गरिब किसानको छोराले बनाएको ‘हुन्डाई’, विश्वको तेस्रो ठूलो कार कम्पनी

काठमाडौं । दक्षिण कोरियाको अटो कम्पनी ‘हुन्डाई’ सवारी उत्पादनका हिसाबले विश्वको तेस्रो ठूलो कम्पनी र बजार पुँजीको हिसाबले १६औं ठूलो कम्पनी हो । हुन्डाईको व्यवसाय अटो र निर्माणलगायत धेरै क्षेत्रमा फैलिएको छ । तर संसारमा यो कम्पनी केवल आफ्नो गाडीको लागि धेरै परिचित छ । हुन्डाईको स्थापना चुङ जु-युङले गरेका थिए, जसलाई लिएर आज दक्षिण कोरियाका हरेक नागरिक गर्व गर्दछन् । उनी धेरै वर्षसम्म दक्षिण कोरियाको सबैभन्दा धनी थिए । यद्यपि चुङ जु-युङको जीवन संघर्षले भरिएको थियो । धेरै पटक उनको व्यवसाय ध्वस्त भयो तर उनले कहिल्यै हार मानेनन् । आज हामीले यिनै चुङ जु-युङको बारेमा यहाँ उल्लेख गर्दैछाैं । चुङको जन्म उत्तर कोरियाको कानवोन प्रान्तको एउटा सानो गाउँ टोन्चोनमा सन् १९१५ मा  गरिब किसानको घरमा भएको थियो । उनी ७ दाजुभाइमध्ये जेठा थिए । उनका बुवा धानखेती गर्दथे । चुङ शिक्षक बन्न चाहन्थे तर उनको परिवारसँग पढाइका लागि पैसा थिएन । उनका बुबाले खेतीपाती गरून् भन्ने चाहन्थे तर खेतीपातीमा उनको रुचि थिएन । एक दिन मौका छाेपी चुङ घरबाट भागे अनि एउटा निर्माण कम्पनीमा काम गर्न सुरु गरे । त्यतिबेला उनी १६ वर्षका थिए । तर दुई महिनापछि उनका बुवाले उनलाई फेला पारे र फर्काए । चुङको मन घरमा थिएन । उनी फेरि भागे र फेरि पनि समातिए । यो क्रम धेरै पटक जारी रह्यो । सुरुवाती संघर्ष अन्ततः १९३४ मा चुङ घरबाट भाग्न सफल भए । उनी भागेर दक्षिण कोरिया पुगेका हुन् । त्यहाँ उनले चामल पसलमा डेलिभरी ब्वाईको रूपमा काम गर्न थाले । उनको इमानदारी र लगनशीलता देखेर पसल साहुले उनलाई मेनेजर बनाए । सन् १९३७ मा पसलका मालिक बिरामी परे र आफ्नो पसल चुङलाई सुम्पिए । यसरी २२ वर्षको उमेरमा चुङ पसलको मालिक बने । तर १९३९ मा जापानीहरूले उनको पसल बन्द गरे । यसपछि चुङले साथीबाट ऋण लिएर अटो मर्मत पसल खोले । उनको यो काम पनि राम्रै चलिरहेको थियो तर १९४३ मा जापानीहरूले फेरि व्यापार बन्द गरिदिए । १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि चुङको भाग्यमा परिवर्तन आयो । १९४६ मा उनले हुण्डाई नामक इन्जिनियरिङ र निर्माण कम्पनी स्थापना गरे । तर १९५० मा उत्तर कोरियाको आक्रमणका कारण चुङले आफ्नो व्यवसाय छोडेर बुसान भाग्नुपर्‍यो । युद्ध समाप्त भएपछि चुङले आफ्नो व्यवसाय पुनः सुरु गरे । उनले अमेरिकी सेना र कोरियाली सरकारबाट धेरै ठेक्का पाए । तर उनको व्यवसाय १९६१ मा जनरल पार्क चुङ-ही सत्तामा आएपछि फस्टाउन सुरु भएको थियो । हुन्डाईले धेरै निर्माण परियोजनाहरू पायो । यस अवधिमा चुङले आफ्नो व्यवसायलाई धेरै क्षेत्रमा विस्तार गरे । हुन्डाईको बिजनेस हुन्डाई समूहमा ८६ कम्पनी थिए । यसले चिप्सदेखि जहाजसम्म सबै कुरा बनाउँथ्यो । यसैबीच, चुङले अटो क्षेत्रमा सम्भावना देखे र कारको डिजाइनमा काम गर्न थाले । उनी मध्यम वर्गका लागि गाडी बनाउन चाहन्थे । करिब ८ वर्षको कडा परिश्रमपछि कम्पनीले सन् १९७५ मा आफ्नो पहिलो स्व-निर्मित कार पोनी लन्च गर्‍यो । यो सस्तो र यसको डिजाइन पनि उत्कृष्ट थियो । पोनी यति सफल भयो कि यसले बजारको ६० प्रतिशत कब्जा गर्‍यो । हुन्डाई १९८२ मा बेलायती बजारमा प्रवेश गरेको थियो र पहिलो वर्ष नै कम्पनीले त्यहाँ करिब ३ हजार कार बिक्री गरेको थियो । वर्षमै १ लाख ७० हजार कार बिक्री १९८४ मा कम्पनीले क्यानडामा पोनी २ बिक्री गर्न थाल्यो, जुन राम्रो संख्यामा बिक्री भयो । १९८६ मा कम्पनीले अमेरिकामा एक्सेल कार लन्च गरेको थियो र पहिलो वर्षमै १ लाख ७० हजार कार बिक्री गरेर हलचल मच्चाएको थियो । यो धेरै वर्षको लागि अमेरिकामा सबैभन्दा राम्रो बिक्री कार थियो । आज हुन्डाई विश्वको शीर्ष १०० सबैभन्दा मूल्यवान ब्रान्डहरूमा पर्छ । साथै, यो टोयोटा र फक्सवागनपछि उत्पादनको हिसाबले तेस्रो ठूलो अटो कम्पनी हो । कम्पनीको व्यवसाय विश्वका १९३ देशमा फैलिएको छ । सन् २००१ मा चुङको निधन भएको थियो तर त्यतिन्जेलसम्म उनले हुन्डाईलाई निकै उचाइमा पुर्‍याइइसकेका थिए।  (एजेन्सीहरूको सहयोगमा)

नाेभेम्बरमा यूएसको खर्च ६६९ अर्ब डलर, आगामी दशक राजस्वको २५ प्रतिशत ब्याज तिर्दैमा ठीक्क

  काठमाडौं । अमेरिकाको संघीय सरकारले नोभेम्बरमा ६६९ अर्ब डलर खर्च गरेको छ । यस खर्चका कारण पछिल्लो छ महिनामा अमेरिकी सरकारको औसत मासिक खर्च ६ सय अर्ब डलर पुगेको छ । यो २०२०-२१ को उच्च स्तरको धेरै नजिक छ । त्यतिबेला कोरोना महामारीको कारण आक्रामक आर्थिक प्रोत्साहन दिइएको थियो । सरकारको खर्च बढ्दै गए पनि राजस्व भने घटिरहेको छ । नोभेम्बरमा राजस्व ३८० बिलियनमा रह्यो । सरकारको आम्दानी अर्थात् राजस्वभन्दा खर्च बढी भएको यो लगातार १७ औं महिना हो । यस अवधिमा अमेरिकाको ऋण २७ ट्रिलियन डलरबाट बढेर ३६.२ ट्रिलियन डलर पुगिसकेको छ । अमेरिकामा ऋणको अवस्था झन् बिग्रिने सम्भावना छ । आगामी दशकमा सरकारको कुल कर राजस्वको २५ प्रतिशत ऋणको ब्याज तिर्न ठीक्क हुने अनुमान छ । यदि अर्को दशकमा मन्दी आयो भने अवस्था झन् बिग्रन सक्छ । कसको कति ऋण ? अमेरिकी सरकारको आन्तरिक ऋण २६.४ ट्रिलियन डलर र अन्तर्राष्ट्रिय ऋण ७.९ ट्रिलियन डलर छ । अमेरिकी सरकारले फेडरल रिजर्भमा ५.२ ट्रिलियन, म्युचुअल फन्डमा ३.७ ट्रिलियन, डिपोजिटरी संस्थाहरूलाई १.६ ट्रिलियन, राज्य र स्थानीय सरकारहरूलाई १.७ ट्रिलियन, अमेरिकी बचत बन्डहरूका लागि ५.७ ट्रिलियन, निवृत्तिभरण कोषमा १ ट्रिलियन, ७ ट्रिलियन डलर सरकारबीचको ऋण (इन्ट्रागभर्नमेन्टल डेट) र ४८० अर्ब डलर बीमा कम्पनीहरूको हो । वैदेशिक ऋणको कुरा गर्दा सबैभन्दा बढी जापानको १.१ ट्रिलियन डलर, चीनको ८२० अर्ब डलर, बेलायतको ६८० अर्ब डलर र अन्य देशको ५.३ ट्रिलियन डलर ऋण छ ।

मस्क, बेजोस र गेट्सको साझा बानी जसले उनीहरूलाई अर्बपति हुन महत्त्वपूर्ण भूमिका खेल्यो

काठमाडौं । पढाइलाई धेरैजसो ज्ञान, रचनात्मकता र व्यक्तिगत वृद्धिको प्रवेशद्वार मानिन्छ । अर्बपति एलन मस्क, जेफ बेजोस र बिल गेट्सका लागि पुस्तक पढ्ने बानीले उनीहरूको अतुलनीय सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको छ । यी तीन कम्पनीहरू फरक-फरक क्षेत्रमा काम गर्छन् तर तिनीहरूमा एउटा कुरा समान छ । यी तीनैजना धेरै शिक्षित मानिन्छन् । अध्ययनले नवीन विचारहरूलाई आकार दिनदेखि प्रेरणादायी उद्यमहरूसम्म जीवन र करिअरमा गहिरो प्रभाव पारेको छ । हामी यी धनी व्यक्तिहरूको पढ्ने बानीले उनीहरूको सफलतामा के-कस्तो प्रभाव पारेको छ भन्नेबारेमा संक्षिप्त रूपमा चर्चा गर्नेछाैं। जेफ बेजोस: किताबप्रेमीदेखि अमेजनसम्म विश्वको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस पुस्तकलाई बेजोड माया गर्छन् । उनको व्यापार साम्राज्य उनको पढाइको जोशबाटै सुरु भएको थियो । अमेजन १९९५ मा एक अनलाइन पुस्तक पसलको रूपमा सुरु भएको हो । यसले विश्वभरका मानिसहरूले पुस्तकहरू किनमेल गर्ने र पहुँच गर्ने तरिकामा क्रान्ति ल्यायो । साहित्यसँग व्यक्तिगत सम्बन्ध बेजोसले उपन्यासकार म्याकेन्जी स्कटसँग विवाह गरेका थिए । उनीहरू २५ वर्षसम्म सँगै रहे । बेजोस साहित्यको संसारमा, विशेष गरी विज्ञान कथामा गहिरोसँग डुबेका थिए । अमेजन अहिले पाठक र लेखकहरूका लागि शीर्ष प्लेटफर्म बनेको छ । एलन मस्क: किताबसँग सम्बन्ध एलन मस्कको किताबसँगको सम्बन्ध उनी दक्षिण अफ्रिकामा छँदाखेरि बाल्यकालदेखि नै सुरु भएको थियो । उनले दिनको १० घण्टासम्म किताब पढ्थे । विज्ञान कथा र विश्वकोशहरूप्रतिको आकर्षणले पछि टेस्ला, स्पेसएक्स र न्यूरालिंक सिर्जना गर्न सहयो गर्‍यो । ‘द हिचाइकर्स गाइड टु द ग्यालेक्सी’ जस्ता पुस्तकहरूमा मस्कको प्रारम्भिक एक्सपोजरले उनको कल्पनालाई मात्र होइन, समस्या समाधान गर्ने एउटा अनौठो दृष्टिकोण पनि प्रदान गर्‍यो । रकेट बनाउन कसरी सिके भनेर सोध्दा मस्कले भनेका थिए, ‘मैले किताबहरू पढेको छु।’ एआईको विकासमा मद्दत मस्कको साहित्यप्रतिको प्रेम उनको कम्पनीहरूमा पनि झल्किन्छ । उनको एआई एक्सएआई र यसको च्याटबोट ग्रोकएआईले ‘द हिचाइकर्स गाइड टु द ग्यालेक्सी’को विषयवस्तुहरूबाट प्रेरणा लिएको मानिन्छ । यो उनको प्राविधिक आविष्कारमा साहित्यले खेलेको भूमिकाको प्रमाण हो । बिल गेट्स: सिक्नको लागि कुनै उमेर बाधक छैन माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा पढाइको महत्त्वलाई निरन्तर जोड दिँदै आएका छन् । गेट्स हरेक दिन घण्टौंसम्म पढ्छन् र गैर-काल्पनिक कामहरूलाई प्राथमिकता दिन्छन् जसले संसारको बारेमा उनको बुझाइलाई व्यापक बनाउँछ । चिन्तन र सल्लाहको लागि पढाइ गेट्स धेरैजसो आफूले पढेको किताबको सूचीबारे मानिसहरूसँग साझा गर्छन् । आफ्ना अनुयायीहरूलाई पुस्तकहरू पढ्न सिफारिस गर्छन् । लीङ्कडीन पोष्टमा उनले युवाहरूलाई ‘धेरै पढ्न’ र आफूलाई मनपर्ने सीप खोज्न सल्लाह दिने बताएका छन् । उनी पुस्तकमार्फत सिक्न सकिन्छ भन्नेमा विश्वास गर्छन्।