गाजामा एलन मस्कले स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने
एजेन्सी । इजरायलको निरन्तर आक्रमणपछि अस्तव्यस्त बन्न पुगेको प्यालेस्टाइनको गाजापट्टी क्षेत्र इन्टरनेट पहुँचबाट बाहिर पुगेको छ । मानवीय राहतको विषयलाई लिएर एलन मस्कले आफ्नो कम्पनी स्टारलिंकमार्फत सो क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउने बताएका छन् । एलन मस्कको उक्त घोषणालाई लिएर इजरायलले भने विरोध जनाउँदै लड्नका लागि सबै साधनको प्रयोग गर्ने जनाएको छ । इजरायलका सञ्चार मन्त्री स्लोमो करहीले एलन मस्कले उपलब्ध गराउने इन्टरनेट हमासले प्रयोग गर्ने बताएका छन् । Starlink will support connectivity to internationally recognized aid organizations in Gaza. [ComStar] — Elon Musk (@elonmusk) October 28, 2023
प्यालेस्टाइन—इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय
प्यालेस्टाइन—इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ । अबु युसुफ अल नज्जर अस्पतालका निर्देशक मोहम्मद अल हम्सले इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन् । अहिले सो क्षेत्रमा इन्धनको चरम अभाव रहेको बताइएको छ । अबको केही दिनमै अस्पतालले आफ्नो सेवाहरु बन्द गर्ने बताएका छन् । बिजुली नभएका कारण अस्पतालमा जेनेरेटरहरुबाट विद्युत चलाइएको छ । तर जेनेरेटरहरुले जम्मा दुई घण्टा मात्रै धान्ने बताइएको छ । अस्पतालसँग अब जम्मा दुई हजार लिटर मात्रै डिजेल रहेको र त्यसपछि अस्पताल पूर्ण रुपमा बन्द हुने कर्मचारीले बताएका छन् ।
रूसले व्याजदर १५ प्रतिशत बनायो, कर्जा पनि महँगिने
मस्को । रूसको केन्द्रीय बैंकले रूसी अर्थतन्त्रमा मुद्रास्फिति बढ्दै गएको भन्दै शुक्रबार आफ्नो प्रमुख ब्याजदर १३ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ । युक्रेनमा मस्कोले गरेको आक्रमणको आर्थिक असरसँग जुध्ने प्रयास गरिरहेको केन्द्रीय बैंकले केही महिनायता ब्याजदरमा गरेको यो चौथो वृद्धि हो । “हालको मुद्रास्फीतिको दबाब बैंक अफ रसियाको अपेक्षाभन्दा उल्लेख्य रूपमा बढेको छ,” केन्द्रीय बैंकले ब्याजदर दर वृद्धिको घोषणा गर्दै जारी एक विज्ञप्तिमा भनेको छ । लाखौं सैनिकहरूलाई सेवामा बोलाउँदा सरकारी सैन्य खर्चमा भएको वृद्धिले रूसी घरेलु अर्थव्यवस्थालाई अत्यधिक प्रभावित पार्ने सङ्केतहरू देखाएको छ । केन्द्रीय बैंकले वार्षिक मुद्रास्फीति ६.६ प्रतिशतमा रहेको र यो लक्ष्य चार प्रतिशतभन्दा बढी रहेको जनाएको छ । उच्च ब्याज दरहरूले कर्जा दर महँगो बनाएको छ भने यसले उपभोक्ता र व्यवसायहरूलाई बचत गर्न, खर्च नगर्न प्रोत्साहित गरेर माग कम गर्ने योजना बनाइएको छ । बैंकले आगामी महिनाहरूमा पनि मूल्य वृद्धि भइरहने ‘पर्याप्त’ जोखिम देखिएको जनाएको छ । “केन्द्रीय बैंकले आक्रामक रूपमा यसको मुख्य दर बढाएको छ,” मस्कोस्थित अल्फा बैंकका विश्लेषकहरूले एक अनुसन्धान रिपोर्टमा भनेका छन्, “यो बजारले अपेक्षा गरेभन्दा कठिन कदम हो ।” रूसी रुबल अमेरिकी डलरसँग ९३ को हाराहारीमा पुगेको थियो । विनिमय दरलाई राजनीतिज्ञ, व्यवसाय र रूसी जनसङ्ख्याले रूसको आर्थिक स्वास्थ्यको प्रमुख ब्यारोमिटरको रूपमा हेरिन्छ । मस्कोले युक्रेनमाथिको आक्रमण र पश्चिमा प्रतिबन्धका कारण आर्थिक पतन हुन सक्ने प्रारम्भिक भविष्यवाणीलाई लत्याए पनि यो आक्रमणले घरेलु अर्थतन्त्रमा अझै दबाब सिर्जना गरेको छ । सैन्य खर्चमा तीव्र वृद्धिले सरकारलाई घाटामा धकेलेको छ, जबकि न्यून रोजगारीले बढ्दो ज्याला र मूल्यहरूको चक्र सिर्जना गरेको छ । केन्द्रीय बैंकले शुक्रबार जारी गरेको वक्तव्यमा उच्च सरकारी खर्च र मुद्रास्फीतिलाई बढावा दिने प्रमुख कारकको रूपमा औंल्याएको छ । क्यापिटल इकोनोमिक्सका वरिष्ठ बजार अर्थशास्त्री लियाम पीचले भनेका छन्, “हामीलाई लाग्छ कि आगामी महिनाहरूमा मुद्रास्फीतिको दबाब बढ्दै जानेछ र अर्को वर्ष अर्को दर वृद्धि अझै पनि सम्भव देखिन्छ । रूसी सांसदहरूले बिहीबार सन् २०२४/०२६ को बजेटका लागि प्रस्ताव गर्दै आगामी वर्ष सैन्य खर्चमा कीर्तिमानी वृद्धि गर्ने प्रारम्भिक सहमति गरेका छन् । सन् २०२४ मा रक्षा खर्च ६८ प्रतिशतले बढ्ने छ र सोभियत सङ्घपछिको रूसको कुल गार्हस्थ्य उत्पादनको छ प्रतिशतभन्दा बढी उच्च रेकर्ड कायम हुनेछ । एजेन्सी