मेरो माइक्रोफाइनान्स लघुवित्तको सीईओमा पुनः रामहरि दाहाल
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः दाहाल नियुक्त भएका छन् । लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले रामहरि दाहाललाई पुनः सीईओमा नियुक्त गरेको हो । सीईओ दाहालको पदावधि भदौ मसान्तमा सकिँदै छ । उनको कार्यकाल सकिनु अगावै सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले पनुः ४ वर्षका लागि कार्यकाल थप गरेको हो । उनको आगामी कार्यकाल असोज १ गतेदेखि लागू हुनेछ ।
राप्ती हाईड्रोको सञ्चालकमा कार्की नियुक्त
काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सञ्चालकमा विवेक कार्की नियुक्त भएका छन् । कार्की भदौ ७ गतेदेखि लागू हुने गरी हाइड्रोको सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि उक्त पदमा अञ्जना श्रेष्ठ रहेकी थिइन् ।
निफ्रा बैंकको सञ्चालकमा प्रविण सुवेदी नियुक्त
काठमाडौं । पुर्वाधार विकास बैंक (निफ्रा)को सञ्चालकमा प्रविण सुवेदी नियुक्त भएका छन् । बैंकको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले सुवेदीलाई सञ्चालक पदमा निुक्त गरको हो । सुवेदी सर्वसाधारण समूहतर्फको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । बैंकको अध्यक्ष संस्थापक समूहबाट अनुज अग्रवाल छन् भने श्रीकृषण नेपाल, रत्नराज बज्राचार्य, लालमणी जोशी, शंकर प्रसाद अधिकारी र लिमा अधिकारी आचार्य सदस्य छन् ।