विकासन्युज

भुटान विरुद्ध नेपालको सानदार जित

काठमाडौं । बंगलादेशकमा जारी साफ च्याम्पियानसिफमा पहिलो जित दर्ता गरेको छ । नेपालका लागि पहिलो गोल अनन्त तामाङले गोल गरेका हुन् । दोस्रो गोल सुनिल बल तेस्रो गोल भरत खवासले गरे भने चौथो गोल निराजन खड्काले गरेका हुन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान श्रीलंका र पाकिस्तानले भाग लिएको छ ।

रेल विभागको महानिर्देशकमा बलराम मिश्र

काठमाडौं । रेल विभागको महानिर्देशकमा बलराम मिश्र नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले मिश्रलाई महानिर्देशक नियुक्त गरेका हुन् । मिश्रले बिहिबारदेखि नै विभागको कार्यभार सम्हालेका छन् । उनी यस अघि सडक विभागको उत्तर दक्षिण सडक आयोजना प्रमुखको जिम्मेवारीमा थिए । रौतहटका मिश्रले हुलाकी सडक आयोजना प्रमुखको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । कार्यभार सम्हाल्दै उनले नेपालको विकासको मुल प्रवाहका रुपमा हेरिएका रेलमार्गहरुको तिब्रत्तर विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताए ।

भुटान विरुद्ध नेपालको चौथो गोल

काठमाडौं । भुटान विरुद्ध नेपाले अग्रता लिएको छ । बंगलादेशमा जारी साफ च्याम्पियानसिफमा नेपालका लागि अनन्त तामाङले गोल गरेका हुन् । दोस्रो गोल सुनिल बलले गरेका हुन् । तेस्रो गोल भरत खवासले गरेका हुन् । चौथो गोल निराजन खड्काले गरे । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान श्रीलंका र पाकिस्तानले भाग लिएको छ ।

गणपति माइक्रोफाइनान्सको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ३ करोडको आईपीओ जारी गर्दै

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त भएकाे छ । बिक्री प्रबन्धकमा नियुक्त भएसँगै एनआईबिएल एस क्यापिटलले संस्थाकाे सम्पूर्ण सेयरको काम गर्ने भएको छ । यससँगै संस्थाले एनआईबिएल एस क्यापिटलमार्फत प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ३ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । सो सेयर निष्काशन सम्बन्धी सम्झौता–पत्रमा गणपति माइक्रोफाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । गणपति माइक्रोफाइनान्सको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । साथै, सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ हुनेछ ।

चौतारी लघुवित्तले पायो आईपीओ निष्कासनको अनुमति, ५ करोड ४० लाखको आउने

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार चौतारीलाई ३० प्रतिशत अर्थात ५ करोड ४० लाख रुपैयाँ बराबरको ५ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । चौतारीलाई अब आईपीओ निष्कासन गर्न बाटो खुला भएको छ ।

फारम भरेकै जिल्लाबाट परीक्षा दिन नपाइने, शिक्षक सेवाको विज्ञापन अब वर्षेनी खुल्ने

काठमाडौं । शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिए । “परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यस पटकदेखि हामीले ‘होम सेन्टर’ हटाएका हौँ” उनले भने, “परीक्षार्थीले जुन जिल्लाबाट फारम भरेका छन् सोही जिल्ला नभई अर्को जिल्लामा गई परीक्षा दिनुपर्ने छ ।” परीक्षा सञ्चालन गर्नुभन्दा अगाडि आयोगले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालीम दिनेछ । आयोगले असोज ११ गते मावि, १२ गते प्रावि र १३ गते निमावि तहको परीक्षा तोकेको छ । तीनै तहको परीक्षाको लागि करीब २२५ परीक्षा केन्द्र तोकिने भएको छ । उपसचिव आचार्यले २२५ परीक्षार्थी बराबर एक परीक्षा केन्द्र हुने बताए । एउटा परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र ११ निरीक्षक रहने छन् । परीक्षामा २० परीक्षार्थी बरावर एक निरीक्षकको व्यवस्था गरिएको उनले बताए । उपसचिव आचार्यले ७७ जिल्लाबाट फारम भर्ने व्यवस्था गरे पनि ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुने बताए । सुरक्षा तथा यातायातको सुविधा हेरेर ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुनेछ । आयोगले परीक्षाका लागि उत्तरपुस्तिका समेत पठाउन थालेको छ । आयोगका अनुसार अहिलेसम्म मध्यपश्चिम, पश्चिमाञ्चल र सुदूरपश्चिममा उत्तरपुस्तिका पठाइसकेको छ । आयोगले अबको एक हप्ता सबै परीक्षा हुने जिल्लामा उत्तरपुस्तिका पठाइसक्ने छ । कूल १२ हजार ७५६ पदका लागि दुई लाख ७७ जना परीक्षार्थी रहेका छन् । सबभन्दा बढी प्राविमा एक लाख ५८ हजार, निमावीमा ८१ हजार र माविमा ३८ हजार परीक्षार्थी रहेका छन् । वर्षेनी विज्ञापन गरिने यसैगरी आयोगले अबदेखि वर्षेनी विज्ञापन गर्ने तयारी गरेको छ । रिक्त शिक्षकको दरबन्दी मगाएर वर्षेनी विज्ञापन गरी पदपूर्ति गरिने आयोगले जनाएको छ । आयोगले अहिले परीक्षा सकाएर शिक्षक अनुमतिपत्रको विज्ञापनपछि चैतमा पुनः शिक्षकको विज्ञापन गर्ने तयारी गरेको हो । रासस

सिटिजन्स बैंकको एटीएम हुम्लामा पनि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्लामा एटीएम सञ्चालनमा ल्याएको छ । यसले गर्दा हुम्लामा जिल्लाका तथा यस क्षेत्रका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले ७९ वटा शाखा, ७२ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ् एकाईहरुबाट बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ ।

काठमाडौंका नदी सफा गरेर हुदैन, पुनर्जीवित गर्नुपर्छ : भीम उपाध्याय

काठमाडौंका नदी किन सुके ? यहाका नदी सबै फरेष्ट फेड अर्थात् रेनफेड हुन्, स्नोफेड हैनन् । वस्ति बढ्दै गयो, जंगल मासिदै गयो, परेको पानी जमिनमा अड्न पाएन अनि नदी सुक्दै गए । सुकेका नदीमा प्रदुषित पानी र ढल, ठोसफोहर डम्पिंग गरेर थप संकट निम्त्याईयो । नदी सफा गरेर हुदैन, रिभाईभ गर्नुपर्छ । यसका निम्ति नदी ब्यवस्थापन मन्त्रालय र नदी व्यवस्थापन कानुनको टड्कारो खॉचो छ । नदीमा ढल र पर्खाल लगाउदैमा, अर्बौंको बजेट सिद्याउनमा रमाउदैमा उपलव्धि ठान्नु महामुर्खता हो र त्यो निकट भविष्यमा अवश्य प्रमाणित पनि हुनेछ । बैज्ञानिक, प्राविधिक सामाजिक र कानुनी सबै पक्षमा टोटल वार नगरी नदीहरू पुनर्जिवित हुनेवाला छैनन् । समिति गठन र राजनीतिक नियुक्तिले गॉड झिक्नु भन्दा थप्ने गरिरेहेको बुझेकै कुरा हो । शक्तिशाली नदी आयोग वा प्राधिकरण गठन गर्दा पनि हुन्छ ।