चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो

काठमाडौं । जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले यात्रुको भाडाबाट सात हजार डलर चोरेको आरोपमा बर्खास्त भएपछि ८४ हजार अमेरिकी डलर बराबरको अवकाश प्याकेज गुमाएका छन् । क्योटो सिटीले सन् २०२२ मा एक हजार येन (सात अमेरिकी डलर) ठगी (चोरी) गरेको बसको सुरक्षा क्यामेरामा देखिएको रेकर्डको आधारमा नाम नखुलाइएका ती व्यक्तिलाई बर्खास्त गरेको थियो । चोरीको अभियोगमा एक करोड २० लाख येन (८४ हजार अमेरिकी डलर) भन्दा बढीको अवकाश रकम दिन चालक कार्यरत कार्यालयले अस्वीकार गरेपछि चालकले स्थानीय अदालतमा मुद्दा दायर गरेका थिए जसमा अदालतले सजाय अत्यधिक भएको फैसला सुनाएको थियो ।  स्थानीय अदालतको फैसला उनको पक्षमा आएपनि यस मुद्दामाथि भएको पुनरावेदनपछि सर्वोच्च अदालतले यसलाई उल्टाएको छ । चालकले मुद्दा हारेका छन् ।   नगर कार्यालयको पक्षमा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएपछि नगर कार्यालयको सजाय पुनः कायम भएको छ ।  उक्त व्यक्तिको आचरणले प्रणाली र बस सेवाको प्रभावकारी सञ्चालनप्रतिको जनविश्वासलाई कमजोर पार्न सक्ने फैसला सर्वोच्च अदालतले सुनाएको हो ।  घटनामा पाँच जना यात्रुको एक समूह बसमा पसेर उनलाई एक हजार १५० येन तिरेको फैसलामा उल्लेख छ । चालकले समूहलाई १५० येन मूल्यको भाडा सङ्कलनका लागि सिक्का बाकसमा खसाल्न निर्देशन दिएको र एक हजार येनको बिल हातमा लिएका थिए ।  क्यामेरामा कैद भए तापनि उनले आफ्नो वरिष्ठ अधिकारीले गरेको सोधपुछका क्रममा उनीमाथि लागेको सात डलर चोरीको आरोप अस्वीकार गर्ने प्रयास गरे अर्थात् घटनालाई सही तरिकाले रिपोर्ट गर्न नसकेको देखिन्छ ।  क्योटो सिटीले यो निर्णयको स्वागत गरेको छ । 'प्रत्येक बस चालकले एक्लै काम गर्छन् र जनताको पैसा चलाउँछन्,' क्योटोको सार्वजनिक यातायात ब्यूरोका एक अधिकारी शिनिची हिराईले एएफपीसँग भने, 'हाम्रो कामको यस क्षेत्रसँग सम्बन्धित अनियमितता भएको थियो, हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।'   उनले भने, 'यदि हाम्रो कडा कदमलाई स्वीकार गरिएन भने हाम्रो सङ्गठनमा लापरवाही हुनसक्छ र यसले जनताको विश्वासलाई कम गर्न सक्छ ।'  रासस

प्यालेस्टिनी बालकको तस्बिर सन् २०२५ को विश्व प्रेस फोटो अफ द इयर, शान्त फोटोको चर्को स्वर

काठमाडौं । गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा प्यालेस्टिनी बालकको तस्बिरलाई बिहीबार वर्ल्ड प्रेस फोटो अफ द इयरका रूपमा सम्मानित गरिएको छ । द न्युयोर्क टाइम्सका लागि कतारस्थित प्यालेस्टिनी फोटोग्राफर समर अबु इलुफले खिचेको फोटोमा ९ वर्षीय महमुद अजजोरको हात दुवै काँधमुनि हराइरहेको देखाइएको छ । ‘महमुदकी आमाले मलाई बताएकी सबैभन्दा कठिन कुरामध्ये एउटा के थियो भने जब महमुदलाई पहिलो पटक आफ्नो हात काटिएको महसुस भयो, उनले आमालाई भनेको पहिलो वाक्य थियो, ‘म तपाईंलाई कसरी अँगालो हाल्न सक्छु ?,’ विश्व प्रेस फोटो सङ्गठनले जारी गरेको विज्ञप्तिमा अबु इलुफले भने ।  प्रतिष्ठित फोटो पत्रकारिताको ६८औँ संस्करणको विजेता १४१ देशका ३ हजार ७७८ फोटोग्राफरले पेस गरेको ५९ हजार ३२० प्रविष्टिबाट चयन गरिएको थियो । ‘यो एउटा शान्त फोटो हो जसले चर्को स्वरमा बोल्छ । यसले एउटा केटाको कथा बताउँछ, तर व्यापक युद्धको पनि जसले पुस्तौँसम्म प्रभाव पार्नेछ,’ वर्ल्ड प्रेस फोटोका कार्यकारी निर्देशक जौमाना एल जेइन खोरीले भने ।  सन् २०२४ मार्चमा इजरायली आक्रमणबाट भाग्दा अजजोर घाइते भएको सङ्गठनले एक विज्ञप्तिमा जनाएको छ । ‘उनी आफ्नो परिवारलाई अगाडि बढ्न आग्रह गर्न फर्किएपछि, एउटा विस्फोटले उनको एउटा हात काटिदियो र अर्कोलाई क्षतविक्षत पारिदियो,’ वर्ल्ड प्रेस फोटो साइटेशनले भनेको छ । ‘यस युवा बालकको जीवन बुझिने योग्य छ र यो तस्बिरले महान फोटोपत्रकारिताले के गर्न सक्छ भन्ने देखाउँछ । एक जटिल कथामा तहगत प्रवेश विन्दु प्रदान गर्ने र त्यो कथासँगको भेटलाई लम्ब्याउने प्रोत्साहन,’ निर्णायक समितिकी अध्यक्ष लुसी कोन्टिसेल्लोले भने ।  कोन्टिसेल्लो फ्रान्सेली पत्रिका ले मोन्डेको साप्ताहिक पत्रिकाकी फोटोग्राफी निर्देशक हुन् । विजेता फोटोग्राफर अबु इलुफलाई सन् २०२३ डिसेम्बरमा गाजाबाट निकालिएको थियो र उनी अहिले कतारको राजधानी दोहामा अजजोर बस्ने उही अपार्टमेन्ट कम्प्लेक्समा बस्छन् ।  इजरायलले हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि गाजामा विनाशकारी आक्रमण सुरु गरेको थियो । अक्टोबर ७ मा हजारौँ लडाकूले गाजाबाट दक्षिणी इजरायलमा आक्रमण गरेका थिए । आक्रमणमा अधिकांश सर्वसाधारणहित करिब एक हजार दुई सय मानिस मारिएका थिए भने लडाकूहरूले दुई सय ५१ जनालाई अपहरण गरेका थिए । गाजाको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ५१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएको बताएको छ । यसले नागरिक र उग्रवादीहरू बीचको भिन्नता देखाउँदैन तर मृतकहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका थिए । तिनमा कम्तीमा एक वर्षमुनिका ८७६ शिशु थिए । मन्त्रालयले एक लाख १६ हजारभन्दा बढी मानिस घाइते भएको बताएको छ । हमासले आवासीय क्षेत्र र नागरिक भवनहरूबाट आक्रमण र अन्य सैन्य गतिविधिहरू गरेको भन्दै इजरायलले भारी नागरिक क्षतिका लागि हमासलाई दोष दिन्छ ।  प्रतियोगिताका आयोजकहरूले आप्रवासन र जलवायु परिवर्तनका मुद्दाहरूलाई प्रकाश पार्ने दुई वर्ल्ड प्रेस फोटो फाइनलिस्टहरूको नाम पनि राखेका छन् । गेट्टी इमेजेजका लागि जोन मुरद्वारा खिचिएको कालो फोटोमा चिनियाँ आप्रवासीहरूले अमेरिका–मेक्सिको सीमा पार गरेपछि आफूलाई तताइरहेको देखाइएको छ भने मुसुक नोल्टेको पानोस पिक्चर्स, बर्था फाउन्डेसनका लागि खिचेको एक तस्बिरले ब्राजिलको अमेजन बेसिन क्षेत्रमा सुकेको नदी किनारामा खाना बोकिरहेको एक युवकलाई देखाइएको छ ।  वर्ल्ड प्रेस फोटो फाउन्डेसनले पहिले घोषणा गरेको क्षेत्रीय परिणामहरूमा एसोसिएटेड प्रेस एसिया–प्रशान्त र ओसिनिया क्षेत्रका विजेताहरूमध्ये एक थियो । फोटोग्राफर जे सी हङले कोरिया एडपसन फ्रड शीर्षकको तस्बिरका साथ एकल वर्गमा जित हासिल गरेका थिए भने नोएल सेलिसले फिलिपिन्सबाट फोर स्टर्म, १२ डेज शीर्षकको फोटोका लागि स्टोरिज वर्गमा जित हासिल गरे ।

एकातिर 'अमेरिकालाई महान बनाउने' लक्ष्यमा ट्रम्प, अर्कोतिर कम्पनीहरू धमाधम डुब्दै

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक आफ्नो देशलाई 'महान' बनाउने अभियानमा छन् र त्यसका लागि उनले विश्वका धेरै देशहरूमा ट्यारिफ (शुल्क) लगाएका छन् ।  तर अर्कोतिर अमेरिकामा कम्पनीहरू तीव्र गतिमा डुबिरहेका छन् । सन् २०२५ को पहिलो त्रैमासिकमा मात्रै १८८ ठूला कम्पनीहरू डुबिसकेका छन् । अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा यो संख्या ४९ ले बढी हो । यो संख्या सन् २०१० यताकै कुनै पनि त्रैमासिकको सबैभन्दा उच्च हो । यहाँसम्म कि २०२० मा फैलिएको कोरोना महामारीको समयमा पनि यो संख्या १५० नाघेको थिएन । यसरी हेर्दा अमेरिकामा ठूला कम्पनीहरू टाट पल्टिने मामिलामा १५ वर्ष पुरानो रेकर्ड यसपालि टुटेको छ । सन् २०२४ मा कुल ६९४ ठूला कम्पनीहरू टाट पल्टिएका थिए ।  कुन क्षेत्र बढी प्रभावित ? २०२५ को पहिलो त्रैमासिकमा सबैभन्दा बढी असर औद्योगिक क्षेत्रमा परेको देखिन्छ, जहाँ ३२ कम्पनीहरू टाट पल्टिएका छन् । त्यस्तै, उपभोक्ता क्षेत्रमा २४ कम्पनीहरू र स्वास्थ्य सेवा क्षेत्रमा १३ कम्पनीहरूले आफैलाई टाट पल्टेको घोषित गरेका छन् । धेरै विश्लेषकहरूको भनाइ छ कि विदेशी सामानमा ट्यारिफ बढ्दा देशभित्र महँगी बढ्नेछ र त्यसले देशलाई मन्दीको चपेटामा ल्याउनेछ। राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा २४५ प्रतिशतसम्मको ट्यारिफ लगाएका छन्। यसको असरस्वरूप धेरै अमेरिकी कम्पनीहरू चीनबाट उत्पादन हटाउने तयारीमा छन्। तर, अमेरिका भित्रै उत्पादन गर्न खोजेमा लागत अत्यधिक महँगो पर्नेछ। त्यसैले आउँदा दिनहरूमा थप कम्पनीहरू दिवालिया हुने सम्भावना देखिएको छ। मन्दीको खतरा सन् २०१० को पहिलो त्रैमासिकमा २५४ कम्पनीहरू टाट पल्टिएका थिए, जबकि सन् २०२४ को पहिलो त्रैमासिकमा यो संख्या १३९ थियो । विशेषज्ञहरू भन्छन् कि कमजोर वित्तीय अवस्थाका कम्पनीहरू अहिले समस्यामा परेका छन् । उच्च ब्याज दर, ऋण पुनः वित्तीयकरणको कठिनाइ र उपभोक्ता खर्चमा कमीले कम्पनीहरूलाई आर्थिक दबाबमा पारेको छ, जसले टाट पल्टिने घोषणाहरूको संख्या बढाएको हो । अब ट्यारिफ युद्धका कारण ती कम्पनीहरूको अवस्था झन् बिग्रन सक्छ । महँगीले उपभोक्ताहरू खर्च घटाउने सम्भावना छ, जसले मागमा कमी ल्याउनेछ । यही कारणले अमेरिका गहिरो मन्दीमा फस्न सक्ने चिन्ता व्यक्त गरिएको छ । ट्रम्पको अटो शुल्क कायम रहे फोर्ड मोटरले मूल्य बढाउन सक्ने अमेरिकामा मन्दीको आशंका, चीनलाई विश्वमा राज गर्ने मौका