विकासन्युज

तीन वटा बै‍कको २० लाख ५६ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । २ वटा वाणिज्य र एउटा विकास बैंकको गरी २० लाख ५६ हजार ६ सय ४ कित्ता सेयर लिलामीमा राखिएको छ । यसमध्ये सानिम बैंकको सर्वसाधारण तर्फको २ लाख ११ हजार ४७ किता सेयर रहेको छ । यो सेयर आगामी असार २२ गते भित्रै लिलामी गर्ने बैंकले जानकारी दिएको छ । यसका लागि यही असार १५ गते देखि २२ गते भित्र न्युनमत एक सय रुपैयाँ कबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्न बैंकले अनुरोधन गरेको छ । यसको विक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेड हो । यस्तै नेपाल बैंङ्गलादेश बैंकले पनि ९ लाख ८८ हजार १२० कित्ता सेयरको लिलामी गर्ने भएको छ । यसले संस्थापक तर्फको १९ हजार ५११ कित्ता र सर्वसाधारण तर्फको ९ लाख ८८ हजार १२० कित्ता सेयरको लिलामी गर्दै छ । यो बैैंकले पनि यही असरा १४ देखि २१ गतेभित्र बोलपत्र पेश गर्नुपर्ने गरी आवेदन मागेको छ । यो बैंकको विक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल हो । सिदार्थ डेभलपमेन्ट बैंकले पनि ८ लाख ५७ हजार कित्ता सेयरको लिलामी गर्ने भएको छ । यो बैंकले संस्थापक समूहको ४ लाख ५ हजार ८८८ कित्ता र सर्वसाधारण तर्फको ४ लाख ५१ हजार ५४८ कित्ताको सेयरको लिलामी गर्ने भएको छ । यो बैैंककले पनि यही असार १४ देखि २१ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्नुपर्ने जानकारी दिएको छ । यसको विक्री प्रवन्धक नबील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।

सबै शीर्ष नेता चुनावी दाैडमा, कुन नेता कहाँ खटिदैँछन् ?

  कांग्रेस – -प्रधानमन्त्री देउवा ६ दिन काठमाडौंबाहिर – रामचन्द्र पौडेल नवलपरासी, रुपन्देही र कपिलवस्तुको प्रचारमा जाने -महामन्त्री शशांक कोइराला अमेरिकातिर -कोषाध्यक्ष सीतादेवी यादव तराईमै व्यस्त -अनुगमन गर्न डा. प्रकाशशरणको नेतृत्वमा कार्यदल – प्रदेश नं. १ मा ‘हेभिवेट’ नेता, ५ मा ‘लो प्रोफाइल’मात्रै महत्वपूर्ण ठाउँमा कांग्रेसका ठूलै नेता -भीमसेनदास प्रधान ताप्लेजुङ -अर्जुनप्रसाद जोशी पाँचथर -श्यामकुमार घिमिरे इलाम -डा. रामशरण महत झापा -प्रकाशमान सिंह-जीवन परियार संखुवासभा -जगदीश्वरनरसिंह केसी तेह्रथुम -बहादुरसिंह लामा तामाङ भोजपुर -मोहनबहादुर बस्नेत धनकुटा -विमलेन्द्र निधि मोरङ -अर्जुननरसिंह केसी सुनसरी -यज्ञबहादुर थापा सोलुखुम्बु -राजेन्द्रकुमार केसी खोटाङ -प्रकाश शर्मा पौडेल ओखलढुंगा -तेजुलाल चौधरी उदयपुर -चन्द्रबहादुर कुँवर गुल्मी -ध्रुव वाग्ले पाल्पा -कमला पन्त अर्घाखाँची -रोमी गौचन थकाली-रञ्जित कर्ण नवलपरासी -महेन्द्र यादव-शंकर भण्डारी रुपन्देही -धनराज गुरुङ-रामकृष्ण यादव कपिलवस्तु -गोविन्द भट्टराई रुकुम -उदयशमशेर राणा रोल्पा -रामचन्द्र पोखरेल-खड्गबहादुर बस्याल प्युठान -सुरेन्द्रराज पाण्डे दाङ -हृदयराम थानी बाँके -चित्रलेखा यादव-उमाकान्त चौधरी-रेशमबहादुर बानियाँ बर्दिया -इन्द्र बानियाँ बाजुरा -मोहनप्रसाद बराल अछाम -प्रदीप पौडेल बझाङ -चन्द्र महर्जन डोटी -रत्न शेरचन कैलाली -गगनकुमार थापा दार्चुला -तप्तबहादुर विष्ट बैतडी -शेषनाथ अधिकारी डडेल्धुरा -जीवनबहादुर शाही कञ्चनपुर प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा भोट हाल्ने प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुख्र्यौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम उमाविमा उनले भोट हाल्ने उनका स्वकीय सचिव भानु देउवाले बताए । एमालेको प्रचारमा शीर्ष नेता : ओली झापा, खनाल इलाम र नेपाल सम्पर्क मञ्चका कार्यक्रममा व्यस्त तीन प्रदेशमा हुने निर्वाचनको प्रचारका लागि एमालेका शीर्ष नेताहरू जिल्ला खटिएका छन् । केन्द्रीय प्रचार विभागका अनुसार शीर्ष नेताहरू अहिले पनि जिल्लामै छन् । अध्यक्ष केपी ओलीदेखि, वरिष्ठ नेताद्वय, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवदेखि स्थायी समिति सदस्यसम्मका नेता प्रचारमा खटिएको एमालेले जनाएको छ । एमाले नेता को–कहाँ ? -अध्यक्ष केपी ओली झापा -झलनाथ खनाल-सुवास नेम्वाङ इलाम -माधवकुमार नेपाल सम्पर्क मञ्चको कार्यक्रम -उपाध्यक्ष वामदेव गौतम प्युठान -उपाध्यक्ष युवराज ज्ञवाली दाङ -उपाध्यक्ष भीम रावल ७ नम्बर प्रदेशका जिल्ला -महासचिव ईश्वर पोखरेल ओखलढुंगा, भोजपुर र धनगढी -उपमहासचिव विष्णु पौडेल ५ नम्बर प्रदेश -उपमहासचिव घनश्याम भुसाल-छविलाल विश्वकर्मा रूपन्देही -सचिवद्वय प्रदीप ज्ञवाली-गोकर्ण विष्ट गुल्मी -सचिव पृथ्वी सुब्बा गुरुङ ओखलढुंगा -सचिव एवं प्रदेश नम्बर १ का इन्चार्ज भीम आचार्य सुनसरी -सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङ -शंकर पोखरेल दाङ माओवादी नेता को–कहाँ ? -प्रचण्ड कैलाली, कञ्चनपुर, मोरङ -कृष्णबहादुर महरा दाङ -देव गुरुङ बाग्लुङ र रुकुम -वर्षमान पुन र कुलप्रसाद केसी रोल्पा -गिरिराजमणि पोखरेल मोरङ -टोपबहादुर रायमाझी अर्घाखाँची -राम कार्की ओखलढुंगा, सोलु र झापा -शक्ति बस्नेत बाँके र बर्दिया -गोपाल किराती प्रदेश नम्बर १ -लेखराज भट्ट र लीलामणि पोखरेल प्रदेश नम्बर ७ -मणि थापा प्युठान -चक्रपाणि खनाल रुपन्देही र कपिलवस्तु रोल्पाका सबै तहमा केन्द्रीय नेता माओवादीको बलियो पकड मानिएको रोल्पामा आधा दर्जन केन्द्रीय नेता परिचालन भएका छन् । नेता वर्षमान पुनलाई रोल्पा नगरपालिका र माडी गाउँपालिका, कुलप्रसाद केसी सोनामलाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका, जोगबहादुर महरालाई सुवर्णवती गाउँपालिका र लुंग्री गाउँपालिका, झक्कु सुवेदीलाई थवाङ गाउँपालिका, जयपुरी घर्तीलाई दुईखोली गाउँपालिका, दीपेन्द्र पुन सिजललाई सुकिदह गाउँपालिका र मानबहादुर बूढालाई सुनछहरी गाउँपालिकाको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ । राप्रपाका को कहाँ ? -दीपक बोहरा रुपन्देही, -राजेन्द्र लिङ्देन झापा -जयन्त चन्द प्रदेश नं. ७, -सुनीलबहादुर थापा धनकुटा नयाँ शक्तिका कमान्डर -डा. बाबुराम भट्टराई प्रदेश नं. १ -देवेन्द्र पौडेल प्रदेश नं. ५ -हिसिला यमी प्रदेश नं. ७ लोकतान्त्रिक फोरमका कमान्डर नेपाल लोकतान्त्रिक फोरमले प्रदेश छुट्याएर कमान्डरहरू खटाएको छ । प्रदेश नं. १ मा पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा नेताहरू खटिएका छन् । महामन्त्री रामजनम चौधरीका अनुसार प्रदेश नं. ५ मा उपाध्यक्षद्वय गोपाल दहित र शिवलाल थापाको नेतृत्वमा देवप्रसाद दुरा, वकिल मुसलमानलगायतका नेता खटिएका छन् । प्रदेश नं. ७ मा महामन्त्री रामजनम चौधरीको नेतृत्वमा सांसद जनक चौधरी र आरसी यादवलगायतका नेताहरूलाई खटाइएको छ । जिल्लामा खटिएका नेताहरूले आवश्यकताअनुसार अन्य नेताहरूको पनि सहयोग लिन सक्ने महामन्त्री चौधरीले बताए । नयाँ पत्रिका दैनिकबाट ।

प्रदूषण नियन्त्रण शुल्क चार अर्ब नाघ्यो, वातावरण भने झनै दूषित

प्रदूषण नियमन्त्रणका नाममा सरकारले २० वर्षदेखि प्रतिलिट सवारी इन्धनबाट ५० पैसाका दरले उठाउँदै आएको रकम अहिले चार अर्ब पुगेको छ । यसरी जम्मा भएको रकम प्रदूषण नियन्त्रका क्षेत्रमा भने पटक्कै खर्च भएको छैन । देशभर विग्रदै गएको वातावरण प्रदूषण र सशरी क्षेत्रमा बढेको अत्यधिक प्रदूषणले दैनिकी कष्टकर बनाउँदै गएको छ । सरकारले ०५३ देखि देशभर चल्ने सवारी साधानमा खपत हुने इन्धनबाट यस्तो प्रदूषण शुल्क लिने गरेको छ । ०७४ बैशाखसम्म आइपुग्दा यो रकम ४ अर्ब ४ करोड १७ लाख रुपैयाँ जम्मा भैसकेको छ । यो रकम बातावरण प्रदूणा नियन्त्रका नाममा संकलन भएपनि नाम अनुसार खर्च हुन सकेको छैन । नागरिक दैनिकबाट ।

जनयुद्धका कमाण्डर भेडा गोठालो लागेर विताउँछन दैनिकी

बझाङ । बुङगल नगरपालिका २ का शंकर धामी गरेरै राम्रो आम्दानी गर्दै आएका छन् । शंकर मात्र होईन, गाउँकै किशोर धामी र कमल धामी पनि यो ब्यवसायमा सक्रिय छन् । हिमाली क्षेत्रमा भारी बोक्न, उन र मासुका लागि भेडाबाख्राको प्रयोग हुन्छ । हिउँदेयाममा बेसी र बर्षायाम्मा लेकतिर लाग्नु उनीहरुको दैनिकी नै हो । ०५९ सालमाकक्ष ७ मा पढ्दै गर्दा तत्कालिन नेकपा माओवादीको सशस्त्र संघर्षमा लागेका उनहीहरु अहिले भेडापालान गर्छन । भेडापालन गरेर बार्षिक ३ देखि ५ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्, कारोबार दैनिकबाट ।

साढे ३३ किलो सुन तस्करीका नाइके दुबईबाट पक्राउ

काठमाडौं । प्रहरी र भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ परेका छन्। तस्करीका नाइके अर्जुनप्रसाद खरेल र राजन पन्थलाई युएई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले दुबैलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको छ । इन्टरपोलको सहयोगमा उनलाई नेपाल ल्याउने प्रयास भइरहेको सीआइबीका एसएसपी शेरबहादुर बस्नेतले जानकारी दिए । खरेल र पन्थविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरेको थियो । सोही आधारमा युएई प्रहरीले उनीहरुलाई केही दिनअघि पक्राउ गरेको हो । सिआईबीले गत पुस २० मा पिंगलास्थानबाट साढे ३३ किलो सुनसहित तीन युवकलाई पक्राउ गरेको थियो । अनुसन्धान गर्ने क्रममा सो सुन दुबईमा रहेका व्यक्तिहरुले नेपाल पठाएको र विमानस्थलमा सेटिङ गरेर दुई वर्षदेखि तस्करी गर्दै आएको खुलेको थियो। नयाँ पत्रिका दैनिकबाट ।

कतार जाने नेपाली ४० प्रतिशतले घटे, जोखिम मोल्न नचाहेको व्यवसायीको भनाइ

काठमाडौं । दुईसाताअघि छिमेकी मुलुकले नाकाबन्दी गरेको कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या ४० प्रतिशतले घटेको छ । विभिन्न रोजगारदाता कम्पनीमा कार्यरत करिव चार लाख नेपालीमध्ये अहिलेसम्म कोही पनि समस्यामा परेको खबर सार्जजनिक नभए पनि सम्भावित जोखिमका कारण कतार जानेको संख्या घटेको अनुमान गरिएको छ । बैदेशिक रोजगारीमा जाने व्यक्तिलाई श्रम स्वीकृति जारी गर्ने गरेको वैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालयका प्रमुख तेजराज पाण्डेका अनुसार कतारमा समस्या सिर्जना भएयता श्रम स्वीकृति लिनेको संख्या ४० प्रतिशतले घटेको छ । कतारमा रहेको राजदुतावसमसँग सम्पर्क गर्दा भने खासै समस्या नरहेको उनले जानकारी दिए । नागरिक दैनिकबाट।

नयाँ मर्यादाक्रममा सार्वजनिक, पहिलोमा राष्ट्रपति २८ औं स्थानमा सहायक सेनानीसम्म (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ। जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ। यस्तै दोस्रो स्थानमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौमा स्थानमा सभामुख रहने व्यवस्था गरिएको छ। यस्तै पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री छैठौ मर्यादाक्रममा रहने प्रावधान राखिएको छ। यस्तै मन्त्री,व्यवस्थापिका संसदको विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, व्यवस्थापिका संसदका उपसभामुख र पूर्वसभामुख सातौ स्थानमा रहने छन्। १. राष्ट्रपति २. उपराष्ट्रपति ३. प्रधानमन्त्री ४. प्रधानन्यायाधीस ५. संविधानसभा अध्यक्षरब्यवस्थापिका संसदका सभामुख ६. पूर्व राष्ट्रपति, उपप्रधानमन्त्री ७.मन्त्री, ब्यवस्थापिका संसदका विपक्षी दलका नेता, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीस, ब्यवस्थापिका संसदका उपसभामुख, संविधानसभाका उपाध्यक्ष, पूर्वसभामुख ८. राज्यमन्त्री, संविधानसभारब्यवस्थापिका संसदका विभिन्न समितिका सभापतिरअध्यक्ष ९. राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रज्ञा प्रतिष्ठानका कुलपतिहरु १०.सर्वोच्च अदालतका न्यायाधीस, न्यायपरिषदका सदस्य ११. सहायक मन्त्री १२. संविधानसभारब्यवस्थापिका संसदका सदस्य १३. संबैधानिक निकायका प्रमुख, महान्यायाधीवक्ता, नेपाल सरकारका मूख्य सचिव, प्रधान सेनापति, संसद सचिवालयका महासचिव १४. उच्च अदालतका मुख्य न्यायाधीश, राष्ट्रिय योजना आयोगका सदस्य, संबैधानिक निकायका पदाधिकारी, नेपाल राष्ट्रबैंकका गभर्नर, प्रज्ञाप्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका उपकुलपति १५. नेपाल सरकारका सचिव, नेपाल सरकारका बिशिष्ट श्रेणिका कर्मचारी, नेपाल स्थित विदेशी राजदुत, सार्कका महासचिव, नेपाली राजदूत, सर्बोच्च अदालतका रजिष्टार, नायब महान्यायाधिवक्ता, उच्च अदालतका न्यायाधिश १६. रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसंधान निर्देशक (राष्ट्रिय अनुसंधान विभाग), नेपाल स्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका आवासीय संयोजक १७. उपरथी, अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसंधान विभागका अतिरिक्त मूख्य अनुसंधान निर्देशक १८. जिल्ला विकास समितिका निर्वाचित सभापति, महानगरपालिकाका प्रमुख (निर्वाचित) १९. नेपाल सरकारका सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, जिल्ला न्यायाधीश, राजपत्रांकित प्रथम श्रेणिका कर्मचारी, उपमहानगरपालिकाका प्रमुख (निर्वाचित), नगरपालिकाका प्रमुख (निर्वाचित) २०. नेपालस्थित विदेशी कन्सलर जनरल, नेपालस्थित अन्य अन्तर सरकारी संस्थाका प्रमुख २१. सहायक रथी, प्रहरी नायव महानिरिक्षक, सशस्त्र प्रहरी नायव महानिरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान निर्देशक २२. महासेनानी, प्रहरी बरिष्ठ उपरिक्षक, सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका सह अनुसंधान निर्देशक २३. नेपाल सरकारका उपसचिव, निर्देशक, राजपत्रांकित द्धितीय श्रेणिका कर्मचारी २४.प्रमुख सेनानी, प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका उप अनुसंधान निर्देशक २५. सेनानी, प्रहरी नायव उपरिक्षक, सशस्त्र प्रहरी नायव उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान अधिकृत, गाविस (अध्यक्ष) २६.सह सेनानी, नेपाल सरकारका शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणिका कर्मचारी २७. उपसेनानी, प्रहरी निरिक्षक, सशस्त्र प्रहरी निरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान अधिकृत २८. सहायक सेनानी  ।

८८ वर्ष नाघेका नागरिकलाई भत्ता १२ हजार रुपैयाँ दिने महानगरपालिकाको निर्णय, बढेको भत्ता यसै वर्षदेखि वितरण गरिने

काठमाडौं। काठमाडौँ महानगर कार्यपालिकाको आजको बैठकले ८८ वर्ष उमेर पुगेका वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप भत्ता रकममा वृद्धि गरी रु १२ हजार दिने निर्णय गरेको छ । यसअघि वार्षिक रु १० हजार महानगर भत्ता एकमुष्ठ प्रदान गर्दै आएको थियो । महानगरको कार्यपालिकाले वार्षिक २ हजार भत्ता वृद्धि गरेको हो । त्यसबाहेक महानगरबासीले केन्द्रीय सरकारले दिने वार्षिक २४ हजार भत्ता पनि पाउने छन् । महानगरका जेष्ठ नागरिकले अव वार्षिक ३६ हजार रुयैयाँ वृद्धि भत्ता पाउने भएका छन । बैठकले आर्थिक वर्षभित्र विकासको काम सुरु गर्ने गरी सबै वडा कार्यलयमा रु २५ लाख बजेट दिने, दुई महिनाभित्र महानगरपालिकाको सङ्गठन सर्वेक्षण गरी दरबन्दी र कार्यविवरणसहितको प्रतिवेदन तयार गर्ने निर्णय गरेको बैठकपछि प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । बैठकले नगर क्षेत्रमा साविकदेखि सञ्चालनमा आएका भाडाका ट्याक्सी मिटरमा गुड्नुपर्ने कानुनी व्यवस्थाको अनिवार्य पालना गराउने, ट्याक्सी पुराना भएको भनी प्राप्त जनगुनासोलाई दृष्टिगत गरी उक्त विषयमा सम्बद्ध यातायात व्यवस्था विभाग र उपत्यका ट्राफिक प्रहरी महाशाखा समेतलाई कडा नियमन गर्न अनुरोध गर्ने साथै महानगपालिकाको सहरी क्षेत्रमा सर्वसुलभ ठूला यात्रु बस सञ्चालन गर्ने नीति तथा कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । अबका दिनमा महानगरभित्र पुनःनिर्माणको कार्य गर्दा पुरातात्विक सम्पदालाई प्राथामिकता दिने प्रमुख शाक्यले जानकारी दिए । रासस