श्रीलंकामा ऋणीलाई सावा व्याज तिर्न ६ महिनासम्म छुट, कर्फू नलागेको दिन ८ देखि १ बजेसम्म बैंक खाेल्नै पर्ने
काठमाडौं । विश्वभर संक्रमण फैलिएर सन्त्रास बढाइरहेको कोरोना संक्रमणबाट थला परेको अर्थतन्त्रलाई राहत दिन विश्वमा विभिन्न प्रकारका राहत प्याकेज घोषणा हुन थालेका छन् । यही सन्दर्भमा दक्षिण एशियाली सहयोग संगठन (सार्क) सदस्य राष्ट्र श्रीलंकाको केन्द्रीय बैंकले ऋणीलाई विभिन्न प्रकारका राहत कार्यक्रम अघि सारेको छ । श्रीलंका केन्द्रीय बैंकले विभिन्न ७ वुदे निर्देशन जारी गर्दै राहत कार्यक्रम घोषणा गरेको छ । जसमा ऋणको सावा व्याज तिर्ने तिर्ने म्याद ६ महिनासम्मका लागि छुटदेखि अन्य विभिन्न प्रकारका राहत कार्यक्रम छन् । श्रीलंका केन्द्रीय बैंकले स्वाराेजगार मुलक भाडाका सवारी सधान, तीन पांग्रे सवारी साधन, स्कुल भ्यान, लरी, विभिन्न प्रकारका मालसामान ओसार पसार गर्ने साना सवारी साधन तथा स्वरोजगारमूल बस सेवा संचालन गरेकाहरुले लिएको ऋणको साँवा व्याजको किस्ता ६ महिनासम्मको लागि नतिर्दा हुने व्यवस्था गरेको छ । यस्तै, अधिकृतस्तरभन्दा तल्लो तहका कर्मचारीले लिएको ऋणको किस्ता आगामी ३० मेसम्म नतिर्दा हुने व्यवस्था गरिएको छ । १० लाख रुपैयाँसम्मको पर्सनल ऋण तथा लिजिङ रेन्टलमा ३ महिनासम्म साँवा व्याजको किस्ता तिर्नुपर्ने छैन । यस्तै, कोरोना भाइरस संक्रमणको कारण समस्यामा परेका साना तथा मझौला उद्योग प्रतिष्ठान, पर्यटन, गार्मेन्ट उद्योग, उत्पादन मुलक उद्याेग, सूचना प्रविधि तथा सोसँग सम्बन्धित सहयोगी क्षेत्रले लिएको ऋण तिर्ने म्याद पनि ६ महिना थप गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चालु पुँजी कर्जा ४ प्रतिशत व्याजमा दिने निर्णय भएको छ । साना तथा मझौला उद्योग प्रतिष्ठान, पर्यटन, गार्मेन्ट उद्योग, उत्पादन मुलक उद्याेग, सूचना प्रविधि तथा सोसँग सम्बन्धित सहयोगी क्षेत्रमा प्रवाह हुने कर्जाकाे व्याज ६ महिना पछि भुक्तानी हुने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाइ निर्देशन दिएकाे छ । उल्लेखि सुविधाका लागि ग्राहकसँग अप्रिल ३० तारिकसम्म डकुमेन्ट लिन र प्राप्त निवदेन उपर ४५ दिनभित्र निर्णय दिन केन्द्रीय बैंकले निर्देशन जारी गरेकाे छ । अप्रिल ३० तारिकसम्मको लागि ५० हजार रुपैयाँसम्मको क्रेडिट कार्ड प्रदान गर्नुपर्ने र सोको व्याज बढीमा १५ प्रतिशत मात्रै हुनुपर्ने तथा यस्तो व्याजमा पनि ५० प्रतिशत छुट दिनुपर्ने केन्द्रीय बैंकको निर्देशन छ । सटही गर्न बाँकी रहेका ५ लाख रुपैयाँसम्मको चेक साट्ने समय बढाएर अगामी ३० अप्रिल तारिकसम्म बनाउन केन्द्रीय बैंकले भनेको छ । बैंक वित्तीय संस्थाका सबै शाखाहरु कर्फू नलागेको दिनमा विहान ८ बजेदेखि १ बजेसम्म न्यूनतम कर्मचारी राखेर खुल्ला गर्नुपर्नेछ । कर्फु लागेको दिनमा पनि बैंक वित्तीय संस्थाको कर्पाेरेट कार्यालय खुल्ला गरेर खाद्यान्न, औषधी, ट्राभल जस्ता क्षेत्रको कारोबार नियमित गर्न ती कार्यालयहरुले कारोबार गर्नुपर्नेछ । यसको विस्तृत निर्देशन आगामी २७ मार्चमा दिने श्रीलंकाको केन्द्रीय बैंकले भनेको छ ।
लकडाउनको कारण भिडिओ कन्फ्रेन्सबाटै विवाह !
काठमाडौं । हामीले अनलाइनबाट समान किन्ने र बेच्ने गरेको त सुनेका छौं । तर, अहिले लकडाउनको समयमा सामान किन्ने र बेच्ने पनि रोकिएको छ । लक डाउनको बेलामा सिंगापुर र भारतमा अनलाइनबाट विवाह भएको पाइएकाे छ । कोरोना भाइरसको विश्वव्यापी महामारीले मानिसहरूको जीवनयापन असहज बनाएको छ । यही समयमा सिंगापुरमा एउटा जाेडीकाे भिडिओ कलबाट विवाह भएको छ । दुवै जना चीनको वुहानबाट (कोरोना भाइरसको केन्द्रविन्दु) फर्किएका र उनीहरूको वैवाहिक समारोहमा बोलाइने पाहुनाहरू आउन अनिच्छुक भएपछि उनीहरूले यस्तो उपाय अपनाएका थिए । भारतमा पनि अनलाइन विवाह भएको छ । विहार र उत्तर प्रदेश राज्यका केटाकेटीबीच अनलाइनबाट विवाह भएको हाे। पटनाको फूलवारी शरीफमा सदब नसरिन वेहुली बनेकी थिइन र उत्तर प्रदेशको साहिबाबादमा दानिश रजा वेहुला थिए । उनीहरुले आफू बसेकै ठाउँबाट अनलाइन विवाह गरेका हुन । एजेन्सीको सहयोगमा
अमेरिकामा मृतकको संख्या एक हजार नाघ्यो, २ खर्ब डलरको आर्थिक प्याकेज पारित
न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणको खतराबाट उत्पन्न आर्थिक तथा जनस्वास्थ्यलाई ध्यान दिँदै अमेरिकी माथिल्लो सदन सिनेटले बुधबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सार्नु भएको २ खर्ब २० अर्ब अमेरिकी डलरको विशाल आर्थिक प्याकेज अनुमोदन गरेको छ । यो रकम कोरोना संक्रमणबाट असर परेका व्यवसाय, कामदार र स्वास्थ्य सेवा प्रणालीमा खर्च हुनेछ । सिनेटमा रिपब्लीकन र डेमोक्रेटिक दुबै पार्टीले सहमति जनाउनु अघि उक्त राहत प्याकेजको सही कार्यान्वयनका सन्दर्भमा निकै लामो बहस भएको थियो । अमेरिकी इतिहासमै यो सर्वाधिक ठूलो आर्थिक सहायता विधेयक हो । अमेरिकी जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण विश्वभर मृतकको संख्या २१ हजार नाघिसकेको छ भने झण्डै ७० हजार व्यक्ति संक्रमित छन् । कोरोनाको प्रसार रोक्ने उद्देश्यले विश्वका अधिकांश मुलुकले अपनाएझैं अमेरिकाका धेरैजसो राज्य एवं शहरले मानिसको आवतजावतलाई नियन्त्रण गर्दै लकडाउन गरेका छन् । अमेरिकामा अहिले ठूलो जनसंख्या रहेको न्यूयोर्क शहर सबैभन्दा बढी प्रभावित छ । यहाँ ३० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ३ सय को हाराहारीमा मानिसको मृत्यु भएको छ । न्यूयोर्कका स्वास्थ्य अधिकारीहरु अहिले मानिसको उपचारका लागि शैयाहरु र स्वास्थ्य उपकरणको खोजीमा जुटेका छन् । उनीहरुले केही साताभित्रै बिरामी मानिसको संख्या अरु बढ्ने सम्भावना देखिएको जनाउँदै थप चिकित्सक र नर्सका लागि आह्वान गरिरहेका छन् । न्यूयोर्कमा इटाली र स्पेनको जस्तै परिस्थिति उत्पन्न हुन लागेको भन्दै न्यूयोर्कका स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । बिलिभ हस्पिटल बाहिर मृत व्यक्तिलाई राख्न अस्थायी शिविर नै बनाइएको छ भने नगर प्रहरीलाई न्यूयोर्कका सडकमा देखिने मानिसहरुलाई निश्चित दूरी बनाएर मात्र हिँड्ने प्रबन्ध मिलाउन आदेश दिइएको छ । वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमण रोक्न अमेरिकी नागरिकलाई कम्तीमा १५ दिनसम्म निश्चित दूरी बनाएर रहन आग्रह गर्नु भएको छ । उहाँले मानिसलाई घरभित्रै बस्न तथा बार, रेस्टुराँ र रात्रिक्लब बन्द गर्न अनुरोध गरेको छ । तैपनि, राष्ट्रपति ट्रम्पले मानिसहरुलाई “हाम्रो मुलुक बन्द गर्नका लागि निर्माण भएको होइन” भन्दै अमेरिकी नागरिकलाई आडभरोसा दिने प्रयत्न गरेको छ । बुधबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले केही संचारमाध्यममाथि पुरानै शैलीमा भने, “मलाई आगामी चुनावमा विजयी हुन नदिन केही मिडियाले कोरोनाभाइरसका कारण अमेरिकी अर्थतन्त्र तहसनहस हुनै हौवा देखाइरहेका छन् ।” डेमोक्र्याट्स पार्टीले राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको स्वास्थ्य र सुरक्षाको साटो अर्थव्यवस्थालाई बढी प्राथमिकतामा राखेको बताएको छ । “म भन्न चाहन्छु, अर्को शुक्रबारदेखि नै काममा फर्कौं,” पूर्व उपराष्ट्रपति जो बाइडेनले भने । बाइडेनले सिनेटले अनुमोदन गरेको आर्थिक प्याकेजको राम्रो कार्यान्वयनका लागि सशक्त अनुगमन संयन्त्र आवश्यक रहेकामा जोड दिए । उनले भने, “राहत प्याकेजको रकम जरुरतमा परेका सबै मानिससम्म जतिसक्दो चाँडो पुग्नु पर्दछ ।” रासस/एपी