ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको फोन आएको दाबी गरे पनि चीनले अमेरिकासँग व्यापारका विषयमा कुनै वार्ता नभएको शनिबार बताएकोे छ । गत अप्रिल २२ मा टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चिनियाँ नेतासँगको कुराकानी कहिले भएको थियो वा के छलफल भएको थियो भन्नेबारे नबताइकन व्यापार वार्ता भएको दावी गरेका थिए । ट्रम्पले भने, ‘उहाँलाई बोलाइएको छ र मलाई लाग्दैन कि यो मेरोे तर्फबाट भएको कमजोरीको सङ्केत हो ।’ चीनको वाणिज्य मन्त्रालयले बेइजिङ र वासिङ्टनबीच आर्थिक वा व्यापारिक वार्ता भइरहेको भन्ने कुरा बिहीबार नै अस्वीकार गरिसकेको छ । चिनियाँ सामाजिक सञ्जाल विच्याटमा शनिबार पोस्ट गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘चीन र संयुक्त राज्य अमेरिकाबीच कर वृद्धिका विषयमा कुनै परामर्श वा वार्ता भएको छैन, कुनै सम्झौताको त कुरै छाडौँ ।’ वक्तव्यमा ट्रम्प वा सीको नाम उल्लेख गरिएको छैन वा ट्रम्पको फोन वार्ताको दाबीलाई प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन तर संयुक्त राज्य अमेरिकाको कर वृद्धिबारे वार्ता जारी छ भन्ने टिप्पणी ‘भ्रामक बाहेक अरू केही होइन’ भनिएको छ । ‘यो व्यापार युद्ध अमेरिकी पक्षले सुरु गरेको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि अमेरिका वास्तवमै वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहन्छ भने उसले पहिले आफ्नो गल्ती सच्याउनुपर्छ, अरूलाई धम्काउने र दबाब दिन बन्द गर्नुपर्छ र चीनविरुद्धको सबै एकपक्षीय कर वृद्धिलाई पूर्ण रूपमा हटाउनुपर्छ ।’ ट्रम्पले चिनियाँ सामानमा लगाएको करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीचे व्यापार युद्ध सुरु भएको छ । अमेरिकी कर वृद्धिको घोषणासँगै अमेरिका आयात हुने धेरै चिनियाँ उत्पादनमा १४५ प्रतिशत पुगेको छ । चीनले पनि अमेरिकाविरूद्ध प्रतिशोधात्मक कर वृद्धिको घोषणा गरेको छ । ट्रम्पले आगामी केही हप्तामा अमेरिकी व्यापारिक साझेदारहरूसँग सम्झौताको घोषणा गर्ने बताउनुभएको छ । ट्रम्पले चीनतर्फ सङ्केत गर्दै टाइमसँग भने, ‘उनीहरूले सहज महसुस गर्ने धेरै अवस्था रहेका छन् तर अब हामीले तिनीहरूलाई हामीबाट एक ट्रिलियन डलर कमाउन दिनेछैनौं ।’
भूकम्पपछि इस्तानबुलका एक लाखभन्दा बढी बासिन्दाले घर बाहिरै काटे रात
काठमाडौं । इस्तानबुलमा गएको ६.२ म्याग्निच्युडको भूकम्पपछि परकम्पको डरले एक लाखभन्दा बढी मानिसहरूले घर बाहिरै रात बिताएका छन् । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा मस्जिद, विद्यालय र छात्रावासमा १ लाख १ हजार नागरिकलाई अस्थायी आश्रय प्रदान गरिएको जानकारी दिए । प्रभावितहरूलाई मोबाइल खानपान एकाइ तथा पालहरू मार्फत खाना वितरण गरिएको पनि उनले बताए । वातावरण, शहरीकरण तथा जलवायु परिवर्तन मन्त्री मुरत कुरुमका अनुसार फातिह जिल्लामा रहेको एउटा परित्यक्त भवन बाहेक अन्य कुनै आवासीय भवनमा क्षति भएको छैन । स्वास्थ्य मन्त्री केमाल मेमिसोग्लुले भूकम्पको समयमा आतंकित भएर भवनबाट हाम फाल्दा वा भागदौडका क्रममा घाइते भएका ६० जनाको उपचार भइरहेको जानकारी दिए । अहिलेसम्म २३६ जना घाइते भएको पुष्टि भए पनि मृत्यु भने नभएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु इस्तानबुलको तटभन्दा बाहिर मारमारा समुन्द्रमा रहेको थियो ।
ट्रम्पको ट्यारिफको असर जर्मनी, बेलायत र दक्षिण कोरियासम्म देखिन सुरु
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरै देशहरूमाथि रेसिप्रोकल ट्यारिफ (पारस्परिक शुल्क) लगाएका छन् । यद्यपि ९० दिनका लागि यसमा रोक लगाइए पनि यसको प्रभाव अहिलेबाटै देखिन थालिसकेको छ । विश्वका धेरै देशहरूमा उत्पादनमा गिरावट आउन थालेको छ । पर्चेजिङ म्यानेजर्सको सर्वेक्षणअनुसार युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी र बेलायतमा निजी क्षेत्रको उत्पादन घटेको देखिएको छ । दक्षिण कोरियामा अप्रिलको पहिलो २० दिनमा निर्यात ५.२ प्रतिशतले घटेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अमेरिका, बेलायत र जर्मनीसहित धेरै देशहरूको आर्थिक वृद्धिको अनुमान घटाएको छ । ट्यारिफले व्यापारीहरूको मनोबल घटायो सीएनएनको एक रिपोर्ट अनुसार एसएन्डपी ग्लोबल र हामबर्ग कमर्शियल बैंकले जर्मनीका कम्पनीहरूमा गरेको सर्वेमा देखिएको छ कि ट्यारिफको चिन्ता र अनिश्चितताले व्यापारीहरूको भरोसा र मागमा गिरावट आएको छ । जर्मनीको पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) अप्रिलमा ४९.७ रहेको छ, जुन मार्चमा ५१.३ थियो । पीएमआई निर्माण र सेवा क्षेत्रका गतिविधिहरूको मापन हो । यदि यो ५० भन्दा कम छ भने त्यसको अर्थ उत्पादन घटिरहेको छ भन्ने जनाउँछ । निर्यातको भूमिका अर्थशास्त्रीहरूका अनुसार जर्मनीमा उत्पादनमा आएको गिरावटका पछाडि विभिन्न कारण हुन सक्छन् । ट्यारिफसँग सम्बन्धित अन्तर्राष्ट्रिय अनिश्चितताका साथै यसले देशभित्रको आर्थिक कमजोरीलाई पनि देखाउँछ । यसको अर्थ केवल कर मात्र नभई जर्मनीको आफ्नै अर्थव्यवस्था पनि कमजोर भइरहेको छ । आईएमएफका अनुसार यस वर्ष जर्मनीको आर्थिक वृद्धि दर शून्य रहने अनुमान गरिएको छ । जर्मनीको अर्थव्यवस्थामा निर्यातको महत्त्वपूर्ण भूमिका रहन्छ । बेलायतको अवस्था त्यस्तैगरी, बेलायतमा एसएन्डपी ग्लोबलले भनेको छ कि सर्वेमा सहभागीहरूले अमेरिकी ट्यारिफले नराम्रो असर पारेको बताएका छन् । यसले ग्राहकहरूको विश्वासमा पनि गिरावट ल्याएको छ । यस महिना देशको पीएमआई ४८.२ रहेको छ, जुन नोभेम्बर २०२२ पछि सबैभन्दा कम हो । रिसर्च फर्म प्यान्थिन म्याक्रो इकनमिक्सका प्रमुख यूके अर्थशास्त्री रोब वुडले भने, ’यसमा कुनै शंका छैन कि अमेरिकी राष्ट्रपतिको ट्यारिफले बेलायतको वृद्धि दरलाई सुस्त पारेको छ ।’ यद्यपि उनले यो पनि भने कि तत्काल मन्दी देखिएको छैन। दक्षिण कोरियाको अवस्था ट्रम्पको आयात ट्यारिफका कारण विश्वव्यापी व्यापारमा गिरावट आएको देखिएको छ । दक्षिण कोरियाको भन्सार सेवाले जनाएको छ कि अप्रिलको पहिलो २० दिनमा निर्यात ५.२ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको अर्थतन्त्रमा पनि निर्यातको ठूलो भूमिका छ । आईएनजीका वरिष्ठ अर्थशास्त्री मीन जू काङले भने, 'यो डेटा व्यापारको दिशा देखाउने महत्त्वपूर्ण सूचक हो ।’ यो सर्वेका लागि डेटा अप्रिल ९ देखि २२ बीच सङ्कलन गरिएको थियो, जसले अहिलेको अवस्था स्पष्ट पार्दछ । ट्यारिफ युद्धको धुवाँ सेलाउँदै, अमेरिका र चीन वार्तातर्फ उन्मुख अमेरिकामा बढ्दो जोखिमको डरले स्वीस बैंकमा खाता खोल्नेको संख्या बढ्दै