क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता

हवाना [क्युबा] । शनिबार मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा करिब ८० जना घाइते भएका छन् भने १७ जना अग्निनियन्त्रकहरू बेपत्ता भएका छन् । सीबीएस न्युजले ऊर्जा तथा खानी मन्त्रालयलाई उद्धृत गर्दै अग्निनियन्त्रकहरूले अझै पनि माटान्जास सुपरट्याङ्कर बेसमा आगो निभाउने प्रयास गरिरहेका बताएको छ । शुक्रबार राति शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । यसै बीच सरकारले सबै प्रकारका घरेलु उयाय अवलम्वन गरेपनि नियन्त्रण गर्न नसकेपछि तेल भण्डारण बारे अनुभव भएका मैत्री देशहरूबाट अग्निनियन्त्रण विज्ञहरूको मद्दत मागेको छ।आगलागीको आसपासको क्षेत्रलाई नियन्त्रणमा लिन सेनाले हेलिकप्टरबाट पानी खसाल्दै आगो निभाउँने प्रयास गरिरहेको छ। मातान्जासका अग्निनियन्त्रक प्रमुख रोबर्टो डे ला टोरेले भने अनुसार अग्नि नियन्त्रकहरूले आगो फैलिनबाट रोक्नको लागि ट्याङ्कीहरूलाई चिसो राख्न प्रयास गरिरहेका छन् । मातान्जासको प्रान्तीय सरकारको फेसबुक पेजले घाइतेको संख्या ७७ पुगेको र १७ जना बेपत्ता रहेको उल्लेख गरेको छ। घाइते मध्ये सात जनालाई हवानाको क्यालिक्सटो गार्सिया अस्पतालमा लगिएको बताइएको छ । क्युबाले इन्धन अभावको सामना गरिरहेको बेला यस्तो घटना भएको हो। यद्यपि घटनाको विस्तृत विवरण र क्षति भने अझै यकिन गर्न सकिने अवस्था छैन।

आसियान क्षेत्रीय बृहत् आर्थिक साझेदारीको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध

एजेन्सी । कम्बोडियाका विदेशमन्त्री प्राक सोखोनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) गत जनवरी १ तारिखदेखि लागू भएको क्षेत्रीय बृहत् आर्थिक साझेदारीको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध रहेको शनिबार बताएका छन्। ‘आसियान क्षेत्रीय बृहत् आर्थिक साझेदारी सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध छ, व्यापार, लगानी र विश्वव्यापी आपूर्ति शृङ्खलाको लागि आसियानको आकर्षण बढाउन पनि प्रतिबद्ध छ,’ उनले भने। उनले आसियान विदेश मन्त्रीहरूको ५५ औं बैठकको अन्त्यमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । शुक्रबार जारी गरिएको आसियान विदेश मन्त्रीहरूको बैठकपछिको संयुक्त विज्ञप्तिमा विदेश मन्त्रीहरूले क्षेत्रीय व्यापक आर्थिक साझेदारी कार्यक्रम यस क्षेत्रको पुनर्उत्थानमा महत्त्वपूर्ण हुने बताएका हुन् । ‘यसले हाम्रो रिकभरी रणनीतिमा महत्त्वपूर्ण योगदान दिनेछ र यस क्षेत्रमा समावेशी र खुला व्यापार र लगानी संरचनालाई समर्थन गर्न जारी राख्नेछ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ। रिकेपमा १० सदस्य राष्ट्रहरू – ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम सहित १५ एसिया-प्यासिफिक देशहरू र तिनीहरूका पाँच व्यापारिक साझेदारहरू, चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन् । विश्वको सबैभन्दा ठूलो व्यापार समूह रिकेपले २।२ अर्ब जनसङ्ख्या जुन विश्व जनसङ्ख्याको ३० प्रतिशत हो भने त्यसको संयुक्त कुल ग्रार्हस्थ उत्पादन २६।२ ट्रिलियन अमेरिकी डलरको हाराहारीमा छ । विश्वव्यापी कुल ग्रार्हस्थ उत्पादनको ३० प्रतिशत र विश्वव्यापी रूपमा २८ प्रतिशत व्यापारको प्रतिनिधित्व गर्दछ। कम्बोडियाको रोयल एकेडेमीमा इन्स्टिच्युट अफ चाइना स्टडीजका महानिर्देशक वरिष्ठ अर्थशास्त्री के सेरेवाथले आरसीईपीले क्षेत्रीय र विश्वव्यापी आर्थिक वृद्धिको लागि उत्प्रेरकको रूपमा काम गरेको बताएका छन् । यसले कम्बोडिया र अन्य सदस्य देशहरूलाई कोभिड-१९ महामारीबाट गुज्रिएको आर्थिक पुनः प्राप्तिलाई तीव्र पार्न मद्दत गर्ने कुरा उनले सिन्ह्वालाई बताएका छन्। ‘मलाई विश्वास छ यो महा-क्षेत्रीय व्यापार सम्झौता भविष्यमा विश्वव्यापी व्यापारको लागि गुरुत्वाकर्षणको नयाँ केन्द्र बन्नेछ,’ उनले थपे।

चीनमा निजी व्यवसायलाई बढी ऋणको अवसर

एजेन्सी । देशका वाणिज्य बैंकहरुले निजी व्यवसाय प्रवद्र्धन एवं प्रोत्साहन गर्न अधिक ऋण प्रवाहको व्यवस्था गरेका छन् । बैंक तथा बीमा नियामक निकायको निर्देशनअनुसार निजी उद्यम बढाउन ऋण सहयोगको सिमामा वृद्धि गरिएको हो । बढाएको आफ्नो शीर्ष बैंकिङ तथा ले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरूले निजी उद्यमीहरूलाई दिनुपर्ने कर्जा अघिल्लो वर्षको जुन महिनाको तुलनामा यो वर्ष ११.४ प्रतिशतले बढेको छ । निजी उद्यमहरूलाई नयाँ कर्जाको ब्याजदर बितेका छ महिनमाको ४.७४ थियो जुन गत वर्षको सोही अवधिको तुलनामा ०.५७ प्रतिशत बिन्दुले कम हो ।