नर्सिङ : सेवा, सम्मान र सम्भावनाको पेशा

माध्यमिक शिक्षा परीक्षा (एसईई) पास भएका विद्यार्थीलाई अहिले भ्याइ नभ्याई छ । कुन विषय रोज्ने, कस्तो कलेज पढ्ने भन्ने विषयमा अनिश्चतता पनि भएको हुन सक्छ । के तपाइले एसईई दिएर नर्सिङ क्षेत्र रोज्ने रुचि राख्नु भएको छ ? नर्सिङ क्षेत्र किन पढ्ने र नेपालमा यसको अवस्था कस्तो छ भन्ने विषयमा यो लेखमा चर्चा गरिएको छ ।  नर्सिङ एउटा पेशा हो । यसमा पनि स्पेसलाइज्ड शिक्षा नै हुन्छ । यसमा आर्ट र साइन्स दुवै विषय हुन्छन । साइन्समा सिद्धान्त पढ्नुपर्छ भने आर्ट पनि चाहिन्छ । नर्सहरूको प्रत्यक्ष सम्बन्ध समुदायसँग हुन्छ । रोग रोकथामको लागि, रोग लागिसकेपछि निको कसरी पार्ने भन्नेदेखि विभिन्न आयाममा नर्सहरूले काम गर्नुपर्ने हुन्छ । अझ विस्तृत रुपमा भन्दा  बिरामीदेखि स्वस्थ मान्छेसँग नर्सले सहकार्य गर्नुपर्ने हुन्छ ।  नेपालमा नर्सिङ क्षेत्रमा काम गर्ने र पढ्ने भनेको प्रायः केटी अर्थात् महिलाले मात्र हो भन्ने चलन अझै छ । पहिले यस्तै थियो पनि । तर, आजभोलि पुरुषले पनि यो कोर्स पढ्दै आएका छन् । पहिले ४० जना विद्यार्थीमा १० प्रतिशत अर्थात ४ जना पुरुषलाई मात्र भर्ना गर्ने गरिन्थ्यो भने केही समय कानुनले नै पुरुषलाई रोक लगाएको थियो । फेरि २०१८ सालदेखि पुरै सिट मध्ये १५ प्रतिशत पुरुषका लागि भनेर छुट्याइने गरिएको छ । तर, पनि यो पुरुषका लागि छुट्याइएको सिट फुलफिल अझै हुन सकिरहेको छैन । नर्सिङ शिक्षा महिलाको लागि मात्र नभई पुरुषहरूको लागि पनि हो । एसईई पास भएका विद्यार्थी जोसुकैले पनि नर्सिङ शिक्षा पढ्न पाइन्छ । नर्सिङ किन पढ्ने ? नर्सिङ स्थापित प्रोफेसन शिक्षा हो । स्वदेश लगायत विदेशमा पनि ठूलो स्कोप छ । नेपालमा पढेको नर्सिङ शिक्षाको स्कोप अझ राम्रो छ । विदेश जाँदा पनि नेपालमा पढेका नर्सिङलाई बढी प्राथमिकता दिइन्छ भने स्वदेशमै पनि नेपाली जनताको सेवा गर्छु भन्ने भावना जसको छ उसका लागि  नेपालमै पनि राम्रो छ । प्रत्यक्ष  कसैको जीवनसँग जोडिएर सेवा दिने भनेको नर्सिङ नै हो । नर्स बिरामीसँग २४ घण्टा रहेर काम गर्छ । त्यसैले यो पढ्ने इच्छा भएका बालबालिकाका लागि अत्यन्तै राम्रो हो । नेपालमा अलिकति समस्या भनेको रोजगार सुरक्षाको हो । यो यस्तो प्राविधिक शिक्षा हो राम्रो मिहिनेत गरेर राम्रो नम्बर ल्यायो भने काम पाउने सम्भावना उत्तिकै हुन्छ । अहिले विभिन्न किसिमका रोगहरू बढिरहेका छन्, अस्पतालको संख्या बढिरहेको छ । अस्पतालमा सिट संख्या बढिरहेको छ । यही अनुसारको नर्सिङ दरबन्दी थप्नुपर्ने विषयहरू उठिरहेका छन् भने सरकारले पनि ११÷१२ सय नर्सका लागि दरबन्दी दिने तयारी गरिरहेको छ ।  यसकारण पनि नर्सिङ पढ्ने रुचि राखेकाहरूलाई राम्रो अवसर छ । नर्सिङले सेवा दिने भनेको केवल अस्पतालमा मात्र होइन । विद्यालयमा पनि नर्सहरूले काम गरिरहेका छन् । एक विद्यालय एक नर्स अभियान सुरु छ । नेपाल नर्सिङ संघले औद्योगिक नर्सको अवधारणा पनि ल्याएको छ । जहाँ ५० भन्दा बढी कामदार छन् त्यहाँ नर्स राख्ने, भन्ने कुरा छ एनजी, आइएनजीमा पनि नर्सहरू काम गरिरहेका छन् । विदेशमा गएका नर्सहरूले राम्रो पैसा कमाउन सक्छन् ।  मिहिनेत आवश्यक हरेक शिक्षा सिक्न मिहिनेत निकै आवश्यक हुन्छ । मिहिनेत गर्ने व्यक्तिले कहिल्यै पछाडी फर्कन पर्दैन । नर्सिङ शिक्षाका लागि पनि निकै मिहिनेत आवश्यक हुन्छ । पढ्दा पनि कक्षामा धेरै अनुपस्थित हुन पाइँदैन कम्तीमा ७५ देखि ८० प्रतिशत कक्षामा उपस्थित् हुनैपर्ने व्यवस्था करिकुलममा छ भने प्रयाक्टिकलमा ९० प्रतिशत उपस्थित् हुनैपर्छ । अझ प्रयाक्टिकलमा सय प्रतिशत नै उपस्थित् हुनुपर्छ ।  उदाहरणका लागि पीसिएल नर्सिङमा बर्षमा २० हप्ता कुनै विद्यार्थीले ड्युटी गर्नुपर्ने छ भने यसमा कुनै कम्परमाइज गर्न मिल्दैन । यसो हुँदामात्र विद्यार्थीले सिक्नुपर्ने सबै सीप सिक्न सकिन्छ । यो शिक्षा मानिसको प्रत्यक्ष जीवनसँग जोडिने भएकाले पनि अझ महत्वपूर्ण ढंगले लिइन्छ । मिहिनेत चाहिन्छ । कस्तो विद्यार्थीले नर्सिङ पढ्न पाइन्छ ? पीसिएल नर्सिङ सिटीइभिटी अन्तर्गतका कलेजहरूमा पढाइ हुन्छ  । यो वर्षदेखि एसईईमा २ जीपीए ल्याएर ग्रेड भएका जो सुकै विद्यार्थीले पढ्न पाउने नयाँ प्राबधान लागू भएको छ । यो भन्दा अगाडिका वर्षसम्म एसईईमा ल्याएको ग्रेडप्वाइन्टलाई ३० प्रतिशत मार्केट  लोकेट गर्ने र ७० प्रतिशत इन्ट्रान्स परीक्षाबाट गरी जसले उच्च नम्बर ल्यायो उसैलाई भर्ना गर्ने नियम थियो । तर यो वर्षदेखि इन्ट्रान्स परीक्षा लिनेप्रचलन अन्त्य भएको छ ।  अब एसईईमा २ जीपीय प्राप्त गरेका विद्यार्थीले अनलाइन मार्फत फम भर्ना पाउने छन् । यसमा विद्यार्थीले पाएको जीपीमा सिटीइभिटीले सरकारी विद्यालयबाट पढेकालाई प्लस १ अंक र निजी स्कुलबाट अध्ययन गरी पास भएकाहरूलाई ०.८५ अंक दिदा जसले बढी अंक ल्याउँछ त्यो अंकका आधारमा पिसिएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेका छ । सिटिइभीटी अन्तर्गका कलेजहरूले पसिएल नर्सिङ पढाइरहेका छन् । नर्सिङ पढ्न लाग्ने खर्च  पिसिएल नर्सिङ कोर्ष तीन वर्षको हुन्छ । यसका लागि शुल्क पनि सिटिइभिटीले तोकिदिएको हुन्छ । शुल्क ४ लाख ७५ हजार तिर्नुपर्छ । अन्य शुल्क कलेज अनुसार केही तलमाथी हुन सक्छ । यसमा किताब, पढ्ने सामाग्रीहरू पनि अलि महंगो हुन्छन् । अन्य खर्च व्यक्ति अनुसार भर पर्छ । पढाइका सामग्री, कलेज आउन जान, खाजालगायतका अन्य खर्च व्यक्ति र ठाउँ अनुसार फरक पर्छ । यो शिक्षा प्राविधिक भएकाले केही महँगो हुन्छ ।  पढाइ हुने विषयहरू नर्सिङ क्षेत्र वृहत छ । यसका लागि विद्यार्थीहरू धेरै विषयहरूको अध्ययन गर्नुपर्छ । जसमा विशेष साइन्स जस्तै एनोटमी, फिजियोलोजी, फार्माक्लोजी कम्युनिटी हेल्थ नर्सिङ, चाइल्डहेल्थ नर्सिङ, लगायतका विषयहरू पढ्नुपर्ने हुन्छ । भने वयस्कमा ग्रोथ कसरी हुन्छ, गर्भवस्था टिनेजर हेल्थ लगायत सबै कुरा हर्नेुपर्छ । नर्सहरूले बढी समुदायमा नजिक भएर काम गर्नुपर्ने भएकाले धेरै विषयमा अध्ययन गर्नुपर्ने हुन्छ ।  पिसिएल नर्सिङपछिको अध्ययन के हुन्छ ? तीन वर्षे पीसएिल नर्सिङ कोर्ष पढिसकेपछि फेरि व्याचलरमा तीन वर्षको कोर्ष गर्नुपर्ने हुन्छ । ब्याचलर्समा नर्सिङ शिक्षा दुई प्रकारको हुन्छ । जसले एसईईपछि तीन वर्षको पिसिएल कोर्स गरिसकेका छ उनीहरूले बीएनएस अर्थात (ब्याचलर इन नर्सिङ साइन्स) कोर्स गर्नुपर्छ । यो कार्ष पनि तीन वर्षको हुन्छ ।  यसका लागि साढे ५ लाख शुल्क लाग्छ । बाँकी खर्च कलेज र व्यक्ति अनुसार तलमाथी हुन्छ । अर्को भनेको बिएस्सी नर्सिङ र बिएस्सी मिड वाइफ्ररी छ । यसका लागि  जो विद्यार्थी एसईई दिएर दई वर्ष साइन्समा बायोलोजी लिएर अध्ययन गरेको  छ उसको हकमा चार वर्षको बिएस्सी नर्सिङ गर्नुपर्ने हुन्छ भने बिएस्सी मिडवाइफ्री पनि गर्न सकिन्छ । यसका लागि शुल्कमात्र १० लाख बढी लाग्छ । कलेज कसरी रोज्ने ? विद्यार्थीले आफू जुनसुकै विषय लिएर पढ्दा कलेज राम्रो छनोट गर्न सक्नुपर्दछ । कलेज कसरी छनोट गर्ने भन्दा सबैभन्दा पहिले कलेजको पास आउटदर हेर्न सकिन्छ । अर्को कुन कलेजका विद्यार्थीले बढी रोजगारी पाएका छन्, लाइसेन्स पासको संख्या कस्तो छ हेर्नुपर्छ । यस्तै कलेज रोज्दा ठाउँ पनि हेर्नुपर्छ । आफू बसिरहेको ठाउँ नजिकैको कलेज राम्रो छ भने सकेसम्म आफ्नो नजिकको आफूलाई पायक पर्ने पनि हेर्नुपर्छ । घर नजिकै कलेज हुँदा धेरै आर्थिक भार पर्दैन । विद्यार्थीले यस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।  रोजगारीको अवस्था  विद्यार्थीले कुनै पनि विषय पढिसकेपछि कामको अवसर स्वदेशमा पनि खोज्छ, विदेशमा पनि खोज्छ । नर्सिङ भनेको यस्तो प्राविधिक जनशक्ति हो जसको माग आजभोलि स्वदेशभन्दा बाहिर अन्य देशमा बढी छ । नेपालमा नर्सिङ पढेकाहरू क्यानडा, बेलायत अष्ट्रेलिया लगायतका देशमा पुगेका छन् ।  बाहिर कमाइ पनि राम्रै गरिरहेका छन् । नेपाली नर्सहरूलाई नेपालमा रोक्ने वातावरण राज्यले बनाउन सकेको छैन । यसो भन्दा हामीले आत्तिनुपर्ने अवस्था छैन । क्षमवान विद्यार्थीलाई स्वदेशमा पनि थुप्रै अवसरहरू छन् । अहिले नेपालमा अस्पतालको संख्या बढ्दो छ । विभिन्न संघ संस्था, उद्योगमा पनि नर्सिङको लागि अवसर छ ।  नर्सहरूको श्रम शोषण वास्तवमा हेर्ने हो भने नेपालमा नर्सिङको श्रम शोषण भएको छ । सरकारले दरबन्दी सिर्जना गरेका क्षेत्रमा सेवा सुविधा राम्रो भएपनि निजी अस्पतालमा काम गर्ने नर्सहरूको भने श्रम शोषण भएको पाइन्छ । लाखाैं रुपैयाँ खर्च गरेर १०,११ हजारमा काम गर्नुपर्ने बाध्यता नर्सहरूलाई छ । यसका सरकारले नीति बनाउनै पर्छ । सरकारले सबै प्रतिष्ठान, अस्पताललाई सरकारी सरह तलब दिनु भनेर परिपत्र गरेका छ तर यस्तो अवस्था छैन । पढाइ अनुसारको कमाइ भएको छैन । नेपालमा नर्सिङहरूको दैनिक आधारभूत आवश्यकता नै पूर्ति भएको छैन । कामको लोड उस्तै छ । समस्या धेरै छन् । पहिलो कुरा नर्स र बिरामीको रेसियो मिलाउनुपर्यो । काम गर्ने वातावरण राम्रो हुनुपर्यो । स्रोत साधन हुनुपर्यो । पढाइको तह अनुसार काम गर्ने ठाउँ हुनुपर्यो । नर्सहरू मास्टरसम्म पढेर आएका हुन्छन् तर एउटा स्टाफ नर्सको दरबन्दीमा काम गर्नुपर्ने बाध्यता छ ।  मेडिकल सर्जिकल पढेका नर्सले बच्चाको हेरचाहमा काम गर्नुपरिरहेको छ, आमा शिशु सम्बन्धी पढेका नर्सले कम्युनिटीमा काम गर्नुपरिरहेको हुन्छ विज्ञता अनुसार क्षेत्रमा काम गर्ने वातावरण नहुनु नर्सका लागि सबैभन्दा ठूलो चुनौती छ ।  सरकारले यो विषयमा शिघ्र काम गर्न आवश्यक छ । अन्त्यमा, नेपालमा नर्सिङ क्षेत्रमा स्कोप छैन भन्ने कुराहरू धेरै आउँछ । तर हामी नकरात्मक सोचको पछाडिमात्र नलागौँ । सकारात्मक सोचको पनि विकास गरौं । नर्सिङ शिक्षा राम्रो शिक्षा हो । स्वदेश वा विदेश जहाँ पनि राम्रो अवसर छ ।  (डा. आचार्य, महाराजगञ्ज नर्सिङ क्याम्पसकी सह-प्राध्यापक तथा नर्सिङ एसोसिएसन अफ नेपालको महासचिव हुन् । )

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेल {लाइभ}

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजिनक गरिरहेका हुन् ।  उनको कार्यकालको यो पहिलो मौद्रिक नीति हो । 

विद्यार्थीलाई कथा बुन्न सिकाइरहेको क्यानोपी नेपाल

काठमाडौं । मान्छेले अरुको कुरामा बयान गर्न सक्छ । प्रायः आफ्नो बारेमा भन्न सक्दैन । कुनै ठाउँमा तपाईं आफ्नो बारेमा लेख्नुहोस् अथवा भन्नुहोस् भन्दा एकछिन के लेख्ने अकमक हुन्छ । किन कि हामीलाई आफ्नो बारेमा भन्न सिकाइएको हुँदैन । हामीले पढ्ने पाठ्यक्रममा स्टोरी टेलिङको कुरा छैन । शिक्षकहरूले पनि पाठ्यक्रममा भएका कुरालाई कसरी सिकाउने, कसरी विद्यार्थीलाई कण्ठ पार्न लगाउने भन्नेमा बढी जोड दिएको पाइन्छ । जसका कारण प्रायः व्यक्ति आफ्नो बारेमा लेख्न र व्यक्त गर्न सक्दैन । जसको असर अहिले तपाईं हामीले आफ्नो बारेमा भन्न नसक्नु हो ।  अहिले विद्यालय शिक्षादेखि नै विद्यार्थीलाई आफ्नो बारेमा भन्न सक्नु अथवा आफ्नो कथा बुन्न सिकाउनुपर्ने कुरा पनि उठ्दै आएको छ । कतिपय कलेजले वार्षिक क्यालेन्डरमा स्टोरी टेलिङको कुरा समावेश गरेमात्र छैनन्, कार्यक्रम पनि गर्दै आएका छन् । तर, अहिले विद्यालय तहबाटै यस्ता कुरा सिकाउनुपर्ने आवाज उठ्न थालेको छ । शिक्षाको क्षेत्रमा काम गर्ने कतिपय संघ सस्था र व्यक्तिले विद्यार्थी पढ्न, लेख्नसँगै कथा भन्न र लेख्न सक्ने बनाउनुपर्नेमा जोड दिइरहेका छन् । उनीहरू सरकारलाई दबाब स्वरुप आफै कार्यक्रम सञ्चालन गरिरहेका छन् यसैमध्येको एक शैक्षिक संस्था हो क्यानोपी नेपाल । यसले विद्यालय बाहिर रहेका बालबालिकालाई छात्रवृत्तिको माध्यमबाट शिक्षाको पहुँचमा ल्याउनुका साथै त्यस्ता विद्यार्थीलाई आत्मनिर्भर बनाउने काम गरिरहेको छ भने विभिन्न स्थानीय पालिकासँग मिलेर विद्यालयमा कथा बुनौं कार्यक्रम सुरु गरेको छ । परिवारको आर्थिक अवस्था कमजोर भई विद्यालयको पहुँचमा पुग्न नसकेका वा विद्यालयको पहुँचमा भएर पनि पढ्न नसक्ने अवस्थाका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने काम गरिरहेको छ ।  क्यानोपीका कार्यकारी निर्देशक अंगिरस कार्की विद्यार्थीलाई विद्यालयमा भर्ना गर्नु मात्र नभई उनीहरूलाई चाहिने अभिभावकीय भूमिका समेत आफूहरूले गरिरहेको बताउँछन् ।  डर लाग्दो ड्रप आउट नेपालमा विद्यार्थी ड्रप आउटको संख्या अझै डर लाग्दो छ । युनिसेफको एक तथ्याङ्कले कक्षा १ मा भर्ना हुने सय जना विद्यार्थीमध्ये जम्मा २७ जना बच्चाहरू माध्यमिक तहसम्म पुग्ने गरेको देखाएको छ । सरकारले कक्षा ८ सम्म अनिवार्य तथा निःशुल्क शिक्षा र कक्षा १२ सम्म निःशुल्क भने पनि विद्यार्थी ड्रप आउटको संख्या घट्न सकेको छैन । नेपालको यस्तो अवस्थामा शिक्षाको पहुँच बाहिर रहेका विद्यार्थीलाई छात्रवृत्ति मार्फत शिक्षाको पहुँचमा ल्याउने काम आफूहरूले गरिरहेको कार्की बताउँछन् ।   ‘हामीले छात्रवृत्ति दिएका बालबालिकालाई स्कुल भर्ना गर्ने मात्र नभई मेन्टरसिप, साइकोसोसेल काउन्सिल, करियर काउन्सिलिङ दिएर जबसम्म आत्मनिर्भर शिक्षा नसकुन्जेल सहयोग गर्ने काम गर्छौ,’ उनले भने ।  कार्कीले स्थानीय सरकारहरूसँग मिलेर पाठ्यक्रम विकासमा पनि यो संस्थाले काम गरिरहेको बताए । क्यानोपीको सहयोग मार्फत अहिलेसम्म ४० जना विद्यार्थी ग्रायजुएट भइसकेका छन् भने उनीहरू मध्ये केही विद्यार्थी बैंक, नेपाल एयरलाइन्स लगायतका विभिन्न कम्पनीमा काम गरिरहेका छन् । यसरी पढेका विद्यार्थीहरू अहिले आफै यो अभियानमा लागिरहेका छन् ।  विद्यार्थी छनोट प्रक्रिया  आर्थिक अवस्था कमजोर भएका अभिभावकमा पनि छोराछोरी पढाउनुपर्छ भन्ने चेत आइसकेको छ । तर, नेपालका सामुदायिक केही विद्यालय भन्दा अन्य विद्यालयको शिक्षाको अवस्था राम्रो छैन । अहिले पनि सामुदायिक स्कुलमा पढ्ने विद्यार्थीलाई पाठ्यक्रम भित्रकै पढाइएका कुराहरू पनि राम्रोसँग आउँदैन । दिनहुँ विद्यालय आउने, जाने परीक्षामा चिट चोरेर वा चोराइएर पास हुने प्रवृती सामुदायिक विद्यालयको छ ।  यस्तो शिक्षा पाएका विद्यार्थीलाई अहिलेको ग्लोबलाइजेसनमा प्रतिस्पर्धा गर्न समस्या छ । कतिपय बालबालिका साँच्चिकै आर्थिक अभावकै कारण विद्यालयको पहुँच बाहिर छन् । अभिभावक जसले दिनभरी मजदुरी गरेर पढाइरहेका छन् त्यस्ता विद्यार्थीलाई यस्तो छात्रवृत्ति दिइन्छ । यसका लागि माघ महिनामा आवेदन खुलाएर विद्यार्थीको अवस्था, पारिवारिक अवस्था सम्बन्धित पालिकाको सिफारिस पत्रका आधारमा बालबालिका छनोट गर्ने गरिन्छ । अहिलेसम्म छात्रवृत्ति पाएर अध्ययन गरिरहेका बालबालिकाको संख्या बढी छ । आर्थिक अवस्था कमजोर भएका ज्यामी गरिरहेकाहरूका बच्चाहरु बढी छन् । अध्ययनले पनि छात्र भन्दा छात्राको ड्रप आउट धेरै रहेको देखाएको छ ।  ‘हामीले पढाइदिने भनेर लिँदैनौ, उनीहरूकै अभिभावकसँग राखेर घरको आर्थिक अवस्था हेरेर जिम्मामा लिइसकेका बालबालिकाको खाने बस्नेदेखि लिएर हरेक कुरा हेर्छौ,’ कार्की भन्छन्, ‘यसमा हाम्रो भूमिका दोस्रो अभिभावकीय हुन्छ ।’  अहिलेसम्म धादिङ र काठमाडौं उपत्यका भित्रका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने प्रयास गरिरहेको छ । नुवाकोटमा पनि पहिले कार्यक्रम गरेको र उनीहरू ग्रायजुएट भइसकेका छन् ।  महँगो शिक्षा हरेक देशले शिक्षालाई सुलभ बनाएका हुन्छन् । देश विकासको मेरुदण्ड नै शिक्षा हो । तर, नेपालमा शिक्षा दुई प्रकारको छ । एक निकै महँगो छ, जो सामान्य वर्गका छोराछोरीको पहँचमा हुँदैन, अर्को पहुँचमा छ तर गुणस्तरको छैन । नेपालमा पाइने दुई प्रकारको शिक्षाले नै कमजोरलाई झन कमजोर र बलियोलाई अझ महजुत बनाइरहेको छ । कार्की विद्यार्थीहरू ड्रप आउटको एउटा कारण यो पनि हुन सक्ने बताउँछन् । नेपालमा शिक्षा निकै महंगो भइरहेको छ ।  काठमाडौंमा राम्रा भनिएका नाम चलेका निजी विद्यालयको शुल्क उत्तिकै चर्को छ । तर, यसो भनिरहँदा सामुदायिक स्कुलको भन्दा राम्रो शिक्षा निजीले नै दिइरहेका छन् । निजीले पैसा महँगो लिए पनि लगानी पनि गरेको पाइन्छ । शिक्षकको तालिमदेखि अन्य विद्यार्थीको सेवा सुविधामा पनि लगानी गरेको देखिन्छ । तर सरकारी विद्यालयले शिक्षकहरूलाई तालिम दिएको छ भन्ने सुनिन्छ तर लागु भएको देखिंदैन ।  अंगिरस कार्की निजी विद्यालयको शुल्क अलि कम गर्न सक्यो र सामुदायिक विद्यालयको शिक्षामा ध्यान पुरयाउन सक्यो भने राम्रो हुन सक्छ । ‘सरकारले निःशुल्क शिक्षा भनेको छ । तर त्यहाँ पनि विभिन्न शीर्षकमा विद्यालयले शुल्क लिइरहेका हुन्छन् । विद्यालयको शुल्क निःशुल्क भनेमात्र समस्या समाधान हुँदैन धेरै कुराहरू किन्नुपर्ने बाध्यता हुन्छ । जसका कारण विद्यार्थी अझै शिक्षाको पहुँचबाट टाढा रहनुपर्ने बाध्यता छ,’ उनी भन्छन्,  ‘सरकारले अझै पनि जति शिक्षामा लगानी गर्नुपर्थ्याे त्यो गरेको छैन ।’  कथा बुनौं कार्यक्रम हरेक बालबालिका भित्र फरक क्षमता हुन्छ । कुनै न कुनै विषयमा क्षमता नभएको व्यक्ति सायदै हुँदैन । तर कस्ता बालबालिकामा कस्तो क्षमता छ भन्ने कुरा प्रायः नेपालमा हेरिदैन । यसको एउटै कारण हो विद्यालयमा उनीहरू आफ्नो कथा बुन्न सिकाए हुँदैन । उनीहरूलाई आफ्नो सपना थाह नहुँदा जस्तो अरुलाई देख्यो उनस्तै बन्न चाहन्छन् । केही दिन पहिले स्कुलका विद्यार्थीलाई कथा बुन्न सिकाउने कार्यक्रम अन्तर्गत अंगिरस धादिङको एउटा विद्यालयमा पुगे । त्यहाँ पुगेर विद्यार्थीलाई तपाइको सपना के छ भनेर सोधे । सुरुमा कोही विद्यार्थी बोलेनन्  विस्तारै उनीहरूसँग नजिक जाँदा केहीले आफ्नो सपना सेयर गरे ।  उनीहरूले आफ्नो सपना ट्याक्टर ड्राइभर बन्ने रहेको बताए । किन उनीहरू ड्राइभर त्यो पनि ट्याक्टरको भन्ने लाग्यो । उनले विद्यार्थीलाई फेरि जिज्ञासा राखे । बिस्तारै थाह भयो उनीहरूले गाउँमा सबैभन्दा राम्रो कसैलाई देखेका छन् भने ति हुन् ट्याक्टर ड्राइभर । गाउँमा भर्खर बन्दै गरेका सडकमा त्यसमा गुड्ने ट्याक्टर ड्राइभरले ठूलो स्पिकरमा गित बजाउँदै हिँडेको, हातमा मोबाइल बोकेको देखेका बालबालिकाहरूको सपना पनि त्यही ट्याक्टर ड्राइभर बन्ने भयो । अब हाम्रो बच्चाहरुको सपना के यही मात्र होे त?,’ उनी भन्छन्,‘ ‘यो भन्दा अगाडी कहिल्यै कसैले विद्यार्थीलाई तपाइको सपना के सायद भनेको भए, कसैले बोल्न सिकाएको भए यो भन्दा फरक र ठूलो सपना उनीहरूले देख्न सक्थे ।’  क्यानोपीले अहिले धादिङ, नुवाकोट लगायतका बागमती प्रदेशका विभिन्न विद्यालयमा कथा बुनौं कार्यक्रम सुरु गरेर विद्यार्थीलाई आफ्नो बारेमा लेख्ने, बोल्न लगाउने कार्यक्रम गरिरहेको छ । सँगै अहिले सिन्धुली, नुवाकोट बागमती प्रदेशका स्थानीय तहसँग मिलेर स्टोरी टेलिङको पाठ्यक्रम नै तयार गरिरहेको छ । धादिङको शिद्धलेक गाउँपालिकाको दुई वटा विद्यालयमा कार्यक्रम गर्दा परिणाम राम्रो देखिएपछि पालिकाले सबै विद्यालयमा कथा बनौं कार्यक्रम सुरु गरेको छ । दुई सय भन्दा बढी स्कुलमा यो कार्यक्रम सुरु गरिएको छ । कथा बुनौं किन ? ‘म आफै पनि कथा सुन्दै हुर्केको मान्छे हुँ,’ कार्की भन्छन्, ‘मैले कथाबाटै धेरै कुरा सिकेको पनि छु, कथा सुनाउँदा एउटा रमाइलो हुने नै भयो अर्को सिकाइ पनि हुन्छ ।’ अहिले पनि विद्यार्थीलाई आउ म तिमिलाई लेख्न सिकाइदिन्छु भन्दा प्राय कोही आउँदैन । तर कथा लेख्न भन्दा उत्साहित हुन्छन् । विद्यालयमा पढाइ हुन्छ तर एक्सप्रेस गर्न सिकाइरहेको हुँदैन । सुन्न सिकाइएको हुन्छ बोल्न सिकाइएको हुँदैन ।  विद्यार्थीलाई सिकाइसँगै बोल्न पनि सिकाइनुपर्छ । कतिलाई लेख्न आउँछ बोल्न आउँदैन, लेखाइभित्र पनि प्यारा छुट्याउन आउँदैन । नेपालको पाठ्यक्रले यो कुरालाई समावेश गरेको पाइँदैन । पाठ्यक्रममा समावेश गराउने पहल गरिरहेका छौं । स्थानीय सरकार मन्त्रालयसँग छलफल गरेका छौं । शिक्षा पढ लेख्न मात्र नभइ अवसर निर्माण गर्न र दिनको लागि पनि आवश्यक हुन्छ ।  अहिले प्रायः विद्यार्थी आफ्नो शिक्षाबाट खुसी छैनन् । यो प्रणालीमा कहीँ न कहीँ अझै त्रुटी छ । तर परिवर्तन अझै हुन सकेको छैन । उनी यो प्रणालीलाई परिवर्तन गर्न आफूहरू लागि परेको बताउँछन् । विद्यार्थी कक्षा कोठामा पढाइ, सिकाइसँगै रमाउन पनि पाउन पर्छ । शिक्षाले गर्दा नै मान्छे ठूलो हुने हो र शिक्षा नै अवसर पाइने हो । तर यो अवसर नेपाली बालबालिकाले पाएका छैनन् ।  देशविकास गर्ने भनेर लागिरहेको अवस्थामा बच्चाहरू नै पढ्न पाएका छैनन भने कसरी हुन्छ । अहिले नेपाली युवाहरू धेरैजसो बाहिर गइरहेका छन् तर यति फरक छ । राम्रो पढे-लेखेकाहरू अस्ट्रेलिया, अमेरिकाका गएका छन् नपढेकाहरू खाडी । तर हाम्राे उद्देश्य खाडीमै जानेहरूले पनि राम्रो सीप सिकेर जाँदा सम्मानित काम गर्न पाउन भन्ने हो । कक्षा कोठामा किताबी कुरा पढाइन्छ गृहकार्य पनि दिइन्छ तर रुचि के हो भनेर सोधिँदैन । यो पनि विद्यार्थीलाई सिकाउन आवश्यक छ । कक्षा कोठाभित्र यति सिकाउन सकियो भने भोलि पढेर गएका विद्यार्थीलाई काम खोज्न सहज हुन्छ उनीहरूले आफ्नो बारेमा भन्न सक्छन् । बच्चाहरुलाई हास्ने खेल्ने सिक्ने वातावरण बनाइदिनु पर्छ ।  शिक्षाको झिनो बद्लिँदो अवस्था  हामीले नेपालको शिक्षालाई लिएर निरास हुनुपर्ने अवस्था पक्कै छैन । पहिलेको भन्दा केही राम्रो भइरहेको छ । जति हुनुपर्ने हो त्यो हुन सकेको छैन । अहिले काठमाडौंमा रहेको विद्यालयले बुक फ्री फ्राइडे कार्यक्रम गरिरहेका छन् । यसबाट पनि विद्यार्थीहरू विभिन्न सीप सिकिरहेको छन्  । यो राम्रो काम हो । अहिले एकै छिनमा नभए पनि विस्तारै राम्रो हुन्छ भन्ने आशा छ ।  स्थानीय तहले गर्न सक्यो भने धेरै काम गर्न सकिन्छ । किनकि उनीहरूलाई आफ्नो गाउँठाउँको सबै काम थाह हुन्छ । कतिपय पालिकाहरूले गरि पनि रहेका छन् । क्यानोपीले तत्काल अहिलेका कार्यक्रमलाई  निरन्तरता दिने सोच बनाएको छ । ‘बच्चाहरु अझै विद्यालय बाहिर छन् । उनीहरुलाई विद्यालय ल्याउनुपर्ने छ,’ कार्की भन्छन्,‘ शिक्षाको पहुँचमा ल्याएरमात्र होइन गुणस्तरिय शिक्षा दिनुपर्यो । शिक्षकको समस्या उस्तै छ, शिक्षा विद्येयक आएको छैन ।’ अहिले एकजना शिक्षकले एक कक्षामा ४५ मिनेटमा ४५ जनालाई हेर्नुपर्ने हुन्छ । शिक्षकले ४५ मिनेटमा के के जाँच गर्ने उनीहरूले चाहेर पनि गर्न सक्दैनन् । कार्की अहिलेको अवस्थामा नेपालमा गुणस्तरीय शिक्षा दिन निकै आवश्यक रहेको बताउँछन् । उनका अनुसार गुणस्तरीय शिक्षा भित्र मुख्य गरी तीन कुरा हुनुपर्छ  । पहिलो, सामुदायिक स्कुलमा फण्डिङ बढाउनुपर्छ । जसबाट शिक्षकहरूले राम्रो प्रशिक्षण पाउन सकुन् । जसका कारण बच्चाहरूको सिकाइ राम्रो होस् । बच्चाहरूले स्कुल जान खोज्दा करले होइन रहरले जाने वातावरण बनाइयोस् ।  दोस्रो,  इन्ट्राक्टिभ लर्निङ  हुनुपर्छ ।  रमाइलो वातावरणमा सिकाउने र कसरी मुल्यांकन गर्ने भन्नेबारे पनि ध्यान दिनुपर्छ । तेस्रो, शिक्षकलाई सेवा सुविधा पनि राम्रो हुनुपर्छ यसो हुँदा उनीहरूलाई पनि उत्साह हुन्छ र परिणाम पनि राम्रो दिन सक्छन् ।