विकासन्युज

नगरकोटमा क्लब हिमालयसहित दर्जनौ होटल भत्काउने निर्णय

नगरकोट । पर्यटकका लागि आकर्षक मानिएको नगरकोटमा ठूला साना होटलहरूले गरेको वन तथा सार्वजनिक जग्गा अतिक्रमण हटाइने भएको छ। जिल्लास्थित अतिक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलको बैठकले नगरकोटको क्लब हिमालयबाट अतिक्रमण हटाउन सुरू गर्ने निर्णय गरेको छ। जिल्लामा भएका थुप्रै अतिक्रमणमध्ये नगरकोट क्षेत्रको अतिक्रमण क्लब हिमालयबाट सुरू गर्नुपर्छ,’ नेपाली कांग्रेसका जिल्ला उपसभापति अच्युत पौड्यालले भने,‘ निर्वाचनअघि हामीले केही समय अतिक्रमण हटाउन रोकौं भनेका थियौ, अब जसरी पनि जनप्रतिनिधिलाई अगाडि लगाएर वन र सार्वजनिक जग्गा अतिक्रमण हटाउनुपर्छ।’ नगरकोटका ठूला होटलहरू द फोर्ट, रूपेस माउन्टेन र होटल भ्यू प्वाइन्टले जग्गा अतिक्रमण गरेका छन्। सबैभन्दा धेरै क्लब हिमालयले १३ रोपनी, द फोर्टले ५ रोपनी, रूपेस माउन्टेनले एक रोपनी होटल भ्यू प्वाइन्टले २ रोपनी र मधुवन होटलले १ रोपनी जग्गा अतिक्रमण गरेका छन्। नगरकोटमा रहेका लप्ट होराइजन, घर छँप्रो, स्तुपा रिसोर्ट, सनसाइन होटल चौतारीलगायतका होटलहरूले पनि जग्गा अतिक्रमण गरेका छन्।

राष्ट्रिय राजमार्ग दैनिक ६ घन्टा अवरोध, दशौँ हजार यात्रुलाई सास्ती

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकको स्तरोन्नति कार्य गत चैतमै सकिनुपर्ने थियो, तर अहिलेसम्म आधा मात्र काम भएको छ। दिनमा ६ घन्टासम्म अवरोध गरेर, दशौँ हजार यात्रुलाई अलपत्र पारेर निर्माण भइरहेको सडकमा जम्मा ५० कामदार कार्यरत छन्। राजधानीबाट पूरै देशलाई जोड्ने यो नै मुख्य सडक हो। स्तरोन्नतिमा ढिलाइ हुँदा दिनमा हजारौँ यात्रुले सास्ती बेहोर्नुपरिरहेको छ। यो सडकको स्तरोन्नति १० असार ०७२ मा सुरु भएको थियो। अहिलेसम्म आधा काम भएको छ, तर आगामी चैतमा सक्ने नयाँ लक्ष्य छ। सडक जम्मा ३३ किलोमिटर, ठेकेदार नेपाल र भारतका नारायणगढ–मुग्लिङ ९स्तरोन्नतिसहित० सडकखण्डको कुल लम्बाइ ३३ किलोमिटर छ। सडकलाई तीन भागमा विभाजन गरेर विस्तार र स्तरोन्नति गरिँदै छ। पहिलो साढे १० किलोमिटर सडकको विस्तार भारतको बिएलए ग्रुप र नेपालको श्रेष्ठ कन्स्ट्रक्सन हेटौँडाले गरिरहेका छन्। त्यस्तै, बीचको साढे १० किलोमिटरमा भारतको उडहिल कम्पनी र नेपालको लामा कन्स्ट्रक्सन संलग्न छन्। अन्तिम १२ किलोमिटरको काम भने भारतको सुप्रिम कन्स्ट्रक्सन र नेपालको रौटाहा कम्पनीले गरिरहेका छन्। तीनवटै खण्डमा भारत र नेपालका एक–एक निर्माण कम्पनीको ‘ज्वाइन्ट भेन्चर’मा सडक स्तरोन्नति भइरहेको छ। यति सुस्त गतिमा काम भइरहे पनि आयोजना प्रमुख चन्द्रनारायण यादवले भने निर्माण कम्पनीहरूले सन्तोषजनक काम गरिरहेको बताए। तर, उनका अनुसार नै अहिले यस सडकखण्डमा करिब ५० कामदार कार्यरत छन्। मंसिर–पुस९सिजन०मा भने दुई सय जनासम्म पुग्ने गरेको उनले जानकारी दिए। आयोजनामा डोजर तथा एक्साभेटर २१ वटा, ट्रिपर २४ वटा, ग्रेडर ६ वटा र रोलर ७ वटा प्रयोग गरिएको छ। ०७२ मा भएको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा निर्माणमा ढिलाइ भएको नारायणगढ–मुग्लिङ सडक आयोजना प्रमुख यादवको भनाइ छ। ‘यसबाहेक आयोजना विस्तारका लागि आवश्यक कामदार, कच्चा पदार्थ (ढुंगा, गिट्टी र बालुवा) अभाव तथा जग्गा प्राप्ति समयमा नहुँदा पनि ढिलाइ भएको हो,’ उनले भने ‘अर्कोतिर अप्ठ्यारो ठाउँमा एकैपटक धेरै कामदार परिचालन गर्न पनि नसकिने अवस्था छ।’ आयोजना व्यवस्थापन पक्षले विस्तार र निर्माण कामको चैतमा मात्र सम्पन्न गर्न सकिने जानकारी गराए पनि अहिलेसम्म सडक विभागले मंसिरसम्मको मात्र म्याद दिएको छ। ‘सरकारले ८ महिना म्याद थपिसकेको छ,’ आयोजना प्रमुख यादवले भने, ‘अब चार महिना पनि थप गराउने प्रक्रियामा छौँ।’ कामलाई तीव्रता दिन सडक बन्द गर्ने समय वृद्धि गरिएकाले हालको कार्ययोजनाअनुसार नै सडक विस्तार सम्पन्न हुने उनको भनाइ छ। आयोजना कार्यालयका अनुसार अहिलेसम्म विस्तारको काम ५१ प्रतिशत सकिएको छ। आयोजनाको कुल लागत ३ अर्ब रुपैयाँमा आर्थिक वर्ष ०७२र७३ सम्ममा १ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ। ०७४ चैतसम्ममा आयोजना सम्पन्न गर्ने हो भने मासिक १५ करोड रुपैयाँको दरले खर्च गर्नुपर्ने हुन्छ। चालू आर्थिक वर्षका लागि सरकारले १ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको छ। ‘जेठसम्म ५० करोड रुपैयाँ खर्च भएको छ,’ यादवले भने, ‘केही बिलको भुक्तानी पनि गर्न बाँकी छ।’ चालू आर्थिक वर्षभित्र कुनै प्राकृतिक वा अन्य समस्या नदेखिए ८० प्रतिशत खर्च गरिने उनले बताए। यस आयोजनाका लागि विश्व बैंकको २ अर्ब ९० करोड रुपैया ऋण सहयोग रहेको छ। नयाँ पत्रिका दैनिकबाट ।

एसईई नतिजामा लापारबाही: परीक्षा नदिएको विषयको नजिता आएपछि विद्यार्थी हैरान

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयको लापारबाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी अप्ठेरोमा परेका छन् । कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजामाा विषय परिवर्तन भएर नतिजा आएपछि सच्याउन जानेको भीड लागेको छ । भक्तपुरको कमलविनायकस्थित मनकामना ईग्लि सेकेन्डरी स्कुलका विद्यार्थीले आफुले नपढेको र परिक्षा नदिएको विषयको नतिजा आएको आरोप लगाएका छन । नेपाल समाचारपत्रबाट ।

हुवावे पि टेन प्लस नेपाली बजारमा, खरिदमा एनसेलको १ जिबि डेटा सित्तैमा

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहार सहित आफ्नो नयाँ पि टेन प्लस स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको छ । विश्व प्रसिद्ध क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा उत्पादन गरिएको पि टेन प्लस एक स्टाइलिस र आधुनिक स्मार्टफोन हो जसले व्यावसायिक स्टुडियोको जस्तो क्यामरा इफेक्टस् दिंदै फोटोलाई अझै राम्रो बनाउने कम्पनीले जनाएको छ । नवीन प्रविधिको नमुनाको रुपमा यसमा हुवावे सुपरचार्ज जस्ता विषेशता रहेका छन् जसले पि टेन प्लसलाई सबै भन्दा एडभान्स फोटोग्राफी स्मार्टफोन बनाएको छ । एनसेल र हुवावेबीचको डिभाइस र डेटा सेवा बण्डलिङ्ग साझेदारी अन्तर्गत पि टेन प्लस स्मार्टफोन खरिद गर्ने ग्राहकहरुले हरेक महिना एनसेलको १ जिबि डेटा १० महिनासम्म निःशुल्क पाउँनेछन् । यो सहकार्यले ग्राहकलाई विषेश लाभ सुनिश्चित गर्दै उनीहरुलाई उत्कृष्ट डेटा सेवाको अनुभव प्रदान गर्ने विश्वास एनसेल र हुवावेले लिइएको छ । नेपालको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँग सहकार्य गरी आफ्नो अत्याधुनिक स्मार्टफोन किन्ने ग्राहकलाई निःशुल्क एनसेलको डेटाका प्रदान गर्न पाएकोमा आफु खुसि रहेको हुवावे टेक्नोलोजिज्ले बताएको छ । हुवावेले पि टेन प्लसका ग्राहकका लागि ३ महिना अवधि रहेको मोबाइल डिस्प्ले स्क्रिन बिमा, काठमाडौंमा डोर टु डोर र भिआइपी टु आवर आफ्टर सेल्स सर्भिस लगायतका विषेश सुविधाहरु प्रदान गरेको छ । बण्डलिङ्ग अन्तर्गतको डेटाकोसेवाको मजा लिन हुवावे पि टेन प्लस ग्राहकले उक्त मोबाइलमा एनसेलको सिम राखी अंग्रेजीमा एनसेल टाइप गरी १७१०० मा एसएमएस पठाउनु पर्नेछ । त्यस पश्चात ग्राहकले अफर अन्तर्गतको डेटा पाउने र फोरजी लगायतको दु्रत गतिको इन्टरनेट सेवाको मजा लिदै आफ्ना कार्यहरु उच्च गतिमा गर्न सक्नेछन् । एनसेलले जेठ १८ बाट काठमाडौं उपत्यका, नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा सुचारु गरिसकेको छ । साथै, कम्पनीले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउने लक्ष्य लिई कार्य गरिरहेको । कम्पनीले आफ्नो ‘इन्टरनेट सबैका लागि’ थिम अन्र्तगत ग्रामिण र दुर्गम क्षेत्रमा रहेका ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्नका लागि थ्रिजी नेटवर्कको विस्तार पनि गर्दैछ । ‘‘हामीले मोबाइल ब्रोडब्याण्डमा ग्राहकको पहुँच बढाउदै डिजिटल नेपाल निर्माणको परिकल्पनालाई साकार बनाउन योगदान पुर्याउने प्रतिबद्घता बमोजिम अबको ६ महिनामा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी सेवा उपलब्ध हुने गरी फोरजी नेटवर्कको विस्तार गर्दैछौ र थ्रिजी सेवाको पहुँच पनि एक वर्षमा दोब्बर बनाउदै कुल जनसंख्याको ६० प्रतिशतमा पुर्याउँदै छौं । मोबाइल ब्रोडव्याण्ड र ग्राहक अनुभवमा मोबाइल डिभाइसले महत्वपुर्ण भुमिका निर्वाह गर्दछ किनकी डिभाइसको माध्यमबाट ग्राहकले विविध सेवा तथा अवसरहरु उपयोग गरी लाभ लिने हो । त्यसैले नविन विषेशता र क्षमता भएका स्मार्टफोनहरुमा पहुँच हुनु महत्वपुर्ण हुन्छ । हुवावेसँग सहकार्य गर्दै ग्राहकका लागि आफ्नो डेटा सेवा उपलब्ध गराउदा हामी हर्षित छौं । यसले ग्राहकलाई थप मूल्य तथा विभिन्न अवसरहरुको लाभ प्रदान गर्ने विश्वास छ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । पि टेन प्लस मोडल अन्र्तगतका स्माटफोन ६४ जिबि आन्तरिक मेमोरी रहेको छ भने यी आकर्षक सुनौलो, कालो र चाँदीको रङ्गमा उपलब्ध छन् । एनसेलको १० जिबि डेटा, विषेश डिजाइन रहेको पि टेन प्लस क्यामेरा लेन्स किट, डिस्प्ले स्क्रिनको तीन महिनाको बिमा, सिटिसी मलमा रहेको हुवावे सर्भिस सेन्टरबाट २ घण्टा भित्र प्रदान गरिने बिक्रि पछिको भिआईपि सेवा र घर-घर गई हुवावेका प्रतिनिधीहरुले प्रदान गर्ने विक्री पछिको सेवा सुविधाले पि टेनलाई अझ विशेष बनाएको छ । पि टेन प्लस स्मार्टफोनमा स्टुडियोको जस्तो रि-लाइटिङ्, राम्रा फोटो निकाल्नका निमित्त थ्रिडी फेसियल डिटेक्सन प्रविधि, स-साना विवरणहरु समेत उतार्न सक्ने रियर क्यामेरा, हाइब्रिड जुम, दु्रतगतिमा पावर चार्ज लगायतका विशेषताहरु रहेका छन् । हुवावेले पि टेन प्लसका साथ साथै नेपाली बजारलाई लक्षित गर्दै अन्य विभिन्न मोवाइल सेटहरु पनि सार्वजनिक गरेको छ । हुवावेले आफ्नो वाई सिरिज अन्र्तगत नवआगन्तुक स्मार्टफोन ग्राहकदेखि युवाको चाहनालाई ध्यानमा राख्दै नयाँ स्मार्टफोनहरु भित्राएको छ । हुवावेले २०१७ सिरिजको नयाँ पुनरावृत्ति अन्तर्गत वाई थ्रि २०१७ र वाई फाइभ २०१७ मोडेलका मोवाइल सेट ल्याएको छ । साथै युवा वर्गलाई लक्षित गर्दै वाई सेभेन प्राइम ल्याएको छ जुन् स्मार्टफोन २०१६ मा ल्याइएको र एकदमै रुचाइएको वाई सिक्स मोडलको नयाँ संस्करण हो ।

मुक्तिनाथ बिकास बैंकद्धारा मृतकको परिवारलाई १ लाख रुपैयाँ बिमा भुक्तानी

काठमाडौं । मुक्तिनाथ बिकास बैंक लिमिटेडले फलेबास नगरपालिका वडा नं. ३ पर्वत निबासी मृतक माया परियारको परिवारलाई जम्मा १०६,५०० रुपैयाँ बितरण गरेको छ । उक्त रकम बैंकले शुक्रबार एक सोक समारोह आयोजना गरि बितरण गरेको हो। बैंकको ग्राहक मृतक परियारले मुक्तिनाथ बिकास बैंक मार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आफ्नो जिबन बिमा गराएकी थिइन् र मुक्तिनाथ बिकास बैंकबाट १५०,००० कर्जा समेत लिएको बैंकले जनाएको छ । उनको ५५ बर्षको उमेरमा मृत्यु भएकोले निजको हकवाला छोरा मनबहादुर दर्जीलाइ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मृत्युदावी भुक्तानी स्वरुप रु १००,००० बिमांक र बोनस रु ६५०० गरि जम्मा रु १०६,५०० रुपैया राहत स्थानिय र निजको आफन्तहरुको उपस्थितीमा बितरण भएको थियो भने बैंकले बैंकको तिर्न बाँकी रहेको कर्जा रु ६५,००० मिनाहा गरि दिएको थियो । उक्त कार्यक्रममा बैंक अनुगमन कार्यालय पोखराको अनुगमन अधिकृत मुकेश बिक्रम वस्ती र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय वालिंगका शाखा प्रबन्धक भोज कुमार कुवरद्धारा संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । बैंकले नेपालका उत्कृष्ठ बिमा कम्पनीहरु संगको सहकार्यमा आफ्ना लघुवित्तका ग्राहकहरुलाई जिबन बिमा प्रति आकर्षित गराइ बिमा गराउँदै आएको छ । बैंकका अनुगमन कार्यालय पोखराका अनुगमन अधिकृत मुकेश बिक्रम वस्तीले बताउदै स्थानियहरुलाई समेत बिमाको फाइदा बारे बताएका छन् ।

सोसियल बिजनेश च्यालेन्ज पुरस्कार कुलदिप अर्याललाई

काठमाडौं । सोसियल बिजनेश च्यालेञ्ज २०१७ अवार्ड कुलदिप बन्धु अर्यालले प्राप्त गरेका छन् । युनुस सोसियल बिजनेश सेन्टर र किग्ंस कलेजले संयुक्त रुपमा सञ्चालन गरेको च्यालेन्जमा ग्रामिण विकास अभियानका तर्फबाट सहभागी अर्यालले अग्रो सेल्टर परियोजनाका लागि प्रथम पुरस्कार प्राप्त गरेका हुन् । अर्याललाई एक लाख नगद सहित पुरस्कृत गरिएको हो । समुदायद्धारा सञ्चालित कृषि उपज भण्डार केन्द्रलाई एग्रो सेल्टर भनिन्छ । हाम्रो डक्टर्स, एग्रो मार्ट, एल पानी, एग्रो टेक, फार्म, स्वास्थ्य मञ्च, एभोकाडो एण्ड मोर, स्प्रिङ स्यानीटेरी न्यापकिन्स र रास्बीन इन्टरप्राइजेजलाई पछि पार्दै उपाधी जितेको हो । संस्थाले नेपालमा व्यवसायीक कृषि कर्म र उत्पादित उपजको बजारीकरणमा ठुलो चुनौती रहेको बताएको छ । कृषि क्षेत्रमा रहेका समस्याहरुको तत्कालिन तथा दिर्घकालिन समाधानका उपायहरुको खोजी गर्दै सोसियल बिजनेश च्यालेञ्ज प्रतियोगीता आयोजना गरिएको थियो । ५० प्रतियोगीहरुले काठमाडौं, बिरगञ्ज, बिराटनगर, जनकपुर, चीतवन लगायतका शहरबाट सहभागीता जनाएका थिए ।

गोपाल पराजुलीः ६५ बर्षपछिको ऐतिहासिक पुनर्जन्म

काठमाडौं । जन्मसँगै मानिसको अस्थित्व सुरु हुन्छ, सरकारी कार्यालयमा उसको विवरण दर्ज भएपछि कानुनी अस्थित्व स्थापित हुन्छ । जन्म दर्ताबाट मानिसलाई राज्यको पहिचान भित्र समेटिन्छ । त्यसपछि उसको शैक्षिक संस्था मार्फत अर्काे विवरण सरकारी निकायमा दर्ज हुन्छ । जग्गा जमिन खरिद, विवाह दर्ता हुँदै सरकारी जागिर खाँदासम्म उसले आधा दर्जन भन्दा धेरै पटक सरकारी कार्यालयमा आफ्नो वैयत्तिक विवरण बुझाएको हुन्छ । त्यसरी बिभिन्न निकायमा वैयक्तिक विवरण बुझाउँदा नाम, ठेगाना वा जन्म मिति फरक परेमा उसले सच्याउने अवसर पनि पाउँछ । नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रमा फरक भेटिए त्यसलाई तत्कालै सच्याउन सकिन्छ । तर सर्वाेच्च अदालतका कायम मुकायम प्रधानन्यायधिश गोपाल पराजुलीले भने ६५ बर्षपछि मात्रै आफ्नो जन्म मिति सच्याएका छन् । अर्थात पराजुलीले ६५ बर्षपछि पुनर्जन्म प्राप्त गरेका छन् । त्यो पनि उनले सर्वाेच्च अदालतमा प्रधानन्यायधिश बन्ने प्रयोजनका लागि आफ्नै अध्यक्षतामा बसेको बैठकबाट पुनः जन्म प्राप्त गरेका हुन् । २०३० साउन २१ गते जारी गरिएको नागरिकतामा उनको उमेर २१ वर्ष लेखिएको छ । जन्म मिति नखुलाएर उमेर मात्रै लेखिएको सो नागरिकताका आधारमा पराजुलीको जन्म २००९ सालमा भएको देखिन्छ । तर पराजुलीले २०६७ साल मंसिर ९ गते नागरिकताको अर्काे प्रतिलिपी बनाएका छन् । सो प्रतिलिपिमा उनको जन्म २०१० बैशाख १६ गते भएको उल्लेख छ । त्यसो त पराजुलीले सर्वाेच्च अदालतमा बुझाएको कागजातमा पनि उनको जन्म २००९ साल साउन २१ गते लेखिएको थियो । उनको पेन्सन पट्टामा भने जन्म मिति २०१० साल बैशाख १३ गते लेखिएको छ । यसरी गोपाल पराजुली एक वर्षमै तीन पटक जन्म लिने ऐतिहासिक व्यक्ति बन्न सफल भएका छन् । २०६८को न्याय परिषद बुलेटिनदेखि २०७२ सालसम्म उनको जन्म मिति २००९ साल साउन १६ गते नै लेखिएको छ । तर उनले सर्वाेच्च अदालतमा लामो समयसम्म प्रधानन्यायधिश बन्नकै लागि आफ्नो जन्म मिति सच्याएर २०१० साल बैशाख १६ गते कायम गराएका छन् । पराजुलीले २०६७ साल मंसिर ९ गते नै नागरिकताको प्रतिलिपी बनाएर उमेर सच्याएको भएपनि २०७२ सालसम्म किन अभिलेख अद्यावधिक गरेनन ?  यो प्रश्न पनि उब्जिएको छ ।

ग्लोबल आइएमईले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्बन्धि विषेश प्रस्ताव पारित गरेको छ । बैंकको असार ९ गते काठमाडौंमा बसेको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । सभाले रिलायबल डेभलपमेन्ट बैंक लि. को १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लि. को ८२.९० कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्नेसहितको विषेश प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्ता पूँजी १ अर्ब १ करोड ४ लाख रुपैयाँ रहेको बैंकलाई प्राप्ती पश्चात ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ३ लाख पुग्ने बैंकले जनाएको छ । साथै, बैंकको शाखा संख्या ११२, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुग्नेछ । साथै यहि असार मसान्तसम्ममा दुबैं बैंकबीच एकिकृत कारोबार गर्ने लक्ष्य ग्लोबल आइएमई बैंकले लिएको छ ।