हरेक वर्ष १३ अर्ब डलरको तेल किन्ने तयारी गर्दै मुकेश अम्बानी
काठमाडौं । भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानीले हरेक वर्ष १३ अर्ब डलरको तेल किन्ने तयारी गरेका छन् । यसका लागि उनले रुसको रोजनेफ्टसँग १० वर्षका लागि वार्षिक १२-१३ अर्ब डलरको कच्चा तेल आयात गर्ने सम्झौता गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सम्झौताअनुसार रुसको सार्वजनिक क्षेत्रको पेट्रोलियम कम्पनी रोजनेफ्टले रिलायन्सलाई दैनिक ५ लाख ब्यारेल (वार्षिक २ करोड ५० लाख टन) कच्चा तेल आपूर्ति गर्नेछ । अम्बानीले वार्षिक रूपमा १२ देखि १३ बिलियन डलरको तेल किन्नेछन् । यसबारे सोध्दा रिलायन्सका प्रवक्ताले रसिया भारतका लागि कच्चा तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता भएको बताए । उनले भने, ‘हामी कच्चा तेल खरिदका लागि रसियालगायत धेरै अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरूसँग संधै संलग्न छौं । बजारको अवस्थाअनुसार अर्थतन्त्रका आधारमा कार्गोको संख्या फरक पर्नेछ ।’ रुसबाट तेल आयात रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेपछि भारत रुसी कच्चा तेलको दोस्रो ठूलो खरिदकर्ता बनेको छ । युद्धअघि कुल आयातित तेलमा रुसको हिस्सा एक प्रतिशतभन्दा कम थियो, जुन अहिले बढेर ४० प्रतिशत पुगेको छ । यो वृद्धिको मुख्य कारण रुस र युरोपेली देशहरूले त्यहाँबाट खरिद नगर्न लगाएको मूल्य सीमा हो । जसका कारण रुसी कच्चा तेल अन्य अन्तर्राष्ट्रिय बजारबाट आपूर्तिको तुलनामा सस्तोमा उपलब्ध छ । विश्वको तेस्रो ठूलो तेल उपभोक्ता र आयातकर्ता भारतले अक्टोबरमा रुसबाट दुई अर्ब युरोको कच्चा तेल किनेको थियो । यो अघिल्लो महिनाको २.४ बिलियन युरो भन्दा कम हो । चीनले अक्टोबरमा रुसको कच्चा तेल निर्यातको ४७ प्रतिशत किनेको थियो । त्यसपछि भारत (३७ प्रतिशत), युरोपियन युनियन (६ प्रतिशत) र टर्किए (६ प्रतिशत) रहेको छ । रिलायन्सको गुजरातको जामनगरमा दुईवटा रिफाइनरीहरू छन् जसले कच्चा तेललाई प्रशोधन गरेर पेट्रोल र डिजेलमा परिणत गर्छन् । रिलायन्सले युरोप र अन्य देशहरूमा इन्धन बिक्री गर्दछ । कम्पनीले यसअघि रोजनेफ्टबाट प्रति महिना कम्तीमा ३० लाख ब्यारेल तेल किन्न एक वर्षको सम्झौता गरेको थियो । जामनगरमा रहेको रिलायन्सको दुई रिफाइनरीमध्ये एउटा मात्र निर्यातका लागि हो । यो ५ लाख ८० हजार ब्यारेल प्रतिदिन क्षमताको युनिटले उत्पादन हुने सबै इन्धन निर्यात गर्छ । अन्य ६ लाख ६० हजार ब्यारेल दैनिक एकाइले स्वदेशी आवश्यकता पूरा गर्ने हो ।
मोटोपना अस्ट्रेलियाको स्वास्थ्य जोखिमको पहिलो कारण
काठमाडौं । अस्ट्रेलियामा पहिलो पटक अस्ट्रेलियामा बढी तौल हुनु रोगको प्रमुख जोखिम कारक बनेको छ । सरकारी तथ्यांककाअनुसार अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले बिहीबार आफ्नो वार्षिक अस्ट्रेलियन बर्डन अफ डिजिज स्टडी २०२४ प्रकाशित गरेको छ । मोटोपनासहित अधिक तौल हुनुलाई प्रमुख परिमार्जनयोग्य जोखिम कारकको रूपमा पहिचान गरेको थियो । धुम्रपान प्रयोग पहिले प्रमुख जोखिम कारक थियो । तर यसबाट हुने जोखिम २००३ यता ४१ प्रतिशतले घटेको छ । अध्ययनले २०२४ मा अस्ट्रेलियाको कुल रोग बोझको ८.३ प्रतिशत अधिक तौलको जोखिम कारकलाई श्रेय दिएको छ । ७.६ प्रतिशतको लागि धुम्रपानको प्रयोग र ४.८ प्रतिशतका लागि सबै आहार जोखिमहरू जिम्मेवार छन् । २०२२ मा अस्ट्रेलियाका ६६ प्रतिशत वयस्क र २६ प्रतिशत बालबालिका र किशोरकिशोरीहरू अधिक तौल वा मोटो भएको पत्ता लगाएको थियो ।
बढ्यो मस्कको सम्पत्ति, ४०० अर्ब डलर पार गर्ने पहिलो व्यक्ति
एलान मस्क काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति बढेको छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार बिहीबार मस्कको नेटवर्थ बढेर ४४७ अर्ब डलर पुगेको छ । यससँगै उनी ४०० अर्ब डलरको आँकडा पार गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । विश्वको दोस्रो धनी व्यक्ति अमेजनका जेफ बेजोसको कुल सम्पत्ति मस्कको भन्दा निकै कम छ । बेजोसको कुल सम्पत्ति २४९ अर्ब डलर रहेको छ । एकै दिन कमाए ६३ अर्ब डलर मस्कले एकैदिन ६२.८ बिलियन डलर कमाए । उनको एक दिनको कमाइ विश्वका धेरै अर्बपतिभन्दा बढी छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार विश्वको २३ औं धनी व्यक्तिको कुल सम्पत्ति ६३.२ बिलियन डलर छ । उनको एक दिनको कमाइले विश्वका कैयौं धनीहरूको कुल सम्पत्तिलाई पछाडि पारेको छ । यो वर्ष मस्कले अहिलेसम्म २१८ अर्ब डलर कमाइसकेका छन् । यदि उनको एक वर्षको कमाइलाई उनको कुल कमाइ मान्ने हो भने पनि उनी विश्वको चौथो धनी हुनेछन् । २ सय अर्ब डलरभन्दा बढीको कुल सम्पत्तिको हिसाबले एलन मस्कपछि दुई जना मात्र छन् । यसमा जेफ बेजोस र मेटाका मार्क जुकरबर्ग छन् । जुकरबर्गको कुल सम्पत्ति २२४ बिलियन डलर छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ । उनको कम्पनी टेस्लाको सेयर बढेपछि मस्कको सम्पत्ति बढेको हो । नोभेम्बर ५ मा भएको निर्वाचनमा ट्रम्प विजयी भएका थिए । नोभेम्बर ४ मा टेस्लाको सेयर मूल्य २४२.८४ थियो । हिजो (बिहीबार) यसको मूल्य ४२४.७७ छ । यस्तो अवस्थामा ट्रम्पको जितपछि टेस्लाको सेयर करिब ७५ प्रतिशतले बढेको छ । टेस्ला बाहेक मस्कको सम्पत्ति उनका अन्य कम्पनीहरू एक्सएआई, स्पेसएक्स आदिमार्फत पनि बढेको छ ।