एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु

काठमाडौं । एनसेल आजियाटाले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्याउँदै देशको दुई तिहाईभन्दा बढि जनसंख्यामा फोरजी सेवाको विस्तार गरिसकेको छ । एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको ५५० भन्दा बढि स्थानिय तहसम्म विस्तार गरिसकेको छ र बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको छ । एनसेलकाे फोरजी सेवाको लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्छन् र थ्रिजी सिम प्रगोग गरिरेहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात आफुले चलाई रहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्छन् । एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्नेछन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ । एनसेलले देशभरी ७२ लाखभन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ ।

ग्राहकको स्वीकृतिबिनै उठाएको पैसा एनसेलले भुक्तानी नदिने, कानुनी उपचार खोज्ने तयारी

काठमाडौं । टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न सेवा तथा प्याकबाट ग्राहकबाट उठाएको रकम भुक्तानी नगर्ने जनाएको छ । एनसेलले बिनास्वीकृत ग्राहकबाट विभिन्न प्याक तथा सेवाबाट रकम उठाउने गरेको पाइपछि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई कारवाही गर्दै रकम भुक्तानी गर्न पत्राचार गरेको थियो । दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणले पठाएको पत्रको जवाफ दिदै एनसेलले कानूनी उपचार खोज्ने जनाएको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलले भदौ १८ गते पठाएको पत्रमा कानूनी अधिकार खोज्ने अधिकार रहेको उल्लेख गरिएको जनाएका हुन । ‘कानूनी अधिकार भनेको अदालत जाने भन्ने हो । यस विषयमा एनसेलले आफ्नो धारण सार्वजनिक गरे तापनि प्राधिकरणबाट कारवाहीको विषयमा कुनै निर्णय भइसकेको छैन’, उनले भने । ग्राहकको स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याक स्वतः नवीकरण गरी आम्दानी गरेको पाइएपछि प्राधिकरणले एनसेललाई साउन ३२ गते एक अर्ब ११ करोड २९ लाख ७६ हजार बढी रुपैयाँ तीन महिनाभित्र प्रयोगकर्तालाई उनीहरूको मोबाइल नम्बरमा फिर्ता गर्न निर्देशन दिएको थियो । सो रकम भुक्तानी नगरी एनसेलले अदालत जाने धम्की दिएको हो । एनसेलले गेमलफ्ट, ह्वावे एप ग्यालरी जस्ता भ्यालु एडेड सेवा तथा प्याकहरु उपभोक्ताहरुको मन्जुरी नलिई अटो रिन्यु हुने गरी सञ्चालन गरेको र यसबाट आफूहरु समेत ठगिन पुगेको भनी विभिन्न माध्यमबाट प्राधिकरणमा उपभोक्ताहरुले गुनासो गरेका थिए । उक्त गुनासोका आधारमा प्राधिकरणले एक निरीक्षण समिति समेत गठन गरेको थियो । उक्त समितिले गरेको अध्ययनबाट गेमलफ्ट नामको भ्यालु सेवा अन्तरगत तीन दिन रिन्यु र साप्ताहिक रिन्यु का प्याकहरु २०७५ असोज १५ गतेदेखि २०७७ को जेठ १८ गतेसम्म सो सेवा सञ्चालन गरी ११ करोड ३७ लाख ४८ हजार ९८६ बराबर आर्जन गरेको थियो । यस्तै, ह्वावे एप ग्यालरी नामबाट २०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म अटो रिन्यु हुने गरी ९९ करोड ९२ लाख १८ हजार ८६३ रुपैयाँ आर्जन गरेको छ । २०७५ असोज १५ गतेको पत्र मार्फत सो कम्पनीबाट सञ्चालित भ्यास अन्तरगतका सेवाहरु अटो रिन्यू हुने गरेको पाइएको भन्दै प्राधिकरणले सो सेवा बन्द गर्न निदेशन किन पालना नगरेको ? यसरी प्राधिकरणको निर्देशन पालना नगरेकोले दूरसञ्चार ऐन अनुसार किन कारवाही नगर्ने ? भनी मिति असार १७ गते स्पष्टिकरण सोधिएको थियो । त्यसका साथै २०७७ जेठ १८ पश्चात अटो रिन्युको विवरण १५ दिनभित्र प्रस्तुत गर्न प्राधिकरणले निर्देशन दिएको छ । अटो रिन्यु उक्त कार्य दूरसञ्चार ऐन २०५३ विपरित रहेको भन्दै कानुन बमोजिम ५० हजार जरिवाना गर्ने निर्णय समेत भएको छ । सम्बन्धित समाचार एनसेललाई कारवाही, ग्राहकबाट उठाएको १ अर्ब ११ करोड रकम फिर्ता गर्न निर्देशन

प्राधिकरणमा आवेदन दिनेले खल्ती मोबाइल वालेटबाटै शुल्क भुक्तानी गर्न सक्ने

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनका ेफारम शुल्क खल्ती बाट सजिलै तिर्र्न सकिने सुविधा संचालन माल्याएको छ । आवेदकहरुले विभिन्न पदको लागि नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइट बाट आवेदन फारम भरी त्यसमा लाग्ने दस्तुर खल्तीबाट सजिलै भुक्तानीगर्न सक्नेछन् । दरखास्त दिने मिति भाद्र १८देखि असोज ७ सम्म रहेको छ । यद्यपि, इच्छुक तथा योग्यता पुगेकाउम्मेद्वारहरुले २०७८ असोज १४ गते सम्म दोब्बर दस्तुर तिरी अन्तिम दरखास्त दिन सक्नेछन् । कार्यालयमा धाइरहनु पर्ने वालाइनमा घण्टौ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनिकरण गर्ने हेतुले उक्त सेवा संचालनमाल्याएको खल्ती डिजिटल वालेटका प्रबन्धक जोनामभुर्तेलले जानकारी गराए । प्राधिकरणको आधिकारीकवेबसाइट बाट विभिन्नपदको लागिअनलाइनफारम भरीसकेपछि पेमेन्ट विकल्पमाखल्ती छनौट गरी त्यसमालाग्ने शुल्क सजिलै भुक्तानीगर्न सकिन्छ । १९ लाखभन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगतचार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउदै आइरहेको छ । खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिलभुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापनशुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानीगर्ने, सरकारी कर तथा सेवाशुल्कतिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।