डब्ल्यूएचओले गर्यो कोरोनाबाट बच्ने उपायको घोषणा, यस्ता छन् तरिका
काठमाडाैं । विश्वभर नै कोरोना भाइरसको जोखिम बढ्दै गएका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हात, कुहिनो, अनुहार र अनुभवको दुरीको पालना गरे कोरोना भाइरस सङ्क्रमणको जोखिम घट्ने बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले व्यवहारमा लागु गर्नुपर्ने कुराहरुको सूचना निकाल्दै भाइरसको प्रकोपबाट बच्न सजिला र प्रभावकारी उपाय जानकारी गराएकाे छ । हात विश्व स्वास्थ्य सङ्गठनले सबैभन्दा ध्यान दिनुपर्ने कुरामा हातलाई लिएको छ । भाइरस फैलनुको मुख्य माध्यम हात भएको भन्दै डब्ल्यूएचओले साबुन पानीले बारम्बार हात धुन अनुरोध गरेको छ । हात धुँदा हातमा भएको भाइरस मर्ने भएकोले यो सरल, सहज र महत्वपूर्ण उपाय हो । हात दूषित भएपछि, हातबाट भाइरस शरीरभित्र जाने भएकोले हातले अनुहार छोइरहने बानी पूरै त्याग्न डब्ल्यूएचओले सुझाव दिएको छ । कुहिनो विश्व स्वास्थ्य सङ्गठनले कुहिनोलाई पनि भाइरस रोक्ने माध्यमका रुपमा लिइएको छ । खोक्दा वा हाच्छिउँ गर्दा कुहिनो, टिस्यु पेपर, रुमाल जस्ता बस्तुको प्रयोग गर्न सकिन्छ । खोक्दा वा हाच्छिउँ गर्दा कुहिनोले मुख छोप्दा भाइरस अरु व्यक्तिमा फैलिने खतरा कम हुन्छ । कुहिनाको प्रयोग गर्दा अन्य फ्लु लगायतका भाइरस पनि अरुमा फैलनबाट रोक्न सकिने विश्व स्वास्थ्य सङ्गठनको सूचनामा उल्लेख छ । अनुहार भाइरस शरीरमा प्रवेश गर्ने मुख्य माध्यम अनुहार हो । विश्व स्वास्थ्य सङ्गठनले विशेषगरी आफ्नो अनुहार, आँखा, नाक र मुखलाई हातले नछुन भनेको छ । हातले धेरै ठाउँमा छुन्छ र चाँडै भाइरसको सङ्क्रमण फैलिन सक्छ । यदि अनुहार छुनै परे छुनुअघि हात साबुन पानीले धुन सङ्गठनले आग्रह गरेकाे छ । दुरी विश्व स्वास्थ्य सङ्गठनले अर्को महत्त्वपूर्ण कुरा मानिसबीचको दुरीलाई लिएको छ । डब्ल्यूएचओले अब दोस्रो मानिससँगको दुरीमा एक कदम पछि हट्न भन्दै अर्को व्यक्तिसँगको दुरी कम्तीमा एक मिटर कायम गर्न भनेको छ । हात मिलाउने, अङ्कमाल गर्ने तथा चुम्बन गर्ने बानी त्याग्न सूचनामा उल्लेखे छ । यसो गर्दा आफूमा भएको सङ्क्रमण अरुमा सर्ने र अरुमा भएको सङ्क्रमण आफूमा सर्ने जोखिम कम हुने सङ्गठनले जनाएकाे छ। महसुस विश्व स्वास्थ्य सङ्गठनले आफूलाई असहज महसुस भएमा घरमै बस्ने, स्वास्थ्य अधिकारीले भनेका कुराहरु पालना गर्ने भनेको छ । तर ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा डाक्टर वा सरकारले तोकेका अधिकारीहरुलाई तत्काल जानकारी गराउने र स्थानीय अधिकारीमार्फत सुरक्षित भएर अस्पताल जान पनि डब्ल्यूएचओले अनुरोध गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा
विश्व रुवाउने दर्दनाक भिडियोः जहाँ कोरोनाले मृत्यु भएकी बहिनीको शवसँग भक्कानिन्छन् दाजु
काठमाडाैं । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९)ले मानिसमा त्रासमात्र होइन त्योभन्दा बढी भावुक पनि बनाएको छ । कोरोनाकै कारण अहिलेसम्म विश्वभर २२ हजार २६ जनाले ज्यान गुमाइसकेका छन् । महामारीको रुपमा फैलिरहेको यो भाइरसकै कारण कतिपय आफन्तहरु आफ्नो संक्रमित व्यक्तिको शव पर्खिरहेका हुन्छन् । अझ इटालीमा त दैनिक ६ सयभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइरहेको छ । यस्तै, एउटा भावुक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्यो भिडियो हो इटालीको । इटालीका एक चर्चित अभिनेता लुका फ्रेंजीले कोरोनाका कारण आफुले भोग्नु परेको दुख भिडियोमार्फत सबैलाई शेयर गरेका छन् । उनले भिडियोमा कोरोनाका कारण बहिनिको अन्तिम संस्कारको लागि कोहि पनि साथ दिन नआएको बताएका छन् । कोरोनाकै कारण सेल्फ आइसोलेसनमा बसेका उनले भिडियोमा कोरोनाको कारण मृत्यु भएकी आफ्नो बहिनिको लाश २ दिनसम्म घरमै राखेको बताएका छन् । उनले बहिनीको मृत्यु भएपछि प्रशासनलाई खबर गरेर प्रतीक्षा गरेको तर कोहि पनि नआएको भिडियोमा बताएका छन् । उनले बहिनीको शब देखाउँदै भनेका छन्, ‘म एक्लैले मेरो बहिनिको शव कहाँ लैजाउँ र अन्तिम संस्कार कसरी गरुँ ?’ भन्ने प्रश्न गरेका छन् । बहिनीको मृत्यु भएपछि धेरैसँग आफुले सहयोग मागेको तर कोहिले सहयोग नगरेको बताएका छन् । उनले हाल इटालीमा भएको हालतबारे आफुले देखाउन खोजेको भिडियोमा बताएका छन् ।अहिले कोरोना भाइरसले निम्त्याएको विपत र समस्याको बारे बोल्ने मानिसहरुको संख्या सामाजिक सञ्जालमा बढ्दै गएको छ ।
श्रीलंकामा ऋणीलाई सावा व्याज तिर्न ६ महिनासम्म छुट, कर्फू नलागेको दिन ८ देखि १ बजेसम्म बैंक खाेल्नै पर्ने
काठमाडौं । विश्वभर संक्रमण फैलिएर सन्त्रास बढाइरहेको कोरोना संक्रमणबाट थला परेको अर्थतन्त्रलाई राहत दिन विश्वमा विभिन्न प्रकारका राहत प्याकेज घोषणा हुन थालेका छन् । यही सन्दर्भमा दक्षिण एशियाली सहयोग संगठन (सार्क) सदस्य राष्ट्र श्रीलंकाको केन्द्रीय बैंकले ऋणीलाई विभिन्न प्रकारका राहत कार्यक्रम अघि सारेको छ । श्रीलंका केन्द्रीय बैंकले विभिन्न ७ वुदे निर्देशन जारी गर्दै राहत कार्यक्रम घोषणा गरेको छ । जसमा ऋणको सावा व्याज तिर्ने तिर्ने म्याद ६ महिनासम्मका लागि छुटदेखि अन्य विभिन्न प्रकारका राहत कार्यक्रम छन् । श्रीलंका केन्द्रीय बैंकले स्वाराेजगार मुलक भाडाका सवारी सधान, तीन पांग्रे सवारी साधन, स्कुल भ्यान, लरी, विभिन्न प्रकारका मालसामान ओसार पसार गर्ने साना सवारी साधन तथा स्वरोजगारमूल बस सेवा संचालन गरेकाहरुले लिएको ऋणको साँवा व्याजको किस्ता ६ महिनासम्मको लागि नतिर्दा हुने व्यवस्था गरेको छ । यस्तै, अधिकृतस्तरभन्दा तल्लो तहका कर्मचारीले लिएको ऋणको किस्ता आगामी ३० मेसम्म नतिर्दा हुने व्यवस्था गरिएको छ । १० लाख रुपैयाँसम्मको पर्सनल ऋण तथा लिजिङ रेन्टलमा ३ महिनासम्म साँवा व्याजको किस्ता तिर्नुपर्ने छैन । यस्तै, कोरोना भाइरस संक्रमणको कारण समस्यामा परेका साना तथा मझौला उद्योग प्रतिष्ठान, पर्यटन, गार्मेन्ट उद्योग, उत्पादन मुलक उद्याेग, सूचना प्रविधि तथा सोसँग सम्बन्धित सहयोगी क्षेत्रले लिएको ऋण तिर्ने म्याद पनि ६ महिना थप गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चालु पुँजी कर्जा ४ प्रतिशत व्याजमा दिने निर्णय भएको छ । साना तथा मझौला उद्योग प्रतिष्ठान, पर्यटन, गार्मेन्ट उद्योग, उत्पादन मुलक उद्याेग, सूचना प्रविधि तथा सोसँग सम्बन्धित सहयोगी क्षेत्रमा प्रवाह हुने कर्जाकाे व्याज ६ महिना पछि भुक्तानी हुने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाइ निर्देशन दिएकाे छ । उल्लेखि सुविधाका लागि ग्राहकसँग अप्रिल ३० तारिकसम्म डकुमेन्ट लिन र प्राप्त निवदेन उपर ४५ दिनभित्र निर्णय दिन केन्द्रीय बैंकले निर्देशन जारी गरेकाे छ । अप्रिल ३० तारिकसम्मको लागि ५० हजार रुपैयाँसम्मको क्रेडिट कार्ड प्रदान गर्नुपर्ने र सोको व्याज बढीमा १५ प्रतिशत मात्रै हुनुपर्ने तथा यस्तो व्याजमा पनि ५० प्रतिशत छुट दिनुपर्ने केन्द्रीय बैंकको निर्देशन छ । सटही गर्न बाँकी रहेका ५ लाख रुपैयाँसम्मको चेक साट्ने समय बढाएर अगामी ३० अप्रिल तारिकसम्म बनाउन केन्द्रीय बैंकले भनेको छ । बैंक वित्तीय संस्थाका सबै शाखाहरु कर्फू नलागेको दिनमा विहान ८ बजेदेखि १ बजेसम्म न्यूनतम कर्मचारी राखेर खुल्ला गर्नुपर्नेछ । कर्फु लागेको दिनमा पनि बैंक वित्तीय संस्थाको कर्पाेरेट कार्यालय खुल्ला गरेर खाद्यान्न, औषधी, ट्राभल जस्ता क्षेत्रको कारोबार नियमित गर्न ती कार्यालयहरुले कारोबार गर्नुपर्नेछ । यसको विस्तृत निर्देशन आगामी २७ मार्चमा दिने श्रीलंकाको केन्द्रीय बैंकले भनेको छ ।