस्तै माथिल्लोस्तरको सेवा प्रदान गर्ने प्रतिवद्धता लिएको छ । संस्कृति जर्गेना गर्दै आधुनिक शैलीमा निर्माण गरिएको होटल बाहिरबाट हेर्दा जति कलात्मक देखिन्छ भित्र त्योभन्दा सुन्दर र शान्त छ । चक्रपथको छेवैमा अवस्थित होटलभित्र पस्ने वित्तीकै एक प्रकारको छुट्टै आनन्दको सुखानुभूती हुन्छ । बुद्धत्व झल्काउने माने र हिन्दुत्व झल्कने घण्टाले होटलमा थप आकर्षण थपेको छ । लवी मात्रै होइन जताजतै काष्ठकलाले भरिएको छ होटल अकामा । भर्याङ झ्याल, ढोका सबैमा उड कार्भिङ गरिएकोले लिच्छवी कालीन काष्ठकलाको अनुपम नमुनाले होटलमा थप सुन्दरता थपेको छ । सहरी भिडभाडदेखि एकैछिन बाहिर निष्केर होटलको नौ तलामाथि रहेको चाइनिज र इटाली रेष्टराँमा बसेर खानासँग काठमाडौंको सुन्दरतालाई नियाल्नुको मज्जा नै अर्कौ । होटलका जनरल म्यानेजर राजु श्रेष्ठ भन्छन् ‘लोकेसनका हिसावले होटल एकदमै उपयुक्त स्थानमा छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकदम नजिक छ होटल ।’ यसैले पनि पर्यटनको रोजाइमा होटलमा पर्ने विश्वास व्यवस्थापकको छ । अन्य होटलजस्तै गरी होटल निर्माण गरिएको भए २० प्रतिशतभन्दा बढी घट्थ्यो होला । होटल अकामाको आफ्नै मौलिकता छ । यो होटलमा छिर्ने वित्तीकै पर्यटनकले अन्य ठाउँमा छिरेको महसुस नगरी नेपालमा छिरेको महसुस गरोस् भन्ने हाम्रो चाहना हो । लबीमा उड वर्क, माने राखिएको छ । अन्य होटलमा जाँदा नेपाल छिरेको होकि अन्य देशको होटलमा छिरेको हो बुझ्न सकिन्न । होटलका रुममा पनि उड कार्भिङ गरिएको छ । काष्ठकला र धातुकलाबाट होटल सजाइएको छ । मानेबाट लाइट आउने व्यवस्था मिलाएको छ । होटलको किचेनमा कन्टामेशन नहुने सामान प्रयोग गरिएको छ । होटलमा नेपाली खाना बारा, यमडी, गुन्द्रुक भटमास, बदेलदेखि विश्वबजारमा चलेका सबै प्रकारका खानाको यहाँ सुविधा छ । रुममामात्र होइन खानामा पनि नेपालीपन पाइन्छ होटलमा । होटलमा रहेको टिभि स्क्रीनमा खानाका मेनु देख्न पाइन्छ । रुममा राखिएको टिभिबाट मेनु छनोट गरेर अडर गर्न सकिन्छ । पशुपति, बौद्ध, स्वयम्भु, भक्तपुर र पाटन दरवार स्वायर पनि सहजै पुग्न र देख्न सकिन्छ । रिङरोट बाहिर भएकोले ट्राफिक जाममा पर्दैन । यहाँ विश्व सम्पदा सूचीमा पर्ने सात वटा स्थान छन् । यसले गर्दा पनि नेपाल भिजिटमा आएको कुनैपनि पर्यटकको पहिलो गन्तव्य भनेको काठमाडौं नै हो । यसका साथै होटलभित्रै जिम, एरोबिक रुम, स्विमिङ पुल, ब्यांकेट, बेकरी, रेस्टुराँ, बार, क्याफेटेरिया, लन्ड्री रुमलगायतका सुविधा उपलब्ध छन् । पैसा तिर्न सके जो कोही बस्न सक्छ प्रेसिडेन्सिय रुपमा चार तारे होटलको स्वीकृत लिने प्रक्रिया अघि बढाएको काठमाडौंको अकामा होटलभित्र अत्याधुनि सुविधा सम्पन्न प्रेसिडेन्सियल रुम छ । यो रुम विशिष्ट पहुनालाई लक्षित गरी तयार गरिएको हो । सो रुम प्रयोग गरे वापत एक दिनको तीन सय २५ अमेरिकी डलर तिर्नुपर्छ । होटलले तोकेको शुल्क तिरेर जो कोही उक्त रुपमा बस्न सक्छन् । जनरल म्यानेजर श्रेष्ठले सुनाए ‘प्रेसिडेन्सियल रुपले ६० स्वायर मिटर स्थान ओगटेको छ ।’ यो सहित होटलमा एक सय ८ वटा कोठा छन् । होटलभित्र रहेको सुपरियर रुममा समेत फाइभ स्टारको सुविधा र सर्भिस उपलब्ध छ । सुपेरियर, डिलक्स, डिलक्स स्वीट, फेमिली स्वीच र प्रेसिटेन्ट स्वीट गरी होटलमा ५ प्रकारका रुम छन् । होटलमा स्वदेशी र विदेशी पाहुनाका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ । प्रेसिडेन्टल रुममा एउटा वटा बेड रुम छ । रुममा सेप्रेट लिभिङ, डाइनिङ रुम सहित सानो किचेन पनि छ । किचेनमा हल्का खानाहरू बनाउन सकिन्छ । लिभिङ र डाइनिङ रुममा ६/६ जना बसेर मिटिङ गर्न सकिन्छ । बाथरुपमा ज्याकुजी, सावर एरिया, डब्लुसी र भेनिटी गरी बाथरुपका फो फिचर छन् । प्रेसिडेन्ट रुमको किङ्ग साइजको माष्टर बेडबाट बुढालिकण्ठ, शिवपुरीको सबै साइड सिन देख्न सकिन्छ । हिउँदमा त होटलबाट हिमाल नै देख्न सकिन्छ,’ जनरल म्यानेजर श्रेष्ठ हौसिएर भने ‘होटलमा बसेर उपत्यकाको डाँडाकाँडा र घना बस्तीको उपत्यका नियाल्नुको मज्जा नै अर्कै ।’ ६० स्वायर मिटर साइजको फेमिली स्वीट रुपमा दुई वटा किङ्ग साइजको बेड रुम र बीचमा एउटा लिभिङ रुम छ । बीचमा कमन लिभिङ रुम छ । होटलमा चारवटा डिलक्स स्वीट रुम छ । ४० स्वायर मिटरको यो रुममा माष्टर किङ्ग साइजको बेड र लिभिङ रुम छ । बाथरुममा चार फिचर नै छन् । बाहिर लिभिङ रुम छ । होटमा ६ वटा डिलक्स रुम छ । ४० स्वायर मिटरको । माष्टर बेडरुमका साथै फो फिचरको बाथरुम छ । सुपेरियर रुपम २६ देखि ३० स्वायर मिटरसम्मको छ । बाथरुपमा थ्री फिचर छन् । सावर, डब्लुसी र वासरुम छ । किङ्ग साइज बेड छ । रेट भनेको मार्केटमा भर पर्छ । अहिले नर्मल रुपमा बस्नेले एक रातको ६० डलर प्लस ट्याक्स तिर्नुपर्छ । डिलक्स रुमको ७० डलर प्लस ट्याक्स, डिलक्स स्वीट १६२ डलर, फेमिली स्वीटको २२४ डलर प्लस ट्याक्स सहित ब्रेक फास्ट पाउँछ । अन्य शुल्क भने आफूले आन्तरिक सेवा सुविधा उपभोग गरेअनुसारको चार्ज लाग्नेछ । मध्यमस्तरका पर्यटकलाई लक्षित गरी होटल निर्माण गरिएको हो श्रेष्ठले भने ‘पैसा तिर्न सके जो कोहीले होटलमा बस्न र खान सक्छन् । भारत, चीनलगायत नेपाली बजारलाई लक्षित गरी होटल संचालनमा ल्याइएको हो । करिब हजार रुपैयाँ तिरेपछि होटलमा नेपाली खाना सहित विभिन्न परिकारको स्वाद लिन पाइन्छ । होटल फो स्टारको भएपनि सेवा सुविधा भने फाइभ स्टारको उपलब्ध छ । होटलमा सानिमा गु्रपको दुई अर्ब ९० करोड लगानी रहेको छ । होटल निर्माण कार्य चार वर्ष अघि भएको हो । गत मध्ये फेब्रुअरीमा होटलको सफ्ट ओपनिङ गरिएको हो । १५ अगष्टमा होटल पूर्ण रुपमा संचालन आयो । त्योभन्दा पहिला पूर्ण रुपले होटल संचालनमा नआएकोले होला मान्छेहरूमा त्यति विश्वास थिए । अब सबैलाई होटलमा सबै प्रकारका सेवा पाइन्छ भन्ने पूर्ण विश्वास भैसकेको छ । अहिले विभिन्न मानिसहरूबाट होटलका वारेमा सोधबुझ गर्ने काम भइरहेको छ । अब सिजन पनि आउन लागेको छ । सेप्टेम्बर अक्टोम्बर आउन लागेको छ । यो पर्यटकका लागि आकर्षक महिना हो । अहिले नै होटल बुकिङ हुन थालिसकेको जनरल म्यानेजर राजु श्रेष्ठले बताए । होटल बन्न चार वर्ष लाग्यो । सानिमा बैंक हाइड्रोपावर, इन्स्योरेन्स कम्पनी सबै सहभागी छन् । अन्यमा जस्तै कर्पोरेटको हिसावबाट लगानी भएको छ । काठमाडौंमा पर्यटक एक दिन विताउँछ नै । २० वर्षको ग्यापमा नयाँ ठूला होटल खुलेका छैनन् । नेपाल एउटा यस्तो देश हो जहाँ पर्यटनको ठूलो सम्भावना छ । देशले यसमा फड्को मार्ने लक्ष्य लिएको छ । नेपाल भारत र चीनबाट पर्यटन आउने क्रम बढ्दो छ । भिजिट नेपाल २०२० पनि आइरहेको छ । यस्तो अवस्थामा नयाँ र अत्याधुनिक होटलको आवश्यकता पनि थियो । त्यत्रो वर्ष होटल खुलेन । यसमा सम्भावना देखेर गु्रपले नयाँ क्षेत्रमा लगानी गरेकोे हो । सानिमा गु्रपले मिडिया र हस्पिटलमा समेत लगानी गरिरहेको छ । विस्तारै हाम्रो विजनेश बढाउँदै लैजाने हो । हाम्रो पछिल्लो संस्कणको रुपमा होटल आएको छ । उपत्यका बाहिर पनि होटल खोल्ने हाम्रो लक्ष्य छ । तर, अहिले भने केही योजना छैन । हामी आफ्नै व्यवस्थापनमा होटल संचालनमा ल्याएका छौं । यद्यपी सानिमा गु्रपको यो नयाँ र होटल सेवामा पहिलो व्यवसाय भएपनि राम्रो गर्न सक्छौ भन्ने व्यवस्थापकको विश्वास छ । होटलमा ५० प्रतिशत रेभिन्यू जेनेरेट रुमबाट हुन्छ भने अन्य ५० प्रतिशत अन्यबाट हुन्छ । नेपाल फाइभस्टार होटल धेरै छन् । नेपालमा आउने पर्यटन सामान्यतया मिडिल क्लासका हुन्छ । सबैको पहुँच पुग्ने गरी होटल बनाइएको छ । होटलमा ठूलो बस पनि हसजै छिर्छ । होटलले मार्केटिङको लागि अमदामा ट्राभल ट्रेड फेयरमा भाग लिने योजना बनाएको छ । त्यसबाट चार/पाँच हजार पर्यटक आउने विश्वास छ । बाहिरतिर कनेक्सन भएका ठाउँमा पनि होटलको प्रचार प्रसार गरिएको छ । ठूला ट्राभल जसले नेपाल बेचिरहेको छन्, उनीहरूसँग होटलले सहकार्य गर्ने सम्झौता भएको छ । लण्डनमा हुने डब्लुटीएमा हुने अन्तक्रियामा होटल पनि सहमागिता रहने छ । होटल सम्बन्धि मागेजिनमा पनि यसका वारेमा पढ्न र बुझ्न पाइन्छ । होटल दुईदेखि तीन वर्षको बीचमा ब्रेक इभनमा पुग्ने श्रेष्ठको विश्वास छ । १ सय जना कर्मचारीले होटल धानेका छन् । प्रविधिले जनशक्तिमा सुविधा र सुलभता थपेको छ । १२५ जना स्टाफले राम्रोसँग होटल चलाउन सक्ने अठोट श्रेष्ठसँग छ । प्रविधि नभित्र्दा एउटा रुमको लागि दुई जना स्टाफ चाहिन्थ्यो । होटलका जनशक्तिसँग विभिन्न विदेशी फाइभ स्टार होटलमा दशक काम गरेको अनुभव छ । यसले होटलको सर्भिस राम्रो बनाएको छ । होटल पूर्ण रुपमा संचालनमा आएको दुई सातामा २० देखि २२ प्रतिशत अकुपाइ भइसकेको छ । सेक्टम्बरदेखि बढ्ने अनुमान देखिएको छ । विजनेशमा चुनौती भइहाल्छ । नयाँ होटल आइरहेका छन् । अन्य होटलभन्दा कसरी फरक सेवा प्रदान गर्ने भन्ने हाम्रो चिन्तन हो । होटललाइनमा काम गरेको ३५ वर्ष अनुभव भएकाले राम्रोसँग होटल संचालन गर्न सक्ने दृढ सकल्प र विश्वास भएर नै कुनै चेनमा आवद्ध नभएको श्रेष्ठले बताए । रुममा जेबीडी फ्रेच कम्पनीका सामान राखिएको छन्, वल्र्डको नम्बर वान ब्राण्डको म्यार्टेस विछाइएको छ । गुणस्तरीय र छिटोछरितो सेवा होटलको पुरा ध्यान छ । विदेश जाने ट्रेनले जनशक्ति टिकाउन गाह्रो भएपनि युवा पुस्तालाई सिप सिकाएर टिकाउन होटल व्यवस्थापन लागि परेको छ । विदेशी नम्बर वान ब्राण्डका सामान राखिएपनि नेपालीपन छ । नयाँ भन्ने वित्तीकै सबैले चाख बढ्नु स्वभाविक पनि हो । होटलमा दुई वटा रेष्टराँ छन् । चाइनिज र इटालियन चावाभेला रेष्टुराँ छ । रेष्टुराँसँगै स्वीइमिङ पूल र माथि जीम हल छ । जीम हलमा साउन, ज्याकुजी, स्टीम छ । होटलमा ५ वटा हल छ । सानिमा भन्ने ठूलो हल छ । ३२ सय स्वायर फिटको उक्त हललाई दुईवटामा विभाजन गर्न सकिन्छ । नदीनाला भनेको देशको सम्पत्ति भएकोले सानिमा गु्रपले हाइड्रोपावरका रुपमा डेभलप गरेको नदीनालाबाट हलको नामाकरण गरिएको हो । यसले व्यवसाय प्रवद्र्धन गर्ने विश्वास लिइएको छ । माईभन्ने ५० जना अट्ने अर्को हल छ । सुनकोशी हल छ । होटलको टपमा गएर पनि काठमाडौंको दुष्य हेर्दै विभिन्न कार्यक्रम गर्न सक्ने गरी तमोर हल निर्माण गरिएको छ । अरु होटलभन्दा अकामा फरक छ । कुनै वाधा व्यवधान छैन । होटलमा पहुनाले प्रयोग गर्ने सामान सबै फाइभ स्टार बराबरका छन् । होटलले काठमाडौं बासीलाई लक्षित गरी ब्रन्च प्याकेज ल्याएको छ । १८ सय तिरेर दिनभरि होटलमा बसेर रमाइलो गर्न, स्वीइमिङ गर्दै रमाउन सकिन्छ । साउना, ज्याकुजी, जिमहलको सुविधा यसै प्याकेजमा पाउन सकिन्छ । बस्न दिनभरिनै सकिन्छ । अब होटलले यस्तो प्याकेज बेला बेलामा ल्याउने भएको छ । सुरक्षा र सरसफाइलाई विशेष ध्यान दिएका छौं । ८० वटा गाडी अटन सक्ने दुईवटा पार्किङ स्थल छ ।

एक सन्यासीको दर्जन बढी व्यवसाय: ह्याचरी, ग्यासदेखि हाउजिङसम्म

काठमाडौं । झ्याप्प दारी, लामो कपाल झट्ट हेर्दा सन्यासी जस्तो देखिने । जोरुवादी बुद्धत्वलाई अगाल्ने आफूलाई नव सन्यासी हुँ भनेर दावी गर्ने उम्दा व्यवसायी । जसले कहिले पनि जागिर खाएन, सरकारले व्यवसाय नै नमानेको व्यवसाय शुरु गरेर देशमै स्थापित व्यवसाय बनायो । उनकै मेहनतले राजनीतिज्ञले खर्च चलाउन घरको बुइगलमा पाल्ने गरेको कुखुरा आज देशकै नामी व्यवसाय बन्यो ।  त्यतिमात्र होइन अण्डा र मासुमा देशलाई आत्मनिर्भर बनाउन समर्पित भएर एक पछि अर्को व्यवसाय विस्तार गर्दै गयो । जीवनको कुनै कालखण्डमा ध्यान मात्रै गरेर बसे पनि सामाजिक कर्मलाई जोरुवादी बुद्धत्वको मार्गअनुरुप कर्म  गर्दै आजको पूर्ण मानव भएर बाच्न सिक्ने प्रयासरत चिन्तक ।  सरकारले अण्डा र मासुमा आत्मनिर्भर बनाउने अभियान चलाइ रह्दा १५ वर्ष अघि नै देश आत्मनिर्भर भएको दावी गर्ने आध्यात्मिक व्यक्तित्व हुन् ‘गुणचन्द्र विष्ट’ । यो नाम उनलाई बाबु आमाले दिएको नाम हो । उनी नव अध्यात्मवादी भएकाले समाजले उनलाई अर्कै नामले चिन्छ ‘स्वामी कृष्णानन्द भारती’ । १५ वर्षको उमेरमै खाद्यान्न व्यवसाय संचालन गरेर अनुभव बटुलेका विष्टले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड १२ वर्ष ध्यानमा व्यथित गरे । अहिले विष्ट पोल्ट्री क्षेत्रका सफल, कुशल व्यवसायीका साथै अध्यात्मिक चिन्तक पनि हुन् । दैनिक दुई घण्टा ध्यानमा वित्छ उनको  । सायद सही व्यवस्थापनले होला उनले व्यवसाय संचालन गर्दा कुनै तनाव लिनु परेन, आफै एक रफ्तारमा चलिरह्यो । व्यवसाय संचालन गरेको केही वर्षमा नै एक पछि अर्को व्यवसाय थपिदै गए । आध्यात्म र व्यवसायलाईसँगै हिडाउने ऊर्जा पाएर होला सायद व्यवसाय शुरु गरेको ३ वर्षमा नै सफलता पनि मिल्यो उनलाई । कहिले पछि फर्केर हेर्नु परेन । अहिले उनीसँग ह्याचरी, ग्यास, अर्गानिक मल, एग्रोभेट, हाउजिङ, मेटल गरी १४ वटा व्यवसाय छन् । यी सबै व्यवसायलाई अविनाश समूहले ह्याण्डिल गरिरहेको छ । सम्भवतः उनलाई आफ्नो व्यवसायमा भएको लगानी समेत थाहा छैन । तर, बैंकको ऋण करिब ८ अर्ब रुपैयाँ भएको भने उनलाई हेक्का छ । १५ वर्षको उमेरमा शुरु गरेको खाद्यान्न व्यवसायमा विष्टले ५ वर्ष बिताए । ‘पछि वाक्क लाग्यो, छाडी दिएँ,’ उनले भने । त्यसपछि अध्ययनमा लागेका उनले लामो कालखण्ड ओशोको ध्यानमा बिताए र जोरुवादी बुद्धत्वको मार्ग अपनाए । सानैमा व्यवसाय गर्दा ढाट्नु पर्छ, उपभोक्तालाई ठग्नु पर्छ भन्ने उनको बुझाइ थियो । पछि व्यवसाय भनेको त्यो होइन रहेछ भन्ने बुझे । व्यवसाय गर्न चोर्न, ढाट्न केही पनि गर्न पर्दैन, उपभोक्ता प्रति इमान्दार भए पुग्छ, उत्सुकता देखाउँदै भने । उनका अनुसार उपभोक्ताले तिरेको पैसाको पूर्ण सन्तुष्टि दिलाउन सक्नु नै कुशल व्यवसायीको पहिचान हो । उपभोक्तालाई सही सन्तुष्टि दिन सकिएन भने उसले सही व्यवसाय गरिरहेको हुँदैन भन्ने उनको दूरगामी चिन्तन छ । ‘यदि व्यवसायीले त्यसो गर्न सकेन भने उसले व्यवसायीको नाममा ठगी गरिएको छ भनेर बुझ्नुपर्छ, उनी भन्छन्  ‘यो गेरु वस्त्रभित्रको चोडा कपडा हो ।’ ‘मैले ३० वर्षअघि ह्याचरी व्यवसाय शुरु गरेको हुँ । त्यतिबेला व्यवसाय भन्ने नै थिएन । उत्पादकको तर्फबाट आम ग्राहकलाई पूर्ण सन्तुष्टि दिन खोजेको छु,’ उनले भने । मेरो उत्पादन उपभोग गर्ने उपभोक्तालाई उत्पादित वस्तुको सबै गुण थाहा हुन्छ भन्ने पनि हुँदैन । तर, उपभोक्तालाई मूल्य अनुसारको वस्तु दिन सक्नु नै मेरो धर्म हो । गुणस्तरीय उत्पादन दिइरहेको छु,’ उनी भन्छन् । त्यति बेला पोल्टी व्यवसाय अण्डामा मात्रै सीमित थियो । अण्डापछिको बूढो पोथी नै(लेयर्स) मासुको लागि प्रयोग हुने गर्थ्याे । बोइलर थिएन । पछि अण्डा र मासुका लागि छुट्टाछुट्टै व्यवसाय शुरु भयो । थुप्रै कम्पनी थपिए । नाम थपिए । व्यवसाय शुरु गरेको तेस्रो वर्षमा नै सफतला हासिल गरेका उनले व्यवसायको लागि त्यति मेहनत नगरेपनि सफलता भने एक पछि अर्को थपिदै गए । ‘व्यवसाय शुरु गरेपछि कहिले फर्केर हेर्न परेन, सधै सन्तुष्टी प्राप्त भइरह्यो ।’ ३० वर्ष अघि पोल्ट्री व्यवसायलाई एकदमै साधारण व्यवसायको रुपमा लिने गरिन्थ्यो, सहयोगी व्यवसायको रुपमा । राजनीति गर्नेले खर्च जुटाउन घरको बुईगलमा कुखुरा पाल्ने गरेका थिए । व्यवसाय भन्ने नै थिएन । करिब ५० को दशको पूर्वार्द्धमा यो व्यवसायको रुपमा शुरु कुखुरापालन । यसअघि अण्डा र मासुका लागि उपभोक्ता आफैले कुखुरा पाल्ने प्रचलन थियो । ‘सरकारले जे भने पनि नेपाल १५ वर्ष अघिनै अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ । सरकारको तथ्यांकमा कुखुराको तथ्यांक कम छ’ उनले भने-‘सरकारले ३ वर्ष अघि एक वर्षमा अण्डामा आत्मनिर्भर बनाउने भनेको दोस्रो वर्ष अण्डाको उत्पादन ३० प्रतिशतभन्दा बढीले घट्यो ।’ अण्डाको गुणस्तर साधारण उपभोक्तालाई थाहा हुँदैन । यद्यपी अण्डा फोडेर राख्दा पहेँलो भाग डल्लो बस्नु पर्छ । अण्डाको पहेँलो भाग र्याल्ल भयो भने खान हुँदैन । अण्डाबाट पानी पनि छुटिन हुँदैन । पानी छुट्टिएको अण्डा खाँदा मानवलाई असर गर्ने सम्भावना बढी रहन्छ । विदेशमा लेवलिङ नगरी बजारमा लानै पाइदैन । कतिदिनसम्म खान मिल्छ त्यो सबै स्पष्ट हुुनपर्छ भन्दै उनले अण्डाको गुण चिनाए । अण्डा फोडेर राख्दा पहेँलो भाग डल्लो बस्नु पर्छ । अण्डाको पहेँलो भाग र्याल्ल भयो भने खान हुँदैन । अण्डाबाट पानी पनि छुटिन हुँदैन । नेपालमा अण्डामा लेभलिङ अविनाश ग्रुपले मात्रै गरेको छ । युरोप-अमेरिकाको कन्डिशनमा उत्पादन भएको मितिले एक महिनासम्म अण्डा खान हुन्छ । अण्डा खान हुने/नहुने अवस्थाको निर्धारण स्टोर गर्ने स्थानमा भर पर्छ । तातो स्थानमा अण्डालाई राख्नु हुँदैन । कन्टामिनेशन हुन सक्छ । कुखुरा रोगी छ, गर्मीमा केही दिन राख्नु पर्यो भयो भने यसमा सोच्नु पर्ने हुन्छ-उनले भने । फ्रेस अण्डा हातमा पर्यो भने दुई महिनासम्म यसको गुणस्तर घट्दैन र फ्रिजमा अण्डा राख्दा यसको गुण घट्दैन । सामान्यतया उत्पादन भएको मितिले हामी एक साताभित्र अण्डा बिक्री गर्ने गरी बजारमा पठाउँछौं । चिसो मौसममा काठमाडौंमा दुई महिनासम्म फ्रिजमा नराखी पनि अण्डा खान मिल्छ, तर हामी उत्पादकले त्यसो भन्दैनौ, उनले भने । अविनाश ग्रुपले अहिले अण्डाको ६ प्रकारले ग्रेडिङ गर्दै आएका छ । अब आउने नयाँ मेशिनले १२-१३ प्रकारबाट अण्डाको ग्रेडिङ गर्न सक्छ । कलर र साइजअनुसार अण्डाको ग्रेडिङ हुन्छ । खानको लागि अण्डाको कलरले कुनै रुलिङ गर्दैन । साइजले पनि फरक पार्दैन । यद्यपी ब्राउन एग भयो भने खानको लागि अझ उपयोगी मानिन्छ । अण्डा सहित मासुको गुणस्तर पनि फार्म र मासु काटेर राख्ने ठाउँमा भर पर्छ । अण्डाभन्दा मासुमा समस्या छ, अण्डामा भन्दा मासुमा कन्टामिनेशन हुने सम्भावना बढी हुन्छ । तर, पनि नेपाली परिवेशमा अन्यको मासुभन्दा कुखुराको मासु सफा मानिन्छ । असर पनि परिवेश र परिस्थिति अनुसार फरक हुन्छ । आज पनि सरकारले पोल्ट्री व्यवसायका लागि सप्ठ्यारो केही पनि गरिदिएको छैन । बरु थुप्रै ठाउँमा अप्ठ्यारो पारिदिएकोे छ । अनावश्यक कर लगाएको छ । नीति नियममा सहजीकरण छैन । अविनाश ग्रुपले अहिले अण्डाको ६ प्रकारले ग्रेडिङ गर्दै आएका छ । अब आउने नयाँ मेशिनले १२-१३ प्रकारबाट अण्डाको ग्रेडिङ गर्न सक्छ । नयाँ नीति बनाउनु पर्नेमा अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन । बनेको नीतिको कार्यान्वयन अवस्था फितलो छ । क्यारेन्टाइन ऐन पुरानो भइसक्यो । धेरै संशोधन गर्नु पर्छ । ऐन आएको ३ वर्षमै संशोधन गर्नुपर्छ भनिएको थियो । समय सापेक्ष ऐन, नीति नियम बनाइनु पर्छ भन्ने हाम्रो आवाज हो । दण्ड सजायको राम्रो व्यवस्था हुनुपर्छ । कुखुरापालन, फार्मिङ, ओसार पसारलगायतका सबै व्यवसायिक इकाइको नीति बन्नुपर्छ । सरकारले व्यवसायको प्रोटेक्स गर्नु पर्दैन । प्रोटेक्सले व्यवसायको प्रगतिमा बाधा पुर्याउँछ, उनी भन्छन् । कुनै पनि चिज भित्र्याउनु अघि सरोकारवालासँग छलफल नगरी राणा शासनको बेलाको जस्तो रुलिङ गरेर ऐन, नीति नियम ल्याउने सरकारी रबैया उनलाई पच्दैन । एन्टिबाइटिक कुखुरालाई दिनु उपयुक्त हो कि होइन । अनि त्यो कुखुरालाई खुवाएको एन्टिबाइटिकले मानव जीवनलाई असर गर्छ कि गर्दैन, खोइ सरकारले यसमा ध्यान दिन सकेको ? उनले प्रतिप्रश्न गर्छन । खराब गरेको छ भने सरकारले गलत चिज उत्पादन गर्न दिनु भएन । । कुखुरापालनमा एन्टिबाइटिकको विषय हियूमरको रुपमा फैलाइएको छ । मासु खाएर भन्दा तरकारीलगायतका अन्य वस्तुको सेवनबाट बढी हानी पुगेको ठहर छ । माटोको अवस्था विषादीको प्रयोगले विगारी सकेको छ । तरकारीबाट आम उपभोक्ताले सिधै विषादी खाइरहेका छन् । पोल्ट्रीमा त्यस्तो छैन,’ उनले भने ‘बर्ड फ्लू ठूलो रोग होइन ।’ यो एक किसिमको रुघाखोकी हो । व्यवयासीलाई पनि आफ्नो जीवन त्यतिकै प्यारो हुन्छ, व्यवसाय प्यारो हुँदैन । ज्यान नै जोखिममा राखेर म किन व्यवसाय गर्छुु, उनी भन्छन्- ‘व्यवसायीले त अझै जिउँदै कुखुरा समात्नु पर्छ ।’ यस्तो अवस्थामा अण्डा र मासुमा आत्मनिर्भर भइरहन वार्षिक १० देखि १५ अर्ब लगानी थपिनु पर्ने उनले बताए । उनको पोल्ट्री व्यवसायमा मात्रै ३ सय जनाभन्दा आवद्ध छन् । उनीहरूको सुरक्षाका दायित्व मेरो हो । हुनेसम्म सुरक्षा दिनु  पर्नेमा उनी सहमत पनि छन् । उपभोक्ताको चूलोमा त मरेको वा मारिएको मासुमात्रै पुग्छ । उपभोक्ताले पनि आफ्नो सेन्स प्रयोग गर्नुपर्छ । यो नचाहिदो हियुमर फैलाएर उपभोक्तालाई अन्योलमा पार्ने काम भइरहेको छ । उपभोक्ताले अरुलाई दोष दिनुभन्दा आफै सचेत हुनुपर्ने उनको तर्क छ । सरकारले व्यवसायीलाई गाह्रो पर्दा सहयोग गर्दैन सरकारले व्यवसायीलाई गाह्रो पर्दा सहयोग नगरेको उनको अनुभव छ । नेपालको उत्पादनले कुखुरालाई दाना बनाउन मकैले पुग्दैन । भारतमा मकै छैन । त्यहाँबाट ल्याउँदा ५ प्रतिशत भन्सार तिरे पुग्थ्यो । तेस्रो मुलुकबाट आयात गर्दा १० प्रतिशत भन्सार तिर्नुपर्छ । भटमास नेपालमा हुँदै हुँदैन । घरेलु उत्पादनलाई जोगाउने नाममा सरकारले नचाहिदो कर लगाएर व्यवसायलाई धरापमा पारेको छ, उत्पादन लागत बढाएको छ । प्रतिस्पर्धी क्षमता घटाएको छ । घरेलु उत्पादनलाई सुरक्षा गर्ने नाममा व्यवसायीलाई वास्तै नगरको उनको गुनासो छ । यस्तो अवस्थामा अण्डा र मासुमा आत्मनिर्भर भइरहन वार्षिक १० देखि १५ अर्ब लगानी थपिनु पर्ने उनले बताए । यो व्यवसायमा चुनौती छ । अण्डा र मासुको मूल्य तलमाथि हुनुको मुख्य कारण माग तथा आपूर्ति नै हो । व्यवसायीले अहिले हाई कष्टका अण्डा उत्पादन गरिरहेका छन् भने अर्को मार्केटमा तीन लेयर छ । उत्पादन लागत र मध्यस्तकर्ताको तीन लेयरलाई काटेर एक लेयरमा झार्न सके अहिलेकै अवस्थामा ११ रुपैयाँमा अण्डा र साढे दुई सय रुपैयाँमा उपभोक्तालाई मासु खुवाउन सकिन्छ । उपभोक्तालाई सस्तोमा अण्डा र मासु खुवाउन मध्यताको लेयर घटाउन व्यवसायी लागि परेका छन् । सरकारले करमा केही छुट दिए व्यवसायीले साढे ८ रुपैयाँमा अण्डा उत्पादन गर्न उनको हिसाव छ । व्यवसाय गर्दा धेरै नाफा हुनु उचित हुँदैन । बढी नाफा भयो भने उसले चाहिने नचाहिने ठाउँमा खर्च गर्छ र सधै त्यहि अनुसार नाफा खोज्छ, जुन हुदैन।  व्यवसायलाई दीर्घकालीन रुपमा स्थापित गराउन बढी नाफा हुनु राम्रो संकेत नभएको बताउँदै उनले भने-‘आफूले गरेको कामबाट रिर्टन मिल्छ कि मिल्दैन त्यो भने अवश्य हेर्नुपर्छ ।’ अविनाश ग्रुपले नेपालमा पहिलो पटक अर्गानिक मल उत्पादन गर्दै छ । अबको दुई-तीन महिनामा अविनाश प्रडक्टको रुपमा बजारमा आउँछ । दैनिक डेढ करोडको दाना खाने नयाँ पोल्ट्री फर्म अबको दुई वर्षमा अविनाश ग्रुपको तीन वटा पोल्ट्री फर्म छ । एउटा फार्ममा १.८ र अर्को दुई वटामा ०.५-०.५ मेगावाट विद्युत खपत हुन्छ । सातामा डेढ करोडको दाना उनी कुखुरालाई खुवाउँछन् । अब दुई वर्षमा दैनिक डेढ करोडको दाना खपत हुने ठूलोे फर्म खुल्दैछ,’ उनले भने । नेपालमा दुई सयभन्दा बढी ह्याचरी उद्योग छन् । एक सयभन्दा बढी दाना उद्योग छन् । दुई खर्बको हाराहारीमा लगानी छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिब १५ लाखले रोजगारी पाइरहेका छन् । अहिले उनीसँग एक दर्जनभन्दा बढी व्यवसाय छन् । अर्बौको लगानी छ । १ हजार जनाले भन्दा बढीले रोजगारी पाएका छन् । जीडीपीमा पोल्ट्रीमा करिब चार प्रतिशत योगदान रहेको विष्टले बताए । अविनाश अर्गानिक मल दुई महिनाभित्र बजारमा अविनाश ग्रुपले नेपालमा पहिलो पटक अर्गानिक मल उत्पादन गर्दै छ । अबको दुई-तीन महिनामा अविनाश प्रडक्टको रुपमा बजारमा आउँछ । चितवनमा यसको कारखाना छ । शुरुमा दैनिक करिब २० टन उत्पादन गर्ने कार्यकारी अध्यक्ष विष्टले बताए । २ वर्षभित्र प्रतिदिन दुई सय टन उत्पादन गर्ने गरी प्लान्ट जोड्न लागेको उनले जानकारी दिए । करिव २० करोडमा यो उत्पादन शुरु गर्न लागिएको हो । ‘जोरुवादी बुद्धत्वको सिद्धान्तलाई पछ्याउने सन्यासी हुँ’ म ओशोका शिष्य हुँ । जीवनको कुनै कालखण्डमा ध्यान मात्रै गरेर बस्थे । मेरो समाधि वा सन्यासी भनेको जोरुवादी बुद्धत्व हो । आँट र साहसका साथ शान्त र सिर्जनशील भएर कर्म गर्न जोरुवादी बुद्धले मार्ग प्रशस्त गर्छ । जोरुवादी बुद्धत्वले समाजमा बसेर भौतिक सिर्जना गर्दै आजको पूर्ण मानव भएर बाच्न सिकाउँछ, उनी भन्छन्। उनले ४३ वर्ष पहिला सन्यास लिएका हुन् । उनी त्यसकै नव सन्यास हुन् । सन्यास लिएपछि अन्यले कमन्डलु बोकेर हिड्छन्, तर विष्ट भने कर्ममा लागिरहे । उनलाई आज कर्मको फल पूर्ण रुपमा मिलेको छ । उनी भन्छन्-‘हामी मानव हुने क्षमता लिएर आएका छौ । म पूर्ण मानव बन्ने प्रयत्न गरिरहेको छु । एउटा जीविका र एउटा सोचका साथ अघि बढ्न खोजिरहेको छु ।’ समाजमा पद, पैसा र प्रतिष्ठा भएमा मानव सफल भएको मानिन्छ । तर, उनी त्यो सोच्दैनन् । म असन्तुष्ट नै छैन । सन्तुष्ट बन्न खोजेकै होइन । सबैभन्दा ठूलो दुःखको कारण अपेक्षा हो । अपेक्षा गरिएन भने दुःखी हुनु नै पर्दैन । दुई खुट्टे हामी र चार खुट्टेमा के फरक छ । सोच्न, सुखानुभूति दुबैले आ-आफ्नो तरिकाबाट गर्छन् । चार खुट्टे जे खोजिरहेको छ त्यो भन्दा फरक दुई खुट्टे खोज्छ । म को हुँ र के हुँ भन्ने पहिचान गर्न सिकाउने क्षमता मानवमात्रै छ । मान्छेको धर्म हुन्छ । देशको धर्म हुनुहुँदैन भनेर राष्ट्रलाई निरपेक्ष बनाइएको हो । धर्मको अर्थ नबुझेर ठूलो झगडा हुन्छ । माटो, पानी, आगोको आ-आफ्नै स्वभाव अनुसार धर्म छ । म असन्तुष्ट नै छैन । सन्तुष्ट बन्न खोजेकै होइन । सबैभन्दा दुःखको कारण अपेक्षा हो । अपेक्षा गरिएन भने दुःखी हुनु नै पर्दैन । दुःखको कारण अपेक्षा हो । हामीले सुख र दुःखको परिभाषा गर्न सकेका छैनौ । सबै पुगेपछि हुनेखानी भन्छौं । मैले करिब करिब सबै प्रकारका फिजिकल काम गरेको छु । मैले जिन्दगीमा जागिर खाइन । सोच नै गरिन । म जागिरमा अटाउनै सकिन । जागिर खानै पनि परेन । केटाकेटीमा व्यापार गरे । त्यसपछि पढ्न लागे । अनि सन्यासी भए । १२ वर्ष आश्रममा बसे । ओशोमा बसेर समय यो अवधि विताएको हुँ । ४ वर्ष काठमाडौंमा बसे । पोखरामा ७ वर्ष बसे । साढे नौ महिनामा पुनामा बसे । म दैनिक बिहान १ र बेलुका १ घण्टा अहिले पनि ध्यान गर्छु । म साधारण व्यवसायी हुँ । मैले कुनै व्यवसाय गर्ने रणनीति बनाएर अघि बढेकै होइन, त्यतिकै बने-उनले भने ।