नेपाल इन्स्योरेन्सले माग्यो कार्यालय प्रमुख

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले कार्यालय प्रमुखका लागि विज्ञापन आह्वान गरेको छ । कम्पनीले दार्चुला जिल्लामा रहि कार्य गर्नका लागि कार्यालय प्रमुख (वरिष्ठ सहायक तथा कनिष्ठ अधिकृत)पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार कार्यालय प्रमख पदका लागि कृषि विषयमा स्नातक गरेको ब्यक्ति हुनु पर्नेछ । त्यस्तै, कृषि क्षेत्रमा काम गरेको र दुई पांग्रे सवारीचालक अनुमतिपत्र प्राप्त गरेको र विज्ञापन प्रकाशन भएको मितिसम्म ३५ वर्ष उमेर ननाघेको हुनु पर्ने कम्पनीले जनाएको छ । इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको मानव स्रोत तथा व्यवस्थापन सेवा विभागमा काठमाडौंमा आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो २६ जना कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सात जिल्लाका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सुनसरीको इटहरी, पर्साको विरगंज, कास्कीको पोखरा, काभ्रेको बनेपा, मकवानपुरको होटौडा, नवलपरासीको कावासोती, बाँकेको नेपालगंजका लागि कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ तथा अनडरराइटिङ विभागका लागि सहायकमा ८ जना, कनिष्ठ अधिकृतमा ३ जना, कनिष्ठ सहायकमा ८ जना, अधिकृतमा ३ जना कर्मचारी माग गरेको हो । प्रशासन विभागमा अधिकृतका लागि १ जना, पुनर्बीमा अधिकृतका लागि १ जना, रिसेप्शनिष्टमा सहायकका लागि १ जना र डिजिटल मार्केटिङमा कनिष्ट सहायकका लागि १ जना कर्मचारी गरी कुल २६ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

काठमाडौं महानगर वडा नं. १६ को कार्यवाहक अध्यक्षमा महर्जन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनले पाएका छन् । सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । त्यस्तै, वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष शिफारिस गरिने निर्णय भएको छ ।