विकासन्युज

बजाज पल्सर अब त्रिभुवन आर्मी फुटबल क्लबसँग आबद्ध

काठमाडौँ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने ब्राण्ड मध्येको एक मोटरबाइक ‘पल्सर’ ले नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित फुटबल क्लब त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रायोजनको सम्झौता गरेको छ । यो क्लबले घरेलु फुटबल प्रतिस्पर्धाहरुमा कयौं ऐतिहासिक सफलताहरु प्राप्त गरेको छ । बजाज पल्सर र फुटबल क्लबबिचको यो सहकार्य मुख्य प्रायोजकको रुपमा आगामी ३ वर्षसम्म निरन्तर रहनेछ । नेपालको महत्वपूर्ण फुटबल क्लबसँगको यो प्रायोजनले कम्पनीसँगको सम्बन्धलाई अझ मजबुत र ससक्त बनाउने अपेक्षा गरिएको छ । यो प्रायोजनको बारेमा आयोजित पत्रकार सम्मेलनमा एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने,‘हामी देशकै प्रमुख फुटबल क्लबसँग नयाँ सम्बन्ध बनाउन पाएकोमा गौरवान्वित भएका छौं । त्रिभुवनआर्मी फुटबल क्लब नेपालका प्रतिष्ठित र सर्वश्रेष्ठ क्लबहरु मध्ये एक हो बजाज पल्सर पनि नेपालकै सर्बाधिक बिक्रि हुने मोटरबाइक हो त्यसैले दुबैको सम्बन्ध गाँस्न पाउदाँ हर्षित छौं । आगामी दिनमा क्लबले गौरवपूर्ण सफलताहरु हासिल गर्नेमा हामी विश्वस्त रहेका छौं ।’

सुविसु क्लियर टिभीमा २०० भन्दा बढी एचडी च्यानल

काठमाडौं । नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट ९प्रा।० लि। ले क्लियर टिभी सेवामा २०० भन्दा बढी एचडी तथा डिजिटल च्यानलहरु समाबेस गरेको छ । यो नेपालकै सबैभन्दा बढी एचडी तथा डिजिटल च्यानलहरु प्रदान गर्ने कम्पनी हो । विाभिन्न विधाहरु जस्तै खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवनसशैली आदि अन्तर्गत पर्ने २०० भन्दा बढी एचडी तथा डिजिटल च्यानलहरुले बिभिन्न प्रकारका दर्शक तथा ग्राहकहरुको आवश्यकता र अपेक्षा पुर्ति गर्ने कम्पनीको विश्वास रहेको छ । हाल क्लियर टीभी सेवामा ५० भन्दा बढी एचडी र १५० भन्दा बढी एसडी च्यानलहरु रहेको कम्पनीले जनाएको छ । क्लियर टिभीले सेवामा बेसिक र प्रिमियम गरी दुई प्याकेजहरु छन् जसको शुल्क मासिक क्रमशः ५०० र ७०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरुका लागि केवल रु २९९९को प्याकेज प्रस्तुत गरेको छ जसमा ग्राहकहरुले सेटटप बक्सका साथै २ महिनाको प्रिमियम प्याकेज र जडान सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

बुधबारदेखि ट्याक्सी नम्बर प्लेट वितरण शुरु, १५ सयले नम्बर पाउने

काठमाडौं । सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका एक हजार पाँच सय जनालाई बुधबारदेखि ट्याक्सी नम्बर प्लेट वितरण गर्ने भएको छ । यातायात व्यवस्था विभागले गोला प्रथाद्वारा तीन दिनसम्म नम्बर वितरण गर्न लागेको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए । विभागले एउटै वास्केटमा हालेर गोलाप्रथा गर्दा जिल्ला र आवेदकअनुसार ट्याक्सी नपर्ने सम्भावना देखिएको जिल्ला र आवेदकको आधारमा नम्बर प्लेट वितरण गर्न लागेको हो । विभागले यस अघिनै ट्याक्सी नम्बर प्लेट वितरण गर्ने बताए पनि स्थानीयत निकायको चुनावलगायतका कारणले नम्बर प्लेट वितरणको मिति सार्दै आएको थियो । विभागका अनुसार काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका चार सय ९१ जनालाई गोलाप्रथाबाट ट्याक्सी नम्बर वितरण गर्न लागेको हो । यी तीन जिल्लाका ४८ हजार नौ सय ६५ जना भूकम्प पीडितले ट्याक्सी नम्बर प्लेटका लागि आवेदन हालेका थिए । बिहीबार असार ८ गते दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पाँच सय १३ आवेदकलाई गोलाप्रथाबाट नै ट्याक्सी नम्बर वितरण गर्ने विभागको कार्यतालिका बनाएको छ । यी तीन जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ५१ हजार तीन सय १२ जनाको आवेदन दिएका थिए । गोलाप्रथाको अन्तिम दिन शुक्रबार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुगा, गोरखा र रसुवाका चार सय ९६ भूकम्पपीडितलाई ट्याक्सी नम्बर गर्ने भएको छ । यी आठ जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ४९ हजार तीन सय ११ जनाले आवेदन दिएका छन् । विभागले गत साउन ५ गतेदेखि भदौ ५ गतेसम्म भूकम्पबाट अति प्रभावित भएका १४ जिल्लाका आमनागरिकसँग आवेदन लिएको थियो । ट्याक्सी नम्बर प्लेटका लागि कुल एक लाख ४९ हजार पाँच सय ८८ आवदेक भूकम्प पीडितले आवेदन दिएका थिए । आवेदन दिएका एक हजार ५ सय भूकम्प पीडितलाई ट्याक्सी वितरण गर्न लागेको हो ।

सिद्धार्थ बैंकलाई भिसाको एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन पुरस्कार, पहिलो पटक नेपाली बैंकलाई

काठमाडौं । भिसाले आफ्नो एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन पुरस्कारबाट सिद्धार्थ बैंकलाई सम्मानित गरेको छ । अन्तर्राष्ट्रिय स्तरको यस पुरस्कारबाट सम्मानित हुने सिद्धार्थ बैंक पहिलो नेपाली वाणिज्य बैंक हो । सिद्धार्थ बैंकले ग्राहकहरुका आवश्यकताहरुलाई सुक्ष्म रुपमा अध्ययन गर्दै विभिन्न प्रकारका कार्डहरु जारी गर्ने, जारी गरिएका कार्डहरुमा थप सुविधाहरु वृद्धि गर्दै जाने एवं नविनतम सोचहरुलाई कार्यान्वयनमा ल्याउँदै, कार्ड व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्दै आएको फलस्वरुप यो पुरस्कार प्राप्त गरेको हो । सिद्धार्थ बैंकको सिद्धार्थ भिसा क्रेडिट कार्ड र यूनो इन्टरनेट भेन्चरर्स डिस्काउन्ट कार्डका विभिन्न विशेषताहरुलाई समावेश गरी हाल सञ्चालनमा ल्याइएको सिद्धार्थ यूनो क्रेडिट कार्डका ग्राहकले यस कार्ड मार्फत् यूनोका देशभरी रहेका ३५० भन्दा बढी साझेदार केन्द्रहरुमा वस्तु तथा सेवा खरिद गर्दा १० देखि ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस क्रेडिट कार्डको प्रयोगबाट ग्राहकहरुले वस्तु तथा सेवाको खरिदमा आकर्षक छुटको सुविधा प्राप्त गर्ने हुँदा यस क्रेडिट कार्डको प्रयोगले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने छ भन्ने बैंकको विश्वास रहेको छ । सिद्धार्थ बैंकबाट हुने कुल कारोबार संख्याको ३० प्रतिशत भन्दा बढी कारोबार नगद रहित कारोबार हुने गरेको छ । क्रेडिट कार्ड संगै सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरुलाई मेडिकल प्रिपेड कार्ड, इन्टरनेशनल ट्राभल कार्ड, स्टुडेन्ट प्रिपेड कार्ड लगायत विभिन्न डेबिट तथा प्रिपेड कार्ड सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले हालसम्म १६०,००० भन्दा बढी भिसा कार्डहरु जारी गरिसकेको छ । हाल सिद्धार्थ बैंकले ७० शाखा, २ एक्स्टेन्सन काउन्टर, ९० एटीएम, १ मोबाइल एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द र ४०० भन्दा बढी एइक् मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ ।

यूनिक हाइडेल कम्पनीले ५ लाख ५० हजार कित्ता आइपीओ जारी गर्दै

काठमाडौं । यूनिक हाइडेल कम्पनीले ५ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि एक सय रुपैयाँ अंकित मूल्यमा ५ करोड ५० लाख रुपैयाँ बरारबको सेयर जारी गर्न लागेको हो । सो मात्राको आइपीओको लागि कम्पनीले जेठ ३१ गते नै बोर्डमा निवेदन दिएको हो । कम्पनीले एनएमबी क्यापिटल लिमिटेड मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो ।

बेरुजु फछ्र्याेट नगर्नेको छुट्टै सूची तयार गरिने, ठुला मन्त्रालय अब महालेखाको निगरानीमा

काठमाडौं । अब बेरुजु फछ्र्याेटमा उदासिनता देखाउने सरकारी कर्मचारीहरुको छुट्टै सूची तयार हुने भएको छ । महालेखा परिक्षकको कार्यालयले आगामी आर्थिक बर्षदेखि बेरुजु फछ्र्याेटमा उदासिनता देखाउन सरकारी कर्मचारी तथा पदाधिकारीहरुको छुट्टै सूची तयार पार्न लागेको हो । महालेखा परिक्षक टंकमणी शर्माले आगामी ५ बर्षका लागि तयार पारेको योजनामा ‘वित्तीय अनुशासन पालना र बेरुजू फछ्र्यौटमा उदासीन पदाधिकारीहरुको अभिलेख तयार गरी सम्बन्धित निकायहरुलाई सूचित गरिने’ उल्लेख गरिएको छ । त्यस्तै आगामी आवदेखि महालेखाले अत्यधिक बेरुजू हुने निकायहरुलाई उच्च जोखिम समूहमा वर्गीकरण गरी विशेष निगरानी तथा अनुगमन समेत गर्ने भएको छ । उच्च दरमा बेरुजु हुने निकायहरुमा अधिकांश ठुला मन्त्रालयहरु पर्दै आएका छन् । ती मन्त्रालयहरुमा महालेखाले ती मन्त्रालयहरुमा आवको सुरु देखि नै निगरानी तथा अनुगमन अघि बढाउनेछ । त्यस्र्त, स्थल गत लेखा परीक्षणको क्रममा लेखा परीक्षणबाट देखिएका व्यहोरा तत्काल फछ्र्यौट गर्ने गराउने, जटिल प्रकृतिका व्यहोराबाहेक अन्य सबै व्यहोरा प्रतिवेदन अगाबै फछ्र्यौट गराउने योजना पनि महालेखाले बनाएको छ ।वित्तीय जवाफदेहिताको मूल्याङ्कन गरी कार्यालयको र जिम्मेवार पदाधिकारीको वर्गीकरण(ग्रेडिङ)गरी प्रतिवेदन मार्फत सार्वजनिक गर्ने पनि महालेखाले योजना अघि सारेको छ । सबै भन्दा धेरै बेरुजु हुने मन्त्रालयहरुमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र शिक्षा मन्त्रालय रहेका छन् । अब यी सबै मन्त्रालयमा आर्थिक बर्ष सुरु भएसँगै महालेखाले निगरानी तथा अनुगमन गर्नेछ ।

विपद्मा मानवीय सुरक्षा र जनधनको क्षति न्यूनीकरणका लागि सहज प्रविधि

काठमाडौं। प्राकृतिक विपद्को समयमा सञ्चारको सहज पहुँच स्थापना गर्न सरकार, उद्धारकर्ता, दूरसञ्चार सेवा प्रदायक र नागरिककोे भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ । सूचना तथा सञ्चार मन्त्रालय, दूरसञ्चार प्राधिकरण र एसिया प्रशान्त क्षेत्रको टेलिकम्युनिटीले आयोजना गरेको ‘विपद् व्यवस्थापनमा सूचना तथा सञ्चार’ विषयक कार्यशालामा सहभागीले विपद्मा मानवीय सुरक्षा र जनधनको क्षति न्यूनीकरण गर्न सूचना नै पहिलो माध्यम रहेको बताए । भूकम्पको जोखिमयुक्त मुलुकमा नेपाल पर्ने भएकाले पनि पूर्व तयारीलाई विशेष प्राथमिकतामा राख्नुपर्ने र ‘गोरखा भूकम्प’का कारण परेको समस्या एवम् त्यसबाट प्राप्त अनुभवलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । गोरखा भूकम्पका कारण एकाध मात्रै टेलिकमका टावर तथा भौतिक संरचनामा क्षति भए पनि ठूलो क्षति नभएका कारण सञ्चारको क्षेत्रमा त्यति धेरै समस्या उत्पन्न नभए पनि आगामी दिनमा थप पूर्व तयारी नगरिए भयावह अवस्था उत्पन्न हुने उनीहरुको धारणा थियो । विपद्सँग जुध्न सक्ने नेटवर्कको विकास तथा विस्तार, कानुनी संरचना, नीति निर्माण र त्यसको सहज कार्यान्वयन, संसारका सबैभन्दा ठूला विपद्बाट गुज्रेका मुलुकको अनुभवबाट शिक्षा लिँदै नयाँ प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको थियो । यस्तै एसिया प्रशान्त क्षेत्रमा टेलिकमको क्षेत्रमा अनुशरण गर्नुपर्ने प्रविधि, अनुभव तथा रणनीतिको विषयमा समेत समान धारणा बनाएर जानुपर्नेमा जोड दिइयो । सूचना तथा सञ्चारमन्त्रालयका सचिव महेन्द्रमान गुरुङले विपद्सँग जुध्ने जनशक्ति, प्रविधि तथा सेवाका विषयमा सरकार प्रष्ट रहेको बताए । विपद्बाट सिक्दै, जुध्दै नयाँ आधारमा मानवीय सुरक्षाका लागि अगाडि बढ्ने प्रविधिको खोजी आजको प्रमुख आवश्यकता रहेकामा जोड दिँदै उनले सरकारले गोरखा भूकम्पबाट पनि धेरै पाठ सिकेको उल्लेख गर्नुभयो । उनले विपद्का समयमा पहिलो कार्य नै मानवीय सुरक्षा भएकाले त्यसका लागि टेलिकम्युनिकेसन नै सबैभन्दा बढी महत्वपूर्ण माध्यम हुने हुँदा त्यसको सहज पहुँच र विस्तारमा सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने बताए । दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले नेपालको दूरसञ्चार क्षेत्रमा उल्लेख्य मात्रामा विकास भएको, प्रविधि विस्तारमा जोड दिइएको र सफलता पनि प्राप्त भएकाले आगामी दिनमा थप सुधार तथा अन्वेषण गर्नुपर्ने बताए । दूरसञ्चार सेवा प्रदायकलाई प्रविधिमैत्री बनाउन, विपद्सँग जुध्न सक्ने र जस्तोसुकै अप्ठ्यारो अवस्थामा समेत सेवा दिन सक्ने बनाउन प्राधिकरणले निर्देशन दिएको उल्लेख गरे । एसिया प्रशान्त टेलिकम्युनिटीका उपमहासचिव मासानोरी कोन्दोले प्रविधिलाई सहज बनाउँदै विपद्सँग जुध्ने र मानवीय सुरक्षामा केन्द्रित गराउने विषयमा आफूहरु क्रियाशील रहेको बताए । कार्यशालामा एसिया प्रशान्त क्षेत्रका १५ मुलुकका टेलिकमका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिको सहभागिता थियो । रासस

र्याफ्टिङका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य

काठमाडौं। साहसिक पर्यटनप्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । नेपालमा पदयात्रा, पर्वतारोहणपछि बढी सम्भावना बोकेको र्याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक र्याफ्टिङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गइरहेको छ । नेपालमा र्याफ्टिङको अथाह सम्भावना भए पनि यसको प्रवद्र्धनमा यथेष्ट ध्यान नपुगेको व्यवसायी बताउँछन् । र्याफ्टिङ व्यवसायी नानीकाजी थापा प्रचुर सम्भावनालाई उपयोग गरी आवश्यक प्रसार र प्रवद्र्धन नहुँदा र्याफ्टिङले व्यावसायिक फड्को मार्न नसकेको बताउछन् । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) का पूर्व अध्यक्षसमेत रहेका थापाले र्याफ्टिङ व्यवसायलाई व्यवस्थित गर्ने सरकारी नीतिको अभाव र व्यवसायभित्रको विकृतिले र्याफ्टिङको सान्दर्भिकता र साख गिर्दै गएको स्वीकार्छन् । “प्रचारप्रसारको कमीले जलयात्राप्रति विदेशी आकर्षण कम छ, पछिल्लो समय र्याफ्टिङमा आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ” – उनले भने । नेसनल जियोग्राफीका अनुसार विश्वका उत्कृष्ट १० जलयात्रामा नेपाल १०औँ स्थानमा पर्छ । स्रोत र साधनका हिसाबले नेपाल दक्षिण एसियाकै उत्कृष्ट गन्तव्य हो । नेपालको र्याफ्टिङलाई एसियाको मुहानका रुपमा पनि लिइन्छ । नेपालमा छ हजार नदीनाला छन् । त्यसमध्ये १६ वटा नदीमात्र सरकारले जलयात्राका लागि खुल्ला गरेको छ जसमध्ये त्रिशूली, भोटेकोसी, सुनकोसी र कालीगण्डकी चल्तीका व्यावसायिक गन्तव्य हुन् । ठूला नदी, भू-बनोट, प्राकृतिक सुन्दरताको दृश्यावलोकन तथा सहरदेखि टाढा शान्त ठाउँमा र्याफ्टिङ गर्न सकिने हुँदा नेपाल उत्कृष्ट मानिन्छ । यिनको मज्जा लिन एकदेखि १२ दिनसम्मका प्याकेजहरु उपलब्ध छन् । नदी नभएका देशहरूले र्याफ्टिङका लागि ठूलो धनराशि खर्चेर कृत्रिम नदी बनाई ¥याफ्टिङ चलाइरहेका छन् । केही वर्षअघि मात्र दुबईमा समुद्रको पानीबाट कृत्रिम नदी बनाइएको थियो । सन् २०१२ को लण्डन ओलम्पिकमा पनि र्याफ्टिङका लागि कृत्रिम नदी बनाइएको थियो । नेपालमा प्राकृतिक नदीहरुको रमणीय बहाव र आकर्षक छालसहितको लामो गन्तव्यले जल पर्यटनको आकर्षण बढाएको हो । तर कुन-कुन नदी के-के कामका लगि उपयुक्त छन् भन्ने प्राथमिकता निर्धारण नहुँदा र्याफ्टिङ व्यवसाय अलमलिएको व्यवसायी थापाको भनाइ छ । नाराका अध्यक्ष चन्द्र दाहालले निकै सम्भावना बोकेको जलयात्रा पर्यटन नेपालको पर्यटन बजारको एक सशक्त आधार मानिए पनि यसको व्यावसायिक प्रवद्र्धन गर्ने काम हुन नसकेको बताए । अध्यक्ष दाहालले भने – “भूकम्पपछि उठ्नै नसकेको क्षेत्र भनेको र्याफ्टिङ हो । यो कहिल्यै सरकारी प्राथमिकतामा परेन । नदी अतिक्रमणले पनि झन् सङ्कट निम्त्याइदिएको छ । यसबारे उचित नीति आवश्यक छ ।” राजधानी नजिकैका त्रिशूली, भोटेकोसी, सुनकोसी जस्ता नदीमा जलयात्रा गरी रमाउन बर्सेनि उल्लेख्य सङ्ख्या पर्यटक पुग्छन् । त्रिशूली काठमाडौं उपत्यका, पोखरा, चितवनलगायतका पर्यटकीय क्षेत्रबाट पनि नजिक दूरी रहेकाले जलयात्राका लागि निकै लोकप्रिय मानिन्छ । यहाँका टुइन्ज रक, लेडिज डिलाइट, लेन्स साइट, अपसेट र सरप्राइजजस्ता मुख्य र्याफ्टिङले गर्दा त्रिशूलीको आकर्षण बढेको हो । जलयात्रा पथप्रदर्शक अरुण थपलियाका अनुसार त्रिशूलीको जलयात्राबाट पर्यटकले मज्जा लिने भनेकै छाल हो । नेपालमा र्याफ्टिङका लागि त्रिशूलीपछि सेती, भोटेकोसी, कालीगण्डकी, मस्र्याङ्दी, अरुण, तमोर र कर्णाली नदी महत्वपूर्ण गन्तव्य मानिन्छ । त्यसमध्ये कर्णाली सबैभन्दा लामो (१० दिनको यात्रा) मानिन्छ भने त्रिशूली सबै किसिमले सहज मानिन्छ । अर्को महत्वपूर्ण भोटेकोसी नदीलाई मानिन्छ । गैरकानुनी रुपमा जलयात्रा सञ्चालन हुनु, पर्यटक आफैँ आएर जलयात्रा गर्नु, जलयात्राका लागि खुल्ला गरिएका नदीहरुमा विद्युत्गृह निर्माणका लागि बाँध निर्माण गरिनुुलगायतका कारण जलयात्रा चुनौतीपूर्ण बन्दै गएको व्यवसायीको बुझाइ छ । नाराको विवरणअनुसार नेपालमा जलयात्राका लागि ७२ वटा कम्पनी दर्ता छन् । वार्षिक रुपमा करिब ४० हजार पर्यटकले जलयात्राको मज्जा लिने गरेका छन् । जलयात्राका लागि विश्वका उत्कृष्ट १० मध्ये नेपालका तीन नदी सुनकोसी, भोटेकोसी र कर्णाली (आकर्षक छाल र लामो भएकाले) उत्कृष्ट मानिएका छन् । रासस