सिटिजन्स बैंकको सहयोगमा कोहलपुरमा शव दाह गृह निर्माण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित कोहलपुर नगरपालिका–११ मा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । कोहलपुरको दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन यस शव दाह गृहले स्थानीय बासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ, सुरक्षित र वातावरणमैत्री विकल्प प्रदान गर्ने लक्ष्य लिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक औपचारिक समारोहका बीच सहयोग हस्तान्तरण गरे । समारोहमा सम्बोधन गर्दै पोखरेलले सामाजिक हितका कार्यमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै, यस्ता कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । सिटिजन्स बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यसहित विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक रूपान्तरणमा योगदान पुर्याउने यस्ता कार्यलाई निरन्तरता दिने जनाएको छ ।
१० महिनामा १४ खर्बको आयात, २ खर्बको निर्यात
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन-वैशाख) सम्ममा आयात १४ खर्ब ७४ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३.११ प्रतिशत बढी हो । यो अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन नेपालको इतिहासमा सर्वाधिक निर्यात हो । चालु आवको १० महिनामा कम्पनीहरुले गरेको निर्यात गत आर्थिक वर्षको १० महिनाको तुलनामा ७३ प्रतिशतले बढी हो । २०७८/७९ मा २ खर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । चालु आवको १० महिनामा कुल १६ खर्ब ९२ अर्ब ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । वैदेशिक व्यापारको वृद्धिदर गत आवको तुलनमा १८.३७ प्रतिशत रहेको छ । १० महिनामा व्यापारघाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ६.७२ प्रतिशत हो।
सिटिजन्स बैंकको सहयोगमा दृष्टि फाउण्डेसनका ६५ महिला तथा बालबालिकालाई राहत
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढीस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ । फाउण्डेसनले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र तिनका बालबालिकाको संरक्षण तथा पुनःस्थापनको काम गर्दै आएको छ । बैंकले संस्थालाई करिब ६५ जना लाभग्राहीका लागि दुई महिनासम्म पुग्ने सरसफाइ तथा उपभोग्य सामग्रीहरू हस्तान्तरण गरेको हो । धनगढीमा आयोजित एक समारोहका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सामग्री हस्तान्तरण गरे। कार्यक्रममा उनले सानो सहयोगमार्फत संस्थाको कार्यमा संलग्न हुन पाउँदा आफू सन्तुष्ट भएको बताउँदै, यस्ता संस्थाहरूले समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरिरहेको उल्लेख गरे । सिटिजन्स बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने पनि जनाएको छ ।