कीर्तिपुर र मुलपानी क्रिकेट रंगशाला २ वर्षभित्र स्तारोन्नती गरिने
काठमाडौं । सरकारले कीर्तिपुर र मुलपानीमा रहेका दुई वटा क्रिकेट रंगशालाको स्तरोन्नती गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन । उनले सरकारले आगमी २ वर्षभित्र उक्त रंगशालामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न मिल्न गरी स्तारोन्नती गरिने बताए । चितवनको भरतपुर, कैलालीको फ्पला, बैतडीको दशरथचन्द र मोरनको विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण पक्रिया अगाडी बढाइने पनि उनले बताए ।
रुटिन अफ नेपाल बन्द पुरुषतर्फका विजयी क्लाउड फ्याक्ट्रि महिला विजेता
काठमाडौं । आईटी टेक डिजिटल फुटसल प्रतियोगिता सनिबार सम्पन्न भएको छ । हडिगाउँमा आयोजना भएको प्रतियोगितामा केही उत्कृष्ट कर्पोरेट टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । पुरुषतर्फको फाइनलमा आइएमई ग्रुपविरुद्धको फाइनलमा अरोएनबि विजयी भएको हो । क्लाउड फ्याक्ट्रीले प्रतियोगिताभर आफ्नो असाधारण सीप र टिमवर्क देखाएर महिला उपाधि जितेको हो । यो कार्यक्रम फुट(टेक फुटसलको पहिलो संस्करण थियो र यो वार्षिक कार्यक्रम निरन्तर अर्को वर्ष पनि गर्दै लाने कुरा आयोजक ‘लेट्स प्ले स्पोर्टस्’ ले निर्धारण गरेको छ । यो प्रतियोगिताले आगामी दिनमा पनि आईटीरटेकरडिजिटल कम्पनीहरूलाई स्वस्थ प्रतिस्पर्धामा संलग्न हुन र टिमवर्क र खेलकुदलाई प्रवर्द्धन गर्न प्लेटफर्म प्रदान गर्दछ। ‘फुट(टेक फुटसल २०२३ को सफलताबाट हामी हर्षित छौं र विजेता टोलीहरूलाई बधाई दिन चाहन्छौं’, कार्यक्रममा आयोजक लेट्स प्ले स्पोर्टस्का नरेश खनालले भने। यो कार्यक्रम ‘म सतर्क छु’ अभियानको एक पाटो थियो, जसको उद्देश्य डिजिटल साक्षरता र इन्टरनेट सुरक्षाको बारेमा आम जनतामा चेतना जगाउने हो। फुट(टेक फुटसल २०२३ खेलकुदमा प्रविधिको शक्ति प्रदर्शन गर्ने र डिजिटल साक्षरताको महत्त्वबारे चेतना जगाउने उत्कृष्ट अवसर थियो।
सरकारले किक्रेट खेलाडीलाई जनही ६ लाख दिने, त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने
काठमाडौं । सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । साथै मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको छ।