विकासन्युज

ठुला आयोजनाको काम समयमै सक्न प्रधानमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बन्ने

काठमाडौं । ठुला आयोजना कार्यन्वयनमा समस्या देखिएपछि यसको तत्काल समाधान गर्न प्रधानमन्त्रीको संयोजकत्वमा आयोजना कार्यन्यन निर्देशक समिति गठन हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ठुला आयोजना समयमा सक्न ठुला चुनौती देखिएपछि प्रधानमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बन्न लागेको बताए । सरकारले निर्माण थालेको अधिकाँश विशेष गरी राष्ट्रिय गौरवका आयोजनाको काम सुस्त गतिमा अघि बढेपछि यस्तो अवधारणा ल्याइएको हो । ठुलो आयोजना कार्यन्वयनमा समस्या आएपछि सरकारको पुँजीगत खर्च पनि हुन सकेको छैन । अर्थमन्त्री डा. खतिवडाले बजेटमा ठुला आयोजना समयमै सम्पन्न गर्नका लागि छुट्टै ऐन तर्जुमा गरिने भएको छ । यस्तै छानिएका आयोजनाको अनुमानित लागत तेस्रो पक्षबाट मूल्याँकन गर्ने प्रणालीको विकासका साथै आयोजनाको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्नेलाई कारवाही गर्ने भएको छ । यस्तै ठेकेदारलाई दिइने मोविलाइजेसन पेश्की घटाउन सार्वजनिक खरिद ऐन संशोधन गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिए । सम्बन्धित मन्त्रालयका सचिव र आयोजना प्रमुखलाई जिम्मेबार बनाइने भएको छ । पुँजीगत खर्च बढाउन सरकारले अर्थ मन्त्रालयमा रहेको मन्त्रालयगत बजेट सुचना प्रणालीबाट प्राप्त हुने कार्यक्रमलाई स्वीकृत र खर्चको अख्तियारी मानेर सम्बन्धित कोष तथा लेखा नियन्त्रकको कार्यलयबाट बजेट निकासाको व्यवस्था गरिएको छ ।

एलआईसी नेपाललाई अन्तर्राष्ट्रिय अवार्ड, बेष्ट सर्भिस प्रोभाइडर बन्न सफल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरशन (एलआईसी नेपाल)ले अन्तर्राष्ट्रिय अवार्ड पाएको छ । कम्पनीले ‘इमर्जिङ्ग एसिया इन्स्योरेन्स अवार्ड, २०१८’ अन्तर्गत बेष्ट सर्भिस प्रोभाइडर इन लाईफ इन्स्योरेन्स अवार्ड, बेष्ट कस्टुमर ओरेन्टेसन इन लाइफ इन्स्योरेन्स अर्वाड र वेष्ट ग्रोथ इन लाइफ इन्स्योरेन्स अर्वाड पाउन सफल भएको हो । थाईलैण्डको बैङ्ककमा सम्पन्न उक्त कार्यक्रममा थाई इन्स्योरेन्स बोर्डका महासचिवले एलआईसी नेपालका का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारलाई उक्त अवार्ड प्रदान गरेका हुन् । जेठ १४ गते सम्पन्न भएको उक्त कार्यक्रममा एसिया महादेशका इन्स्योरेन्स कम्पनीहरुले भाग लिएका थिए । कार्यकममा का.मु. प्रमुख कार्यकारी अधिकृत दस्तिदारले नेपालको बीमा कम्पनीले यो अवार्ड तथा सम्मान पाउनु नेपालको बीमा उद्योगको लागि नै सम्मान र प्रतिष्ठाको विषय भएको बताएका छन् ।

व्यवसायीले कर र बैंकमा फरक वित्तीय विवरण पेश गर्ने दिन गए, एउटै विवरण नभए कारवाही हुने

काठमाडौं । व्यवसायीले कर कार्यलयमा र ऋण लिनका लागि बैंकमा पेश गरेको दुबै वित्तीय विवरण हेर्ने भएको छ । व्यवसायीले कर प्रशासन र बैंकमा फरकफरक विवरण पेश गरेर कर छली गरेको पाइएपछि सरकारले दुबैको विवरण हेर्न लागेको हो । यसबाट राजश्वमा वृद्धि भएपनि बैंकबाट जाने कर्जामा असर पर्ने देखिएको छ । अधिकाँश व्यवसायीले कर र बैंकमा फरक विवरण पेश गर्दै आएका छन । करमा कम कारोबार देखाउने र ऋण लिनका लागि बैंकमा बढी कारोबार पेश गर्ने केही व्यवसायी यसअघि नै कर प्रशासनको फन्दामा पर्दै आएका छन् । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७५/०७६ का लागि सार्वजनिक गरेको बजेटमा वित्तीय पारदर्शिताका लागि कर कार्यलय र बैंकमा पेश गरेको वित्तीय विवरण आदनप्रदान गर्न स्वचालित प्रणालीको विकास गर्ने भनेको हो । यो प्रणालीअनुसार अब प्रशासनले करदाताले ऋण लिनका लागि बैंकमा पेश गरेको विवरणको अध्ययन गर्न सक्ने छ । फरक विवरण भेट्टाएमा कारवाही गर्ने छ । सरकारले कर परिपालनमा जोड दिदै कर छली र चुहावट नियन्त्रण गर्न यस्तो व्यवस्था गरेको अर्थमन्त्री डा. खतिवडाले बताएका छन् ।

ग्राहक ठगी गर्ने बंगलामुखी आयल स्टोरमा शिलबन्दी

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभन्दा कम डिजेल विक्रि वितरण गर्ने ‘न्यू बगलामुखी आयल स्टोर’लाई शिलबन्दी गरेको छ । विभागको टोलीले आज डिजेल वितरण पम्पको नाप मापदण्डभन्दा कम भेटिएकाले सानो भ¥याङमा रहेको उक्त आयल स्टोरलाई शिलबन्दी गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बंगलामुखी आयल स्टोर सानो भ¥याङ, मकालु आयल स्टोर कलंकी र हामा आयल स्टोर स्वयम्भूमा गरिएको अनुगमनमा दुईवटा आयल स्टोर मापदण्डभित्र रहेको र बंगलामुखी आयल स्टोरलाई शिलबन्दी गरिएको बताए । यसैगरी विभागले मंगलबार उपत्यकाका दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको थियो ।

अब १०० जनाभन्दा बढी रोजगार दिने उद्योगलाई आयकर छुट

काठमाडौं । १०० जनाभन्दा बढी रोजगार दिने उद्योगलाई आयरकर छुट दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण प्रस्तुत गर्ने क्रममा सयभन्दा बढी रोजगार उपलब्ध गराउने उद्योगहरुलाई आयकर छुट दिने प्रस्ताव अघि सारेका हुन् । त्यस्तै उनले चिया कपडा र डेरी उद्योगहरुमा लाग्दै करमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्थान गर्ने प्रस्ताव उनले प्रस्ताव गरे । लद्यु  उद्यमलाई प्रोत्साहन गर्न ५ वर्षसम्म आयकर छुट दिने र महिलाहरुले सञ्चालन गरेको उद्योगमा थप दुर्इ वर्ष आयकर छुट दिने उनको प्रस्ताव छ । ५० करोड र त्योभन्दा बढी चुक्ता पूँजी भएको कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रोत्साहन स्वरुप तीन वर्षको लागि आयकरमा १० प्रतिशत छुट दिने उनले प्रस्ताव गरेका छन् ।

सनराइज बैंकका ग्राहक महर्जन र मिश्रले पाए बीमा रकम भुक्तानी

काठमाडौं । सनराइज बैंक लिमिटेडले “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत लुभु शाखाका ग्राहक राजेन्द्र महर्जनलाई एक लाख रुपैयाँ र केशवप्रसाद मिश्रलाई २३ हजार ९१६ रुपैयाँ बराबरको रकम प्रदान गरेको छ । बैंकका नायब महाप्रबन्धक रविन नेपालले बिरामी ग्राहक महर्जन र मिश्रलाई अस्पतालमा भर्ना हुदाँ लागेको सो मात्राको उपचार खर्च दिएका हुन् । यस बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ । साथै बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।  

पर्यटन क्षेत्रमा कलात्मक पुल निर्माण गर्न ५ अर्ब ७४ करोड, यस्तो बन्नेछ पुलहरु

काठमाडौं । सरकारले विभिन्न स्थानमा निर्माण गर्ने कलात्मक पुल निर्माण गर्नका लागि ५ अर्ब ७४ बजेट विनियोजन गरिएको छ । विभिन्न सडकलाई जोड्ने पुल निर्माणमा सरकारले सो रकम विनियोजन गरेको हो । यस्तो बन्नेछ पुल टेकु र कालीमाटी काठमाडौंको व्यस्त सडक टेकु र कालीमाटी जोड्ने बिष्णुमतिमा सिग्नेचर पुल बन्ने भएको छ । सडक विभागले टेकु–कालीमाटीमा पर्यटकिय दृष्टिकोणले आकर्षक २ लेनको सिग्नेचर पुल निर्माण गर्न लागेको हो । ‘काठमाडौंको मौलिकता झल्कने गरि सिग्नेचर पुलको डिजाइन भैरहेको छ, टेकु र कालीमाटीको इतिहास समेटिएको सिग्नेचर पुल निर्माण हुनेछ’, सडक विभागको पुल महाशाखका सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यले विकासन्युजसँग भने । टेकु र कालिमाटी जोड्ने मोटरेबल पुलकै नजिक सिग्नेचर पुलको निर्माण गर्न लागिएको हो । सो पुलको डिजाइन तयार भैइरहेको छ । सिग्नेचर ब्रिजको डिजाइन तथा निर्माणमा सघाउने गरि सडक विभागले विश्व विख्यात चिनियाँ डिजाइनर डिवाई चेनलाई मासिक १८ लाख तिरेर कन्सल्ट्याण्ट नियुक्त गरिसकेको छ । उनले आठ महिनासम्म नेपाल बसेर चार वटा सिग्नेचर ब्रिजको डिजाइन निर्माण गर्ने तथा नेपाली इञ्जिनियरहरुलाई शिप हस्तान्तरण गर्नेछन् । सिग्नेचर ब्रिज निर्माण गर्दा हाल निर्माण भैरहेका र सञ्चालनमा रहेका पुलहरुको भन्दा ४० प्रतिशत बढि लगानी आवश्यक पर्नेछ । सिग्नेचर ब्रिज बनाउन प्रति मिटर ३० लाखसम्म लाग्ने प्रक्षेपण गरिएको छ । तर ती पुलहरु पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण हुनेछन् । ‘पुलहरु पर्यटकिय आकर्षणका हुनेछन्, पुलहरु गाडी गुडाउन मात्रै होइन, रम्न, रमाउन पनि उपयोग हुन्छन भन्ने सन्देश दिन सिग्नेचर पुल बनाउन लागिएको हो’, शाक्यले भने । पुलमा आकर्षक डिजाइन, धर्म संस्कृति र सो क्षेत्रको रहनसहन झल्किनेछ । रातको समयमा आकर्षक बत्ति बल्ने तथा साँझ बिहान धार्मिक धुन बज्ने लगायतका बिषेशता सिग्नेचर ब्रिजमा हुनेछन् । पुलबाट दृष्यावलोकन गर्न सकिनुका साथै आसपासको क्षेत्रमा समेत राम्रो सजावट गरिनेछ । रौतहट र सर्लाही जोड्ने रौतहट र सर्लाही जिल्ला जोड्ने बागमति नदिमा सिग्नेचर (ब्रिजपुल) बन्ने भएको छ । पुर्व पश्चिम राजमार्गस्थित दुई जिल्ला जोड्ने बागमति नदिमा चार लेनको आकर्षक सिग्नेचर ब्रिज बनाउन लागिएको हो । सडक विभागको पुल महाशाखाले सो सिग्नेचर ब्रिजको डिजाइन बनाईरहेको छ । ‘आगामी पाँच बर्षभित्रै रौतहट र सर्लाही जोड्ने महेन्द्र राजमार्गको बागमति नदिमा सिग्नेचर ब्रिज निर्माण सम्पन्न हुनेछ, हामी अहिले डिजाइन बनाईरहेका छौं’, महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यले भने । सिग्नेचर ब्रिजको डिजाइन तथा निर्माणमा सघाउने गरि सडक विभागले विश्व विख्यात चिनियाँ डिजाइनर डिवाई चेनलाई मासिक १८ लाख तिरेर कन्सल्ट्याण्ट नियुक्त गरिसकेको छ । उनले आठ महिनासम्म नेपाल बसेर चार वटा सिग्नेचर ब्रिजको डिजाइन निर्माण गर्ने तथा नेपाली इञ्जिनियरहरुलाई शिप हस्तान्तरण गर्नेछन् । सिग्नेचर ब्रिज निर्माण गर्दा हाल निर्माण भैरहेका र सञ्चालनमा रहेका पुलहरुको भन्दा ४० प्रतिशत बढि लगानी आवश्यक पर्नेछ । सिग्नेचर ब्रिज बनाउन प्रति मिटर ३० लाखसम्म लाग्ने प्रक्षेपण गरिएको छ । तर ती पुलहरु पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण हुनेछन् । दुई वटा शहर जोड्ने, मानिसहरुको आवतजावत भैरहने ठाउँमा निर्माण हुने सिग्नेचर ब्रिजले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सघाउनेछ । पुलमा आकर्षक डिजाइन, धर्म संस्कृति र सो क्षेत्रको रहनसहन झल्किनेछ । रातको समयमा आकर्षक बत्ति बल्ने तथा साँझ बिहान धार्मिक धुन बज्ने लगायतका बिषेशता सिग्नेचर ब्रिजमा हुनेछन् । पुलबाट दृष्यावलोकन गर्न सकिनुका साथै आसपासको क्षेत्रमा समेत राम्रो सजावट गरिनेछ । रौतहट र सर्लाही जोड्ने सिग्नेचर ब्रिजले पनि सो क्षेत्रको पर्यटन फस्टाउने शाक्यले बताए । रौतहट, सर्लाही, मकवानपुर र सिन्धुली जिल्लाको संगमस्थलका रुपमा रहेको धार्मिक पर्यटकिय क्षेत्र नुनधर सो पुलबाट ५ सय मिटरको दुरीमा रहेको छ । नुनथरको पर्यटन प्रवद्र्धन तथा बागमति नदिको सभ्यतालाई समेत जोडेर निर्माण हुने सिग्नेचर ब्रिजले रौतहट र सर्लाहीको उत्तरी क्षेत्रको विकासमै ठुलो योगदान दिनेछ । चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण गरिने भएको छ । कर्णाली चिसापानीमा निर्माण गरिएभन्दा अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो । चिनियाँ प्राविधिकको सहयोगमा सडक विभाग मातहतको पुल महाखाशाले उक्त पुल निर्माणको प्रारम्भिक नमूना तयार पारिरहेको छ । उक्त पुल डबल लेनमा निर्माण गरिनेछ । उक्त पुल ५०० मिटर लामो हुनेछ । प्रतिमिटर २० लाख लागतमा एक अर्ब रूपैयाँमा उक्त पुल निर्माणमा खर्च लाग्ने अनुमान गरिएको छ । नारायणी नदीमा निर्माण गरिने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बन्नेछ । हाल सञ्चालनमा रहेको पुलको ठीक तल्लोपट्टी निर्माण गर्नुपर्ने अवस्था आए दुई लेनको र देवघाट आसपासमा निर्माण गर्नुपर्ने अवस्था आए चार लेनको निर्माण गर्ने तयारीमा विभाग रहेको उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । त्यस्तो पुललाई पानीको प्रवाहले केही असर नगर्ने प्राविधिक बुझाइ छ । वातावरणीय दृष्टिकोणले पनि जलचरको संरक्षण हुनेछ । सरकारले चितवन–नवलपरासी जोड्ने सडक र पुललाई शहरी पूर्वाधारमा राखेको खण्डमा पूर्व–पश्चिम राजमार्गलाई देवघाट आसपासबाट मोड्ने तयारीमा रहेको छ । त्यस्तो अवस्था आए पूर्व–पश्चिम राजमार्ग परिवर्तन हुने र पुल चार लेनको निर्माण हुनेछ । पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । साँझ वा बिहानको समयमा विभिन्न धार्मिक भजनसमेत पुलमा सुन्न पाइनेछ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउन लागिएको हो । “पुल मानव सभ्यतासँग जोडिएकाले पनि आकर्षक बनाउन खोजिएको हो । पर्यटन प्रवद्र्धन, आर्थिक समृद्धिसँग पुल जोडिएको हुन्छ । हामीले त्यसैलाई ध्यान दिन खोजेका हौँ” उपमहानिर्देशक थापाले भने। नेपालको पर्यटन प्रवद्र्धनमा कर्णाली पुलले महत्वपूर्ण योगदान गरे जस्तैः चितवन नवलपरासी जोड्ने पुललाई पनि त्यस्तै खालको चित्ताकर्षक बनाइनेछ । चिनियाँ प्राविधिकको सहयोगमा उक्त पुल निर्माण गरिनेछ । विभागले वातावरणीय प्रभाव मूल्याङ्कनको तयारी गरेको सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले जानकारी दिए । शाक्यका अनुसार हालसम्मकै नयाँ प्रविधिको प्रयोग गरेर पुलको डिजाइन गरिने र नेपाली प्राविधिकलाई सक्षम र सबल बनाउने लक्ष्य राखिएको छ । विभागले चिनियाँ उच्च प्राविधिकलाई निम्त्याएर सीपसमेत सिक्ने र नेपाली प्राविधिकलाई सक्षम बनाउने लक्ष्यसमेत राखिएको सिडिइ शाक्यले बताए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले पनि सो पुल निर्माणका सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो रहेको छ । मादी र सेती नदीमाथि पनि त्यस्तै सिग्नेचर ब्रिज निर्माण गरिने भएको छ । त्यसको समेत डिजाइन भइसकेको सिडिइ शाक्यले जानकारी दिए। कर्णाली नदीमाथि निर्माण गरिएको पुलको प्रविधि तथा ज्ञानको विषयमा नेपाली प्राविधिक जानकार नभएको र केही विषयसमेत थाहा नपाउने अवस्था रहेकाले चितवन–नवलपरासी जोड्ने पुल निर्माणको प्रविधि नेपाली प्राविधिकले समेत सिक्ने अवसर प्रदान गर्न लागिएको हो । कर्णाली पुल नेपालको लामो पुलमध्ये एक हो । सो पुलको निर्माण सन् १९९३ मा भएको हो । सो पुलमा दैनिक २ हजार ५०० आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्ने गरेका छन् । विशेषगरी भारतीय पर्यटक सो पुल हेर्न आउने गरेका छन् । कर्णाली पुलबाट दैनिक एक हजार ५०० देखि दुई हजार सवारी साधन सञ्चालनमा रहेका छन् । विभागले सडक संरचनाको आधारमा पुललाई पनि व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने रणनीति अख्तियार गरेको छ । सिडिइ शाक्यले आगामी दिनमा निर्माण गरिने पुल चार लेनको बनाइनेछ ।

सबै सामुदायिक विद्यालयमा इन्टरनेट

काठमाडौं । सरकारले सबै सामुदायिक विद्यालयहरुमा उच्च गतिको इन्टरनेटको व्यवस्था गर्ने भएको छ । अब विद्यार्थीहरुलाई प्रविधिको विषयहरुमा जानकारी गराउन सजिलो हुने भएको छ । विद्यार्थीलाई इन्टरनेटबाट बुझाउन सहज र सरल हुने भएको छ ।