ट्रम्पको ठूलो घोषणाः अमेरिकाको नयाँ व्यापार रणनीति सार्वजनिक हुने तयारी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार ठूलो घोषणा गर्ने तयारीमा छन् । ट्रम्पले बताएका छन् कि उनी एक ठूलो र सम्मानित देशसँग व्यापार सम्झौताको घोषणा गर्नेछन् । उनका अनुसार अमेरिका धेरै देशहरूसँग व्यापार सम्झौता गर्न लागेको छ र यो सम्झौता त्यसै श्रृंखलाको पहिलो हुनेछ । ट्रम्पले थुप्रै देशहरूमा ट्यारिफ (शुल्क) लगाउने घोषणा गरिसकेका छन् । हाललाई ९० दिनका लागि त्यसलाई रोकिएको छ । यस अवधिमा थुप्रै देशहरूसँग अमेरिकाको व्यापार सम्झौताका लागि वार्ता चलिरहेको छ । ट्रम्पले यस्तो घोषणा त्यसबेला गरेका छन् जब स्वीट्जरल्याण्डमा अमेरिका र चीनबीच वार्ता सुरु हुने तयारी भइरहेको छ । ट्रम्पले अहिलेसम्म त्यो देशको नाम खुलासा गरेका छैनन् जससँग सम्झौता हुँदैछ । तर स्रोतहरूको भनाइअनुसार त्यो देश बेलायत (यूके) हुन सक्छ । ट्रम्पले अहिलेका लागि ट्यारिफ घटाउने कुरा अस्वीकार गरेका छन् । अहिले नयाँ व्यापार सम्झौता कस्तो हुनेछ भन्ने स्पष्ट छैन । ट्रम्पको दाबी छ कि थुप्रै ठूला देशहरूले सम्झौताका लागि उनीसँग कुरा गरिरहेका छन् । तर उनी चाहन्छन् कि जुनसुकै सम्झौता होस्, त्यो अमेरिकाको हितमा होस् । उनले बुधबार भनेका थिए भने, ’यदि चाह्यौं भने हामी भोलि नै २५ वटा सम्झौता साइन गर्न सक्छौं ।’ साथै उनले ट्यारिफलाई हतियारको रूपमा प्रयोग गर्ने पनि जनाएका छन् । महँगी बढ्ने चिन्ता यसैबीच अमेरिकाको फेडरल रिजर्भले ब्याजदर स्थिर राखेको छ । बेन्चमार्क दर ४.२५ प्रतिशत र ४.५० प्रतिशतको बीचमा कायम गरिएको छ । यो निर्णय महँगी र रोजगारीको विषयमा बढ्दो चिन्ताका कारण गरिएको हो । निर्णय बुधबार गरिएको हो । यो यस्तो समयमा आएको हो जब ट्रम्पको नयाँ ट्यारिफको प्रभाव देखिन थालेको छ । फेड अध्यक्ष जेरोम पावेलले ट्रम्प प्रशासनको व्यापार नीतिबारे ठूलो अनिश्चितता रहेको बताएका छन् । यसले वित्तीय बजारमा उतारचढाव ल्याएको छ र विज्ञहरूले महँगी र बेरोजगारी बढ्न सक्ने चेतावनी दिएका छन् । ट्रम्पका ट्यारिफहरूले लगानीकर्ताको विश्वास हल्लाएको छ । यसले आर्थिक विकासमा पनि चिन्ता थपेको छ । यद्यपि हालसम्म अर्थव्यवस्था मजबुत देखिएको छ, तर केही संकेतहरू यस्तो देखिन्छ कि जनताको विश्वास घट्दो छ र महँगी बढ्ने सम्भावना बढेको छ ।
भारत-पाकिस्तान तनावबीच पाकिस्तानी प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग कुराकानी
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोआनसँग आफूले कुराकानी गरेको बताएका छन् । उनले भारतले गरेको आक्रमणमा ज्यान गुमाउनेहरूप्रति टर्कीले प्रार्थना गरेकोमा प्रशंसा व्यक्त गरेका छन्। शहबाज शरीफले एक्स (पूर्व ट्वीटर) मा लेखेका छन्, 'यो संवेदनशील समयमा पाकिस्तानप्रति टर्कीले देखाएको एकता र समर्थनको लागि मैले राष्ट्रपति एर्दोआनलाई धन्यवाद दिएको छु ।' 'हामी जुनसुकै मूल्य चुकाएर पनि हाम्रो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्नेछौं । दक्षिण एसियामा तनाव कम गर्न र शान्ति कायम राख्न टर्कीले गरेका प्रयासप्रति पाकिस्तान आभारी छ,' उनले थपे । ७ मे मा भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेपछि टर्कीको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा भारत र पाकिस्तानबीचको अवस्था प्रति चिन्ता व्यक्त गर्दै भनिएको थियो, 'हामी सर्वसाधारण नागरिकहरू र नागरिक संरचनाहरूलाई लक्षित गर्दै गरिने कुनै पनि किसिमको उकसाउने कार्य वा आक्रमणको निन्दा गर्छौं । हामी आशा गर्छौं कि तनाव कम गर्न चाँडै कदम चालिनेछ ।' विज्ञप्तिमा दुवै पक्षलाई एकपक्षीय कदमहरूबाट जोगिन आग्रह गरिएको थियो र टर्कीले पहलगाम आक्रमणको अनुसन्धान गर्न पाकिस्तानले गरेको मागको समर्थन गरेको पनि उल्लेख गरिएको थियो । बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङको क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेकाे जानकारी दिएकी थिइन् । उनका अनुसार यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको हाे । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् । पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ । यता भारतले नियन्त्रण रेखामा पाकिस्तानबाट गरिएको गोलाबारीमा १० जना भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ ।
पाकिस्तानमाथि भारतको आक्रमणले युद्धको खतरा बढ्यो : टर्की
काठमाडौं । टर्कीले पाकिस्तान प्रशासित कश्मीरमा भारतले गरेको हवाई आक्रमणका कारण युद्धको खतरा थप बढेको जनाएको छ । टर्कीको विदेश मन्त्रालयले सामाजिक सञ्जाल 'एक्स' (पूर्व ट्वीटर) मा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ कि उनीहरू भारत र पाकिस्तानबीच भइरहेका घटनाक्रमप्रति चिन्तित छन् र यसलाई नजिकबाट नियालिरहेका छन् । विज्ञप्तिमा भनिएको छ, 'हामी सर्वसाधारण र नागरिक भवनहरूलाई लक्षित गरी गरिने कुनै पनि प्रकारको उत्तेजनात्मक कार्य र आक्रमणको निन्दा गर्छौं । हामी आशा गर्छौं कि तनाव कम गर्न चाँडोभन्दा चाँडो कदमहरू चालिनेछन् । ' विज्ञप्तिमा दुबै पक्षलाई एकपक्षीय कदमबाट जोगिन पनि आग्रह गरिएको छ । यसै विज्ञप्तिमा टर्कीले पहलगाम आक्रमणको छानबिन गर्न पाकिस्तानले राखेको मागको समर्थन गर्ने उल्लेख गरिएको छ । बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङकाे क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेकाे जानकारी दिएकी थिइन्। यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको थियो । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् । पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ । यता भारतले नियन्त्रण रेखामा पाकिस्तानबाट गरिएको गोलाबारीमा १० जना भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ ।