यस्ताे छ नेपाल टेलिकमकाे सुलभ दरकाे कल र भ्वाेइस प्याक
काठमाडौं । काेराेना संक्रमणकाे दर निकै बढेकाे कारण सरकारले हाल देशकाे अधिकांश भागमा निषेधाज्ञाकाे घाेषणा गरेकाे छ जसकारण प्राय सबै आफ्नाे घरभित्र नै छन् । यसैलाई मध्यनजर गर्दै नेपाल टेलिकमले ग्राहकहरुकाे लागि याे समय सजिलाे बनाउन सहजरुपमा उपयोग गर्नसक्ने आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक ल्याएको छ । टेलिकले ल्याएकाे यस अफरमा ४ किसिमकाे प्याकहरु रहेका छन् । यदि तपाई पनि सुलभ दरमा इन्टरनेट र भ्वाेइस प्याक चलाएर आफ्नाे घरभित्रकाे सयमलाई रमाइलाे बनाउन चाहानुहुन्छ भने टेलिकमले ल्याएकाे यस प्याक तपाईकाे लागि सबैभन्दा राम्राे राेजाई हुनेछ । प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने प्याकहरु यस्ता छन्: १. वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक २८ दिनसम्म प्रत्येक गर्न सकिने याे प्याकमा दिनम १ जीबी डाटा चलाउन सकिनुकाे साथैप्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिन्छ । यस प्याकको मूल्य मात्र ६४९ रुपैयाँ रहेको छ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*८*२# डायल गर्न सकिन्छ । २. सात दिनका लागि १.५ जीबी प्याक ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा ९५ मा उपलब्ध गराइरहेको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*१*४# डायल गर्न सकिन्छ । ३. दुई घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । मात्र ३० रुपैयाँमा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*८*२# डायल गर्न सकिन्छ । ४. ५०० एमबी पर डे डाटा प्याक जम्मा २९९ रुपैयाँमा मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*९*३# डायल गर्न सकिन्छ । मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिन्छ ।
इसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने, रकम लोड गर्न झनै सहज
काठमाडाैं । ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड गर्न सकिने भएकाे छ । आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उदेश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए । ‘इसेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नविनतम सेवा दिनका लागि अग्रसर छ । नयाँ सेवाका साथै प्रयोगकर्तालाई रकम लोड गर्नका लागि अझ सहज होस् भन्ने कुरालाई ध्यानमा राख्दै यो सेवाको सुरूवात गरेका हौँ,’ उनले भने । एकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि इसेवा प्रयोगकर्ताको इसेवा एकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ । साथै यो सेवा लिनका लागि इसेवा प्रयोगकर्तासँग एकाउन्ट लिंक गर्ने बैंकको मोबाईल बैंकिङ लिएको हुनुपर्नेछ भने इसेवामा भएको मोबाईल नम्बर र बैंकमा रहेको मोबाईल नम्बर पनि एउटै हुनुपर्नेछ । यदि इसेवामा रहेको नम्बर र बैंकमा रहेको मोबाईल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाईल नम्बरलाई इसेवा एकाउन्टमा सेकेण्डरी आइडीका रुपमा राख्न सकिनेछ । बैंक खातामा इसेवा लिंक गर्नका लागि सर्वप्रथम इसेवाको होमपेजमा भएको लोड मनि भन्ने अप्सनमा जानुपर्नेछ । यहाँ लिंक एकाउन्टमा क्लिक गरी आफ्नो खाता भएको बैंक छानी आफ्नो बैंक खाता नम्बर राख्नुपर्नेछ र प्रोसेसमा क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाईल बैंकिङ पोर्टल खुल्नेछ । यहाँ आफ्नो मोबाईल नम्बर र पासवर्ड राखि क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाईलमा प्राप्त भएको ओटिपी पासवर्ड राखि पे मा क्लिक गरेमा बैंक खाता इसेवामा लिंक हुनेछ । बैंक खाता लिंक गरेपछि इसेवा खातामा रकम लोड गर्नका लागि इसेवा खाता लगइन गरी लोड मनि अप्सनमा गइ आफुले लिंक गर्नुभएको बैंक एकाउन्टमा क्लिक गर्नुपर्नेछ । त्यसपछि इसेवामा राख्ने रकम र अन्य विवरण भरी सहजै रकम लोड गर्न सकिनेछ । हाल २० वटा बैंक तथा वित्तीय संस्थाका बैंक खातामा इसेवा एकाउन्ट लिंक गर्न सकिनेछ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
नेसनल आईसीटी अवार्डबाट पराजुली सम्मानित
काठमाडौं । नेसनल आईसीटी एक्सिलेनस अवार्डबाट सुधिर पराजुली सम्मानित भएका छन् । चौंथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधीमन्त्री पार्वत गुरुङले पराजुलीलाई सो अवार्ड प्रदान गरेका हुन् । पराजुलीले सम्मानस्वरूप प्रमाणपत्र सहित लाख रुपैयाँ नगद प्राप्त गरेका छन् । उनी इन्टरनेट सेवाप्रदायक सुबिसुका तथा इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष समेत हुन् । यस्तैगरी, सरकारले प्राइभेट (निजी) क्षेत्रबाट ह्वावे टेक्नोलोजी नेपाल कम्पनी प्रालि नेसनल आइसिटी अवार्डले सम्मानित गरेको छ । सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट कार्य गरी सहयोग पु¥याएको भन्दै ह्वावेलाई यस्तो सम्मान प्रदान गरिएको हो । कुशुम लामा नेसनल आईसीटी एक्सिलेन्स अवार्ड वुमनबाट सम्मानित भएकी छिन् । सूचना तथा सञ्चार क्षेत्रको विकास र विस्तार अभियानमा विशिष्ट योगदानको कदर गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो । त्यस्तै महालेखा नियन्त्रक कार्यालय पब्लिक सेक्टरतर्फबाट सम्मानित भएको छ । सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोगबाट अधिकतम रुपमा सार्वजनिक सेवा प्रवाह गरेको भन्दै कार्यालयलाई यस्तो सम्मान दिइएको हो ।