नेपालको आक्रामक सुरुवात, पाकिस्तानको दोस्रो विकेट चैट

काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध दुई विकेट लिएको छ । सुरुमा नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गर्दै दाेस्रराे विकेट लिएका हुन् । पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।

एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध नेपालले टस हारेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा अहिले भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले अब पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले पहिलो पटक विश्व क्रिकेट वरियताको नम्बर १ टोली पाकिस्तानसँग खेल्न लागेको हो । पाकिस्तान सन् १९९२ को विश्वकप तथा २००९ को टी–२० विश्वकप विजेता टोली हो । पाकिस्तानको प्लेइङ–११ मा फखार जमान, इमाम उल हक, बाबर आजम ९कप्तान०, मोहम्मद रिजवान, सादब खान, मोहम्मद नवाज, अघा अली सलमान, इफ्तिखर अहमद, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन् । नेपाली टोलीमा भने कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।

क्यानको बागमती प्रदेश अध्यक्षमा पारस खड्काको उम्मेदवारी घोषणा

oकाठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बागमती प्रेदेशको अध्यक्षमा उम्मेदवारीकाे घोषणा गरेको छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारीकाे घोषणा गरेका हुन्। उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य हुन् । उनले आफुलाई  काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरुले समर्थन गर्ने पनि बताएका छन् ।