एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध नेपालले टस हारेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा अहिले भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले अब पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले पहिलो पटक विश्व क्रिकेट वरियताको नम्बर १ टोली पाकिस्तानसँग खेल्न लागेको हो । पाकिस्तान सन् १९९२ को विश्वकप तथा २००९ को टी–२० विश्वकप विजेता टोली हो । पाकिस्तानको प्लेइङ–११ मा फखार जमान, इमाम उल हक, बाबर आजम ९कप्तान०, मोहम्मद रिजवान, सादब खान, मोहम्मद नवाज, अघा अली सलमान, इफ्तिखर अहमद, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन् । नेपाली टोलीमा भने कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।
क्यानको बागमती प्रदेश अध्यक्षमा पारस खड्काको उम्मेदवारी घोषणा
oकाठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बागमती प्रेदेशको अध्यक्षमा उम्मेदवारीकाे घोषणा गरेको छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेश अध्यक्षमा उम्मेद्वारीकाे घोषणा गरेका हुन्। उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य हुन् । उनले आफुलाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरुले समर्थन गर्ने पनि बताएका छन् ।
एशियाली शारिरीक सुगठन प्रतियोगिता भदौ १५ गते हुने, २५ मुलुकको सहभागिता
काठमाडौं । एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता भदौ १५ हुने गते भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले गर्न लागेको ५५ औं एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको अन्तिम तयारी पुरा भएको हो । उक्त प्रतियोगितामा हालसम्म एशियाली राष्ट्रका करीब २५ मुलुकहरुले सहभागिता जनाई सकेका छन् । एशियाली मुलुकहरुले भाग लिने उक्त प्रतियोगितामा ४५ विधामा प्रतिस्पर्धा हुनेछ । एशियाली प्रतियोगितामा पुरुषतर्फ २८ वटा, महिला तर्फ १६ विधामा प्रतिस्पर्धा हुने महासंघले जानकारी दिएको छ । एक बिधाको खेलमा भने महिला र पुरुष दुबैपक्षलाई समावेस गराईने छ । प्रतियोगिता स्थल याक एण्ड यति होटल रहने छ । महासंघले आयोजना गर्न लागेको यस कार्यक्रम ७ दिनसम्म सञ्चालन हुनेछ ।