भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने, आज बजेट आउँदै

काठमाडौं । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५/२६ (अप्रिल २०२५-मार्च २०२६) को अवधिमा ६.३-६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४-२५ (अप्रिल २०२४-मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम अनुमानअनुसार ६.४ प्रतिशत रहकोे अनुमान गरिएको छ । अर्थमन्त्री निर्मला सीतारमणले शुक्रबार संसदमा आर्थिक सर्वेक्षण पेश गरिन् । सर्वेक्षण गत आर्थिक वर्षको अर्थतन्त्रको अवस्थाको विवरण दिने प्रि-बजेट दस्तावेज हो । अर्थमन्त्रीले सीतारमणले शनिबार सङ्घीय बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उनी लगातार आठौँ बजेट प्रस्तुत गर्दैछिन् ।

ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प

वासिङ्टन । क्यानडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूमा शतप्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्‍याएका छन् ।  यसअघि ट्रम्पले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका ब्रिक्स राष्ट्रहरूलाई अमेरिकी डलरको प्रतिस्पर्धी मुद्रा सिर्जना गरेमा शत प्रतिशत कर लगाउने धम्की दिएका थिए । ‘ब्रिक्स देशहरूले डलरबाट टाढा जाने प्रयास गरिरहेको र हामी हेरेर बस्ने अवस्था अब समाप्त भएको छ”, उनले बिहीबार आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘हामी यी देखिने रूपमा शत्रुवत देशहरूबाट प्रतिबद्धता माग्नेछौँ कि उनीहरूले न त नयाँ ब्रिक्स मुद्रा सिर्जना गर्नेछन्, न त शक्तिशाली अमेरिकी डलरको प्रतिस्थापन गर्न कुनै अन्य मुद्रालाई समर्थन गर्नेछन्, अन्यथा उनीहरूले शतप्रतिशत भन्सार महसुलको सामना गर्नुपर्नेछ ।’ ब्रिक्स भन्सार महसुलबारे ट्रम्पको टिप्पणी पद आसीन भए लगत्तै तोकिएको फेब्रुअरी १ को समय सीमाभन्दा केही दिनअघि आएको छ । जसअनुसार छिमेकी क्यानडा र मेक्सिकोले अमेरिकी सीमा पार गर्ने अवैध आप्रवासीहरू र घातक फेन्टानलको प्रवाहमाथि कडा कारबाही नगरे तिनीहरूमाथि २५ प्रतिशत भन्सार महसुल लगाउने बताएका छन् । ट्रम्पले छुट्टै ब्रिक्स समूहको सदस्य चीनमाथि व्यापार असन्तुलन र अमेरिकी फेन्टानल आपूर्तिमा कथित भूमिकाका कारण फेब्रुअरी १ देखि नै वस्तुहरूमा थप १० प्रतिशत कर लगाउने धम्की दिएका छन् । रासस

ग्लोबल कार उद्योग ट्रम्पको मेक्सिको र क्यानडाविरुद्धको ट्यारिफ धम्कीको शिकार

मेक्सिकोमा रहेको अडी कारको प्लान्ट । काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ देखि मेक्सिको र क्यानडाबाट आयात गरिने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने प्रतिबद्धता जनाएका छन् । मेक्सिको र क्यानडाबाट निर्यात गरिने करिब ९० प्रतिशत कारहरू अमेरिका जाने मेक्सिकोको अटोमोटिभ म्यानुफ्याक्चरर्स एसोसिएसन (एएमआईए) र क्यानाडाको भेहिकल म्यानुफ्याक्चरर्स एसोसिएसनले जनाएको छ । जर्मन कार निर्माता कम्पनीहरू प्रभावित हुने फक्सवागनजस्ता जर्मन कार निर्माता कम्पनीहरूले ट्यारिफविरुद्ध चेतावनी दिएका छन् । उनीहरूका अनुसार यसले उपभोक्ताहरूका लागि मुद्रास्फीति निम्त्याउनेछ । अडी अडी फक्सवागनको अडी प्लान्ट मेक्सिकोको सान जोस चिआपामा रहेको छ, जसले क्यू फाइभ उत्पादन गर्छ । यसले २०२३ मा लगभग १ लाख ७६ हजार कार उत्पादन गरेको थियो, जसमध्ये २०२४ को पहिलो छ महिनामा मात्रै ४० हजार कार अमेरिका निर्यात गरियो । बीएमडब्ल्यू बीएमडब्ल्यूको मेक्सिकोको सेन लुइस पोतोसीमा रहेको कारखानाले ३ सिरिज, २ सिरिज कुपे र एम टु उत्पादन गर्छ । फर्ड फर्डसँग मेक्सिकोमा तीन प्लान्ट छन् । यसले २०२४ को पहिलो छ महिनामा करिब १ लाख ९६ हजार कार उत्तर अमेरिका निर्यात गर्‍यो, जसको ९० प्रतिशत अमेरिका गयो । क्यानडामा फर्ड र जीएम फर्ड क्यानडाको ओकभिलमा रहेको प्लान्टले २०२६ बाट ठूलो ग्यास इन्जिनयुक्त ए–सिरिज पिकअप ट्रक उत्पादन गर्ने जनाइएको छ । जनरल मोटर (जीएम)ले २०२४ मा क्यानडा र मेक्सिकोबाट ७ लाख ५० हजार कारहरू अमेरिका आयात ग¥यो, जसमा सेभ्रोलेट सिल्भराडो, जीएमसी सिएरा र मध्यम आकारका एसयूभीहरू छन् । अन्य कार निर्माता कम्पनीहरू होन्डाले आफ्नो मेक्सिको उत्पादनको ८० प्रतिशत अमेरिका निर्यात गर्छ । माज्दाले २०२३ मा करिब १ लाख २० हजार कार अमेरिका निर्यात ग¥यो तर ट्यारिफ लागेमा लगानी पुनर्विचार गर्ने बताएको छ । निसानले मेक्सिकोका दुई प्लान्टमा सेन्ट्रा, भर्सा र किक्स उत्पादन गर्छ । टोयोटाले मेक्सिकोका दुई प्लान्टमा टकोमा पिकअप ट्रक बनाउँछ । फक्सवागनको ठूलो लगानी फक्सवागनको पुएब्लामा रहेको कारखाना मेक्सिकोको सबैभन्दा ठूलो अटो प्लान्ट हो। क्यानडा फक्सवागनले ओन्टारियोमा ७ अर्ब क्यानेडियन डलरको ब्याट्री गिगाफ्याक्ट्री निर्माण गर्दैछ, जसको उत्पादन २०२७ मा सुरु हुने अपेक्षा छ । अटो पार्ट्स आपूर्तिकर्ताहरू पनि प्रभावित हुने ट्रम्पको ट्यारिफले अटो पार्ट्स आपूर्तिकर्ताहरू पनि प्रभावित हुने बताइएको छ । अटोलिग एयरब्याग र सीट बेल्ट निर्माता कम्पनी हो, जसको मेक्सिकोमा १ लाख ५ सय कर्मचारी छन् । यसैगरी, मिचेलिन टायर उत्पादक कम्पनी हो, जसका मेक्सिको र क्यानडामा कारखाना छन् । त्यस्तै, चिनियाँ कम्पनी यानफेङ, जसले जीएम र टोयोटालाई सिट आपूर्ति गर्छ । यदि ट्रम्पले ट्यारिफ लागू गरेमा अमेरिका र उत्तर अमेरिकी अटो उद्योगमा ठूलो असर पर्नेछ । सान्दर्भिक सामग्री :  ट्रम्पको शुल्कको धम्कीले युरोपका अटो दिग्गज सशंकित, फरारीलाई भने छैन तनाव २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने विश्वव्यापी मुख्यालय विस्तार गर्दै रोल्स-रोयस, लगानी ३७० मिलियन डलर स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी