कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो
काठमाडौं । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको छ । आइतबार सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदार आवश्यक परेको हुँदा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ । नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ । साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने शाखाले जनाएको छ । र, इच्छुक आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै बुटवल शाखाको लागि कर्मचारी माग गरेको हो । बैंकले ट्रेनी असिस्टेन्टका लागि, ट्रड फाइनान्स इन्चार्जका लागि, लेग अफिसरका लागि, रिसर्च एण्ड डेभलपमेन्ट इन चार्ज, एसएमई क्रेडिट हेड, रिटेल क्रेडिट हेडका लागि कर्मचारी माग गरेको हो । बैंकले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले साउन २५ गतेभित्र बैंकको वेवसाईट मार्फत आवेदन पठाउन बैंकले अनुरोध गरेको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा सिजापति चयन, राष्ट्र बैंक समक्ष लिए शपथ
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रबिन सिजापति चयन भएका छन् । लघुवित्तको नयाँ गठन भएको सञ्चालक समितिले सिजापतिलाई अध्यक्षमा चयन गरेको हो । साथै, अध्यक्ष सिजापतिले नेपाल राष्ट्र बैंकका नियमन विभाग प्रमुख गुणाकर भट्टसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । समिट लघवित्तलाई एक्विजिशन गरेपश्चात् नेशनल माइक्रोफाइनान्स लघुवित्तको नयाँ सञ्चालक समिति गठन गरिएको थियो । लघुवित्तको नयाँ गठन भएको सञ्चालकमा रबिन सिजापति, केशब प्रसाद आचार्य, क्षितिज खड्का, नरेन्द्र सतकुटी, तिर्थराज ढकाल र प्रजित्त कुमार रेग्मी चयन भएका हुन् । सञ्चालक समितिको बैठकले सिजापतिलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष सिजापति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिनिधित्व गर्छन् । उनी बैंकमा सिनियर डेपुटी जेनेरल म्यानेजर पदमा कार्यरत छन् । यसअसघ लघुवित्तको अध्यक्षको जिम्मेजारी आचार्यले सम्हाल्दै आएका थिए । तर, उनी काम विशेषले विदेशमा रहेकाले नयाँ अध्यक्ष चयन गरिएको लघुवित्तले बताएको छ । गत असार ३० गतेदेखि समीट लघुवित्तलाई गाभेर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गरेको हो । नेशनल माइक्रोफाइनान्सले ७३ रुपैयाँमा समिट लघुवित्तलाई गाभेको हो । मर्जरपश्चात् लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राम बहादुर यादव चयन भएका हुन् । सीईओ यादव नेपाल लघुवित्त बैंकर्स संघको कार्यवाहक अध्यक्ष समेत हुन् ।