मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ९.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९०.८७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ४२८ रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३९०.८७ रुपैयाँलाई आधार मानेर हुनेछ ।

नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल इन्स्यारेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९५.४५ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ८७५ रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीके पहिलो कारोबार प्रतिकित्ता ७९५.४५ रुपैयाँलाई आधार मानेर हुनेछ ।

डबल सर्किट लाग्दा पनि यी ४ लघुवित्तको सेयर मूल्य घट्यो

काठमाडौं । सेयर बजारमा डबल सर्किट लागेर ४० मिनेट बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारमा आएका २२३ कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये विभिन्न ५ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । नेप्सेका अनुसार ११ बजारे २७ मिनेटसम्म हिमालयन हाइडोपावर, त्रिशुली जलविद्युत कम्पनी, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, सीवाईसी नेपाल लघुवित्त र पाँचथर पावकर कम्पनीको सेयर मूल्य ९.७६ प्रतिशतभन्दा बढी बढेको हो । तर, नेप्सेमा २११ कम्पनीको सेयर मूल्य बढेर हरियाली छाउँदा विभिन्न ४ कम्पनीको सेयर मूल्य भने घटेको छ । ग्लोबल आइएमई लघुवित्तको २ प्रतिशत, उपकार लघुवित्तको ०.४२ प्रतिशत, आशा लघुवित्तको ०.२८ प्रतिशत र कालिका लघुवित्तको ०.००५ प्रतिशतले सेयर मूल्य घटेको छ । दोस्रो सर्किटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ प्रतिशत अर्थात् ९२.७३ अंकले बढेर १९४५.५१ अंकमा पुगेको हो । यस्तै, २२३ कम्पनीको सेयर खरिद बिक्री हुँदा २९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

थामिएन बजारको पहिरो, १६१ कम्पनीको सेयर मूल्य घट्दा सबैभन्दा बढी विशाल बजारको

काठमाडौं । करिब एक सातादेखि सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । मंगलबारको बजारमा पनि सेयर मूल्य मापक नेप्से परिसूचक दोहोरो अंक अर्थात १०.१० अंकले घटेर १८३७.७१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५४ प्रतिशतले घटी हो । बजारमा नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने सुधार आएको छ । सोमबार एक अर्ब १९ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार एक अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी माउन्टेन इनर्जी नेपालको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ३६ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने प्रतिकित्ता ४२.७० रुपैयाँले घटेर प्रतिकित्ता ४३४.९० रुपैयाँमा झरेको छ । मंगलबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । ६२ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा १६१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ । बजारमा सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता २५ रुपैयाँले बढी हो । त्यस्तै, विशाल बजार कम्पनीको सेयर मूल्य ९.५३ प्रतिशतले घटेर प्रतिकित्ता ३४१० रुपैयाँमा झरेको छ । जुन सोमबारको तुलनामा प्रतिकित्ता ३५९.४० रुपैयाँले घटी हो ।

सिंघानिया श्रीमान-श्रीमती झगडाले रेमण्डको सेयर मूल्य १० दिनमा १५ प्रतिशत घट्यो

एजेन्सी । भारतका अर्बपति उद्योगपति तथा व्यापारिक घराना रेमण्डका सञ्चालक गौतम सिंघानिया र उनकी श्रीमती नवाज मोदीबीच सम्बन्धविच्छेदको विवाद जारी छ । र, यसको असर रेमण्ड कम्पनीमा पनि बढ्दै गएको छ । नोभेम्बर १३ यता कम्पनीको सेयरमा निरन्तर गिरावट (रेमण्ड सेयर गिरावट) रेकर्ड भइरहेको छ । अब सिंघानियालाई आफ्नी श्रीमतीले लगाएको कुटपिटको आरोपबीच यस मामिलामा दोहोरो झट्का लागेको छ । एक प्रोक्सी सल्लाहकार फर्मले रेमण्डका स्वतन्त्र निर्देशकहरूलाई आवश्यक परे सिंघानियाविरुद्ध उनकी श्रीमतीले लगाएको आरोपको छानबिन गर्न आग्रह गरेको छ । बिजनेस टुडेको रिपोर्टअनुसार प्रोक्सी सल्लाहकार फर्म संस्थागत लगानी सल्लाहकार सेवा (लिस) ले सिंघानिया र नवाज दुवैलाई अनुसन्धान क्रममा बोर्डबाट टाढा रहन आग्रह गरेको छ र यस अवधिका लागि अन्तरिम सीईओ नियुक्त गर्न सुझाव दिएको छ । फर्मले रेमण्डका स्वतन्त्र निर्देशकहरूलाई आवश्यक परे कम्पनीलाई प्रवर्द्धकबाट जोगाउन आग्रह गरेको छ । एउटा पत्रमा फर्मले भनेको छ, ‘हामी विश्वास गर्छौं कि दुई प्रवर्द्धकबीच कुनै पनि सम्झौताको अर्थ अनुसन्धानले अन्यथा नदेखिएसम्म त्यस्तो व्यवहारलाई माफी दिन सकिँदैन ।’ सल्लाहकार फर्मले सञ्चालकलाई एकजनाले अर्का सदस्यमाथि यस्तो गम्भीर र घृणित आरोप लगाए पनि मौन बसेको भन्दै संयमित हुन सञ्चालकहरूलाई आग्रह गरेको छ । पछिल्लो केही दिनमा सेयर मूल्यमा आएको उल्लेख्य गिरावट देखेर प्रष्टै बुझ्न सकिने यो विषयका कारण रेमण्डका लगानीकर्ताहरू चिन्तित छन् । फर्मले भन्यो, ‘तपाईंको मौनताको गलत व्याख्या हुन सक्छ।’ आईआईएएसले सिंघानियाविरुद्ध नवाजको कम्पनीको कोषलाई व्यक्तिगत लाभका लागि प्रयोग गरेको आरोपमा छानबिन गर्न पनि सुझाव दिएको छ । १० दिनमा सेयर १५ प्रतिशतभन्दा बढीले घट्यो गौतम सिंघानियाले आफ्नी श्रीमतीबाट अलग भएको घोषणा गरेपछि रेमण्ड स्टकमा गिरावट आएको छ । अन्तिम कारोबार दिन मंगलबार पनि कम्पनीको सेयर मूल्य ४.९९ प्रतिशतले घटेर दिनकै न्यून १५६६.९० रुपैयाँमा झरेको छ । यो मूल्यमा लगातार १० कारोबार सत्रहरूमा सेयर मूल्य १७.६५ प्रतिशतले घटेको छ । आईआईएएसले कम्पनीका स्वतन्त्र निर्देशकहरूलाई नवाज र सिंघानियाबीच लामो समयदेखि चलिरहेको तिक्ततापूर्ण लडाइँबाट कम्पनीलाई बचाउनुपर्ने भन्दै उक्त कार्यले कम्पनीलाई बचाउन सुझाव दिएको छ । आईआईएएस कम्पनीका स्वतन्त्र निर्देशकहरूलाई स्वतन्त्र कानुनी सल्लाहकार छान्न पनि सुझाइएको छ । यद्यपि, त्यो वकिलको रेमण्ड समूह वा सिंघानिया परिवारसँग कुनै सम्बन्ध हुनुहुँदैन । गौतम सिंघानियाले दिपावलीको एक दिनपछि नोभेम्बर १३ मा सोसल मिडियामा नवाजसँग अलग भएको घोषणा गरेका थिए । यसपछि नवाजले सम्बन्धविच्छेदको सट्टामा सिंघानियाको सम्पत्ति (गौतम सिंघानिया नेटवर्थ) को ७५ प्रतिशत हिस्सा आफ्ना छोरी निहारिका र निशाका लागि मागेकी थिइन् । रेमण्डका प्रमुख प्रबन्ध निर्देशक (सीएमडी) सिंघानिया करिब १ खर्ब १६ अर्ब २० करोड रुपैयाँबराबर सम्पत्तिका मालिक हुन् । यसैबीच सिंघानियाले बोर्ड र कर्मचारीहरूलाई उनको व्यक्तिगत समस्या भए पनि रेमण्डमा सबै सामान्यरूपमा चलिरहेको इमेलमार्फत बताएका छन् । ‘मिडिया मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित विषयका समाचारले भरिपूर्ण छ, यसबारेमा टिप्पणी नगर्ने निर्णय गरेको छु, मेरा लागि परिवारको गरिमा कायम राख्नु सबैभन्दा महत्त्वपूर्ण छ,’ गौतमले इमेलमा लेखेका छन्, ‘म सीएमडीका रूपमा दृढ छु र यसमा पूर्णप्रतिबद्ध छु । मेरा लागि यो कठिन समयमा पनि म तपाईंलाई आश्वासन दिन्छु कि रेमण्डमा सबै कुरा सामान्यरूपमा चलिरहेको छ ।’

ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको एक प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २०८.९१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता २११ रुपैयाँ थियो । यससँगै बुधबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २०८.९१ रुपैयाँलाई आधार मानेर हुने छ ।

लाभांश घोषणापछि नबिल बैंकको सेयर मूल्य ओरालो लाग्यो

काठमाडौं । लाभांश घोषणा गरेकै दिन नबिल बैंकको सेयर मूल्य ओरालो लागेको छ । सेयर बजार खुलेदेखि पौने १ बजेसम्म कारोबार हेर्दा बैंकको सेयर मूल्य ८.४८ प्रतिशत अर्थात् ५० रुपैयाँ घटेको हो । १२ बजेर ४५ मिनेटसम्मको तथ्याङ्क हेर्दा बैंकको सेयर मूल्य ५१३.४० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, सबैभन्दा धेरै कारोबार हुने र टप लुजर कम्पनीमा नबिल बैंक अग्रस्थानमा छ । पछिल्लो विवरण अनुसार बैंकको १ लाख ३० हजार ६०२ कित्ता सेयर १ हजार ६९० पटक खरिदबिक्री हुँदा ६ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकको सेयर ५६१ रुपैयाँमा खुलेको थियो । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले गत वर्षको नाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै मूल्य घट्न थालेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश हालसम्मकै न्यून हो । यसअघि आर्थिक वर्ष २०७८/७९मा १८.५ प्रतिशत बोनस सेयर ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेप्सेमा आरएसडिसी लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ । लघुवित्तको ८.६० प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ४८७.७५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता ५२९.७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

नेप्सेमा दोहोरो अंकको गिरावट, लाभांश घोषणा गरेकै दिन घट्यो ग्लोबल आइएमईको सेयर मूल्य

काठमाडौं । साताको पहिलो कारोबार दिन पुँजी बजार ओरालो लागेको छ । आइतबारको बजार सूचक दोहोरो अंकले घटेको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४६ अंकले घटेर १८२६.२३ बिन्दुमा बन्द भएको हो । आज दिनभरिमा २८९ कम्पनीको ३५ लाख ५८ हजार कित्ता सेयर ३९ हजार ३२२ पटक खरिद बिक्री हुँदा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार एनआईसी एशिया लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । लघुवित्तको सेयर मूल्य ६.९७ प्रतिशत बढेर ६१४ रुपैयाँमा अन्तिम कारोबार भएको देखिन्छ । यस्तै, तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ५.४७ प्रतिशत बढेर ७११.९० रुपैयाँ अन्तिम कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार हिमालयन लघुवित्तको सेयर मूल्य १० प्रतिशत घटेको छ । आइतबार वित्तीय विवरण सार्वजनिक गरेको लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । आइतबार नबिल बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको सेयर प्रतिकित्ता ३०७.२० रुपैयाँमा १ लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ । यस्तै, आइतबार लाभांश घोषणा गरेको ग्लोबल आइमएई बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य २.४३ प्रतिशत घटेर प्रतिकित्ता २०१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । तर, बैंकको सेयर कारोबार भने ३ करोड १७ लाख ७९ हजार रुपैयाँको भएको नेप्सेको तथ्याङ्क छ ।

घलेम्दी हाइड्रोको सेयर मूल्य समायोजन

काठमाडौं । घलेम्दी हाइड्रोको सेयर मूल्य समायोजन भएको छ । २०० प्रतिशत हकप्रदको लागि हाइड्रोको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता १२४.८७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता १७४.६० रुपैयाँ थियो । यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता १२४.८७ रुपैयाँलाई आधार मानेर हुने छ ।

२ वर्ष लाभांश रोक्दा सेयर मूल्य ६७%ले बढ्यो, १७ औं स्थानबाट प्रथम

अर्थतन्त्रमा सम्पत्तिको बजार मूल्य करिब (क्रयास) जस्तै भएको, लगानीकर्ताहरुमा आत्मविश्वासको कमी भई समग्र वाणिज्य बैंकहरुको कर्जा असुलीमा गम्भीर प्रभाव परेको अहिलेको यस्तो चुनौतिपूर्ण अवस्थाको बाबजुद पनि मैले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेको एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० मा उत्साहजनक उपलब्धी हासिल गर्न सफल भएको छ । बैंकले आफ्नो व्यवसायमा गुणात्मक वृद्धि हासिल गरी मुनाफामा वृद्धि गर्नको लागि तय गरेको पञ्चवर्षीय व्यवसायिक योजना अठोट २२-२७ अन्तर्गतको पहिलो आर्थिक वर्ष २०७९/८० मा बैंकले हरेक वित्तीय सूचकहरुमा उत्साहजनक नतिजा ल्याउन सफल भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा कुल कर्जा रकम रु. २७१.६ अर्ब, कुल निक्षेप रकम रु. ३१४.३१ अर्ब, लगानी रु. ३५.५३ अर्ब र कुल सम्पत्तिको आकार रु. ३६४.०९ अर्ब पुर्‍याउन बैंक सफल भएको छ । त्यसैगरी, गत आर्थिक वर्षमा बैंकले कुल संचालन आम्दानी रु. १५.०३ अर्ब, संचालन मुनाफा रु. ६.५४ अर्ब र खुद मुनाफा रु. ४.४४ अर्ब आर्जन गर्न सफल भएको छ । समग्रमा, गत वर्ष हामी बैंकिङ्ग क्षेत्रमा देशकै सर्वोत्कृष्ट बैंकहरुको सूचिमा कायम रहन सफल भएका छौं । समग्रतामा बैंकले विगत ५ आर्थिक वर्षहरुमा धेरै उपलब्धि हासिल गरेको छ । बैंकको कुल निक्षेप आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १५१ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. ३१४ अर्ब पुगेको छ । बैंकको कुल कर्जा आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १२१ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. २७२ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको कुल कर्जा २.२५ गुणा पुगेको छ । बैंकको बचत निक्षेप तर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. ४८ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. ८७ अर्ब पुगेको छ । बैंकको ब्याज नपर्ने निक्षेपतर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १२ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. ३६ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको ब्याज नपर्ने निक्षेप ३.१३ गुणा पुगेको छ । बैंकको खुद मुनाफा तर्फ आर्थिक वर्ष ०७४/०७५ मा रु. १.३३ अर्ब आर्जन गरेको मुनाफा आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा रु. ४.४४ अर्ब पुगी बैंक साविक १७ औं स्थानबाट चौंथो स्थानमा पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको खुद मुनाफा ३.३३ गुणा बढेको छ । बैंकको प्रति शेयर आम्दानी आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १६.६२ बाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा रु. ३८.४४ पुगी बैंक साविक १७ औं स्थानबाट पहिलो स्थानमा पुग्न सफल भएको छ । बैंकको स्वपूँजीमा प्रतिफलतर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको १२.०९ प्रतिशतबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा १६.३९ प्रतिशत पुगी बैंक साविक १५औं स्थानबाट दोस्रो स्थानमा पुग्न सफल भएको छ । बैंकको ग्राहक संख्या तर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको करिब १३.३३ लाखबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा ३८.५५ लाख पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको ग्राहक संख्या २.८९ गुणा पुगेको छ । बैंकको डेबिट कार्ड प्रयोगकर्ताको संख्यातर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको करिब ३.४१ लाखबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा १८.७८ लाख पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको डेबिट कार्ड प्रयोगकर्ताको संख्या ५.५१ गुणा पुगेको छ । बैंकको बजार पूँजीकरण आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा करिब रु २५.३७ अर्बबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा करिब रु. ९१.७९ अर्ब पूँजी बजार मुल्य प्रतिशेयरको हिसाबले बैंक पहिलो स्थानमा पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको बजार पूँजीकरण ३.६१ गुणा पुगेको छ । प्राविधिक कारणले विगत दुई वर्षदेखि हामीले शेयरधनी महानुभावहरुलाई लाभांश प्रदान गर्न नसकेको भएतापनि शेयरधनीहरुको बजार पूँजीकरण आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा आइपुग्दा ७०.८२ प्रतिशतले सेयर होल्डरको सम्पत्ति बढेको छ । जुन समग्र वाणिज्य बैंकहरुको सोही अवधिमा भएको ९.७२ प्रतिशत भन्दा मात्र थियो । २०७७/०७८ को श्रावण महिनामा रु. १ लाख रुपैया बराबर यस बैंकको साधारण शेयरमा लगानी गरेको भए गत आर्थिक वर्षको आषाढ मसान्त सम्ममा आइपुग्दा उक्त लगानी ६७ प्रतिशतले वृद्धि भई रु. १ लाख ६७ हजार पुगेको छ, जुन समग्र वाणिज्य बैंकहरुमा सोही अवधिमा सोही रकमको लगानीबाट प्राप्त भएको प्रतिफलको हिसावले सबैभन्दा बढी रहेको छ । प्रतिसेयर बजार मूल्य, प्रतिसेयर आम्दानी, प्रतिसेयर बुक भ्यालुको हिसावले बैंक पहिलो स्थानमा रहेको यस बैंकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ३०.५२६३ प्रतिशत लाभांश (२९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश) वितरण गर्न सफल भएको छ । (एनआईसी एशिया बैंकमा प्रमुख कार्यकार अधिकृत न्यौपानेले २६ औं वार्षिक साधारणसभामा व्यक्त विचारको सारांश)

सानिमा माइ हाइड्रोको सेयर मूल्य समायोजन

काठमाडौं । सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २९७.२७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३२७ रुपैयाँ थियो । यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता २९७.२७ रुपैयाँलाई आधार मानेर हुने छ ।

सानिमा बैंकको ९ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । आइतबार सानिमा बैंकको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । बैंकको ९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २४७.४३ रुपैयाँ कायम भएको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता २६९.७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यससँगै सोमबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २४७.४३ रुपैयाँलाई आधार मानेर हुने छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न कात्तिक २ गते कुण्डलिनी दरबार ब्यान्केट चण्डोल काठमाडौंमा बिहान ११ बजे १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । आइतबार एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । एनआईसी एशियाको २९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ५९०.३१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ७६१.५० रुपैयाँ थियो । यससँगै सोमबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ५९०.३१ रुपैयाँलाई आधार मानेर हुने छ । त्यस्तै, एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ५१४.५५ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ५६६ रुपैयाँ थियो । यससँगै सोमबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ५१४.५५ रुपैयाँलाई आधार मानेर हुने छ ।

सिटिजन लाइफको पहिलो दिन : कारोबार सर्वाधिक, सेयर मूल्य कति ?

काठमाडौं । दोश्रो बजारमा प्रवेश गरेको पहिलो दिनमै सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन आइतबार कारोबारमा आएका अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो । कारोबारमात्रै नभई कारोबार संख्या र सेयर संख्याको आधारमा पनि कम्पनी अग्रस्थानमा छ । कम्पनीको कूल ३ लाख १८ हजार ७२४ कित्ता सेयर कूल २४ हजार ५६७ पटकमा किनबेच भएको छ । यता कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । पहिलो कारोबार ५०८ रुपैयाँमा कम्पनीको सेयर दिनभरमा घटेर प्रतिकित्ता ४५७.२० रुपैयाँमा झरेको छ । जुन रकमको आधारमा ५०.८० रुपैयाँले घटी हो । समग्रमा आइतबारको सेयर बजार ३३.२० अंकले घटेर १९७१.१० बिन्दुमा झरेको छ । जुन गत बुधबारको तुलनामा १.६५ प्रतिशतले घटी हो । बजारमा एक अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भने गत बुधबारको तुलनामा बढी हो । गत बुधबारको बजारमा एक अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । घटेकामध्ये पनि १० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । जसमध्ये पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३.३० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २३२.६६ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता २६३.६० रुपैयाँ थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २३२.६६ रुपैयाँलाई आधार मानेर हुने छ ।

समाज लघुवित्तको सेयर मूल्यले खुलाएको आँखा !

काठमाडौं । सेयर बजारप्रति आम मानिसको चासो बढ्दो छ । सेयर बजारमा लगानीकर्ता जोडिनेक्रम जारी छ । नयाँ लगानीकर्तासँगै पछिल्लो सेयर बजारमा नयाँ कम्पनी थपिने क्रम जारी छ । एकपछि अर्काे गर्दै नयाँ-नयाँ कम्पनी दोस्रो बजारमा सूचीकृत भइरहेका छन् । दोस्रो बजारमा नयाँ कम्पनी सूचीकृत भएसँगै आईपीओमा लगानी गरेको रकम पनि डुब्ने खतरा बढेको छ । जस्तोसुकै कम्पनीको आईपीओमा पनि लगानीकर्ताहरुले आँखा चिम्लिएर आवेदन दिइरहेका छन् । दोस्रो बजारमा सूचीकृतपश्चात् पनि लगानीकर्ता पछुताउनु परेको छैन । तर, दोस्रो बजारमा एउटा यस्तो कम्पनी छ, जसले लगानीकर्ताको आँखा खुलाएको छ । त्यो कम्पनी हो, समाज लघुवित्त वित्तीय संस्था । समाज लघुवित्तले तीन वर्षअघि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्काशन गरेको थियो । तर, दोस्रो बजारमा सूचीकृतपश्चात् लघुवित्तको सेयर कारोबार अंकित मूल्यभन्दा कममा भयो । दोस्रो बजारमा अधिकांश कम्पनीको पहिलो कारोबार अंकित मूल्यभन्दा बढीमा नै हुने गरेको छ । तर, समाज लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ७२ रुपैयाँमा भयो । लघुवित्तको सेयर कारोबारमा आएको २ महिनासम्म पनि लगानीकर्ताले आफ्नो लगानी उठाउन सकिरहेका छैनन् । हाल लघुवित्तको सेयर कारोबार प्रतिकित्ता ७४ रुपैयाँमा कारोबार भइरहेको छ । प्रतिकित्ता १ सय रुपैयाँका दरले १० कित्ता सेयर १ हजार रुपैयाँमा पाएका लगानीकर्ताको अझै २६० रुपैयाँ घाटा रहेको छ । पछिल्लो समय जस्तो कम्पनीले पनि आईपीओ निष्काशन गरेपनि आँखा चिम्लिएर आवेदन दिने लगानीकर्ताका लागि समाज लघुवित्तको सेयर मूल्यले भने सचेत गराएको छ । आईपीओमा आवेदन दिँदा कम्पनी राम्रो वा नराम्रो कस्तो छ भनेर अध्ययन गर्न आवश्यक रहेको भनेर देखाएको लगानीकर्ता बताउँछन् । लगानीकर्ता माधव खनाल समाज लघुवित्तको सेयरमा चलखेल भइरहेको बताउँछन् । प्रमोटर-प्रमोटरबीच कारोबार भइरहेको उनको दाबी छ । सेयर मूल्य अंकित मूल्य कम भएकाले कम्पनीको सेयर होल्ड गरेर बस्न लगानीकर्तालाई उनले सुझाव दिए । कम मूल्यमा सेयर बिक्री गर्दा आफ्नो लगानी पनि नउठ्ने भएकाले सचेत हुन उनले आग्रह गरे । ‘लगानीकर्ताहरुले किन्न चाहेका छन् तर, सेयर खरिद गर्न पनि पाईंदैन किनकी चलखेलमा परेको छ, प्रमोटर-प्रमोटरबीच कारोबार भइरहेको छ, बाउको नाममा भएको सेयर छोराको नाममा सार्ने छोराको नाममा भएको सेयर अर्काको नाममा सार्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिले सस्तोमा सेयर खरिद गरेर पछि मूल्य बढाउन खोजेको देखिन्छ, अहिले कुनै पनि लघुवित्तको सेयर मूल्य ४ सय रुपैयाँ भन्दा कम छैन, त्यसैले लगानीकर्ता आफैं सचेत हुनु पर्छ, लगानीकर्ता आफूले आफूलाई जोगाउने समय हो, अन्य लगानीकर्ता थुतेर, तानेर, डराएर लिन पनि सक्छन् । त्यसबाट लगानीकर्ता सजग हुनु पर्छ ।’ आईपीओ भर्दा हौसिने वा आकर्षित हुने लगानीकर्ताहरुलाई समाज लघुवित्तको सेयर मूल्यबाट सचेत हुनु उनले आग्रह गरे । साथै, केही जलविद्युत कम्पनीको सेयर मूल्यबाट पनि सजग हुनु पर्ने अवस्था आएको उनको भनाइ छ । ‘पहिला लगानीकर्ताहरुले कम्पनीको नेटवर्थ, आम्दानी, व्यवसाय कति छ भनेर अध्ययन गरेर मात्रै आईपीओमा लगानी गर्थे, कोरोनापछि भने जस्तो कम्पनी भएपनि झ्याप्प हाल्न थाले, सेयर बजार फलाउने ठाउँ हो, आज लगानी गर्याे भने भोलि डबल हुन्छ भन्ने मानसिकता बन्यो,’ उनले भने, ‘हाइड्रोपावर कम्पनीहरुले धमाधम आईपीओ जारी गरिरहेका छन् तर, खोलामा हेर्न जाने हो भने कम्पनी देखिँदैनन् ।’ लगानीकर्ता राजु पौडेलले समाज लघुवित्तले १ सय रुपैयाँमा आईपीओ बिक्री गरेर ७४ रुपैयाँमा सेयर मूल्य झर्नु दुर्भाग्य भएको बताए । कम्पनीको रिपोर्ट वास्तविक हो की कागजी रिपोर्ट हो भनेर अध्ययन गर्न एक्सपर्ट टिम खडा गर्नु पर्ने उनको माग छ । जुन टिमले अध्ययन गरेर कम्पनीलाई आईपीओ बिक्री गर्न अनुमति दिनु पर्ने उनको धारणा छ । ‘यस्ता कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिनु भनेको ‘दालमे कुछ काला हे’ भने जस्तै हो, सबै प्रक्रिया पुर्याएको छ भन्दैमा धितोपत्र बोर्डले बिना अध्ययन अनुमति दिनु गलत हो, प्रक्रिया पुरा गर्दा अडिटर पनि बिकेका हुन्छन्, त्यो प्रक्रिया पुरा गर्याे भन्दैमा अन्धाधुन्दा अनुमति दिनु भएन,’ उनले भने, ‘प्रक्रिया पुरा गरेर आउँदा रिपोर्ट जस्तो पनि बनाएको हुन सक्छ, कागजी रिपोर्ट जसले पनि पुरा गरेको हुन्छ, भौतिक रिपोर्ट लगानीकर्ताले देख्न पाउनु पर्छ, त्यो कागजी रिपोर्ट सही हो की होइन भनेर छानबिन गर्न एक्सपर्ट टिम खडा गर्नु पर्छ तब मात्रै लगानीकर्ताहरु यस्ता कम्पनीमा फस्न सक्ने सम्भावना कम हुन्छ ।’ समाज लघुवित्तको सेयर मूल्य अपवाद मात्रै भएको उनको भनाइ छ । उनका अनुसार हाइड्रोपावर कम्पनीले अनुमति पाएर आईपीओ बिक्री गरिसकेका छन् तर, भौतिक रुपमा कम्पनी फिल्डमा हुँदैन । कतिपय कम्पनीहरु खोलाले बगाएर अस्तित्व नै मेटिसकेका रहेको उनको दावी छ । लगानीकर्ता छोटेलाल रौनियार आईपीओमा आवेदन दिँदा कम्पनीको नेटवर्थ हेर्नु पर्ने बताउँछन् । नकारात्मक नेटवर्थ भएको कम्पनीको सेयर १ सय रुपैयाँमा निकाल्दा लगानीकर्ताहरुलाई घाटा नै रहेको उनको भनाइ छ । ‘आईपीओमा लगानी गर्दा धेरै विचार गर्नु पर्छ, नेपालमा म्युचुअल फण्डहरु फ्लप भएका छन्, १० रुपैयाँ पर्ने फण्डको ७/८ रुपैयाँमा झरेका छन्, त्यसैले आईपीओ निकाल्दा सबै कम्पनी राम्रो हुन्छ भन्ने हुँदैन,’ उनले भने, ‘कम्पनीको रेटिङ, कम्पनीको नेटवर्थ हेर्नु पर्छ, नकारात्मक नेटवर्थ भएको कम्पनीको सेयर १ सय रुपैयाँमा पनि घाटा हुन्छ, त्यसैले १ सय रुपैयाँमा पायो भन्दैमा खरिद गर्नु पर्छ भन्ने छैन ।’ उनका अनुसार सेयर बजारबारे सचेतनामुलक कार्यक्रम गर्नु पर्ने देखिन्छ । सेयर बजारबारे ज्ञान नभएका लगानीकर्ताहरु पनि बजारमा प्रवेश गरेका कारण कमजोर कम्पनीको आईपीओमा पनि आवेदन पर्ने गरेको उनको भनाइ छ । ‘आँखा खोलेर लगानी गर्नु पर्छ, खुन पसिना बगाएको बचत डुब्ने सम्भावना हुन्छ, कम नेटवर्थ भएका कम्पनीको आईपोमा आवेदन दिन विचार गर्नुपर्छ,’ उनले भने ।

लाभांश घोषणापछि एनआईसी एशियाको सेयर मूल्य घट्यो, कारोबार भने बढ्यो

काठमाडौं । आइतबारको सेयर बजारमा एनआईसी एशिया बैंकको सेयर मूल्य घटेको छ । लाभांश घोषणापछि भएको पहिलो कारोबारमा बैंकको सेयर मूल्य ५ रुपैयाँले घटेको छ । गत बिहीबार प्रतिकित्ता ८१९ रुपैयाँमा भएको बैंकको सेयर कारोबार आइतबार प्रतिकित्ता ८१४ रुपैयाँमा झरेको छ । बैंकले गत शुक्रबार मात्रै सेयरधनीलाई कूल ३०.५ प्रतिशत लाभांश घोषणा गर्ने प्रस्ताव गरेको थियो । एकैपटक तीन आर्थिक वर्षपछि लाभांश घोषणा गर्दा पनि बैंकले कम लाभांश घोषणा गरेकाले लगानीकर्ताहरु खासै खुशी नभएको आइतबारको कारोबारले देखाउँछ । सेयर मूल्य घटेको कम्पनीको सेयर कारोबार भने सर्वाधिक भएको छ । कारोबारमा आएका २७८ वटा स्क्रीप्समध्ये एनआईसी एशियाको मात्रै २७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा आइतबारको बजारमा कूल २ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बिहीबारको तुलनामा ५३ करोड रुपैयाँले बढी हो । कारोबार बढेको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक भने ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.०९ प्रतिशतले घटी हो । राताम्मे देखिएको बजारमा पनि शुभम् पावरको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९८५.६० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ८९.६० रुपैयाँले बढी हो । यता मौलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.२१ प्रतिशतले घटेर प्रतिकित्ता १७१.६० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १७.४० रुपैयाँले घटी हो ।

सोमबार लक्ष्मी सनराइजको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो

काठमाडौं । सोमबारको सेयर बजारमा लक्ष्मी सनराइज बैंकको सर्वाधिकर सेयर कारोबार भएको छ । बैंकको एकैदिन ७ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक कारोबार भएको बैंकको सेयर मूल्य पनि बढेको छ । दिनभरको बजारमा बैंकको सेयर रमूल्य बढेर प्रतिकित्ता १८१.२० रुपैयाँमा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४.७१ प्रतिशतले बढी हो । सोमबारको सेयर बजार सामान्य अंकले बढेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२५ प्रतिशतले बढी हो । बजारमा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशतले बढेको छ । सो दिन हाइड्रोपावर, उत्पादनमूलक र माइक्रोफाइनान्स समूह राताम्मे देखिएका छन् भने बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी होटल्स समूह ४५.२३ अंकले बढेको छ ।

एकै दिन कारोबारमा आएका कम्पनीमध्ये घोराही सिमेन्टको सेयर मूल्य घट्यो

काठमाडौं । गत साउन २५ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको आईपीओ सूचीकृत भयो । नेप्सेमा सूचीकृत भएपछि घोराही सिमेन्ट इण्डष्ट्री, थ्रीस्टार हाईड्रोपावर र अप्पर स्याँङ्गे हाईड्रोपावरको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आयो । एकैदिन कारोबारमा आएका यी तीन कम्पनीहरूमध्ये थ्रीस्टार हाईड्रो र अप्पर स्याँङ्गे हाईड्रोपावरको सेयर मूल्य बढीरहेको छ भने घोरोही सिमेन्टको सेयर मूल्यले ओरालो यात्रा समातेको छ । दोस्रो बजारमा सूचीकृत भएपछि अधिकांश कम्पनीहरुको मूल्य केही दिनसम्म भएपनि उकालो लाग्ने गरेको छ । तर, घोराही सिमेन्टको सेयर मूल्य भने पहिलो दिनदेखि ओरालो लागिरहेको छ । कारोबार खुलेको पहिलो दिन नै कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट अर्थात् ९.९९ प्रतिशत घटेर बन्द भएको थियो । दोस्रो दिन पनि कम्पनीको सेयर घटेर नै कारोबार भइरहरेको छ । सेयर कारोबार सुरु भएको २० मिनेटटको अवधिमा कम्पनीको सेयर मूल्य ७ रुपैयाँ अर्थात् १.३८ प्रतिशत घटेको छ । समाचार तयार पार्दासम्म कम्पनीको ४३ हजार ८९ कित्ता सेयर २ हजार १६९ पटक खरिद बिक्री हुँदा २ करोड २८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, थ्रीस्टार हाईड्रोपावर र अप्पर स्याँङ्गे हाईड्रोपावरको सेयर मूल्य भने सकारात्मक सर्किट हानिरहेको छ । थ्रीस्टार हाईड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् २८ रुपैयाँ बढेर २०८.५० रुपैयाँमा कारोबार भइरहेको छ भने अप्पर स्याँङ्गेको हाईड्रोका सेयर ९.९७ प्रतिशत अर्थात् २७.८० रुपैयाँ बढेर ३०६.७० रुपैयाँमा कारोबार भइरहेको छ ।