एआईदेखि ईभीसम्मः नवप्रवर्तनमा विश्वको ध्यान खिच्दै चीन
काठमाडौं । व्यापार तनावको चर्चाले ध्यान तानेको भए पनि चीनको प्रविधि क्षेत्र तीव्र रूपमा अघि बढिरहेको छ । कृत्रिम बौद्धिकता (एआई), विद्युतीय सवारीसाधन (ईभी) र भिडियो प्रविधिमा निरन्तर नवप्रवर्तनसहित चीनले विश्वभरको ध्यान तानिरहेको छ । शाङ्घाई अटो शो २०२५ को उद्घाटन अवसरमा चिनियाँ विद्युती सवारी निर्माता बीवाईडीले एकैचोटि पाँच नयाँ मोडेल सार्वजनिक गर्यो । यता जीक्रले नयाँ हाइब्रिड नाइन एक्स एसयूभी प्रदर्शन गर्यो । त्यस्तै, स्वचालित गाडी सेवा प्रदायक पोनी डट एआईले ७० प्रतिशतसम्म लागत घटाउने दाबीसहित तीन नयाँ सवारीसाधन सार्वजनिक गर्यो । टेक कम्पनी हुवावेले पनि ड्राइभर सहायता प्रणालीमा प्रगति भएको जनाएको छ, जसले सवारीसाधनलाई स्वतः पार्क गराउन सक्छ । 'प्रतिस्पर्धाले चीनको नयाँ ऊर्जा सवारी क्षेत्रमा आश्चर्यजनक नवप्रवर्तन ल्याएको छ,’ सानो अटो इन्साइट्सका टुले भन्छन्, 'हामीले एक दशकपछि मात्र सम्भव ठानेका प्रविधिहरू आज प्रयोगमा छन् ।’ एआई र भिडियो प्रविधिको युग चीनको नेटफ्लिक्स भनेर चिनिने आईचिकी (iQiyi)ले एआई प्रयोगमार्फत टिभी कार्यक्रमको उत्पादन लागत घटाउने र रूपान्तरण प्रक्रियालाई सहज बनाउने उपकरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अहिलेको प्रविधिले थ्रीडी एनिमेसनमा रूपान्तरणमा स्थिरता र समानता सुनिश्चित गर्न सक्षम भएको छ । त्यस्तै, भिडियो प्लेटफर्म कुआइशोउ (Kuaishou) ले एआई मोडेल क्लिङ (Kling) को नयाँ संस्करण सार्वजनिक गरेपछि यस्तो प्रविधिले हलिउडजस्ता क्षेत्रहरूलाई चुनौती दिन सक्ने चिन्ता व्यक्त गरिएको छ । त्यसपछि अलिबाबा, शेङ्गशु टेक्नोलोजीलगायतका कम्पनीहरूले पनि सिनेम्याटिक गुणस्तरका एआई भिडियो मोडेलहरू ल्याएका छन् । मोनोलिथ म्यानेजमेन्टका सह–संस्थापक टिम वाङ भन्छन्, 'एआई क्षेत्रमा चीनको लगानी तीव्र गतिमा बढेको छ र मुलभूत मोडेलहरूमा भएको उपलब्धीहरूले चीनलाई विश्व नेताहरू नजिक पुर्याइरहेका छन् ।’ ई-कमर्स र कार्यक्षमता वृद्धि निर्यातकर्ताहरूले पनि प्रविधिमा निर्भरता बढाएका छन् । बाइडूको एआई आधारित ‘भर्चुअल मानव’ प्रविधिले स्ट्रिमिङ लागत ८० प्रतिशतभन्दा बढी घटाउने बताइएको छ । कम्पनीले नयाँ, अझ विश्वासिलो संस्करण सार्वजनिक गर्दै सस्तो मोडेलहरू पनि उपलब्ध गराएको छ । सरकारी नीति र प्रोत्साहन एआई क्षेत्रमा चिनियाँ सरकारको नीति समर्थन पनि स्पष्ट देखिन्छ । डीपसीकले च्याटजीपीटी बराबरीको मोडेल ल्याएपछि चीनभित्रको एआई विकासको सम्भावनाप्रति आशा झन बलियो भएको हो । चीन सरकारले प्रविधि क्षेत्रमा स्टार्टअपहरूलाई आपूर्तिकर्तासँग जडान गर्न, वित्तीय सहायता पुर्याउन र विदेशी डाक्टरेटधारीहरूलाई आकर्षित गर्न उल्लेखनीय प्रोत्साहन घोषणा गरेको छ । यसमार्फत व्यक्तिगत रूपमा ३०-५० लाख युआन (करिब ५ करोड ७० लाखदेखि ९ करोड ५० लाख नेपाली रुपैयाँ) नगद सहायता, ८ लाख युआन ( करिब १ करोड ५२ लाख नेपाली रुपैयाँ) को घर भाडा अनुदान र अनुसन्धानका लागि ३० लाख युआन (करिब ५ करोड ७० लाख नेपाली रुपैयाँ) सम्मको बजेट उपलब्ध गराइन्छ । चुनौती र सम्भावना दुवै यद्यपि, गोल्डम्यान स्याच्सले अन्य क्षेत्रहरूमा वृद्धि नरहेको जनाउँदै आर्थिक चुनौतीलाई पनि औंल्याएको छ । युरोपेली संघको अनुसार, 'मेड इन चाइना २०२५’ का सबै लक्ष्य पूरा हुन सकेनन् र केही क्षेत्रमा अति उत्पादनले समस्या निम्त्याएको छ। ईभी उद्योगमा पनि प्रतिस्पर्धा उच्च रहेकाले विकास केही स्थिर देखिएको छ । यद्यपि विश्लेषकहरू विश्वास गर्छन् कि चिनियाँ कम्पनीहरूको घरेलु प्रभुत्व र अन्तर्राष्ट्रिय विस्तार अझ व्यापक हुने सम्भावना प्रबल छ । ट्रम्प, मस्क र टेस्ला अनि ह्वाइट हाउसमा रमिता
स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द : विमान, रेल र यातायात सेवा ठप्प
एजेन्सी । स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति ठप्प हुँदा जनजीवन अस्तव्यस्त बनेको छ । अचानक आएको ठूलो विद्युत् संकटका कारण एयरलाइन्स, मेट्रो, रेल सेवा र सडक यातायात प्रभावित भएका छन् । स्पेनको विद्युत् कम्पनी रेड इलेक्ट्रिकाले देशभर बत्ती जानु र आपूर्ति पुनःस्थापना गर्न प्रयास जारी रहेको जनाएको छ । यता, पोर्चुगलको एयरलाइन्स टीएपी एयरले यात्रुहरूलाई अर्को सूचना नआएसम्म विमानस्थल नजान आग्रह गरेको छ । स्पेन र पोर्चुगल दुवै देशका अधिकारीहरूले साइबर आक्रमण भएको कुनै संकेत नभएको स्पष्ट पारेका छन् । पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले र युरोपेली परिषद्का अध्यक्षले पनि विद्युत् संकटको पछाडि साइबर हमलाको आशंका नगर्न आग्रह गरेका छन् । स्पेनमा म्याड्रिड ओपन टेनिस प्रतियोगिता स्थगित गरिएको छ भने लिस्बन र पोर्टोका मेट्रो सेवा र रेल सेवा ठप्प छन् । सडक यातायातमा ट्राफिक बत्तीहरू बन्द हुँदा अव्यवस्था देखिएको छ । बिजुली आपूर्ति पूर्ण रूपमा सामान्य हुन एक हप्ता लाग्न सक्ने बीबीसीले उल्लेख गरेको छ । स्पेनका केही भागमा बत्ती फर्किए पनि रेल सेवा अझै सञ्चालनमा आएको छैन । म्याड्रिड मेट्रोका सबै लाइनहरू बन्द गरिएका छन् । यस संकटपछि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले राष्ट्रिय सुरक्षा सम्बन्धी विशेष बैठक बोलाएका छन् । स्थानीय प्रशासनले नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र जहाँ छन् त्यहीँ बस्न आग्रह गरेको छ । यात्रुहरू रेलबाट झारिएको, विमानस्थलमा उडानहरू रद्द भएका, र इन्टरनेट तथा मोबाइल सेवामा समेत अवरोध आएको जनाइएको छ ।
ट्रम्प, मस्क र टेस्ला अनि ह्वाइट हाउसमा रमिता
काठमाडौं । अर्बपति एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि आफ्नो काम सीमित गर्दैगर्दा उनले अर्को वर्षको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीका लागि ठूलो दाता बन्ने तयारी गरिरहेका छन् । गत हप्ता ह्वाइट हाउसमा आफ्नो लागत कटौतीको भूमिका मुख्यतया समाप्त भएको घोषणा गरेपछि मस्कले आफ्नो पैसा र सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई सरकारभित्रको समयभन्दा बढी शक्तिशाली राजनीतिक उपकरणका रूपमा देखिरहेका छन् । उनी ट्रम्प प्रशासनको संघीय ब्युरोक्रेसीमा सुधार ल्याउने प्रयासको मुख्य अनुहार बनेका थिए । स्रोतका अनुसार विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले आगामी मध्यावधि चुनावमा रिपब्लिकन उम्मेदवारहरूमा लगानी गर्दै ट्रम्पका राजनीतिक सल्लाहकारको रूपमा प्रभावशाली भूमिका निभाइरहने अपेक्षा गरिएको छ । सरकारी दक्षता विभाग (डोज) को नेतृत्व गर्दै लगभग हरेक संघीय एजेन्सीमा कर्मचारी कटौती निरीक्षण गरेपछि मस्कले लगानीकर्तालाई गत हप्ता मे महिनाबाट डोजसँगको आफ्नो समय साप्ताहिक एक-दुई दिनमा सीमित गर्ने बताएका थिए । विशेष सरकारी कर्मचारीको रूपमा उनी १३० दिन मात्र सेवा गर्न सक्छन्, जुन अवधि मेको अन्त्यमा सकिनेछ । 'मस्क थाकेका र हताश भएका छन्, विशेषगरी उनको कम्पनीमाथि भएका आक्रमणहरूसँग,’ स्रोतले भन्यो । ह्वाइट हाउसका प्रवक्ता ह्यारिसन फील्ड्सले मस्कका राजनीतिक योजनाहरूमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । टेस्लाले पछिल्ला केही महिनामा विभिन्न समस्याहरू झेलेको छ । मस्कको अतिदक्षिणपन्थी राजनीतिप्रति विरोधका कारण कम्पनीको छवि धमिलिएको छ । टेस्लाका गाडीहरू तोडफोड भएका छन् । पुरानो गाडीहरूको बिक्री घटेको छ र स्टक मूल्यले ठूलो गिरावट झेलेको छ । केही लगानीकर्तालाई मस्कलाई राजनीतिबाट बाहिरिन आग्रह गर्न प्रेरित गरेको छ । ट्रम्पको कार्यकालमा १०० दिन पूरा हुँदै गर्दा मस्कले ह्वाइट हाउसलाई दिएको समयलाई संघीय कर्मचारी प्रणालीमा दशकौंपछिको ठूलो रूपान्तरण प्रयास र पारदर्शिताको कमी तथा स्वार्थ द्वन्द्वको प्रश्नले घेरेको छ । मस्कका धेरै कम्पनीहरूको डोजद्वारा लक्षित एजेन्सी र विभागहरूसँग कारोबार थियो । ह्वाइट हाउसले मस्कका व्यावसायीक स्वार्थहरू डोजसँगको भूमिकासँग विरोध नभएको बताएको छ । मस्कले फेब्रुअरीमा पत्रकारहरूलाई भनेका थिए, 'म फोहोर हटाइरहेको छु, मेरो कुनै स्वार्थ द्वन्द्व छैन र म अधिकतम पारदर्शी छु ।’ ट्रम्प ह्वाइट हाउसमा आएसँगै मस्क निर्भीक र परम्परागत मापदण्डहरूबाट मुक्त शक्तिशाली बलका रूपमा देखा परे । फेब्रुअरीको कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी) मा उनले रातो धातुको चेनस देखाउँदै भने, 'यो ब्युरोक्रेसीका लागि चेनस हो ।’ उनले संघीय खर्चबाट २ ट्रिलियन डलर कटौती गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेका थिए । डोजको वेबसाइटले हालसम्म करदाताहरूलाई १६० अर्ब डलर बचत भएको दाबी गरे पनि वेबसाइट त्रुटि र सुधारहरूले भरिएको छ । सुरुवातमा मस्कको बाहिरी ऊर्जालाई स्वागत गरेका मन्त्रीहरूले बिस्तारै उनको रणनीतिसँग सतर्कता देखाउन थालेका थिए । ट्रम्पले विभागीय निर्णय मन्त्रीहरूमा निर्भर हुने स्पष्ट गरेपछि उनीहरूले स्टाफ कटौतीमा मस्कलाई विरोध गर्न साहस बढाए । तर आन्तरिक झगडा रोकिएन । मस्कले ट्रम्पका तीन वरिष्ठ मन्त्रीहरू– स्टेट सेक्रेटरी मार्को रुबियो, ट्रान्सपोर्ट सेक्रेटरी सीन डफी र ट्रेजरी सेक्रेटरी स्कट बेशन्टसँग झगडा गरे । बेशन्टलाई मस्कले एक्समा अनफलो गरेका थिए, जसलाई कतिपयले उनको असन्तुष्टिको संकेत माने । मस्कले ट्रम्पका व्यापार सल्लाहकार पीटर नवारोलाई 'मूर्ख’ भनेका थिए । जसको प्रतिक्रियामा नवारोले भनेका थिए, 'मलाई यसभन्दा खराब पनि भनिएको छ ।’ ट्रम्पले बारम्बार मस्कको साहसको प्रशंसा गरे । तर, ह्वाइट हाउसको विधान मामिला कार्यालयले रिपब्लिकन सांसदहरूबाट मस्कका संघीय कार्यक्रम कटौतीप्रति आक्रोशपूर्ण फोनहरू प्राप्त गरिरहेको थियो । टाउनहलहरूमा मतदाताहरूले मस्क र डोजप्रति आक्रोश व्यक्त गरेका थिए । टेस्लाका लागि समर्थन खोज्दै मस्कमाथि सार्वजनिक आक्रोश बढ्दै गइरहेको बेला उनले ट्रम्पलाई टेस्लालाई समर्थन गर्न आग्रह गरे । मार्च ८-९ को सप्ताहन्तमा मार–ए–लागोमा सँगै यात्रा गर्दा यो छलफल भएको थियो । त्यसपछि उनले रिपब्लिकन सांसदहरूलाई पनि टेस्लालाई समर्थन गर्न आग्रह गरे । केही दिनपछि मार्च ११ मा ट्रम्पले ह्वाइट हाउसमा रातो टेस्ला प्रदर्शन गर्दै टेस्लालाई अमेरिकी नवप्रवर्तनको प्रतीक भने । उनले मोडेल एस टेस्लालाई 'सुन्दर’ भन्दै ह्वाइट हाउसका कर्मचारीहरूका लागि किन्न चाहेको बताए । त्यही साँझ फक्स न्युज होस्ट र ट्रम्पका सहयोगी सीन ह्यानिटीले एक्समा पोस्ट गर्दै भने, 'मैले मेरो नयाँ सेल्फ–ड्राइभिङ टेस्ला अर्डर गरें !’ रिपब्लिकन सेनेटर टेड क्रुजले पनि ट्रम्पको नयाँ टेस्लासँगको फोटो पोस्ट गर्दै लेखे ’यो मैले देखेको सबैभन्दा कूल कुरा हुनसक्छ।’ मार्च १९ मा वाणिज्य सचिव हावर्ड लुटनिकले फक्स न्युजमा गएर दर्शकहरूलाई टेस्लाको सेयर किन्न आग्रह गरेका थिए, जुन आचारसंहिता विरुद्ध हो । ह्वाइट हाउसले भने कुनै नियम उल्लंघन नभएको दाबी गर्यो । ह्वाइट हाउसका फिल्ड्सले भने, 'एलन मस्कले ट्रम्पलाई सहयोगको लागि आग्रह गरेको दाबी पूर्ण रूपमा गलत हो ।’ ट्रम्पले पनि मस्कले आफूलाई कहिल्यै सहयोगको लागि आग्रह नगरेको बताएका छन् । मस्कले पनि आफैले सहयोग मागेको छैन भनेका छन् । २०२४ मा मस्कले चुनावी अभियानका क्रममा ट्रम्प र अन्य रिपब्लिकनलाई २५० मिलियन डलरभन्दा बढी पैसा खर्च गरेका थिए । विस्कन्सिन हारपछि मस्कले ह्वाइट हाउसमा आफ्नो राजनीतिक प्रोफाइल घटाए र एक्समा अन्तरिक्ष र विद्युतीय गाडीहरूबारे बढी पोस्ट गर्न थाले । अमेरिकी नीतिको असर : चिनियाँ उत्पादनमा ठूलो ब्रेक, वैकल्पिक बजारको खोजी