विकासन्युज

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता

थियानजिन । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।  भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रहरुको विस्तारलगायत विषयमा छलफल भएको थियो । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।   

‘शीतयुद्ध मानसिकता’ अस्वीकार, चिनियाँ राष्ट्रपति सीको एआईमा सहकार्य गर्न आह्वान

तियानजिन, चीन । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रहरूलाई कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा सहकार्य गर्न आह्वान गरेका छन् । उनले भनेका छन्, ‘शीतयुद्ध मानसिकता’लाई अस्वीकार गर्नुपर्छ । आजसम्मकै ठूलो भनिएको एससीओ शिखर सम्मेलनमा सी बोलिरहेका थिए, जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित २० भन्दा बढी विदेशी नेताहरू तियानजिनमा सहभागी भएका थिए। चीनले आफूलाई वैश्विक शान्तिदूतको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको बेला बैठक भएको हो । यता अमेरिका–चीनबीचको निरन्तर व्यापारिक तनाव, युक्रेनमा रुसी युद्ध र इजरायल–हमास द्वन्द्वको पृष्ठभूमि छ । सीले चीनले एससीओका अन्य मुलुकहरूमा ८४ अर्ब डलर लगानी गरिसकेको उल्लेख गर्दै बेइजिङको ‘लुबान’ व्यावसायिक शिक्षा कार्यक्रममा १० हजार विद्यार्थीलाई सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘यस शिखर सम्मेलनले गुणस्तरीय विकास र सहकार्यको नयाँ चरण सुरु गर्ने अवसर प्रदान गरेको छ ।’ आफ्नो सम्बोधन अघि सीले मोदी र पुटिनसँगै अन्य एससीओ सदस्यहरूसँग समूह तस्बिरमा भाग लिएका थिए । यसै हप्तामा सी र पुटिनबीच द्विपक्षीय भेट हुने अपेक्षा गरिएको छ । पुटिन दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको अवसरमा बेइजिङमा आयोजना हुने सैनिक परेडमा सहभागी हुन चीनमै बस्ने कार्यक्रम छ । सप्ताहन्तमा सीले कम्तीमा १० जना विदेशी नेताहरूसँग भेट गरेका थिए, जसमा टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान र क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेटसमेत छन् । शनिबार उनले मोदीसँग भेट्दा दुबै पक्षले प्रतिस्पर्धी नभई साझेदार बन्नुपर्नेमा जोड दिएका थिए । भारतको परराष्ट्र मन्त्रालयले भेटपछि विज्ञप्ति जारी गर्दै भन्यो, ‘आपसी सम्मान, आपसी हित र आपसी संवेदनशीलताको आधारमा भारत र चीनबीचको स्थिर सम्बन्ध र सहकार्य दुवै देशका २.८ अर्ब जनताको प्रगति र विकासका लागि अत्यावश्यक छ ।’ यद्यपि एससीओ शिखर सम्मेलनले तत्काल तनाव कम गर्ने ब्रेकथ्रू ल्याउने वा नल्याउने अनिश्चित भए पनि विश्लेषकहरूले भने चीन–भारत सम्बन्ध सुधारले बेइजिङको प्रभाव बलियो बनाउन सक्ने बताएका छन् । ‘भारतसँगको सम्बन्ध सुधार ठूलो कुरा हो । यसले भारतलाई औद्योगिकीकरण र उत्पादन वृद्धि गर्न आवश्यक बौद्धिक सम्पत्तिमा पहुँच दिन्छ,’ जियोम्याक्रो स्ट्राटेजी बीसीए एसेसका प्रमुख रणनीतिकार मार्को पापिकले इमेलमार्फत भने । ‘तर दीर्घकालीन रूपमा अमेरिकाले चीनलाई समस्या सृजकको रूपमा चित्रित गर्ने प्रचार युद्ध हार्दै गएको छ । यसले बहुध्रुवीय विश्वलाई अझ मजबुत बनाइरहेको छ,’ उनले थपे । ‘चीनले आर्थिक सहकार्य र शान्तिका लागि ‘पहल’ लिएको छ,’ सेन्टर फर चाइना एण्ड ग्लोबलाइजेशनका संस्थापक तथा अध्यक्ष हेन्री हुयाओ वाङले भने । उनले चीन–भारत सम्बन्ध पुनःस्थापना गर्ने प्रयासको प्रशंसा गर्दै भारत–पाकिस्तानले पनि त्यस्तै गर्नुपर्ने बताए । ‘अमेरिकी राष्ट्रपति ट्रम्प धेरै शान्ति ल्याउने प्रयासमा छन्, तर चीनको सहयोग भए हामीले पनि त्यस्तै गर्न सक्छौं,’ वाङले सोमबार सीएनबीसीको द चाइना कननेक्शन कार्यक्रममा भने। ‘चीनले रुससँगको राम्रो सम्बन्धको फाइदा उठाएर युक्रेन युद्धबारे सम्झौता गराउन सहयोग गर्न सक्छ,’ उनले थपे । साथै एससीओ वा चीन–भारत जस्ता सदस्यहरूले सुरक्षा ग्यारेन्टरको भूमिका खेल्न सक्ने उनले जोड दिए । एससीओ शिखर सम्मेलनले चीनलाई धेरै देशहरूसँग सम्बन्ध सुधार्ने बाटो खोल्न सक्ने सम्भावना रहेको पापिकले बताए । दुई दिने बैठकको अन्त्यमा संयुक्त विज्ञप्ति जारी हुने अपेक्षा गरिएको छ । चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीले सोमबार बेलुकी पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।  भारतको त्रिदेशीय सन्तुलन : शुल्क, तेल र असजिलो हस्तमिलन  

लक्ष्मी इलेक्ट्रोटेकको वार्षिक व्हर्लपूर पार्टनर्स मिट सम्पन्न

काठमाडौं । लक्ष्मी समूहको सहायक कम्पनी, लक्ष्मी इलेक्ट्रोटेकले काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटलमा आफ्नो वार्षिक व्हर्लपूल पार्टनर्स मिट कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपालभरिबाट २०० भन्दा बढी डिलरहरू सहभागी थिए ।  कार्यक्रम लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र भारतको व्हर्लपूल लिमिटेडका निर्देशककी अकाउन्ट तथा अन्तर्राष्ट्रिय व्यवसाय, हिमांशु जैनले संयुक्त रूपमा सञ्चालन गरिन् ।  कार्यक्रमका क्रममा व्हर्लपूलले  आफ्नो नवीनतम सिंगल डोर तथा डबल डोर फ्रिज, साथै वाशिङ मेशिनहरूको प्रस्तुति गरेको थियो । अध्यक्ष  श्रेष्ठले डिलर नेटवर्कको प्रशंसा गरेका थिए । त्यस्तै, हिमांशु जैनले नेपालप्रतिको प्रतिबद्धता व्यक्त गर्दै विश्वव्यापी नवप्रवर्तनहरू लक्ष्मी इलेक्ट्रोटेकसँगको साझेदारीमार्फत प्रस्तुत गर्न उत्साहित रहेको बताए । लक्ष्मी इलेक्ट्रोटेक नेपालमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय घरेलु उपकरण ब्रान्डहरूको प्रमुख विक्रेता हो । व्हर्लपूल विश्वभर होम एप्लायन्स उद्योगमा अग्रणी कम्पनी हो ।  

लक्ष्मी विद्यापदले गर्यो तीन उत्कृष्ट विद्यार्थी सम्मान

काठमाडौं । लक्ष्मी ग्रुपद्वारा स्थापित र पोखरा उद्योग वाणिज्य संघद्वारा सञ्चालित लक्ष्मी विद्या पदकबाट यस वर्ष तीन जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । संघको ७१ औं साधारणसभा अवसरमा कास्कीका विभिन्न क्याम्पसका विद्यार्थीलाई पदक प्रदान गरिएको हो । यसपटक लक्ष्मी विद्या पदक २०८१ बाट एमबीएसतर्फ पृथ्वीनारायण क्याम्पसकी दीपा तिवारी, बीबीएतर्फ ला ग्रान्डी इन्टरनेसनल कलेजकी प्रमिशा सापकोटा र बीबीएसतर्फ पृथ्वीनारायण क्याम्पसका विजय सुवेदी सम्मानित भएका छन् । व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) र स्नातक तह (बीबीए र बीबीएस) मा सर्वाधिक अंक ल्याउने विद्यार्थीलाई हरेक वर्ष पदक प्रदान गरिँदै आएको छ । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका अर्का कार्यकारी निर्देशक सुनील श्रेष्ठले विजयी विद्यार्थीलाई ताम्रपत्र, दोसल्ला, पदक र नगद पुरस्कारसहित सम्मान गरेका हुन् । यसअन्तर्गत स्नातकोत्तर विद्यार्थीलाई २५ हजार रुपैयाँ र स्नातक तहका विद्यार्थीलाई १५ हजार रुपैयाँ नगद प्रदान गरिएको संघका महासचिव शोभा गौतमले जानकारी दिइन् ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ५ हजार ३ सयमा कारोबार

काठमाडौं । सुनको मूल्य लगातार बढेर नयाँ–नयाँ रेकर्ड कायम गर्न थालेको छ । प्रतितोला २ लाख नाघेपछि मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भएकाे थियाे । सोमबार फेरि २ हजार बढेर प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ। आइतबार प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर २ हजार ४७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा १.४८ गुणा बढी आवेदन

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालन गरेको एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको पहिलो चरणमा माग भन्दा १.४८ गुणा बढी आवेदन परेको छ । साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्काशनमा ल्याइएको १० रुपैयाँ अंकित दरका ५ करोड इकाईका लागि कुल ८२,८२८ जना आवेदकले ७४ करोड ३ लाख १६ हजार रुपैयाँ बराबरको इकाई खरिदका लागि आवेदन दिएका हुन् । यस स्किम एनआईसी एशिया क्यापिटलले सञ्चालन गरेको दोस्रो खुलामुखी योजना हो । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति अनुसार यस योजनाको अधिकतम आकार बीजपूँजीसहित १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँसम्म रहने व्यवस्था छ । त्यसैले माग भन्दा बढी आवेदन परे पनि नियमावलीअनुसार सबै योग्य आवेदकलाई माग बमोजिम इकाई बाँडफाँड गरिने क्यापिटलले जनाएको छ । क्यापिटलले यसमा लगानी गर्ने सम्पूर्ण लगानीकर्ता, निष्काशन प्रक्रियामा सहयोग गर्ने सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, नेपाल धितोपत्र बोर्ड र अन्य सम्बद्ध निकायलाई धन्यवाद व्यक्त गरेको छ ।

डिशहोम ग्राहकका लागि मेलुङ थकालीमा १० प्रतिशत छुट

काठमाडौं । डिशहोमले नेपालकै चर्चित थकाली रेस्टुरेन्ट चेन मेलुङ थकाली सँग साझेदारी गर्दै आफ्ना ग्राहकका लागि विशेष छुटको व्यवस्था गरेको छ । अब सक्रिय डिशहोम प्रयोगकर्ताले भर्चुअल प्रिभिलेज कार्डमार्फत मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन् । मेलुङ थकालीका एअरपोर्ट, गठ्ठाघर, बानेश्वर, बौद्ध र बालुवाटारमा पाँच शाखा सञ्चालनमा रहेका छन् भने अन्य नयाँ शाखा विस्तारको तयारी भइरहेको कम्पनीले जनाएको छ । यस साझेदारीसँगै ग्राहकले आफ्ना मनपर्ने थकाली परिकार छुटसहित उपभोग गर्न सक्ने सुविधा पाउनेछन् । छुट लिनका लागि ग्राहकले माइ डिशहोम एप प्रयोग गर्नुपर्नेछ । एपमार्फत आफ्नो मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गरी होमपेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड देखाएर मेलुङ थकालीमा छुट प्राप्त गर्न सकिनेछ । यस सम्झौतामा मेलुङ थकालीका सह–संस्थापक बसन्त लामा र डिशहोमका चिफ न्यु प्रोडक्ट डेभलपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनले हस्ताक्षर गरेका छन् । साझेदारीलाई विशेष अर्थपूर्ण बताउँदै डिशहोमकी सीईओ तारा मानन्धरले भनिन्, 'यो सहकार्यले नेपालका लोकप्रिय थकाली परिकारलाई ग्राहकको दैनिक जीवनसँग अझ नजिक बनाउने हाम्रो प्रतिबद्धतालाई प्रकट गर्छ ।' डिशहोमले आफ्ना भर्चुअल प्रिभिलेज कार्डमार्फत डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष सुविधा उपलब्ध गराउँदै आएको छ । कम्पनीले आगामी दिनमा थप ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने तयारी गरेको जनाएको छ ।

दशैंमा सामसङका ग्राहकलाई दैनिक १ लाखसम्मको शपिङ भौचर

काठमाडौं । मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर 'दिन दिनै दशैं' ल्याएको छ । कम्पनीका अनुसार यो अफर १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म मान्य हुनेछ । यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्, जसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउनेछ । सहभागी हुन, ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको सिरिएल नम्बर टाइप गरी सामसुङ स्पेश सिरियल नं. लेखेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ । प्रत्येक दिन, एक भाग्यशाली विजेताले भाटभटेनी शपिङ भौचर रु १ लाख पाउनेछन् भने अन्य १० जना विजेताले रु १० हजार को शपिङ भौचर प्राप्त गर्नेछन् । यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने अवसर पाउनेछन् । यी शपिङ भौचरहरूलाई दैनिक उपभोग्य सामानदेखि चाडपर्व तयारीसम्म जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले अफर उपयोगी र उत्साहजनक बनेको छ । एमएक्स सामसङ नेपालका निर्देशक, प्रणय रत्न स्थापितका अनुसार, 'दिन दिनै दशैं' मार्फत सामसङले हरेक चाडपर्वमा आफ्ना ग्राहकलाई अमूल्य अनुभव दिने प्रतिबद्धतालाई निरन्तरता दिएको छ । यो अफरले दशैंको महत्वलाई आत्मासाथ गर्नुका साथै, सामसङको प्रयोगकर्ताको जीवनलाई अझ समृद्ध बनाउन योगदान पुर्याउने बताए  । ग्राहकले *#06# डायल गरेर सजिलै सिरिएल नम्बर पत्ता लगाउन सक्छन्। एसएमएस पठाएपछि तुरुन्तै दर्ता भएको सन्देश प्राप्त हुनेछ ।