कोरोना संक्रमणबाट निको हुनेको संख्या साढे ८ लाख, संक्रमित भने ३० लाख नजिक

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ८ बजसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २९ लाख २० हजार ८ सय ७७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ३ हजार २ सय ७२ जनाको मृत्यु भइसकेको छ भने ८ लाख ३६ हजार ९ सय ४१ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५४ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ९ लाख ६० हजार ६ सय ५१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ भने अहिलेसम्म ८२५ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४९ जना संक्रमित भएका छन् भने १२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

कोरोना रोगको उपचारमा आशाका साथ परीक्षण गरिएको प्लाज्मा थेरापी के हो ?

काठमाडौं । कोरानाको कहरबाट आक्रान्त अहिलेको परिस्थितिमा केही सकारात्मक समाचार समेत आउन सुरु गरेका छन् । कोरोना भाइरसको औषधी, खोप तथा उपचारको लागि संसारभरका वैज्ञानिकहरु विभिन्न प्रयोग तथा परीक्षणमा दिनरात लागिरहेका छन् । त्यसैक्रममा हालै अमेरिकामा कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको छ । अमेरिकामा प्लाज्मा थेरापीबाट गरिएको उपचारको परिणाम सकारात्मक देखिएपपि अहिले भारतमा समेत ४ ओटा अस्पतालले प्लाज्मा थेरापीबाट उपचारको लागि अनुमति पाएको छ । कोरोना संक्रमणको उपचारमा भर्खरै मात्र सुरु गरिएको प्लाज्मा थेरापी नयाँ उपचार पद्दति नयाँ भने हैन । यो पद्दतिको सुरुवात सन १८९० बाट नै भएको हो । सन १९१८ मा फैलिएको स्पेनिस फ्लूको माहामारीको उपचारमा समेत यो पद्दतिको सफल प्रयोग गरिएको थियो । जोन्स हकिङ्स ब्लुमबर्ग स्कुलअफ पब्लिक हेल्थका प्राध्यापक डा. आरतुरो कासादेवालका अनुसार आजभन्दा पहिलेको प्रयोगको कुरा गर्ने हो भने प्लाज्मा थेरापीको आँकडा अत्यन्त सकारात्म रहेको छ । स्पेनिस फ्लु, मार्स, सार्स लगायलका भइरसजन्य फ्लुमा यसको प्रयोगबाट गरिएको उपचार सफल रहेको छ । ‘तर कोरोनाको सन्दर्भमा अहिले केही भन्न सक्ने अवस्था छैन । कोरोना भाइरस हाम्रो लागि अत्यन्त नयाँ हो,’ डा. आरतुरोले भने । प्लाज्मा थेरापीको कोरोनामा पर्ने प्रभावको बारेमा उचित जानकारीका लागि यसको क्लिनिकल परीक्षण बढाउनु पर्ने डा. आरतुरो कासादेवालको धारणा रहेको छ । के हो प्लाज्मा थेरापी ? कुनैपनि व्यक्ति जब कोरोना लगायतका संक्रामक रोगको सामना गरेर ठिक हुन्छन्, तिनीहरुको रगतमा एक प्रकारको एन्टिबडी उत्पादन भएको हुन्छ । यो एन्टिबडी संक्रमणको विरुद्धमा लड्न सक्ने हुनका साथै त्यस्ता व्यक्तिको शरीरले रोग प्रतिरोधी क्षमताको कारण विशेष प्रकारको प्रोटिनको समेत उत्पादन गर्दछ । जसमा संक्रामक भइरसलाई निस्तेज गर्न वा मार्न सक्ने क्षमता विकाश भएको हुन्छ । शरीरले एन्टिबडीको उत्पादन तथा प्रसारण रातो रक्तकोस (रेड ब्लडसेल) मार्फत गर्ने गर्दछ । एन्टिबडी रहेको रगतको उक्त भागलाई कनब्यालेसेन्ट प्लाज्मा भनिन्छ । रगतको एन्टिबडी रहेको उक्त भाग (कनब्यालेसेन्ट प्लाज्मा ) लाई जम्मा गरेर बिरामीको उपचारमा प्रयोग गर्ने गरिन्छ । रोगको विरुद्धमा एन्टिबडी भएको कनब्यालेसेन्ट प्लाज्माको प्रयोग गरेर उपचार गरिने पद्धतिनै प्लाज्मा थेरापी हो । प्लाज्मा थेरापी कतिपय अवस्थामा अत्यन्त सफलसमेत रहेको छ । तिब्ररुपमा हानी पुर्याउने तथा शरीरको रोग प्रतिरोधात्मक क्षमताले वा शरीरले नै लड्नु पर्ने प्रकृतिका बिषाणु संक्रमणका विरुद्धमा यो पद्धति सफल मानिएको छ । सर्पदंशको उपचार यो पद््दतिको एक सफल उदाहरण हो ।

राष्ट्रपतिले प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि कानुन मन्त्रीद्धारा राजीनामा

काठमाडौं । ब्राजिलका कानुन मन्त्री सेर्गियो मोरोले शुक्रबार आफ्नो पदबाट राजीनामा दिए । राष्ट्रपति जैर बोल्सोनारोले केन्द्रिय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउदै कानुन मन्त्रीले राजीनामा दिए । कानुन मन्त्री मोरो पुर्व केन्द्रीय न्यायाधिश पनि हुन्छ । उन भ्रष्टाचार विरोधी प्रभावशाली व्यक्तिका रुपमा पनि परिचित । राष्ट्रपति बोल्सोनारोले राजनीतिक निरंकुशता बढाउदै लगेको र प्रहरी प्रमुखलाई बर्खास्त गरेको भन्दै उनले असन्तुष्टि जनाएका बताए । कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेका बेला ब्राजिलमा राजनीतिक सङ्कट पनि बढ्ने देखिएको छ । राष्ट्रपति बोल्सोनारोले यसअघि गत हप्ता तत्कालिन स्वास्थ्य मन्त्री लुइज हेनरिक मन्डेट्टालाई पनि बर्खास्त गरेका थिए । कोनोरा भाइरसको संक्रमण नियन्त्रणका लागि अपनाउने उपायका बारेमा आफ्नोभन्दा फरक मत राखेको भन्दै राष्ट्रपति बोल्सोनारोले तत्कालिन स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरे । रासस/एएनआई