नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेलले नियुक्त भएका छन् । अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका पौडेललाई नेप्सेको अध्यक्षको जिम्मेवारी दिएका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेका वर्तमान अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई जिम्मेवारी दिएका हुन् । वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख बराललाई भने मन्त्रालयले फिर्ता बोलाएको छ । बरालले गत असार ३ गतेदेखि नेप्सेको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए । नवनियुक्त अध्यक्ष पौडेलले भने हालसम्म पदभार ग्रहण गरेका छैनन् तर अध्यक्षमा नियुक्त भएको चिठ्ठी भने पाइसकेका छन् ।
सिन्धु विकास बैंकको डीसीईओमा गणेश कुमार केसी नियुक्त
काठमाडौं । सिन्धु विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् । मंसिर २६ गते बसेको बैंक संचालक समितिको बैठकले केसीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त डीसीईओ केसीले पौष १ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।
अख्तियारको प्रवक्तामा नरहरि घिमिरे नियुक्त
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा नरहरि घिमिरे नियुक्त भएका छन् । हालका प्रवक्ता भोला दहालको सरुवा भएसँगै उनको ठाउँमा सहसचिव घिमिरेलाई नयाँ प्रवक्ताको रुपमा तोकिएको हो । नवनियुक्त प्रवक्ता घिमिरेले मंसिर २५ गतेदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।