भद्रपुर विमानस्थल आजदेखि पुनः सञ्चालन, धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि साढे १० करोड खर्च
भद्रपुर । झापाको भद्रपुर विमानस्थल १० दिनपछि पुनः आजदेखि सञ्चालनमा आएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिकार्य सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको जनाएको हो । गत कात्तिक २६ गतेदेखि मङ्सिर ५ गतेसम्म मर्मत तथा स्तरोन्नतिका लागि विमानस्थल बन्द गरिएको थियो । विमानस्थलको एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले बताएका छन् । उनका अनुसार सो धावनमार्गमा २० वर्षसम्म समस्या आउने छैन । उनले सो धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३ लाख खर्च भएको बताएका छन् । विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग विस्तार, भवनको स्तरोन्नतिलगायतका काम गरिएको हो । रासस
चीनमा सञ्जाल जोड्दै हिमालय एयरलाइन्सः हरेक बुधबार काठमाडौंबाट चाङ्साका लागि उडान भर्ने
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंदेखि चीनको चाङ्सालाई जोड्ने थप अर्काे सेवा उपलब्ध गराउने भएको छ । चाङ्सा मध्य चीनको हुनान प्रान्तको राजधानी हो । नेपाल भ्रमण वर्ष २०२० शुरु हुनु अघि नयाँ बजार अन्वेषण गर्दै यस प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकहरुको प्रवद्र्धन गर्ने र पहिचान बढाउने उद्देश्य राखेको छ । यो नयाँ सेवाका साथ नेपालीहरु सहज, किफायती र सिधा सम्पर्कबाट चीनको नयाँ गन्तव्यस्थल पुग्न सक्नेछन् । गुइयाङको ठीक पछि, हिमालयले काठमाडौं र चाङ्सा बीचको नयाँ उडान रुट प्रस्तुत गरेको छ । प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्ने चाङ्सा चीनकै प्रमुख पर्यटकीय शहर मध्येको एक हो । हिमालय एअरलाइन्सको विमानले हरेक बुधबार काठमाडौंबाट चाङ्सका लागि उडान भर्नेछ र सोहि दिन फर्केने छ । हिमालय एअरलाइन्स यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एअरलाइन्स हो । उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्सिर ४ गते स्थानीय समय ११ः०३ मा चाङ्साका लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १७ः१९ मा अवतरण गरेको छ । आवागमन उडान चाङ्साको हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः२८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय २१ः२३ मा अवतरण गरेको छ । चीनले नेपाललाई नयाँ फुर्सदको समय बिताउने गन्तव्यको रुपमा लिने गरेको छ जुन विगतका केही वर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरु वृद्धि हुनुको प्रमुख कारण हो । विगत केही वर्षदेखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ । गुईयाङ–काठमाडौं नयाँ सञ्जाल सँगै एउटा ठूलो तवरले नेपालको पर्यटन अर्थतन्त्रमा आफ्नो योगदान पु¥याउने विश्वास र आशा राखेको छ । । अब यात्रुहरुका लागि नेपाल चीनबीच दुईवटा थप नयाँ प्रवेशद्वार हुनेछ । हालसम्म घोषणा गरिएका रुटहरु हिमालय एयरलाइन्सको सञ्जाल विस्तार गर्ने भविष्यका धेरै सम्भावनहरु मध्येको एक हो जसले नयाँ रुट तथा स्पष्ट बार्षिक उडान तालिकाहरु उपलब्ध गराएको छ ।” काठमाडौं–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो तवरबाट योगदान दिने र नेपाल चीनबीचको द्विपक्षीय सम्बन्धलाई सबै सम्भावित पक्षबाट बलियो बनाउनेछ ।
दाेस्रो आन्तरिक पर्यटन मेला काठमाडौंमा, व्यापारिक प्रयोजनका १५० स्टल
काठमाडौं । डोमेस्टिक टुरिजम मार्टले फागुन ९ र १० गते (फ्रेबु्रअरी २१,२२) मा दोस्रो आन्तरिक पर्यटन मेला गर्ने भएकाे छ । मार्टकाे आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त मेलामा देशभरिका सबै पर्यटकीय स्थलको प्रदर्शन तयारी गरिएकाे हाे । पहिला देश अनि विदेश भन्ने नाराका साथ हुने उक्त मेलामा नेपाल भित्र लुकेर रहेका पर्यटकीय गन्तव्यकाे दृश्य अवलाेकन गर्न सकिने छ । सो मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्यहरुको प्रदर्शनी, खानाको परिकार झल्किने गरी फुड स्टल समेत रहने पाइन्छ । मेलामा ग्राहकहरुले आफुले चाहेको वस्तुहरु खरिद गर्न सक्ने छन् । मेलामा लाखौ दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ । मेलामा हस्तकला सामाग्री, आफ्नै जिल्लामा उत्पादित खाद्य सामाग्री, पर्यटकीय क्षेत्रका होटल, ट्राभल, ट्रेकिङ, एयरलाइन्स, प्याकेज टुरका साथै पर्यटकीय क्षेत्रमा सक्रिय रहेका निजि कम्पनी तथा संघसंस्थाहरुले स्टल राख्ने छन् । साे मेलाको प्रमुख उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने रहेको छ । साथै, ७ वटै प्रदेशबाट संयोजक बनाउने तथा सहयोगी संघ संस्थाहरुबाट १ सय ५० वटा स्टलहरुलाई मध्यनजर गर्दै डीटीएम एक्सिलेन्ट अवार्ड समेत प्रदान गरिने डोमेस्टिक टुरिजमका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।