ज्योति विकास बैंकको १६औं साधारण सभा सम्पन्न, सञ्चालकमा महर्जन निर्विरोध
काठमाडौं । ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २९ गते आइतबार काठमाडौंको नक्सालमा सम्पन्न भएको उक्त सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले गरेका हुन् । सभाले बैंकको सर्वसाधारण सेयरधनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालक पदमा मन महर्जनलाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । समीक्षा अवधिमा यस बैंकले नेपाल सरकारलाई राजश्वमा जम्मा ६२ करोड ७५ लाख रुपैयाँको उल्लेखनीय योगदान पुर्याएको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको बताइएको छ । हाल विकास बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ छ । बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
सिबिआईएल सेक्युरिटिजको प्रथम बार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समितिमा ४ जना निर्विरोध
काठमाडौं । सिबिआईएल सेक्युरिटिजको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । सिटिजन्स बैंकको साहयक कम्पनी सिबिआईएल सेक्युरिटिजको प्रथम बार्षिक साधारण सभा शनिबार सिबिआईएल सेक्युरिटिजको कार्यालय परिसर कुपण्डोलमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । सो साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण स्विकृत भएको छ । साथै कम्पनीको सञ्चालक समितिमा चार जना सञ्चालकहरु रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, सजु शाक्य र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिजले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोलबाट ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा दिदै आईरहेको छ । साथै यस कम्पनीले सिटिजन्स बैंकका सम्पूर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।
महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल
काठमाडौं । महालक्ष्मी विकास बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी दिपेश लम्सालले पाएका छन् । बैंक सञ्चालक समितिको पुस २८ गते बसेको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई माघ १ गतेदेखि कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । साथै, सञ्चालक समितिले बैंकका सीईओ बोधराज देवकोटाले दिएको राजीनामा स्वीकृत गरेको छ । अर्काे व्यवस्था नभएसम्मका लागि कामु सीईओ जिम्मेवारी लम्साललाई दिइएको कम्पनी सचिव सोमराज पन्तले जानकारी दिए । लम्सालसँग बैंकिङ क्षेत्रको २४ वर्षभन्दा बढी अनुवभ छ । नबिल बैंकमा ८ वर्ष र कुमारी बैंकमा ४ वर्ष काम गरेका उनी महालक्ष्मी बैंकमा भने विगत १२ वर्षदेखि आवद्ध छन् ।