विकासन्युज

जनसेवी लघुवित्तले संस्थापक सेयरधनीलाई भन्यो : हकप्रद सेयरको रकम जम्मा गर्नुस

काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयरको रकम जम्मा गर्न संस्थापकलाई भनेको छ । संस्थाले निष्कासन गर्न लागेको ४ करोड ९० लाख रुपैयाँ बराबरको ४ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । हकप्रद निष्कासन गर्नुअघि संस्थाले संस्थापकलाई हकप्रद वापतको रकम जम्मा गर्न ३५ दिन समय दिएको छ । संस्थाले पर्वतको कुस्मामा रहेका प्रभु बैंक, एनआईसी एसिया बैंक र मेगा बैंकमा हकप्रद वापतको रकम जम्मा गर्न संस्थापक सेयरधनीलाई भनेको हो । संस्थाले नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्टार कार्यालयबाट हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । अब धितोपत्र बोर्डबाट मात्र बाँकी छ ।

नागरिक लगानी कोषले सीबीआइएल क्यापिटलको संस्थापक सेयर बिक्री गर्दै, प्रतिकित्ता १४२ रुपैयाँ

 काठमाडौं । नागरिक लगानी कोषले सीबीआइएल क्यापिटल लिमिटेडमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कोषले सीबीआइएलमा रहेको ७५ हजार कित्ता संस्थापक सेयर न्युनतम १४२ रुपैयाँमा बिक्री गर्ने भएको हो । संस्थापक सेयर खरिदकर्ताले १५ दिनभित्र विवरण खुलाइ निवेदन दिन सीबीआईएलले जानकारी दिएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सकाे साधारणसभा जेठ १० मा, ४० करोड आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले आउदो जेठ १० गते हुने प्रथम साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको प्रभु लाइफमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । ४० करोड रुपैयाँ आईपीओ निष्कासन गरेर उठाउने तयारी कम्पनीको छ । कारोबार सञ्चालमा आएको १ वर्षको वित्तीय विवरण पारित गरेपछि मात्र प्रभुले आईपीओ निष्कासन गर्न पाउने छ । सभाले नयाँ सञ्चालक समितिको चयन गर्नेछ । कम्पनीले मंसिर २८ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको हो । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको छ ।

व्यवसाय विस्तारमा प्रभु बैंक, १ अर्ब ऋणपत्र निष्कासन गर्दै

काठमाडौं । प्रभु बैंकले व्यवसाय विस्तार गर्न १ अर्ब रुपैयाँको ऋणपत्र (डिबेञ्चर तथा बण्ड) निष्कासन गर्ने भएको छ । बैंकले आउँदो जेठ १० गते बस्ने १६ औं वार्षिक साधारणसभामा ऋणपत्र निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साधारणसभाबाट पारित भएपछि बैंकले ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डमा जानेछ । पुँजीगत आधार मजवुत र व्यवसाय विस्तार गर्न ऋणपत्र निष्कासन गर्न लागेको बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशाेक शेरचनले बताए । उनले छिट्टै ऋणपत्र निष्कासन गर्ने जानकारी दिए । यद्यपी प्रक्रियागत कारण निष्कासन लम्बिन पनि सक्ने छ । उनले बैंकसंग लगानीयोग्य पुँजी पनि कम भएकाले ऋणपत्र निष्कासन गरेर बढाउन खोजेको प्रष्टपारे । यसअघि ऋणपत्र निष्कासन गर्न साधारणसभामा जानुपर्ने प्रावधान थिएन । अहिले ऋणपत्रका लागि पनि साधारणसभाबाट पारित गर्नुपर्ने भएपछि बैंकले प्रस्तावको रुपमा लैजान लागेको हो । गत चैतसम्म कर्जा निक्षेप अनुपात (सीडी रेसियो ७४.४९ प्रतिशत छ । बैंकको हाल पुँजी पर्याप्तता १२.६८ प्रतिशत छ । पुँजी पर्याप्ताको अवस्था कम भएपछि यसलाई विस्तार गर्नका लागि बैंकले ऋणपत्र निष्कासन गर्न लागेको उनको भनाई छ । पुँजी पर्याप्तता ११ प्रतिशत भन्दा कम हुनुहुदैन् । बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुगेको छ । गत चैतसम्म बैंकले ८७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोष बढेर ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । सञ्चालक समितिमा न्युनतम १ जना महिला हुने गरी नियमावली संशोधनको प्रस्ताव अनुमोदनका लागि सभामा लैजाने भएको छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति वा गाभ्ने काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि परित गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफबाट सेयरधनीलाई लाभांश भने घोषणा गरेको छैन् ।  

पैसा राख्न, झिक्न र खाता खोल्न बैंक धाउनु पर्दैन, सिभिल बैंकले घरमै आएर सेवा दिन्छ

काठमाडौं । तपाईले खाता खोल्न, पैसा जम्मा गर्न र झिक्न बैंकमा गइरहनु परेको छ । बैंकमा धाउन र लाइनमा बस्न धेरै समय लाग्दै आएकोमा अब ती दिन गएका छन् । प्रविधिको विकाससंग अब बैंक नै घरमा आउने भएकोे छ । अब बैंकिङ कारोबार गर्न बैंक नै धाउने दिन गए । सिभिल बैंकले घरमै बसेर बैंकिङ सेवा दिने भएको छ । सिभिलले घरमै बसीबसी बैंकिङ सेवा दिन सभिल ट्याव बैंकिङ योजना ल्याएको छ । यो योजनाअनुसार अब ग्राहकले पैसा जम्मा गर्न र झिक्न र अन्य बैंकिङ कारोबार गर्न सिभिल जानु नपर्ने भएको छ । यसले समयको वचत तथा कारोबार गर्नका लागि लामो लाइन बस्नु पर्ने झन्झटको अन्त्य गरेको छ । सिभिल बैंकले त्यस्तो पद्दति वदल्दै बैंकको खाता खोल्न सम्बन्धित ग्राहककै घर–घर पुग्ने भएको हो । बुधबार राजधानीमा एक समारोहबीच बैंकले बैंकको पँहुचमा आइनपुगेकाहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले ‘घरमै बसि बसि बैंकिङ खुशी खुसी’ भन्ने नाराका साथ सिभिल ट्याब बैंकिङ सेवा शुरु गरेको हो । सेवाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ट्याबमा क्लिक गर्दै उक्त सेवाको उद्घाटन गरे। सेवा अनुसार बैंकका कर्मचारीहरुले ट्याबको सहयोग लिएर ग्राहककै घर, अफिस वा कुनै पनि स्थानमा गएर खाता खोल्दिने लागयतका बैंकिङ सुविधा उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत ( सिईओ ) गोविन्द गुरुङले बताए । उनका अनुसार खाता खोल्नका लागि ग्राहकले कुनै पनि झन्झट तथा असुविधा बेहोर्नु पर्दैन । खाता खोल्ने क्रममा ग्राहकसँग नागरिकता लगायतको आफुलाई चिनाउने औपचारिक सक्कली परिचयपत्र हुनुपर्छ । त्यो बाहेक फोटो, परिचयपत्रको फोटो कपी, ग्राहकको लोकेशन ट्याबमार्फत तयार गर्ने बताए । बैंकका अध्यक्ष इच्छाराज तामाङले अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त बैंकिङ सेवा सञ्चालनको लागि विगत ५ वर्षदेखि तयारी गरेको बताए । ‘बैंकले विगतदेखिनै समय सापेक्ष नविन प्रविधि प्रयोग गर्दै आएको छ,’ उनले भने ‘शुरु गरिएको सिभिल ट्याब बैंकिङ सेवा पनि सोहि अभियान अन्तर्गत हो ।’

डेढ महिनामै ३ पटक निगमले बढायो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोल पुग्याे १०८, डीजेल ९०

काठमाडौं । गएको महिनासम्मा २ पटक पेट्रोलियम पदार्थको मुल्य बढेकोमा नेपाल अायल निगमले फेरी मुल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागु हुने गरि  निगमले पेट्रोलमा २, डीजेल र मट्टीतेलमा क्रमश ३/३ रुपैयाँ बढाएको हाे । बढेर अब पेट्रोल प्रतिलिटर १०८, डिजेल ९० र मट्टीतेल पनि ९० रुपैयाँ पर्ने भएको छ । इण्डीयन आयल कर्पोरेशन (आईओसी) ले बढेको मुल्य पठाएपछि स्वचालित मुल्य विधि अनुसार निगमको सञ्चालक समितिको वैठकले मुल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोईतले जानकारी दिए । पछिल्लो मुल्य बढेसँगै गएको डेढ महिनामा निगमले लगातार तीन पटक मुल्य बढाएको हाे । जसमा पहिलो पाक्षिक (१५ दिन) काे अबधिमा निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँको दरले मुल्य बढाएको थियो । त्यस्तै दुई हप्ताअघि पेट्रोलमा १, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ मुल्य बढाएको थियो ।

बीमा कम्पनीको सीर्इओ बन्न स्नातकलाई बाटो खुल्यो, डेपुटी सिर्इओ अनिवार्य

काठमाडौं । स्नातक तह उतिर्णहरुलाई पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) बन्ने बाटो खुल्ला भएको छ । बीमा समितिले संस्थागत सुशासन निर्देशिका संशोधन गर्दै स्नातक तह उतिर्णले पनि कम्पनीको सीर्इओ बन्न पाउने व्यवस्था गरेको हो । संशोधित संस्थागत सुशासन निर्देशिका यसै साता सार्वजनिक हुँदैछ । यस अघि स्नातकोत्तर उतिर्णहरुले मात्रै कम्पनीको सीर्इओ बन्न पाउने व्यवस्था थियो । ‘स्नातक उतिर्णले पनि कम्पनीको सीइओ बन्न पाउने व्यवस्था अघि सारेका छौं, यसै साता संसोधित संस्थागत सुशासन निर्देशिका कार्यान्वयनमा आउँछ’, समिति उच्च श्रोतले विकासन्युजसँग भने । समितिले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०६९ लाई विस्थापित गर्दै बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ ल्याउन लागेको हो ।बीमा कम्पनीमा सीर्इओहरुको अभाव रहेको र नेपाल राष्ट्र बैंकले पनि स्नातक उतिर्णहरुलाई बाणिज्य बैंकको सीर्इओ बनाउन सकिने नयाँ व्यवस्था गरेसँगै बीमा समितिले पनि सोही अनुसारको व्यवस्था अघि सारेको हो । नयाँ संस्थागत सुशासन निर्देशिकामा बीमा कम्पनीहरुमा डेपुटी सीर्इओ पनि अनिवार्य गरिएको छ । अब प्रत्येक बीमा कम्पनीले सीर्इओका साथै डेपुटी सीर्इओको व्यवस्था पनि गर्नुपर्नेछ ।‘सीर्इओलाई काम गर्न सहज बनाउन र बीमा क्षेत्रमा नेतृत्व विकासका लागि डेपुटी सीइओ राख्नै पर्ने व्यवस्था गरेका हौं’, बीमा समिति श्रोतले भन्यो ।बीमा समितिले संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ यसै सातादेखि कार्यान्वयनमा ल्याउँदैछ ।

सिटिजन लाइफ इन्स्योरेन्सको नारायणगढ शाखा विस्तार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणगढंको शहिद चोकमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार कम्पनीका प्रमुख कार्यकारी(सिईओ) अधिकृत पोषकराज पौडेलले शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यकम्रमा कम्पनीका सिईओ पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराएका थिए । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने कम्पनीको विश्वास छ । साथै, कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भूक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएको सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो । यस शाखा सहित हाल कम्पनीले अधिराज्यभर ३६ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत अत्याधुनिक प्रविधिद्धारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना गा्रहकवर्गलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।