चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध
हुम्ला । हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही मर्कामा परेका हुन् । इन्टरनेट सेवाले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई बढी समस्या बनाउनुका साथै कारोबारसमेत ठप्प भएको छ । एडिएसएल सेवाको इन्टरनेटले काम नगर्दा सिमकोटमा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयसहित जिल्लामा रहेका दुईवटा रेडियो एफएमलाई समेत समस्या बनाएको रेडियो कर्णाली आवाजका स्टेशन मेनेजर नवराज महताराले बताए । यस्तै इन्टरनेट सेवाले काम नगर्दा सञ्चारकर्मीलाई समाचार सम्प्रेषणमा समस्या बनाएको छ । कालीकोट जिल्लाको महाबुलेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आउँदा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय सिमकोटले जानकारी दिएको छ । उक्त क्षेत्रमा रहेको रिपिटर टावर मर्मत गर्ने कार्य जारी रहे पनि समस्या समाधान हुन नसकेको बताइएको छ । नमस्ते नेटवर्कको मोबाइल डाटाले काम गरे पनि एडिएसएल सेवाको इन्टरनेटले काम गरेको छैन । रासस
एनआईसी एशिया बैंकको मोबाइल एपमा अब कष्टमर केयर सेवा
काठमाडौं । अब एनआइसी एसिया बैंकको एप मार्फत कष्टमर केयरको सेवा पनि पाइने भएको छ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बैंकले अब एप मार्फत नै कष्टमर केयर सेवा प्रदान गर्ने भएको हो । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा कष्टमर केयरको सेवा सुरुवात गरेको हो । ‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवातथा सुविधाहरूलाई डिजिटल मैत्रीबनाउने क्रममा यो सेवाबाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ । सो एपमा च्याटबटको सुविधा पनि छ । मोबाइल बैंकिङ्ग एप भित्र रहेको यो सुविधा भित्र ग्राहकले बैंकको अनलाईन सेवाहरू (ईन्टरनेट/मोबाइल/भाइबर,मर्चेन्ट भुक्तानी), विदेशीविनिमय दर, गुनासो, अलाइनएप्लिकेसन, बैंकिङ्ग समय, जस्ता विषयमाजानकारी पाउनको लागिसोझै च्याटमार्फत सजिलै प्राप्तगर्न सकिने छ । यस्तै, सो एपमार्फत बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क, गुनासो टिकट, ईमेल सुविधा र फ्याक्सको सुविधा रहेको छ । ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमाआफ्नो मोबाइलप्रयोग गरी यस बैंकका सेवा सम्बन्धीजानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ्गआवश्यकतालाई हरसम्भव बैंक समक्ष पु¥याउन यो सुरुवातनिकै प्रभावकारी हुनुका साथै यसबाटग्राहकमहानुभावहरूमा सन्तुष्टि बृद्धि गर्ने बैंकले विश्वास लिएको छ । बैंकको मुलुकभर ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुनपुगेको छ । २२ लाखभन्दा बढी ग्राहकसाथ सञ्चालनमा रहेको यस बैंककाप्रमुखवित्तीय परिसूचकहरू उत्साहप्रद छन् । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानीगरिसकेको छ ।
सुबिसुका ग्राहकलाई १ लाखसम्मकाे स्वास्थ्य बीमा नि:शुल्क
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले नयाँ वर्षको अवसरमा ग्राहकहरुका निम्ति “इन्टरनेट मस्त जीवन स्वस्थ” अफर ल्याएकाे छ । यस अफर अन्तर्गत कम्पनीका ग्राहकहरुले एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवाको नयाँ जडान तथा नविकरणमा एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने याेजना ल्याएकाे जानकारी दिएकाे छ । कम्पनीकाे अनुसार याे अफर २० एमबिपिएस भन्दा माथिको ब्याण्डविथमा लागु हुनेछ । कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको हो । याे अफर सिमित अवधीका लागि रहनेछ कम्पनीले जानकारी दिएकाे छ ।