व्यवसायिक संकटमा एयर एसिया, भारतबाट बाहिरिँदै, जापानमा पनि हवाई सेवा बन्द
काठमाडौं । मलेसियाली एयरलाइन्स कम्पनी एयर एशिया यतिखेर ठूलो संकटमा परेको छ । केही वर्षयता व्यापार खस्किँदै गएको यस हवाई कम्पनीको दकडाउनपछिको व्यापारमा झन गिरावट आएको छ । दिनप्रतिदिन व्यापार खस्किँदै गएपछि एयर एसियाले भारतबाट पलायत हुने योजना बनाएको छ । एयर एसियाको भारतमा टाटा समूहसँग संयुक्त लगानी छ । एयर एशिया समूह (एयरलाइन्स) का अध्यक्ष बो लिंगमले एक विज्ञप्ति जारी गरेको गर्दै कि पछिल्लो समय भारत र जापानमा व्यर्थै खर्च भइरहेको बताएका छन् । यसले पनि कम्पनीको वित्तीय अवस्था झन झन खस्किँदै गएको विज्ञप्तीमा उल्लेख छ । उनले विज्ञप्तीमा भनेका छन्, ‘हाम्रो मुख्य लक्ष्य भनेको भारतमा ब्यापारको समयमा नगद खर्च कम गर्नु र लागत घटाउनु हो, त्यसैले पनि हामीले एयर एशियाको हवाई सेवा जापानमा रोकेका छौं ।’ साथै कम्पनीले एशियामा लगानीको समीक्षा समेत गरिरहेको छ । यसबाट पनि बुक्र्न सकिन्छ कि जापानपछि कम्पनीले भारतमा पनि यसको सञ्चालन रोक्न सक्छ । कम्पनी आफ्नो ४९ पतिशत सेयर टाटा समूहलाई बेचेर कम्पनी भारतबाट बाहिरिन सक्छ । एयर एशिया भारतीय बजारमा पछाडि नागरिक उडड्य प्राधिकरण (डीजीसीए) भारतका अनुसार अनुसार यो एयर एसिया भा्तमा सेप्टेम्बरमा ५८.५ प्रतिशत लोड फ्याक्टरको साथ सञ्चालनमा थियो । भारतमा डोमेष्टिक यात्रुको हिस्सा ६ प्रतिशत मात्र छ । यो अवधिमा उयर एसियाको हवाई मार्फत २.४ लाख मानिसले यात्रा गरेका छन् । भारतीय बजारको लिडर इंडिगोको यात्रु हिस्सा भने ६५.४ प्रतिशत छ । घरेलु यात्रुको हिस्सा ५७ प्रतिशत छ भने एक महिनामा इंडिगोमार्फत २२. ७ लाख मानिसले यात्रा गरेका छन् । जुलाईमा एयर एशियाको यात्रुहरुको संख्यामा ७९ प्रतिशतले बढेको थियो । यस्तै सोही समयमा एयर एसियाकै थाईल्यान्डको यात्रीहरुको संख्या भने ६५ प्रतिशतको वृद्धि भएको थियो । तर कोरोना संक्रमणको कारण, यसको व्यापार अन्य एयरलाइन्स कम्पनीहरू जस्तै प्रभावित भएको छ । विगत छ महिनाभन्दा बढी वर्षदेखि यस कम्पनीले व्यवसायमा चुनौतीको सामना गरिरहेको छ । एयरलाइन्स व्यवसाय कोभिड १९ कारण उत्पन्न लकडाउनले निकै प्रभावित भएको छ । एयर एशिया भारतको केन्द्रिय कार्यालय भारतको बेङ्लोरमा छ । यसले भारतको १९ ठाउँमा आफ्नो उडान भर्दै आएको छ ।
कैलालीमा जिप लाइन: पर्यटकको आकर्षण बढ्यो
कैलाली । कैलालीको महोन्याल गाउँपालिका स्थित कर्णाली नदीमा ‘जिप लाइन’ सेवा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको यस ठाउँमा कोभिड संक्रमणको जोखिमका बाबजुदपनि जिप लाइनको आनन्द लिन पर्यटकहरु आउने गरेका छन् । कैलालीको महोन्याल गाउँपालिका वडा नं. ७ पितमारी स्थित कर्णाली नदीको किनारमा जिप लाइन सेवा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको करिब १ सय ३० मिटर लामो लाइन निर्माण भएपछि जिपलाइन सेवा सञ्चालनमा आएको हो । साहसिक खेलको रुपमा रहेको जिप लाइनको मज्जा लिन अहिले दैनिक रुपमा पर्यटकको भिड लाग्ने गरेको छ । २०७६ सालको माघ महिना देखि जिपलाइन सञ्चालनमा आएपनि कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेको थियो । चिसापानी एड्भेञ्चर रिसोर्टले करिब १० लाख रुपैयाँ लागतमा यो जिपलाइन सेवा सञ्चालनमा ल्याएको हो । यस क्षेत्रमा घुम्न आउने पर्यटकका लागि साहसिक खेलको मनोरञ्जन दिने उद्देश्यले जिपलाइन सेवा सञ्चालनमा ल्याइएको सञ्चालक तपेन्द्र रावलले बताए । जिपलाइनको अनुभव लिन आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । साहसिक खेल जिपलाइन खेल्नका लागि अहिले दैनिक २ सय देखि ३ सयको संख्यामा पर्यटकहरु आउने गरेका छन् ।
धुलिखेल घुम्न जाँदै हुनुहुन्छ ? यस्ता छन् सस्ताे मूल्यका आकर्षक प्याकेज
काभ्रेपलाञ्चोक । कोभिड–१९ का कारण पर्यटन क्षेत्रले बेहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले हालै विशेष प्याकेजको व्यवस्था गरेका छन् । होटल सङ्घ नेपाल (हान) काभ्रेपलाञ्चोकले कोरोना कहरको अवस्थामा पर्यटन प्रवद्र्धन गर्न तीन प्याकेजको घोषणासमेत गरेको छ । सङ्घले कोरोना सङ्क्रमणको अवस्थामै सरकारले तोकेको स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटनलाई पुरानै लयमा फर्काउन विशेष प्याकेज ल्याइएको जनाएको छ । “स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटकको सेवामा विशेष प्याकेजसहित तल्लीन छौँ, पर्यटन क्षेत्रले व्यहोर्नुपरेको क्षति न्यूनीकरणलाई प्याकेजले राहत दिलाउने अपेक्षा गरेका छौँ”, सङ्घका काभ्रेपलाञ्चोक अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठले भने । सङ्घले विशेषगरी धुलिखेल घुम्न आउने दम्पतीलाई लक्षित गर्दै सस्तो प्याकेजसमेत ल्याएको उनले बताए । सङ्घले दम्पतीलाई लक्षित गर्दै रिसोर्ट एण्ड फुल सर्भिस होटल र बजेट एण्ड भ्यालु होटल गरी दुईखाले होटललाई लक्षित गर्दै प्याकेज घोषणा गरेको जनाएको छ । सङ्घका अनुसार पहिलो प्याकेज धुलिखेल फर ‘कल्चर एण्ड नेचर’ मा एक रात दुई दिन, दोस्रो प्याकेज ‘फिलिङ सुरपरम्यान’ मा दुई रात तीन दिन र तेस्रो ‘तीनधारे झरना’मा दुई रात तीन दिनको प्याकेज तयार गरिएको छ । उनले ‘कल्चर एण्ड नेचर’ मा पर्यटकलाई आउनेबित्तिकै चिया र सामान्य चियाले स्वागत गरिनेछ भने सोही साँझ धुलिखेलको लखनडबलीमा विशेष लाखेनाच देखाइने छ । प्याकेजको दोस्रो दिन बिहान चिया वा कफीपछि हाइकिङ गर्दै हजार सिँढी हुँदै धुलिखेलको देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्तिवनस्थित बुद्ध मूर्तिको अवलोकन गराइनेछ । यसपछि होटलमा फर्की ब्रेकफास्ट गराइने छ । दिउँसोको खानापछि होटल छाड्नुपर्नेछ । दोस्रो प्याकेजमा ‘फिलिङ सुरपरम्यान’ अर्थात् पर्यटकलाई आउनेबित्तिकै चिया र सामान्य खाजाले स्वागत गरिनेछ भने साँझ ‘क्याम्प फायर’सहित खानाको व्यवस्था गरिनेछ । भोलिपल्ट बिहान चिया वा कफीपछि हाइकिङ गर्दै हजार सिँढी हुँदै धुलिखेलको देवीस्थानमा रहेको कालीदेवी मन्दिर तथा शान्ति वनमा रहेको बुद्ध मूर्तिको अवलोकन गराइनेछ । यसपश्चात होटलमा ब्रेकफास्टपछि साहसिक जिपलाइन खेलका लागि लगिनेछ । साँझ धुलिखेलको पुरानो बजारमा हुने लाखेनाचका साथै नेवारी सांस्कृतिक धुनको मनोरञ्जन दिलाइनेछ । तेस्रो प्याकेजमा हालैमा प्रचारमा आएको रोशी गाउँपालिकास्थित ‘तीनधारे झरना’ प्याकेजअन्तर्गत पर्यटकलाई चिया र सामान्य खाजाले स्वागत गरिनेछ । साँझ धुलिखेलको लखनडबलीमा लाखेनाच देखाइने र भोलिपल्ट बिहानको ब्रेकफास्टपछि तीनधारे झरनाको यात्रातर्फ लगिनेछ । तीनधारे झरनास्थलमै लन्च प्याक व्यवस्था गरिएकाले पर्यटकले एक प्रकारको मिनी पिकनिकको आनन्द लिन सक्नेछन् । झरनाको अवलोकन गरेर फर्केपछि उक्त रात होटलमा बास बस्ने र भोलिपल्ट बिहान ब्रेकफास्टपछि होटल छोड्नुपर्ने योजना बनाइएको छ । सङ्घ अध्यक्ष श्रेष्ठले प्याकेज घोषणापश्चात धुलिखेलमा पर्यटकको चहलपहल दिनप्रतिदिन बढ्दै गएको बताए । “पहिलेकै अवस्थासम्म ल्याउन नसके पनि पर्यटन व्यवसाय बचाइराख्न पनि सङ्घले कदम चालेको हो”, उनले भने । उनका अनुसार सङ्घले कल्चर एण्ड नेचर प्याकेजमा रु चार हजार ५०० देखि १० हजार, फिलिङ सुपरम्यान प्याकेजमा १० हजार ५०० देखि रु २० हजार र तीनधारे झरना प्याकेजमा १२ हजारदेखि २२ हजारसम्मको प्याकेज घोषणा गरिसकेको छ । साना–ठूला गरी धुलिखेलमा मात्रै करिब १०० होटल छन् ।