नाडेप लघुवित्तको असोज १४ गते बुक क्लाज, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको आगामी असोज १४ गते बुक क्लोज हुने भएको छ । संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । लघुवित्तको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक साधारण सभा असोज २८ गते बस्दै छ । सभा साे दिन बिहान ११ बजे काठमाडौंको नार्गाजुनस्थित राानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्टमा बस्ने भएको छ । उक्त सभाले हाल रहेकाे सेयर संरचना ७०ः३० लाई परिवर्तन गरी ५१ः४९ गर्ने विशेष प्रस्तावलाइ पारित गर्ने छ । त्यस्तै, सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने प्रस्तावलाई पारित गर्ने छ । संस्थाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १९ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त प्रस्तावलाई साधारण सभाले पारित गरेसँगै असोज १३ गतेसम्म कायम सेयरधनीले साे मात्राकाे लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्ने छ । सम्बन्धित समाचारः नाडेप लघुवित्तले १० प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी ४० करोड नाघ्ने

अब ‘मेरो सेयर’बाट सेयर भर्न ‘पीन कोड’ चाहिने

काठमाडौं । अब ‘मेरो सेयर’ सफ्टवेयरबाट जुनसुकै कम्पनीको सेयर भर्दा ‘पीन कोड’ चाहिने भएको छ । सीडीएस एण्ड क्लियरिङ्गले मेरो सेयर प्रयोगकर्ताले अबदेखि सार्वजनिक निष्काशन भएका धितोपत्र खरिदको लागि आवेदन दिँदा अनिवार्य रुपमा पीन कोड प्रयोग गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि मेरो सेयर सफ्टवेयरमा रहेको माई आश्वा मार्फत सार्वजनिक निष्काशन भएका सेयर आवेदन प्रविष्टि गर्दा वान टाइम पासवर्ड (ओटीपी) प्रयोग गर्नुपर्ने थियो । उक्त सेवालाई प्रतिस्थापन गरी सो को सट्टामा पर्सनल आईडेन्टीफिकेसन नम्बर(पीआईएन) कोडको व्यवस्था गरेको सीडीएससीले जानकारी गराएको छ । सीडीएससीका अनुसार उक्त पीन कोड ४ डिजिटको हुने छ । जुन सेट गर्नको लागि प्रयोगकर्तालाई मेरो सेयरमा पहिलो पटक लगइन गर्दा अनिवार्य पीन कोड सेट गर्नुपर्ने छ । र, अबदेखि बजारमा निष्काशन हुने सेयरमा आवेदन दिँदा उक्त पीन कोड प्रयोग गर्नुपर्ने छ । कसरी लिने पीन कोड ? उक्त पीन कोड लगानीकर्ता आफैले सेट गर्नुपर्ने सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताएका छन् । ‘मेरो सेयर लगइन गर्दा युजरनेम, पासवर्ड राखेर लगइन गरेपछि पीन कोड हाल्ने अप्सन आउँछ । त्यसमा मेरो सेयर प्रयोगकर्ताले अक्षर(अल्फाबेट) नभई अंक (न्युमेरिक नम्बर) हाल्नु पर्ने छ । जुन ४ वटा डिजिटको हुनुपर्ने छ ।’, सीईओ आचार्यले विकासन्युजसँग भने । साथै, उक्त पीन कोड लगानीकर्ताले कुनै पनि कम्पनीको सेयर भर्दा अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने उनले जानकारी दिएका छन् । यदि उक्त काेड बिर्सिएमा लगानीकर्ताले पुनः रिसेट पनि गर्न मिल्ने व्यवस्था रहेकाे छ । ‘मेरो सेयर’ सफ्टवेयरलाई थप सुरक्षित बनाउने उद्देश्यले सीडीएससीले याे नयाँ व्यवस्थाले लागू गरेकाे हाे । यसअघि प्रयाेग भइरहेकाे वान टाइम पासवर्ड (ओटीपी) ले बढी लाेड दिने भएकाे र सुरक्षाकाे हिसाबले पनि उपयुक्त नहुने भएकाेले याे पीन काेडकाे व्यवस्था गरिएकाे सीईओ आचार्यले बताए ।

सनराइज फर्स्ट म्युचुअल फण्डको असोज ११ गते बुक क्लोज

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको आगामी असोज ११ गते बुक क्लोज हुने भएको छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त फण्ड योजनाको नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि सो एक दिन बुक क्लोज हुने भएको हो । फण्ड व्यवस्थापक सनराइज क्यापिटलले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कर सहित ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।