समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त
काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्थाको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको छ । चैत ६ गते बसेको संस्था सञ्चालक समितिको बैंठकले आरविवि मर्चेन्ट बैकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै, अब यस संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु आरविवि मर्चेन्ट बैकिङ लिमिटेड मार्फत हुने छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ नियुक्त
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् । चैत्र ५ गते बसेको संस्था सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षको पदमा नियुक्त गरेको हो ।
एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत
महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । यसअघि कार्यवाहक अध्यक्ष रहेका बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन् । निर्वाचनका बेला बनाइएको अध्यक्षमण्डलले पदाधिकारीमा आकाङ्क्षी सबै उम्मेदरवारसित छलफल गरेर जिल्ला नेतृत्वसहित पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो । त्यस अवसरमा अध्यक्ष ओलीले पार्टीको ‘मिसन–८४’ का लागि जिल्ला नेतृत्वलाई केन्द्रित गर्न निर्देशन दिए । सबैले पार्टीलाई बलियो बनाउन जोड दिनुपर्ने बताउँदै उनले गुटबन्दीबाट मुक्तभएरक काम गर्न आग्रह गरे । गत बिहीबार नवौँ जिल्ला अधिवेशन अध्यक्ष ओलीले नै उद्घाटन गरेका थिए ।