उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

कोरिया । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया डिपीआरकेको जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी केसीएनएले जनाएको छ । उत्तर कोरियाको नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन एनएडीएले आजको दुर्घटनाबाट पाठसिक्दै चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने बताएको छ । रकेट इञ्जिन प्रणाली र इन्धनका कारण दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख गरेको छ । एरोस्पेस एजेन्सीले स्याटेलाइट प्रक्षेपणमा देखा परेका गम्भीर त्रुटिहरूको विस्तृत अध्ययन गर्ने, तिनलाई हटाउन तत्काल वैज्ञानिक र प्राविधिक उपायहरू गर्ने र विभिन्न भागको परीक्षण गरी जतिसक्दो चाँडो दोस्रो प्रक्षेपण गर्ने बताएको छ । यसैबीच, फ्रान्सेली समाचार समिति एएफपीका अनुसार उत्तरकोरियाले अमेरिकी सैन्य गतिविधिलाई सूक्ष्म ढङ्गले निगरानी गर्न यही जेठ २८ भित्रमा आफ्नो जासुुसी उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो । प्योङयाङको आजको असफल प्रक्षेपणले दक्षिण कोरियाको राजधानी सोलमा हल्लीखल्ली मच्चियोभने जापानमा दक्षिणमा ओकिनावाका बासिन्दालाई सतर्क रहन सुरक्षा चेतावनी जारी गरिएको थियो । सोलमा अराजकता र अन्योल छायो जब मानिसहरू हवाई आक्रमणको साइरनको आवाजबाट ब्यूँझिए र उनीहरूलाई भाग्न तयारीमा जुटे । आपतकालीन सन्देश प्रवाह भएको २० मिनेट पछि मात्र त्यो त्रुटिवश प्रवाह भएको वास्तविकता बाहिर आयो । आजको अफवाहले सुरक्षा सतर्कता प्रणालीप्रतिको विश्वासमा गुमेको ३३ वर्षीया एक गृहिणीले बताएकी छन् । ‘उत्तरकोरियाले दक्षिणकोरियामा सुरक्षा जोखिम बढाएको छ, यदि भविष्यमा सतर्कता चेतावनी जारी हुँदा त्यसलाई गम्भीरतापूर्वक लिइन्छ वा लिइदैन भन्ने प्रश्न खडा भएको छ,’ उनले भनिन् । रासस

बेलायतको वार्षिक मुद्रास्फीति ८ महिनायताकै न्यून

बेलायत । बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८।७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ । मूल्य वृद्धिको दर मार्चमा १०।१ प्रतिशतबाट घटेर गत वर्षको अगष्टपछि पहिलो पटक मुद्रास्फीति १० प्रतिशतभन्दा तल झरेको राष्ट्रिय तथ्याङ्क कार्यालय ९ओएनएस०ले जनाएको छ । ओएनएसका प्रमुख अर्थशास्त्री ग्रान्ट फिट्जनरले भने, ’यद्यपि, सामान्यतया मूल्यगत वर्षको तुलनामा धेरै उच्च रहेको छ भने वार्षिक खाद्य मूल्य मुद्रास्फीति ऐतिहासिक उच्च नजिक पुगेको छ ।’ तीव्र गिरावटको बावजुद, अप्रिलको दर बैंक अफ इंग्ल्याण्ड बीओईको गत महिनाको मुद्रास्फीतिको पूर्वानुमान ८.४ प्रतिशतभन्दा माथि रहेको छ । अप्रिलमा बेलायतको वार्षिक मुद्रास्फीति दर क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकासहित जी–सेभेन समूहका सम्पन्न अर्थव्यवस्था भएका देशहरूमध्ये सबैभन्दा बढी पुगेको थियो । बीओईको २.० प्रतिशतको लक्ष्य दर धेरै टाढा रहेको छ । तर, बेलायत सरकारले यो वर्षको अन्त्यसम्ममा मुद्रास्फीति लगभग ५.० प्रतिशतमा झर्ने दावी गरेको छ । फिट्जनरले थपे, ’गत महिना, मुद्रास्फीतिको दर उल्लेखनीय रूपमा घटेको छ किनकि गत वर्ष देखिएको ठूलो ऊर्जा मूल्य वृद्धि दोहोरिएको थिएन । तर सेकेन्ड ह्यान्ड कार र चुरोटको लागतमा भएको वृद्धिले लक्ष्यलाई आंशिक रूपमा प्रभावित गरेको थियो ।’ अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले बेलायती अर्थतन्त्रका लागि आफ्नो पूर्वानुमानमा ठूलो यू–टर्न दिएको एक दिनपछि यो आँकडा सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले सन् २०२३ मा बेलायतको अर्थतन्त्र ०.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । आईएमएफले गत अप्रिलमा ०।३ प्रतिशतले सङ्कुचन हुने प्रक्षेपण गरेको थियो । अर्थमन्त्री जेरेमी हन्टले बुधबारको तथ्याङ्कपछि भने, ’आईएमएफले मङ्गलबार मुद्रास्फीतिलाई नियन्त्रण गर्न निर्णायक कदम चालेका बताएको छ । यो अहिले एकल अङ्कमा छ, तर खाद्य पदार्थको मूल्य अझै पनि तीव्र गतिमा बढिरहेको छ ।’ रासस

आयरल्याण्डको र्‍यानएयर डेढ अर्ब डलर नाफामा

आयरल्याण्ड । आयरल्याण्डको सुलभ मूल्यमा सेवा प्रदान गर्दै आएको र्‍यानएयर एयरलाइन्सले कोभिड–१९ पछिको ‘बलियो’ सुधारपछि पुनः वार्षिक खुद मुनाफा आर्जन गर्न सफल बनेको छ । अघिल्लो आर्थिक वर्षमा ३५ करोड ५० लाख युरो को खुद नोक्सानी व्यहोरेको र्‍यानएयरले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मार्चको अन्त्यसम्मको १२ महिनामा करपछिको नाफा बढेर एक अर्ब ४० करोड युरो करिब एक अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ ।’ डब्लिनस्थित राष्ट्रिय ध्वजा बहाकले कोरोनाभाइरसका कारण जारी लकडाउन हटाएपछि आफ्नो अघिल्लो आर्थिक वर्ष २०२१/२०२२ मा घाटा कम गरेको थियो । ‘पछिल्लो एक वर्षमा हामीले कोभिड–१९ पछिको सुधारलाई निकै सशक्त देखेका छौँ,’ प्रमुख कार्यकारी माइकल ओलेरीले आम्दानीसँगै प्रकाशित भिडियो टिप्पणीमा भने । उनले भने, ‘मानिसहरू दुई वर्षदेखि थुनिएका छन् र उनीहरू यात्रामा फर्कन चाहन्थे । कम्पनीको आर्थिक आर्जनले पर्यटक आवागमनमा भएको सुधारलाई पुष्टि गरेको छ ।’ इटाली, पोल्याण्ड, आयरल्याण्ड, स्पेन र युरोपका अन्य स्थानहरूमा ‘बलियो बजार हिस्सा वृद्धि’ भएको रिपोर्टपछि भाडाबाट राजस्व दोब्बरभन्दा बढी १०.८ बिलियन यूरो सङ्कलन भएको थियो । एयरलाइन्सको यात्रुहरूको चाप दर १० प्रतिशतले बढेर कोभिड पूर्वको ७४ प्रतिशत प्रतिशतको अवस्थामा पुगेको छ । कम्पनीले यो बर्ष १६ करोड ८० लाख छ हजार ७४ यात्रु बोकेको जनाएको छ । रासस