कालिका पावरको आईपीओ भदौ २८ देखि, ६००० कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित कालिका पावर कम्पनी लिमिटेडले भदौ २८ गतेदेखि साधारणसेयर (आईपीओ ) निष्कासन गर्ने भएको छ ।कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गते तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । आईपीओ न्युनतम ५० देखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन पाइने छ । कुल निष्कासन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको कम्पनीले जनाएको छ । कालिकाले ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ । आयोजनाको कुल लागत १ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ रहेको छ । आयोजना बनाउन प्रतिमेगावाट लागत २३ करोड १० लाख रुपैयाँ रहेको छ । आयोजनाको लगानी फिर्ता ९ वर्ष ५ महिना रहेको छ । लगानीकर्ताले लाभांश पाउन ९ वर्ष भन्दा बढी अवधि कुर्नुपर्ने देखिएको छ । ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । जसअनुसार चुत्तापुँजी ६० करोड रुपैयाँ रहेको छ । कम्पनीमा स्थानीयबासिन्दाको १० प्रतिशत अर्थात ६ करोड र सर्वसाधारणलाई २० प्रतिशत अर्थात १२ करोड गरी कुल १८ करोड रुपैयाँ लगानी रहेको छ । यस्तै संस्थापकले ४२ करोड रुपैयाँ लगानी गरेका छन् ।
१२ लाख ३५ हजारकाे माक्सिमो एचडी नेपाली बजारमा, एकैदिन ५१ थान बुकिङ
काठमाडौं । विभिन्न सवारी साधन नेपाली बजारमा बिक्रिवितरण गर्दै आएको महिन्द्राले माक्सिमो एचडी सिरिज सार्वजनिक गरेको छ । नेपाली बजारमा लोकप्रिय बन्दै गएको सानो मोडेलको ट्रक नेपालको लागि दुगड ब्रदर्श एण्ड सन्स्ले बिक्री गर्ने भएको हो । १२ लाख ३५ हजार मूल्य तोकिएको सो ट्रक सार्वजनिक भएकै दिनमा महिन्द्राको विभिन्न ५१ थान गाडी बुकिङ भएको कम्पनीले जनाएको छ । नयाँ मोडलको माक्सिमोमा अगाडीको भागमा ८ पत्ता सस्पेन्सन राखिएको छ । जसले ८५० केजीसम्म सजिलै बोक्न सक्नेछ । दुगड ब्रदर्श एण्ड सन्सका प्रबन्ध निर्देशक विवेक दुगडले भने ‘ हाम्रो मुख्य शक्ति वा तागत भनेकाे हाम्रा ग्राहकहरु नै हुन् ।’ त्यसैगरि यो प्रोफिक्ट ट्रकले पनि ग्राहकलाई अगाडी बढाउन र बृहत फाइदा दिने उनले बताए । यो ट्रकले लामो दुरीसम्म सञ्चालन गर्न सक्नेछ । कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री हेड चैतन्या कागल्करको पनि उपस्थिती रहेको थियो ।
मीनी संसदमा मन्त्री र सांसदको जुहारी, सचिव भन्छनः ११ मन्त्री पचाएँ
काठमाडौं । शहरी विकास मन्त्रालयले गरेका कामहरुको प्रगति र समस्याहरुबारे छलफल गर्न बसेको मीनी संसदको बैठकमा सांसद र मन्त्रीबीच जुहारी चलेको छ । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले ‘मन्त्रालयका कार्यक्रमहरुका बारेमा जान्नका लागि बजेट पुस्तक पढ्नुस, उपलब्ध छैन भने म प्रिन्ट गरेर ल्याइदिन्छु’ भनेपछि सांसदहरु आक्रोसित भएका थिए । सांसदहरुले मन्त्रीलाई मीनी पार्लियमेन्टको खिल्ली नउठाउन चेतावनी दिए । यस्तो थियो विकास समितिमा चलेको जुहारी मन्त्री मोहम्मद इस्तियाक राईः ‘धेरै माननियहरुले मन्त्रीको प्रस्तुति छोटो भयो, के के हो योजना छोटोमा आयो भन्नुभयो, बजेट पुस्तिका छैन भने माननियलाई म उपलब्ध गराउँछु, म फेरी प्रिन्ट गरेरै भएर पनि दिन्छु ।’ गणेश पहाडीः ‘मन्त्रीजी भयो, बजेट पुस्तिका पाउनु भएन भने म उपलब्ध गराउँछु भन्नु भएन, मन्त्रालयको योजना के छ भन्नुस्, तपाईका योजना के के आए यहाँ ? समितिले पठाएको एजेण्डामा सम्पादित कार्य, भावी योजना, समस्या र चुनौती ल्याउनु भनेको कुरालाई व्यंग्यात्मक ढंगले बजेट पुस्तक ल्याइदिन्छौं भन्ने ? यो मीनी पार्लियामेन्ट हो, हामीलाई हेप्ने ?’ अनिल झाः ‘मैले कसरी बजेट बनेको भनेर सोधेको हो, हामीले फोन गर्दा नउठाउँने ? सांसदको फोन नउठाएर के गर्छन मन्त्रालयका कर्मचारी ? सांसदहरु जनता प्रति जवाफदेही भएर आएका हुन्छन्, हामीले भनेको नसुन्ने ? मन्त्री र सांसदबीच जुहारी चलेपछि जेष्ठ सदस्यका रुपमा विकास समितिको अध्यक्षता गरिरहेका जिपछिरिङ लामाले हस्तक्षेप गरेर वातावरण शान्त बनाउने प्रयास गरेका थिए । मन्त्री राईको प्रस्तुति गतिलो नभएको र मीनी संसदलाई अटेर गरेको आरोप सांसदहरुले लगाएका थिए । बैठकमा शहरी विकास मन्त्री दिपेन्द्र नाथ शर्माले ३ बर्षको अवधीमा ११ जना मन्त्री पचाएको बताएका थिए । उनले आफुले ३ बर्षको अवधीमा मन्त्री र राज्यमन्त्री गरि ११ जनासँग काम गरेको बताएका हुन् । ‘म ३ बर्षदेखि यहि मन्त्रालयमा कार्यरत छु, मैले मन्त्री र राज्यमन्त्रीसहित ११ जनासँग काम गर्ने अवसर पाएँ’, सचिव शर्माले भने ।
महालक्ष्मी विकास बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र ब्लु क्रस अस्पताल प्रालिबीच बैंकका ग्राहकलाई उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले उपचार खर्चमा १० प्रतिशत छुट पाउने छन् । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको सेवा शुल्कमा क्रमशः १२ र १० प्रतिशत छुट पाउने छन् । बैंकले आफ्ना संस्थापक/सेयरधनीहरुका लागि भने अस्पतालसँग १२ प्रतिशत छुट दिने सम्झौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले उक्त पत्रमा हस्ताक्षर गरेका छन् ।
अब एनआईसी एशिया बैंकबाटै गुराँस लाईफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । हाल बैंकले २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
एसियाली पूँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित
सिंगापुर । अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ । जापानको निक्कीमा मङ्गलबार ०.१ प्रतिशतले कमी आई २२,६९७ अङ्कमा रोकिएको छ । त्यस्तै, हङकङको हाङसेङ पनि ०.१ प्रतिशतले घटेर २७,७०१ मा बन्द भयो भने शाङ्घाईको शाङ्घाई कम्पोजिट सूचकमा ०.१ प्रतिशतले कमी भई ३,७१८ मा बन्द भयो । अस्ट्रेलियाको एसएन्डपी२०० मा ०.४ प्रतिशतले कमी आई ६,२८५ अंक भएको छ । दक्षिण कोरियाको कोस्पीमा भने ०.१ प्रतिशत बृद्धि भई २,३०८ मा बन्द भयो । व्यापारिक चासो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार शर्तहरु पालना नगरेको स्थितिमा संशोधित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबाट क्यानडा बाहिरिने चेतावनी दिएका थिए । क्यानडासँगको व्यापार वार्ता बुधबार पुनः शुरु हुने र त्यसमा दुबै देशका चासोका विषयलाई सम्बोधन गर्ने प्रयत्न जारी छ । ट्रम्प प्रशासनले क्यानडासँगको व्यापारिक वार्ताको समयसीमा गत शुक्रबार तोकेको थियो । अमेरिका-मेक्सिकोबीचको भएको सहमतिमा क्यानडा सहभागी रहेको छैन । चिनीया पिएमआई एउटा निजी क्षेत्रको सर्वेक्षणमा चीनको कारखाना उत्पादन १४ महिनायताकै सबैभन्दा न्यून रहेको देखाइएको छ । कारखाना उत्पादनको अध्ययन, विश्लेषण गर्ने काइक्सिन म्यानुफ्याक्चरिङ पिएमआईमा अगष्ट महिनामा ५०.६ अंक मात्र प्राप्त भएको छ । यो जुलाईको ५०.८ को भन्दा केही कम हो । कूल १०० अंकको यस मापनमा ५० भन्दा कम हुँदा उत्पादन खुम्चिएको आङ्कलन गरिन्छ । इन्धन बेन्चमार्क युएस कच्चातेलको मूल्यमा मङ्गलबार २६ सेन्ट बृद्धि भई ७०.०६ डलर प्रति ब्यारेल भएको छ । रासस/एपी
पाकिस्तान विरुद्ध बिमल घर्तीको गोल
काठमाडौं । साफ च्याम्पियानसिफमा नेपालले बराबरी गोल फर्काएकाे छ । खेलको ८० औं मिनेटमा बिमल घर्तीमगरले गोल गरेका हुन् ।
मुक्तिनाथ विकास बैंक ठमेलमा पनि, थप ६ स्थानमा खोल्ने तयारी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ठमेलमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् । बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा उक्त स्थानमा शाखा विस्तार गरेको हो । बैंकको हालसम्म काठमाडौ उपत्यका भित्र ठमेलल गायतमहाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर, जोरपाटीर भक्तपुरको कमलविनायक गरी १३ शाखाहरु संचालनमा आई सकेका छन् । त्यस्तै, बैंकले कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा र बत्तीसपुतलीमा पनि नयाँ शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।