भारतको विदेशी मुद्रा सञ्चिति ५७० अर्ब ७४ करोड डलरमा झर्यो
ऐजेन्सी । भारतको विदेशी मुद्रा सञ्चिति निरन्तर ओरालो लागेको र यसपटकको तथ्यांकमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । अगस्ट १२, २०२२ मा समाप्त भएको सातामा देशको विदेशी मुद्रा सञ्चिति २.२३ अर्ब डलरले घटेर ५७०.७४ अर्ब डलर पुगेको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले यो जानकारी दिएको हो। रिजर्भ बैंकले जारी गरेको साप्ताहिक तथ्याङ्क अनुसार भदौ १२ गते समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति घट्नुको मुख्य कारण कुल मुद्रा सञ्चितिको महत्वपूर्ण हिस्सा रहेको विदेशी मुद्रा सम्पत्तिको ह्रास हो । यसअघि भदौ ५ गतेको सातामा विदेशी विनिमय सञ्चिति ८९ करोड ७० लाख डलरले घटेर ५७२ अर्ब ९७ करोड डलरमा झरेको थियो । साप्ताहिक तथ्याङ्कअनुसार समीक्षा अवधिमा विदेशी मुद्रा सम्पत्ति (एफसीए) २ अर्ब ६५ करोड डलरले घटेर ५०६ अर्ब ९९ करोड डलर पुगेको छ । डलरमा व्यक्त गरिएको विदेशी मुद्रा भण्डारमा राखिएको विदेशी मुद्रा सम्पत्तिहरूमा यूरो, पाउन्ड र येन जस्ता गैर(अमेरिकी मुद्राहरूमा मूल्यह्रास वा मूल्यह्रासको प्रभाव समावेश हुन्छ। सुनको भण्डारमा भने वृद्धि तथ्यांकअनुसार समीक्षा अवधिमा सुनको सञ्चिति मूल्य ३० करोड ५० लाख डलरले बढेर ४० अर्ब ६१ करोड डलर पुगेको छ । उल्लेखनीय कुरा के छ भने विश्व गोल्ड काउन्सिलले जारी गरेको प्रतिवेदनमा भारतको सुनको माग ४३ प्रतिशतले बढेको छ र आगामी त्रैमासमा यो अझै बढ्ने अनुमान गरिएको छ । (एसडीआर) गिरावट समीक्षा अन्तर्गतको हप्तामा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको विशेष ड्राइंग अधिकार (एसडीआर) १०.२ मिलियन डलरले बढेर १८.१३ बिलियन पुगेको छ। जबकि आईएमएफमा रहेको देशको मुद्रा सञ्चिति ७ करोड डलरले बढेर ४ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
इन्धनको मूल्य वृद्धिका कारण बंगलादेशमा तत्काल आर्थिक संकटको सम्भावना नरहेको आइएमएफको भनाइ
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले बंगलादेश श्रीलङ्काजस्तो आर्थिक संकटको जोखिममा नरहेको बताएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको एसिया तथा प्रशान्त विभागका महाशाखा प्रमुख राहुल आनन्दले बंगलादेशको वर्तमान आर्थिक अवस्थाका बारेमा मंगलबार अनलाइन कन्फरेन्समा पत्रकारलाई जानकारी दिँदै बंगलादेशको बाह्य स्थिति ‘यस क्षेत्रका धेरै देशहरूभन्दा निकै फरक’ रहेको बताउनुभयो । आईएमएफका अधिकारीका अनुसार बंगलादेशको बाह्य ऋण र कूल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपात १४ प्रतिशतको हाराहारीमा रहेको र तुलनात्मक रूपमा कम रहेको र प्रायः सहुलियतपूर्ण प्रकृतिको छ । त्यसैले कर्जा संकटको जोखिम कम छ । बंगलादेशका अर्थमन्त्री एएचएम मुस्तफा कमालले फाइनान्सियल टाइम्सलाई पठाएको जवाफमा भनिएको छ, “अहिले ४० अर्ब अमेरिकी डलर सञ्चिति रहेको छ, जुन पाँच महिनाभन्दा बढीको आयात भुक्तानीका लागि पर्याप्त छ र आईएमएफले तोकेको जोखिमको सीमाभन्दा बढी छ । घरेलु पेट्रोलको मूल्य तीव्र गतिमा बढेसँगै बंगलादेशले रुसबाट कच्चा तेल आयात गर्ने सोच बनाएको छ । बंगलादेशका विदेश सचिव मसूद बिन मोमेनले कच्चा तेल आयातको विषयमा निर्णय गर्न रूसको एक विशेषज्ञ प्रतिनिधिमण्डल चाँडै ढाका आउने बताउनुभएको छ । यस महिनाको सुरुमा बङ्गलादेशको इन्धनको खुद्रा मूल्य सन् १९७१ मा बङ्गलादेशस्वतन्त्र भएयता कहिल्यै नदेखिएको स्तरमा वृद्धि गरिएको थियो । बंगलादेश सरकारले अगष्ट ६ देखि लागू हुने गरी इन्धनको मूल्य ५१।७ प्रतिशतसम्म बढाएको छ । सरकारी वितरण कम्पनीहरूमाथिको अनुदानको भार कम गर्न खुद्रा बजारमा पछिल्लो मूल्यवृद्धि अपरिहार्य भएको अधिकारीहरूले बताएका छन् । विज्ञहरूका अनुसार इन्धनको मूल्यवृद्धिले मुद्रास्फीतिलाई अझ खराब बनाउनेछ । बंगलादेशको मुद्रास्फीति जूनमा बढेर ७।५६ प्रतिशत पुगेको छ । यो वृद्धि दर करिब नौ वर्ष यताकै उच्च हो ।
भारतमा सोह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित
नयाँदिल्ली । भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार पाँच सय ६१ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख २३ हजार पाँच सय ५७ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार पाँच सय ३५ रहेको छ । कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४९ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार नौ सय २८ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १८ हजार ५३ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३५ लाख ७३ हजार ९४ जना कोरोनामुक्त भएका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब ७ करोड ४७ लाख १९ हजार ३४ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८७ करोड ९० लाख भन्दा बढी जनाको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।