अजोड इन्स्योरेन्सका सीईओ खत्रीले पाए निरन्तरता

काठमाडौं । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले निरन्तरता पाएका छन् । बैशाख १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो । समितिको उक्त निर्णयलाई बीमा समितिले स्वीकृति दिनु पर्ने छ । समितिको स्वीकृति पाएपश्चात सीईओ खत्रीले थप एक कार्यकाल अर्थात आगामी ४ वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । उनको पहिलो कार्यकालमा इन्स्योरेन्सले राम्रो ग्रोथ गरेको कम्पनीले प्रकाशित गरेको तथ्यांकले देखाउँछ । सोही कारण इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनलाई पुनः सीईओ पदमा दोहोर्याउने निर्णय गरेको हो ।

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको कामू सीइओको रुपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरेर ४ वर्षको लागि सीईओ बनाएको बताइएको छ । उनी कामु सीईओ बनेको साढे दुई महिनामै सीईओ बनेका हुन् । बैंकले माघ २४ मा खनाललाई कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो । खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब डेढ दशक बैंकिङ क्षेत्रमा काम गरेकाे अनुभव छ । उनले एनआईसी एसिया क्यापिटलमा सीईओको रुपमा पनि काम गरिसकेका छन् भने सिद्धार्थ बैंकमा पनि काम गरेकाे उनीसँग अनुभव छ । साढे २ महिनाको अवधिमा कामु सीइओको रूपमा काम गर्दा कुमारी बैंकको तेश्रो त्रैमासमा राम्रो प्रगति भएको तथ्यांकले देखाउँछ । त्यसकारण पनि बैंक सञ्चालक समितिले उनीमाथि विश्वास गरेर सीइओको जिम्मेवारी सुम्पेको हो । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक अनुसार बैंकले १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, चुक्ता पूँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष १०.४७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप संकलन १३.४२ प्रतिशतले र कर्जा लगानी १३.०८ प्रतिशतले बढेको छ। कुमारी बैंकका तत्कालीन कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना बैंकबाट बाहिरिएपछि उनले कामु सीईओको जिम्मेवारी पाएका थिए । उनीहरुले स्वेच्छिक अवकास लिएर बैंकबाट बाहिरिएका थिए ।

पूर्वडीआइजी सुब्बा बने इन्फो डेभलपर्सको सीओओ

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी तथा प्रहरीको सञ्चार निर्देशनालयको पूर्वप्रमुख डा. राजिव सुब्बा इन्फो डेभलपर्सको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा नियुक्त भएका छ । सूचना प्रविधि कम्पनी इन्फो डेभलपर्सको सञ्चालक समितिको निर्णय अनुसार प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा डा. राजिव सुब्बा नियुक्त भएका हुन् । सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा लामो अनुभव भएका सुब्बाले अमेरिकाको हवाई विश्वविद्यालयबाट सञ्चार तथा सूचना विज्ञान विषयमा पीएचडी गरेका छ्न् । साथै उनीसँग सञ्चार, सूचना प्रविधि र व्यवस्थापनमा २५ वर्षभन्दा लामो अनुभव छ । नेपाल प्रहरीमा नयाँ-नयाँ सञ्चार तथा सूचना प्रविधि भित्र्याउनुका साथै नेपाल प्रहरी सञ्चारलाई डिजिटाइजेसन् गर्न उनको महत्त्वपूर्ण योगदान छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानबाट सम्मान पाएका सुब्बासँग राष्ट्रिय योजना आयोग, सयुक्त राष्ट्र संघ, संयुक्त राज्य अमेरिका, अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा क्यान महासंघ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि काम गरेको अनुभव छ । नव नियुक्त सीओओ सुब्बालाई इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले एक कार्यक्रमका बीच स्वागत गरे । २०५९ सालमा स्थापना भएको इन्फो डेभलपर्सले बैंकिङ तथा वित्तीय क्षेत्र लगायत नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीहरुलाई प्राथमिकतामा राखेर आफ्ना सफ्टवेयर विकास गरेको छ । क