विकासन्युज

मोबाईल सम्बन्धि सम्पूर्ण जानकारी ग्याजेट फ्रेममा, अनलाइनबाटै किनबेच गर्न सकिने

काठमाडौं । बजारमा आएका मोबाईल फोनहरु सम्बन्धि सम्पूर्ण जानकारी दिने उदेश्यका साथ सिक्स् सिग्मा ईन्क. प्रा.लि.ले ग्याजेटफ्रेम डट कम नामक वेवसाईट सञ्चालनमा ल्याएको छ । यस साईटमा नेपाली बजारमा पाइने मोबाईल, तिनको मूल्य, फिचर, मोवाइल पसल लगायतसम्पूर्ण जानकारी प्राप्त गर्न सकिने कम्पनीका अध्यक्ष रामकृष्ण दाहालले बताए । यस साईटमा भएको फोन कम्प्यारिजन, स्टोर, ब्लग, फोन फाईन्डर जस्ता फिचरहरुले गर्दा यो साईट मोबाईल प्रयोगकर्ताका लागि मात्र नभई बिक्रेताहरुका लागि पनि प्रभावकारी हुने उनको भनाई छ । झट्ट हेर्दा अन्य साइटहरु जस्तै देखिए पनि यसका बिशेषताहरु बिलकुलै भिन्न रहेको उनको दावी छ । यस साईटमा मोबाईल पसलेहरुले आफ्नो पसलको दर्ता गराई उनीहरुको पसलमा भएका सम्पूर्ण मोबाईलहरुको बिबरण र अफरहरु निशुल्क राख्न सक्ने कम्पनीले जनाएको छ । नेपालमा मोबाईल पसलहरुलाई यसरी अनलाईमा दर्ता गराई उनीहरुको सम्पूर्ण बिवरण राख्ने यो पहिलो साईट हो । जसले गर्दा ग्राहकले अनलाईन मानै कुन फोन कुन पसलमा कति मूल्यमा पाईन्छ भनेर हेर्न र अडर गर्न सक्छन् । यस साईटले मोबाईल सम्बन्धि मानिसमा भएका दुबिधालाई हटाउन र बजार बिकेन्द्रिकरणमा मद्दत पुग्ने कम्पनिका सि.ओ.ओ. प्रकृति रेग्मीले बताइन् । ‘फरक मोबाईलहरुलाई एकै पटक तुलना गरेर हेर्न सकिन्छ, समसामयिक बिषयमा लेखिएका ब्लगर रिभ्यूहरु पनि पढ्न सकिन्छ’ उनले भनिन् ।

एनआइईसीको आयोजनामा टोफेल आयल्टस स्कोर बुस्टर फेयर हुने

काठमाडौं । नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआईइसी)को आयोजनामा आगामी आइतवार टोफेल, आयल्टस स्कोर बुस्टर फेयर हुने भएको छ । उच्च शिक्षा अध्ययन गर्नको लागि विभिन्न देशहरुमा जान इन्छुक विद्यार्थीहरुको लागि आइल्टस, टोफेल र स्याटवानको बारेमा भदौ २३ गते (सेक्टेम्बर ९ तारेखमा) स्कोर र बुस्टर फेयर गर्न लागिएको हो । एनआईइसीका सिओइ सञ्जय स्मार्टले विद्यार्थीको लागि एक दिने स्कोर बुस्टर फेयर गर्न लागिएको बताए । उनले भने,‘विद्यार्थीहरु उच्च शिक्षाको लागि विभिन्न देशमा जानु भन्दा अगाडि आयल्टस, टोफेल र स्याटवानमा कसरी धेरै अंक ल्याउने भन्ने विषयमा जान्न जरुरी छ, त्यसको लागि हामीले व्यवहारिक रुपमा विभिन्न टेक्नीकहरु सिकाउँछौ ।’ विद्यार्थीहरुले स्कोर बढाउनको लागि भुक्याबुलरी (शब्दभण्डार)आइडिया नै मुख्य कुरा हो त्यसको लागि हामीले रमाइलोसँग बुझने भाषामा स्कोर बुस्टर फेयर विद्यार्थीहरुलाई सिकाउछौ, उनले भने । आयल्टस, टोफेलको बारेमा पढने, सुन्ने लेख्ने बोल्ने स्वाटवानमा तर्क र व्याकरण लगायतको विषयमा हामीले विद्याथीहरुलाई सहज र सरल ढंगले बुझाउन स्कोर बुस्टर फेयर आयोजना गरिएको स्मार्टले बताए । विद्यार्थीको मनोविज्ञानलाई बुझेर विदेशमा अध्ययन गर्न जानको लागि परामर्श दिने बताउदै उनले फेयरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुको लागि एनआईइसीमा अध्ययन गर्ने चाहेको अवस्थामा छुट पनि दिइने बताए ।

किर्ते गरेर ७० कराेडकाे सम्पत्ति खाने १२ जना पक्राउ, यस्ताे अायाे सीअार्इबीकाे रिपाेर्ट (पूर्णपाठ)

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयमा अनियमितता गर्ने १२ जनाको नाम केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले सार्वजनिक गरेको छ । शंकर इलेक्ट्रोनिक्स कम्पनीको नाममा रहेको सम्पत्ति मालिकलाई नै थाहा नदिई अर्कैकाे नाममा नामसारी गर्ने १२ जनाको नाम सार्वजनिक गरेको हो । सीआइबीका प्रवक्ता सानुराम भट्टराईका अनुसार अधिकृतद्धय नारायण पोखरेल, उमेश जोशीसहित १२ जना आरोपितहरुलार्इ पक्राउ गरिएकाे छ । सीआईबीले सेयर ट्रान्सफरमा घोटला भएको शंका लागेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा गत आइतबार छापा मारेको थियो । शंकर इलेक्ट्रोनिक्सका मालिक भारतीया व्यावसायी राम निरञ्जन जटिया हुन् । नक्कली कागजात तयार गरी सोहि कम्पनीका पूर्वकर्मचारी जितबहादुर मगरले कम्पनी आफ्नो नाममा नामसारी गरेका हुन् । सीआइबीका अनुसार मगरले कम्पनीको नाममा रहेको चल-अचल सम्पत्ति बिक्री गर्ने तयारी गरिसकेका थिए । आइतबार छापा मारेर अधिकृतद्धय नारायण पोखरेल र उमेश जोशीलाई साेही दिन नै पक्राउ गरेको सीआईबीका प्रवक्ता सानुराम भट्टराईले पुष्टि गरे । उनले यो प्रकरणमा अन्य केही कर्मचारी तथा व्यक्ति फरार रहेकाे जानकारी दिए । रजिष्ट्रार कार्यालय स्राेतका अनुसार शंकर इलेक्ट्रोनिक्स कम्पनीको मूल्याङक २५ लाख रूपैयाँ तोकिएको छ । सेयर ट्रान्सफर गर्ने कार्यमा कीर्ते भएको पाइएपछि सीआईबीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु विरुद्ध थप अनुसन्धान भैरहेको सीआईबीले जनाएको छ ।

पुराना ५०० र १००० दरका भारु साटन सरकारी तहबाट पहल हुनुपर्ने राष्ट्र बैंकको भनाई, ८ करोड भारु नेपाली बैंकमा

काठमाडौं । नेपाल र भारतबीच सरकारी स्तरमा सहमति भए मात्र बैंकमा रहेको प्रतिवन्धित पुराना ५०० र १००० दरका भारतीय नोट (भारु) साटिन सक्ने नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउछन् । भारतीय रिजर्व बैंक र नेपाल राष्ट्र बैंकबीच भएका अहिलेसम्मका वार्तामा कुनै निष्कर्ष ननिस्केकाले अब दुई देशका सरकारबीच नै उक्त विषयमा छलफल हुनुपर्ने राष्ट्र बैंकका अधिकारीको भनाई छ। झण्डै दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालोधन र जाली नोटको कारोबारलाई निस्तेज पार्न भन्दै अकस्मात नोटबन्दीको घोषणा गरेपछि हालसम्म पनि करोडौँ मूल्यका त्यस्ता भारु नेपाली बैंकमा थन्किएका छन्। गत साता आफ्नो वार्षिक प्रतिवेदन पेश गर्दै भारतीय केन्द्रीय बैंकले नोटबन्दीपछि ९९ प्रतिशत प्रतिबन्धित नोट भारतीय बैंकिङ प्रणालीमा फर्किएको जानकारी गराएको छ । नेपालमा रहेका बाँकी त्यस्ता नोटबारे अब के हुने भन्ने उल्लेख छैन। भारतले नेपालमा थन्किएका पुराना प्रतिबन्धित भारु नलिने आशय देखिएको छ। नोटवन्दीको घोषणा लगत्तैदेखि राष्ट्र बैंक तथा रिजर्व बैंकका अधिकारीबीच पटकपटक छलफल भएका थिए। राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना यसको समाधान केन्द्रीय बैंकको हातमा रहेको बताउछन् । नेपाल र भारतका सरकारबीच उच्चस्तर मै ठोस पहल भए मात्र नेपालमा रहेका ती नोट साटिने अवस्था आउने उनले बताए। उनले भने, नोटबन्दी गरेको भारत सरकारले हो। नेपाल सरकार र भारत सरकारबीच सहमति भयो भने नोट साट्न सम्भव छ। तर अहिलेसम्मको अवस्था हेर्दा सरकारले नै ठोस पहल गर्नुपर्ने देखिन्छ। नेपालमा प्रतिबन्धित ५०० र १००० दरका करिब ८ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणसँग पनि धेरै परिमाणमा त्यस्ता भारतीय रुपैयाँ रहेकाले उनीहरूलाई ठूलै मर्का परेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए। उनले भने, बैंकलाई त करिब ८ करोड भारु घाटा भयो। तर सर्वसाधारणले भारतमा रोजगारी गरेर कमाएर ल्याएका पैसा पनि साटिएनन्। धेरै सर्वसाधारणको भारु घरमा थन्केका छन्। भारतले नोटबन्दीको प्रक्रिया लगभग समाप्त भएको जनाएका समाचार प्रकाशमा आएका छन्। उस्तै समस्या परेको भुटानको भारु साटिदिएको तर नेपालको भने नसाटिदिएकोमा राष्ट्र बैंकका अधिकारीहरू समेत आक्रोशित भएका छन्। कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले भने, त्यस्तै पैसा भुटानको साट्ने। अनि नेपालको चाहिँ किन नसाट्ने ? त्यस्तो त नहुनु पर्ने हो। साढे तीन महिना जति पहिला जनकपुर र मुक्तिनाथ दर्शन गर्न आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका भारतीय ५०० र १००० दरका नोट साट्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए। स्रोतः बीबीसी

माथिल्लो तामाकोसीको आईपीओ भर्ने अन्तिम दिन बिहीबारसम्म

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) निष्कासन आज बिहीबारसम्म मात्र खुला हुने भएको छ । बिहीबार बैंकिङ समयसम्म आईपीओ भर्न पाइने निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखाका स्थानीयबासिन्दालाई साउन १६ गतेदेखि भदौ १६ गतेसम्मका लागि १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । आईपीओ भर्न धेरै बाँकी भएपछि कम्पनीले सयम बढाएर भदौ २१ गते पुर्याएको हो ।

डलर मंहगिएर ११५.११ रुपैयाँ पुग्यो, अझै बढ्ने संभावना

काठमाडौं । डलरसंग नेपाली मुद्रा कमजोर हुदै गएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले १ डलर बराबर ११५ रुपैयाँ ११ पैसा तोकेको छ । पछिल्लो पाँच महिनामा डलर १० रुपैंयाले महंगिएको छ । डलर महंगिए र रुपैया कमजोर भएपछि नेपाली बजारमा मूल्य वृद्धिको जोखिम समेत बढेको छ । राष्ट्र बैंकले बुधबारका लागि १ डलर बराबर ११४ रुपैयाँ ८४ पैसा बिक्री दर तोकेको थियो । गत बैंशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । ५ महिनाको बीचमा नेपाली रुपैयाँ झण्डै १० रुपैयाँ कमजोर भएको छ ।अमेरिकी डलरसंग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयामा परेको हो । भारतीय रिजर्व बैंक (आरबीआई) ले मंगलबारका लागि १ डलर बराबर ७१.७५ रुपैयाँ भारु तोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी नीति लिएर बाहिर रहेको लगानी फिर्ता लैजान सफल भएपछि त्यसको असर विश्व बजारमा परेको अर्थशास्त्री डा. शंकर शर्मा बताउृछन् । अमेरिकाको अर्थतन्त्र बलियो भएपछि यसको असर नेपाली रुपैयाँ कमजोर हुन पुगेको उनको तर्क छ । ट्रम्प प्रशासनले कर्पोरेट कर कटौती गर्दा बाहिरबाट अर्बो डलर भित्रिएको उनको भनाई छ । स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको चाप मूल्यमा पर्ने गर्छ र बजार भाउ बढ्छ । पछिल्लो समयमा अन्य मुलुकमा भएको लगानी अमेरिकामा फिर्ता हुन थालेपछि डलर संचिती बढेको छ । भारतबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । भारतमा डलर संचितीमा गिरावट आउनुका साथै अर्थतन्त्र कमजोर हुदै गएको छ । डलरका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढ्ने देखिएको छ । विशेष गरी आयातित वस्तुको भाउ बढ्ने छ । आउदो दशैं महंगो हुने देखिएको छ । डलर बलियो भएपछि अर्जे्िन्टना, इण्डोनेसिया र टर्कीको मुद्रा धेरै कमजोर हुन पुगेको छ ।

एनआईसी एशिया बैंकको ऋणपत्र बिहीबारदेखि निष्कासन, १ लाख ८३ हजार कित्तासम्म आवेदन दिन पाइने

  काठमाडौं । एनआईसी एशिया बैंकले ऋणपत्र (डिवेन्चर) आज बिहीबारदेखि निष्कासन गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ बराबरको ३६ करोड ६० लाख रुपैयाँ बराबरको ३ लाख ६६ हजार कित्ता ऋणपत्र निष्कासन गरेको हो । बैंकले धितोपत्र बोर्डबाट १ अर्ब ८३ करोड रुपैयाँ बराबरको १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । ऋणपत्र निष्कासन बन्द छिटोमा भदौ २५ र ढिलोमा असोज १९ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । न्युनतम २५ देखि अधिकतम १ लाख ८३ हजार कित्तासम्म आवेदन दिने पाइने नविल इन्भेष्टमेन्टले जनाएको छ । ७ वर्ष अवधिको यस ऋणपत्रमा बार्षिक ब्याज दर ११ प्रतिशत तोकिएको छ भने अर्धवार्षिक रुपमा व्याज भुक्तानी गरिने बैंकले जनाएको छ । प्रस्तावित ११ प्रतिशत ब्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने अवसर हुने विश्वास बैंकले जानकारी दिएको छ । पुँजीगत आधार मजवुत बनाउन ऋणपत्र निष्कासन गर्न लागेको पनि बैंकले जनाएको छ ।

रघुवीर महासेठले भने : प्रतिबेदनका आधार पप्पु कन्ट्रक्सनबारे निर्णय हुन्छ

सिन्धुली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले छानबिन समितिको प्रतिवेदनका आधारमा अबको आठ दिनभित्रमा पप्पु कन्ट्रक्सनबारे निर्णय लिने बताएका छन् । मरिण खोलामा निर्माण भएको पुल उद्घाटन गर्न यहाँ आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले पप्पु कन्ट्रक्सनले सिन्धुलीलगायत देशैभर निर्माण शुरु गरेका योजना अलपत्र पारी जनतालाई दुःख दिएकाले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको बताए । उनले भने, “दश दिनभित्र प्रतिवेदन दिने गरी दीपक श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ । आज दुई दिन बितेको र अबको आठ दिनमा समितिले प्रतिवेदन बुझाएपछि कारबाही हुन्छ ।” मन्त्री महासेठले भन्ुे, “कति आयोजनाको जिम्मा लिएको र कति प्रतिशत काम सम्पन्न गरेको छ त्यसका आधारमा कारबाही गर्न म प्रतिबद्ध छु ।” सरकारसँग प्रतिबद्धता गर्ने तर काम नगर्ने जुनसुकै कन्ट्रक्सनलाई कारबाही सरकारले गर्ने उनले दाबी गर्नुभयो । मन्त्री महासेठले सम्झौता अवधिभन्दा डेढ वर्षअघि पुलको निर्माण कार्य सम्पन्न गरेको भन्दै पुल निर्माण गर्ने कालिका तुदि रसुवन जेभी काठमाडौँलाई पुरस्कृत गर्ने बताए। यस्तै २५ वर्ष भन्दा लामो यातायातको आलोपालो प्रणाली अहिले तोडिएको बताउँदै देशका केही जिल्लामा अझै पनि यातायात व्यवसायीले आलोपालो प्रणाली जारी राखेको गुनासो आएकाले कुनकुन जिल्लामा आलोपालो प्रणाली जारी छ आफूलाई वा मन्त्रालयमा जानकारी दिन आग्रह गरे। आउने दशैँअगावै यातायातको आलोपालो प्रणाली सदाका लागि सकिने उनले विश्वास दिलाए। रासस