म्यानपावरले अब एजेन्ट राख्न नपाउने, एजेन्सीभन्दा एजेन्ट विरुद्ध ठगीको उजुरी धेरै
काठमाडौं १८, असोज । वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवस्था गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा म्यानपावर एजेन्ट राख्न नपाउने व्यवस्था गर्न लागिएको समाचार मंगलबारको करोबारमा दैनिकमा छापिएको छ। श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी ठगीमा म्यानपावर एजेन्सीभन्दा एजेन्टको बदमासी बढी देखिएको भन्दै यस्तो व्यवस्था संशोधन गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित ऐन संशोधन सुझाव समितिले पछिल्लो समयमा म्यानपावर एजेन्सीभन्दा एजेन्ट विरुद्ध ठगीको उजुरी बढी परेकाले एजेन्ट राख्न नपाइने व्यवस्था गरेको हो। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा वैदेशिक रोजगारविद् डा गणेश गुरुङले गरेको अध्ययनमा पनि कामदारहरु तहतहका एजेन्टबाट ठगिने गरेको देखिएको थियो।
हानको अध्यक्षमा अमरमान शाक्य, २१ सदस्यीय नयाँ कार्यसमिति छनोट
काठमाडौं १७, असोज । होटल संघ नेपाल (हान)मा अमरमान शाक्य चयन भएका छन् । हानलको ४५ औं अधिवेनबाट ताहाचलस्थित अमर होटलका संचालक शाक्यर्लाइ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । हानको अहिलेसम्मको इतिहासमा अध्यक्ष निर्विरोध नै चयन गर्ने गरिएकोले यो पटक पनि सोही मापदण्ड लागू गरिएको हानले बताएको छ । हानको आगामी दुई वर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको प्रथम उपाध्यक्ष होटल अन्नपूर्णकी संचालिका सिर्जना राणा, द्वितिय उपाध्यक्षमा शंकर होटलका संचालक विनोद शंकर श्रेष्ठ, महासचिवमा एयरपोर्ट होटलका संचालक विनायक शाह चयन भएका छन् । शाहले महासचिवमै आफ्नो कार्यकाल दोहोर्याएका हुन । कार्यसमितिको कोषाध्यक्षमा पार्क भिलेज रिसोर्टका संचालक सुनिल शाक्य चयन भएका छन् । क्षेत्रिय होटलमा पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष विप्लव पौडेल, क्षेत्रीय होटल संघ चितवनबाट घनश्याम श्रेष्ठ कार्यसमिति सदस्य चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष शाक्यले पर्यटन क्षेत्रमा होटलको महत्व स्पष्ट पारेर अगाडि बढ्ने बताए । पर्यटन क्षेत्रमै सबैभन्दा बढी लगानी भएको यो क्षेत्रलाई सरकारले प्राथमिता नदिएको र पर्यटन क्षेत्र नै ओझेमा परेकोले आफ्नो कार्यकालमा होटल क्षेत्रकै स्थायित्वको लागि आफूले पहल गर्ने बताए ।
प्रस्तावित राजदुतहरुमा लीलामणि सर्वसम्वत, दिपकुमारलाई बहुमतबाट अनुमाेदित
काठमाडौं, १६ असोज । भारत र चीनका लागि प्रस्तावित राजदुतहरुलाई संसदिय समितिले अनुमोदन गरेको छ । समितिको आइतबार बसेको बैठकले भारतका लागि प्रस्तावित राजदुत दिपकुमार उपाध्याय र चीनका लागि प्रस्तावित राजदुत लिलामणि पौडेलको नाम अनुमोदन गरेको हो । लिलामणि पौडेलको नाम समितिबाट सर्वसम्मतिले अनुमोदन भएको छ भने दिपकुमार उपाध्यायको विपक्षमा एमाले र राप्रपा नेपालले मतदान गरेका थिए । यद्यपी उपाध्यायको नाम पनि बहुमतले अनुमोदन भएको छ । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले दिएको जानकारी अनुसार आइतबारको बैठकमा समितिका समितिका सदस्य समेत रहेको मन्त्री बालकृष्ण खाँण र प्रकाश शरण महत पनि सहभागी भएका थिए । केपी ओली नेतृत्वको सरकार ढाल्न सक्रिय भूमिका निर्वाह गरेको आरोप लगाउँदै अघिल्लो सरकारले भारतका लागि तत्कालिन नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाएको थियो । तर प्रचण्ड नेतृत्वको सरकारले पुनः उपाध्यायलाई नै भारतका लागि नेपाली राजदुत सिफारिस गरेको थियो ।